महिनाभर पढाएको तलब २४ सय मात्र



कृष्ण खनाल
बुटवल, २१ जेठ ।

एउटा प्रथमिक तह अध्यापन गराउने शिक्षकको तलब कति हुन्छ ? पछिल्लो समयमा नेपाल सरकारले तोकेको वेशिक तलव १३ हजार भन्दा बढि छ । तर रुपन्देहीको बुटवल नगरपालिका भित्रको एक विद्यालयमा अध्यापन गराउने शिक्षिकाले विगत ५ बर्ष देखि २ हजार ४ सय रुपँैया पाउदै आएका छन् ।
बुटवल–४ मैनाबगरको श्रीरामनगर टोलमा स्थानियको सक्रियतामा वि.स.२०६६ सालमा स्थापना भएका े‘मैनाबगर प्रथमिक विद्यालयका’ दुई वटा शिक्षीकाहरुले मासिक २ हजार ४ सय रुपैया र प्रध्यानाध्यपक ले २ हजार ८ सय  रुपैया तलब खादैँ आएका छन् । 
 विद्यलय परिषरमा अस्तव्यत्त रुपमा छरिएका निर्माण सामग्री ६ कोठाको एक एनजिओले निर्माण गरिदिएको भवन विद्यालयको सम्पत्ती यति हो । विभिन्न क्लवको सहयोगमा डेक्स र बेन्च समेत  व्यवस्था गरिएको छ ।  एक कक्षा देखि तिन कक्षा सम्म अध्यापन हुँदै आएको उक्त विद्यालयमा ४४ जना विद्यार्थीहरुले अध्ययन गर्दैै आएका छन् । ती मध्ये करिव ९० प्रतिशत विद्यार्थी दलित रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप प्रधानले विद्यालय सञ्चालनको लागि समस्यै समस्या रहेको बताए । उनले भने–‘तीन जना शिक्षीकाले ४४ जना विद्यार्थीहरु अध्यापन गराउदै आउनु भएको छ । ’ उनले थपे–‘जिल्ला शिक्षा कार्यालयले छात्र वृती र कितावका लागि दिने बार्षिक ४० हजार बाहेक विद्यालय सञ्चालनका लागि अन्य आयस्रोत छैन ।’
पि.सि.एफ. कोटाबाट आएको प्रति विद्यार्थी बार्षिक १६ सय रुपैँया र स्थानिय जनश्रमदान बाट उठेको रकमले शिक्षिकाहरुलाई तलव दिदै आएको अध्यक्ष प्रधानको भनाई  रहेको छ ।
विद्यालयमा पुर्वधार निर्माणको कसैले पनि चासो नदेखाको कारण शैक्षिक प्रगती समेत हुन नसकेको विद्यालयको भनाई रहेको छ ।
वि.स. २०६६ सालमा स्थानिय बासिन्दाहरुको सक्रियतामा स्थापना भएको विद्यालयको भवन सि.सि.सि नामको गैर संरकारी संस्थाले निर्माण गरिदिएको हो ।
विद्यालयमा एउटा मात्र सौचालय रहेको छ ।  जसको कारण शिक्षिका तथा छात्रा विद्यार्थीहरुलाई समस्या रहेको छ । जिल्ला शिक्षा कार्यालयले अहिले सम्म विद्यालयमा शिक्षक दरबन्दी समेत दिएको छैन् । सामान्य मजदुरी गरी जिविका चलाउनेका बच्चाहरु अध्ययन गर्ने विद्यालयमा खानेपानीको प्रयाप्त सुविधा समेत नभएको स्थानियहरु बताउँछन् ।
उता, बुटवल नगरपालिका भित्रै छात्रा शौचालयको व्यवस्था नभएको भन्ने कुरा अस्वभनिय भएको भन्दै बुटवल नगरपालिकका कार्यकारी अधिकृत बाबुराम गौतमले विद्यालयले नगरपालिकासंग पहल गरेरमा आफुले सहयोग गरिदिने बताए  । उनले भने–‘छात्रा सौचालय आवश्यक  रहेको छ,  निर्माणको लागि पहल  गरिदिनु छु ।’ जसको लागि स्थानिय तथा विद्यालयका सम्बन्धी व्याक्तिहरुले निवेदन लिएर बुटवल नगरपालिकामा आउनु पर्ने बताए ।
तस्वीर : बुटवल–४  मैनाबगरमा रहेको मैनाबगर प्राथमिक विद्यालय जहा अध्यापन गराउने शिक्षिकहरुले मात्र २४ सय तलब पाउछन् ।  तस्वीरः कृष्ण खनाल/ बुटवल

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ