‘सिजनल’ व्यवपारबाट राम्रो आम्दानी ।



कृष्ण खनाल 
बुटवल ३ असोज । 
पछिल्लो समयमा ठेलामा व्यपार गर्ने व्यवसायीहरुले बर्सेभरि एकै किसीमको व्यपार नगरी सिजनल (मैसमी )व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका छन । विभिन्न ठेला व्यवसायीहरुले एकै प्रकृतीको व्यपार नगरी फरक –फरक सिजन अनुसारको व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका हुन । ठेला व्यवसायमा लागेका विभिन्न व्यक्तिहरुले कहिले फलफुल  ,कहिले जुस तथा फलफुलमा पनी  एकै प्रकाको व्यापार नगरी विभिन्न फरक फरक प्रकारको व्यापार गर्ने गरेर आम्दानी गरिरहेका छन । अर्घाखाची स्थायी घर भई विगत ५ बर्ष यता बुटवला ठेलाको व्यापार गर्दे आएका राम प्रसाद भुषालले मौसम अनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएको कारण मौसमी व्यपारमा लागेको बताए  । उनले  विगत केहि बर्ष यता कहिले फलफुल ,कहिले उखुको जुस तथा कहिले ठेलामा फेन्सी कपडाहरु राखेर विक्रि गर्दे आएको जनाकारी दिए  । उनले भने – ‘चाड पर्व तथा मौसम अनुसारको व्यपार गर्दा राम्रो आम्दानी हुन्छ त्यहि भएर यस्तो व्यपारमा लागेको हु । मंगलबार बुटवलको ट्रफिक चोकमा फेन्सी कपडाको व्यापार गर्दे  रहेका उनले दशै नजिकिदै जादा मानिसहरुले विभिन्न कपडाहरको किन्ने गरेको यस्को व्यापार लागेको जनाकारी दिए । दशैको केहि मात्रामा चहलपहल बढेको मा व्यापार सन्तोषजनक रहेको उनको भनाई थियो । उनले अहिले बुटवलका विभिन्न स्थानहरुमा ठेला चलाउने  र दैनिक रुपमा करिव ६ सय देखी १ हजार सम्मको व्यापार हुने गरेको उनले जानकारी दिए । उनका अनुसार भर्खरैमात्र दशैको केहि मत्रामा चहलपहल बढेकामा अझै दशै नजीकीदै जा“दा व्यापार अझै बढ्नेमा उनको विश्वास थियो । त्यस्तै दाङ्ग जिल्लामा स्थायी घर भई विगत ३ बर्ष यता बुटवलमा ठेलामा मौसमी व्यापारमा लागेका नविन थारुले अहिले बुटवलमा फलफुलमा स्याउको व्यापार गर्ने गरेको बताए  । उनले बजारमा सिजन अनुसारका फलफुलको व्यापारमा लाग्ने गरेको उनले मौसम सधैभरी एकै प्रकारको व्यापारमा भन्दा मौसमि व्यापारमा लाग्दा मनग्य आम्दानी हुने गरेको उनको धारण थियो । उनले भने मैले फलफुलमा कहिले स्याउ ,आ“प  ,सुन्तलला ,नासपाती ,लगाएतका फलफुलहरुको व्यापार गर्ने गरेको बताए । उनले भने–‘फलफुलको व्यारमा पनी विभिन्न मौसम अनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुन्छ । अहिले स्याउको व्यापारमा लागेको उनी बुटवलमा रहेको कृषी उपज केन्द्र तथा थोक बजार केन्द्रबाट फलफुल ल्याएर व्यापार गर्ने गरेको समेत जानकारी दिए । उनले भने दैनिक रुपमा ३ सय रुपैया देखी ५ सय रुपैया सम्म आम्दानी हुन्छ । यसरी पछिल्लो समयमा ठेला व्यवसायमा लागेका ठेला व्यवासयी हरुले एकै प्रकृतीको व्यवसाय नगरी विभिन्न सिजन अनुसारको व्यापारमा लाग्न थालेकाछन । यस क्षेत्रमा कती मात्रामा ठेला व्यवसायीहरु छन भन्ने एकिन तथ्याङ्क नभएपनी धेरै जसो ठेला व्यवसायीहरुले ठेला व्यासायलाई थप परिमार्जन गरि सिजन अनुसारको व्यापारमा लाग्न थालेका छन । जसबाट व्यसायीहरुलाई राम्रो आम्दानी समेत हुने गरेको छ ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ