चाड पर्वमा ठगिदै उपभोक्ता,, बस्तु एक मुल्य अनेक

कृष्ण खनाल

बुटवल, ४  कार्तिक । 
नेपालीहरुको दोस्रो ठुलो  चाड शुभदिपावली अन्र्तगत यमपञ्चक सुरु भएको छ । सोही अनुसार  अहिले  नेपालीहरु  दिपावलीको लागि किनमेलमा व्यस्त छन भने कसैले दिपावलीको लागि खाद्यान्न लगायतका सामानहरुको जोह गर्न लागिरहेका छन् । 
 चाड पर्वको मुखैमा बढि खपत हुने तेल, खाद्यान्नमा मैदान, आटा र सुजी, ध्यु जस्ता बस्तुहरुमा व्यापारीहरुले फरक फरक मुल्य राखि विक्रि वितरण गर्ने गरेको पाईएको छ । मंगलबार बुटवल टुडेले गरेको सर्वेक्षणमा व्यापारीहरुले एउटै बस्तुको मुल्य फरक ÷फरक गरी बेच्ने गरेको पाइएको हो  । खाससगरी रुपन्देही खुद्रा किराना व्यवसायी समिति पदाधिकारीहरुले  नै यसरी फरक फरक मुल्यमा खाद्यान्न बस्तुहरु विक्रि गर्ने गरेको रहस्य बाहिर आएको छ । 

मंगलबार बुटवलको मैत्रीपथमा रहेको पाणिनी स्टोर्समा रुपन्देही खुद्रा किराना व्यवसायी समितिका उपाध्यक्ष महेन्द्र  पोखरेलले धारा तेल प्रतिलिटर १ सय ७५ रुपैयाँ मा विक्रि गरिरहेका थिए । भने उनी आवद्व रहेको रुपन्देही खुद्रा किसाना व्यवसायी समितिका अध्यक्ष न्यौपाने स्टोर्स  बुटवल राजमार्ग चौराहका सञ्चालक लक्ष्मण न्यौपाने सोही  तेललाई  १ सय ७० रुपैयामा विक्रि गरिरहेका थिए । 

त्यस्तै सोही समितिका सचिव दिव्यज्वोती किसाना स्टोर्स बुटवल–१४  जिगतढीका सञ्चालक ज्ञान प्रसाद न्यौपानेले भने उपाध्यक्ष महेन्द्र पोखरेल ले नै विक्रि गरिरहेको रेट अर्थात १ सय ७५ रुपैयाँमा विक्रि गरिरहेको पाइएको थियो ।  यस्तै उपाध्यक्ष पोखरेल ले बुटवल–८ मैत्री पथमा धारा तेल प्रतिलिटर १ सय ७५ रुपैयाँ, स्वाविन तेल १ सय २० रुपैयाँ, तेज तोरिको तेल १ सय ३२ रुपैया र मैदा ४० रुपैयामा फुटकर विक्रि वितरण गरेका थिए भने खुद्रा किराना व्यवसायी समितिका अध्यक्ष न्यौपाने ब्रर्दश बुटवल राजमार्ग चौराहका सञ्चालक लक्ष्मण न्यौपानेले धारा तोरीको तेल १ सय ७० रुपैयाँ प्रतिलिटर, स्वाविनको तेल १ सय २० रुपैया  प्रतिलिटर र मैदा   ४० रुपैयामा विक्रि वितरण गरिरहेका थिए । 

समितिका सचिव दिब्यजोती किराना स्टार्स बेलबासका सञ्चालक ज्ञान प्रसाद न्यौपानेले धारा तोरिको तेल १ सय ७५ रुपैया प्रतिलिटर, स्वाबिन तेल १ सय ३० रुपैयाँ प्रतिलिटर र मैदा ४० रुपैयामा विक्रि वितरण गरिरहेका थिए । 
यो तथ्यांकबाट पनि खुद्रा किराना व्यवसायी होस् या होलसेल व्यापारीहरुले फरक फरक मूल्य निर्धारण गरी उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा ठग्ने गरेका छन् । 

रुपन्देही खुद्रा किराना व्यवसायी समितिका अध्यक्ष न्यौपानेका अनुसार चाड पर्वको कराण पछिल्लो समयमा धारा तोरीको तेलमा प्रति पेटी (१० लिटर २० पोका)मा २० रुपैया देखि २५ रुपैया वृद्धि भएको छ ।  भने अन्य बस्तुहरुको मुल्यमा करिव उचारचढाव आएको भएपनि मुल्यमा खासै धेरै परिर्वतन आएको छैन । 

बुटवल टुडे संगको कुराकानीमा अध्यक्ष न्यौपानेले भने चाड पर्वको कारण ह्वातै मूल्य बढेको छैन, तर तेलमा केही मुल्य बढेर आएको छ ।’
उनका अनुसार बजारमा  किनबेच गर्ने उपभोक्ताहरुको भिड विस्तारै बढ्दै गएको छ । पहिलाको तुलनमा करिव २५ देखि ७५ प्रतिशत सम्म करोवार वृद्धि भएको किराना व्यवसायीहरु बताउदछन् । 

उपभोक्ताहरुले अन्य सामानहरु किनमेलको लागि भारतीय बजारमा जाने गरेको कारण खाद्यान्न पनि उतैबाट खरिद गरेर आउने गरेको यस क्षेत्रमा खासै चलहपल नभएको पनि व्यवसायीहरुको भनाई रहेको छ । 
समितिका उपाध्यक्ष महेन्द्र पोखरेलका  अनुसार आलुको मुल्य आकाशिएको छ । पहिला ४२ देखि ४५ रुपैयाँ पर्ने  रातो आलु अहिले ५५ रुपैयामा पुगेको छ भने  पहिला ४० रुपैयामा पाईने सेतो आलु अहिले ५० रुपैयामा पुगेको छ । चार्ड  पर्व नजिकिदै  गर्दा व्यापारीहरुले  विगतका दिनहरुमा मुल्य बढाउने गरेका थिए ।
खुद्रा किराना व्यसायीहरुले माथिबाट नै मूल्य बढेर आएको भन्दै खाद्यान्नको मूाल्य बढाउने गरेका छ्न् । यस बर्ष पनि यस्तो देखिएको छ । यसको लागि सम्बन्धीत सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने बेला आएको छ । 



Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ