सरकारी भवन यौन क्रिणस्थल बन्दै

कृष्ण खनाल
बुटवल, १२ माघ ।

आईतबार साझको करिव ९ बजे मिलनचोक व्यापारी तिर्थ काफ्ले ईभिनिङ्ग वाक(साझको हिडाईं) को क्रममा बुटवलको अस्पताल लाईन, बसपार्क हुदै मिलनचोक तर्फ झर्दै थिए । बुटवलको नयाँ बर्ष पार्क नजिकै रहेको सडक डिभिजन कार्यालय र इलाका प्रशासन कार्यालय नजिकै जाँदा उनी एक पटक अच्चमीत भए ।  
तस्वीर बुटवलको नयाँबसपार्क नजिकै सडक डिभिजनकार्यालयको पर्खाल वाहिरको भवन । जहा रातको समयमा यौन क्रियाकलाप हुने गर्दछ । तस्वीरःकृष्ण खनाल /बुटवल टुडे ।

कारण थियो ईलाका प्रशासन कार्यालय बुटवलको को कम्पाउण्ड वाहिर पुराना भएर पनि नभत्काइएको भवनबाट आवाज केही आवाजहरु आईरहेका थिए । रातको समयमा त्यैपपनि सरकारी भवनको वाहिरपट्टीका खाली कोठामा केही युवा युवतीहरुको आवाज आईरहेको सुनेपछि उनी झनै अचम्मीत भए । यसो नजिकै गएर नियालेर हेर्दो त भित्र केही  युवा युवतीहरुलाई आपत्तीजनक अवस्थाम फेला पारे ।
‘पहिला त कुनै बास नभएको मानिसहरु होलान् भनेर सोचेको पछि त उनीहरु बाहिरबाट आउने गरेका मानिसहरुपो रहेछन ।’–व्यापारी काफ्लेले भने । बाहिर एक छेउमा मोटरसाईकल पार्कीङ्ग गरेर उनीहरुले भित्र यौन क्रियाकलाप गर्ने गरेको पाइएको हो ।
पछिल्लो  समयमा  लोडसेडिङ्गको समयमा अझ बढि मात्रामा  युवा युवतीहरु उक्त स्थानमा पुग्ने गरेको जानकारहरु बताउदछन । सडक डिभिजनकार्यालयले निर्माण गरेको ४ वटा भवनका ४ वटा कोठाहरु अहिले कम्पाउन(वाल ) भन्दा बाहिर छन । जसको कारण उक्त कोठाहरुमा यौन क्रिकलापको लागि वाहिरका मनिसहरुलाई सहज  हुने गरेको छ ।
 ४ वटा कोठाको वाहिरको ढोका खुल्लै हुने गरेको कारण त्यहि कोठामा बसेर कहिलेकाही मादक पदार्थ सेवन गरेका बेबारिसे मानिसहरुले रातभर हो हल्ला गर्ने गरेको भित्र बसोबास गर्ने मानिसहरु बताउदछन ।  जसको कारण कहिलेकाही त रातको समयमा सुत्न समेत नपाईने सडक डिभिजन भित्र बसोबास गर्ने एक जना व्याक्तिले भने–‘कहिलेकाही त चिच्याएको आवाजले  सुत्न सकिन्न ।’
सरकारी खर्चमा निर्माण गरिएका भवनहरु सडक मापदण्ड भित्र पर्नेभएपछि  कोठाहरु नभत्काईकन त्यतिकै छोडिएको कारण  अहिले अनैतिक क्रियाकलपा  गर्नेहरुलाई सहज भएको छ ।  उक्त कोठाहरुमा ढोका बन्द नगरिएको कारण पनि सहज हुने गरेको छ । कयौ पटक सडक डिभिज कार्यालयमा बसोबास गर्ने मानिसहरुले उक्त स्थानमा यौनक्रिकलापमा  गर्न आउने मानिसहरुको साईकल समेत नियन्त्रणमा लिनेगरेको  समेत जानकारी गराएका छन । अहिले उक्त कोठाहरुको अवलोकन गर्ने हो भने कण्डम तथा अन्य यौजनन्य बस्तुहरु छरप्रस्ट रुपमा देख्न सकिन्छ । कुनै कोठाहरुलाई पनि सडक बालाबालिकाहरुले सौच गर्ने स्थानको रुपमा समेत प्रयोग गर्ने गरेका छन ।
सरकारी लगानीमा निर्माण भएका उक्त भवनको केही कोठाहरुलाई समयमै नभत्काउनेहो भने यो विकृतरुप अझ बढ्न सक्नेजानकारहरु बताउदछन ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ