बहुमुखीमा प्लाष्टिक फाले १ हजार जरिमाना

कृष्ण खनाल
 प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको रुखमा टाँसिएको सूचना । तस्वीरःकृष्ण 
बुटवल, २७ माघ ।
तपाईं  बुटवल बहुमुखी क्याम्पसको विद्यार्थी हुनुहुन्छ ? या क्याम्पसको आसपासमा बसोबास गर्नुहुन्छ भने ख्याल गर्नुहोला । बुटवल क्याम्पको परिसर (हाता) भित्र प्रवेश गर्दा हातमा कतै प्लाष्टिक बोकेर त जानुभएको छैन । यदि त्यसरी जानु भएको छ भने तपाई अझै सजक हुनुपर्ने  बेला आएको छ । 
कारण हो अहिले बुटवल बहुमुखी क्याम्पस  ‘पुर्ण प्लाष्टिक मुक्त क्षेत्र’ घोषणा गरिएको छ । जुसको कारण क्याम्पसको हाताभित्र प्रवेश गर्ने  जो कोहीले पनि क्याम्पसमा फोहर गरेमा या प्लाष्टिक मुक्त क्षेत्रमा प्लाष्टि फ्याँकेमा क्याम्पस प्रशासनले १ हजार रुपैयाँ जरिमाना गने निणर्य गरेको छ । 
गत पुस महिनामा क्याम्पस प्रशासन, विद्यार्थी तथा सरोकारवाला निकायहरुको संयुक्त बैंठकबाट‘बुटवल बुहमुखी क्याम्पस प्लाष्टिक मुक्त क्षेत्र’ घोषणा गरिएको हो । क्याम्पस पुर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिसकेपछि अहिले क्याम्पस हाता भित्रको खेल मैदान, क्याम्पस परिसर लगायतका विभिन्न स्थानहरुमा सूचना समेत टाँस गरिएको छ । ‘क्याम्पस पुणत प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ ।’– बुटवल बहुुमुखी क्याम्पस ’ भनेर करिब आध दर्जन भन्दा बढि स्थानहरुमा उक्त सूचना टास गरिएको क्याम्पस प्रशासनले जनाएको छ । 
बुटवल बहुमुखी क्याम्पस बुटवलका प्रमुख प्रकाशवन्दु रेग्मीले क्याम्पस पुणतः प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेपछि अहिले धेरै परिर्वतन आएको जानकारी गराए । बुटवल टुडेसंको कुराकानीमा क्याम्पस प्रमुख रेग्मीले भने–‘ अहिले धेरै परिर्वतन आएको छ , क्याम्पस पनि सफा देखिएको छ ।’ क्याम्पस पुर्ण रुपमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिसकेपछि पछिल्लो समयमा विभिन्न विद्यार्थी क्लवहरु‘युनिटी गाईज विएमसी’ लगायतका विद्यार्थीहरु क्लवहरुले नियमित रुपमा सरसफाई समेत  गर्दै आएका छन । 
क्याम्पस पुर्ण रुपमा प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेपछि पछिल्लो समयमा क्याम्पसको हात सफा सुग्गर हुदै गएको विद्यार्थी शिव अधिकारी बताउदछन । 
क्याम्पसले प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको करिव एक महिना वित्न लाग्दा समेत अहिले सम्म कसैलाई कारवाही गर्नुपरेको छैन  । क्याम्पसका विद्यार्थीहोस या अन्य कुनै पनि व्याक्तिहरुल्े क्याम्समा फोहर फालेमा या प्लाष्टिक फालेमा  १ हजार रुपैया कारवाही स्वरुप क्यम्पसले जरीमान तोकेको छ । जसबाट जले सूचना प्रवाह गर्दछ त्यसलाई ५ सय रुपैया पुरस्कार स्वरुप प्रदान गरिने समेत क्याम्पसले जनाएको छ । 
पछिल्लो समयमा  विद्यार्थी तथा अन्य मानिसहरु समेत सचेत हुदै गएको कारण जरिमाना नै तिराउनु पर्ने स्थिति नआएको क्याम्पस प्रशसनले जनाएको छ । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ