आर्थिक समाचार


ठेला हट्दा लाखौको घाटा 

कृष्ण खनाल 

बुटवल, ६ असार । 

विहानको करिव ७÷८ बजे यस क्षेत्रकै सबैभन्दा ठुलो ‘बुटवल कृषी उपज केन्द्र’ अहिले सुनसान जस्तै बन्ने गरेको छ । आजभन्दा करिव ३ महिना अगाडी उपजकेन्द्रमा विहानै देखिनै फलफुल तथा तरकारी किनबेचकोलागि भिड हुने उपज केन्द्रमा अहिले ती दृश्यहरु कमै मात्रामा देखिने गरेका छन्  । कारण हो बुटवलका ठेला व्यवसायीहरु विस्तापीत हुनु ।
 केही महिला अगाडी टोल टोलमा पुगेर ठेलामा तरकारी र फलफुल बेच्न ठेला व्यवसायीहरु अहिले विस्तापीत भएका छन् । जसको कारण कृषी उपज केन्द्रबाट विक्रिहुने तरकरी तथा फलफुलको व्यवापार पनि घटेको छ । बुटवल र यस आसपासका करिव २ सय ठेला व्यवसायीहरुले दैनिक प्रति ठेला व्यावसायी एक टनका दरले फलफुलहरु विक्रि वितरण गर्न  लाने गरेकोमा अहिले त्यो स्वाटै घटेको छ । केही सटरमा व्यवसाय गर्ने फलफुल व्यवासयीहरुले विक्रिकाृ लागि फलफुल लैजाने भएपनि ठेलामा व्यवसाय गर्ने व्यपारीहरुले केही टन मात्र फलफुल लैजाने गरेको छन । 
बुटवल कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले बुटवलमा ठेलामा व्यापार गर्ने व्यवसायीहरु विस्तापित भएपछि कृषि उपजकेन्द्रबाट विक्रि  हुने फलफुलमा कमी आएको जानकारी दिए । उनले आज भन्दा करिव ३ महिना अगाडी उपजकेन्द्रबाट दैनिक २ सय क्वीन्टल (२० टन) फलफुल मात्र विक्रि हुने गरेकोमा अहिले करिव चार टन मात्र विक्रि भैरहेको जानकरी दिए । उनले भने–‘ठेला व्यवसायीहरु विस्तापीत भएपछि अहिले यहा बाट विक्रि हुने फलफुलको व्यापार स्वातै घटेको छ ।’ उनले केही महिना अगाडी उपज केन्द्रमा ठेलामा फलफुल तथा तरकरीको व्यावसाय गर्ने व्यापारीहरुको विहान देखिनै भिडभाड हुने गरेकोमा अहिले भने अनुपातमा शु्न्य जस्तै भएको जानकारी दिए । 
उनले ठेला व्यवासायीहरुलाई पुर्ण रुपमा विस्तापीत नगरी विहानको करिव ९ देखि १० बजे र साझ ४ देखि ५० बजे सम्मको समयमा ठेला चलाउन नपाईने र  प्रमु राजमार्ग भन्दा भित्रका सहायक मार्गहरुमा ठेला चलाउन पाउनुपर्ने व्यववस्था गर्नको लागि सुझाए । उनले भने–‘विद्यालय र अफिस टाईमका गाडीहरु आउने समयमा वाहेक अन्य समयमा  मुख्य राजमार्गभन्दा भित्रका सहायक मार्गहरुमा चलाउन दिनुपर्दछ ।’
उता, पछिल्लो  समयमा चरणवद्धरुपमा संघर्षका कार्यक्रमहरु आयोजना गर्दै आएका रुपन्देही ठेला व्यवसायी संघका अध्यक्ष मोतिलाल कण्डेलले मुख्य राजमार्ग सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्गको अलवा भित्री सडकहरुमा निश्चित समयको लागि ठेला व्यवसासायीहरुले व्यापार गर्न पाउनुपर्ने बताए ।  आफुहरुको रोजीरोटीको प्रश्न समेत रहेको भन्दै पुर्णरुपमा ठेला व्यवसायीहरुलाई विस्तापीत गर्दा स्थानियहरुले महङ्गोमा समान खरिद गर्न बाध्य भएको उनको भनाई छ । आगमी दिनमा रुपन्देही ठेला व्यवसायीले विभिन्न चरणवद्वरुपमा संघर्षका कार्यक्रमहरु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, इलाका प्रंशासन कार्यलमा धर्ना दिने तथा बुटवल नगरपालिकामा धर्ना दिने सम्मका कार्यक्रमहरु गर्ने जानकारी दिए । यसको अलवा बुटवलको कृषि उपजबाट कुनैपनि फलफुल तथा तरकारी विक्री वितरणमा रोक लागउनुको साथै सम्पुर्ण ठेलाहरु ट्राफिक  प्रहरीलाई बुझाउने सम्मका कार्यक्रमहरु तय गरेको छ ।
एकातर्फ ठेला व्यवसायीहरु विस्तापीत हुदा स्थानियहरुले घरदौलोमै सस्तोमा पाईने सेवा महङ्गोमा खरिद गर्न बाध्य छन् भने ठेला व्यवासायीहरु स्यम्नै जिवीको पार्जनमा समास्या सृजना भएको छ । ठेला व्यसायीहरुले ठेलामा विक्रि वितरण गर्ने सामानहरु अलिहे  विभिन्न सटरपसलहरुमा उपभोक्ताहरु धाउनुपर्दा सटरमा व्यवसय गर्ने व्यवसायीहरुले सटरको भाडा समेत जोडर मुल्य निर्धारण गरी विक्रि वितरण गर्दा महङ्गो पर्न गएको हो । उता पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले ट्राफिक व्यवस्थामा अवरोध आएको र दुर्घटनाको संभावना बढेको भन्दै ठेला व्यवसायीहरुलाई हटाएको थियो । अहिले बुटवल र यस आसपासमा २ सय जना वटा ठेला व्यवासायीहरु रहेको रुपन्देही ठेला व्यवसायी  संघको तथ्याङ्क रहेको छ । ठेलामा फलफुल तरकारीको अलवा विभिन्न कस्मेटिक्स समानहरुका साथै विभिन्न नास्ताको परिकारहरु समेत विक्रि वितरण  हुन्छन् । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

१० करोडको विपद् कोष लुम्बिनी प्रदेश सरकारलाई सिरानी

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती