यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं
धुब्र न्यौपाने प्रबन्ध निर्देशक, पैचाँे पसल प्रालि ग्रामिण भेगमा बस्तु विनियमय प्रथालाई आधार मान्दै ग्रामीण क्षेत्रका जनताको उत्पादन गरेर पनि उचित बजार नपाएको सामानहरुलाई सगर सम्म पु¥याउने हेतुका साथ केही समय पहिला पौचो पसल प्रालि सुभारम्भ भएको थियो । गुल्मी जिल्लको बलेटक्सारमा प्रधान कार्यालय स्थापना गर्दै गुल्मीको बलेटक्सार , दिगाम र पाल्पाको अर्गेली मुख्य पैचो पसल स्थापना गरिरएको छ । केही समय पहिला पैचो पसल प्रालिले ६ प्रकारका अचार समेत बजारमा ल्याएको छ । प्रस्तुत छ पैचो पसलका अगामी योजनाका विषयमा प्रबन्ध निर्देशक धुब्र न्यौपाने संग बुटवलका कृष्ण ख नालले गरेको कुराकानी । पैचो पसलको अवधारण कसरी आयो ? –पैचो शब्द गाँउ गाउमा अहिले पनि प्रचलित शब्द हो । बस्तु विनिमय प्रालिको आधारमा अहिले पनि गाउ गाउमा कारोवार हुदै आएको छ । यसै कुरालाई हामीले टपक्क टिपेर पैचो पसलको अवधारणा अगाडी ल्याएका हौं । गाउ–गाउमा उत्पादन भएर पनि उचित बजारको अभाव झेलिरहेका किसानहरुलाई व्यवसायीकमुखि बनाउने उदेश्यका साथ हामीले पैचो पसलको सुभारम्भ गरेका हौं । सहरमा मात्र होईन गाउमा प...