मानवअधिकार शिक्षा तालिम समापन


कृष्ण खनाल
बुटवल १५ असोज– मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल (काहुराष्ट) रुपन्देहीले राजनितीक दलमा आवद्द युवाहरुको लागी लक्षित गरी आयोजना गरेको मानवअधिकार,  शान्ति र नागरिक शिक्षा तालिम आईतवार समापन भएको छ । संस्थाका जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्राध्यापक तथा प्रगतिसिल लेखक दिल शाहनीले मानवअधिकारको परिभाषा फरक–फरक अवस्थामा फरकफरक व्याख्या गरेपनि मावनको जन्मशिद्ध अधिकार नै मानवअधिकार भएको वताए ।  सहभागिको तर्फवाट कमल थापा र दानमाया थापाले आफुले सिकेको कुरा व्यवहारमा लागु गर्न र मानवअधिकारको वारेमा अन्य युवा वर्गलाई जानकारी दिन प्रतिवद्ध भएको वताए । दुई दिने तालिममा पहिलो दिनको तालिममा प्राध्यापक रामलाल जोशी, नेत्र पाण्डे र राजेन्द्र कु“वरले सहजीकरण गरेका थिए भने दोश्रो दिन अधिवक्ता वावुराम पाण्डेले अन्तराष्ट्यि मानविय कानुन र जेनेभा महासंन्धी,  पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले मानवअधिकार , मिडिया र यसको महत्व  तथा पोष्ट वहादुर वुढाले शान्ति प्रकृयामा युवाहरुको भुमिका विषयमा सहजीकरण गरेका थिए ।  त्यसै गरी  सचिव राजेन्द्र कु“वरले नागरिक शिक्षा यसको विषयवूस्तु र महत्व, केन्द्रिय सदस्य नेत्र पाण्डेले मानवअधिकारको संरक्षण शान्ति स्थापनामा राज्यको दायित्वको वारेमा प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई समुहगत छलपल गराई स्थानिय तहमा नागरिक तथा मानवअधिकार वारे प्रशिक्षणको लागी कार्ययोजना तयार गरेका थिए ।  तालिममा जिल्लामा क्रियासिल विभिन्न दलका ४० भन्दा वढि युवाहरुको सहभागिता रहेको थियो ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ