Posts

Showing posts from November, 2016

आम्दानी उच्च, सेवा सुस्त

Image
कृष्ण खनाल बुटवल,  कात्तिक ।  लुम्बिनी अञ्चल अस्पतालको आर्थिक बर्ष २०७२÷७३ मा कुल  १७ करोड ९६ लाख २२ हजार ४ सय १० रुपैयाँ ७४ पैसा खुदआम्दानी गरेको छ । उक्त आर्थिक बर्षको पहिलो चौमासिकमा अस्पतालले विभिन्न शिर्षक अन्र्तगतमा कुल ६ करोड १३ लाख ५३ हजार ६ सय ४६ रुपैयाँ आम्दानी गरेको गरेको थियो ।  अहिले चालु आर्थिक बर्ष २०७३÷०७४को पहिलो चौमासिक मा कुल ३ करोड २५ लाख ९६ हजार ६ सय ३९ रुपैयाँ ७१ सञ्चित नाफा गरेको छ ।  आर्थिक बर्ष २०७१÷०७२ मा  अस्पताले कुल १ करोड २५ लाख २३ हजार ६  ससय ३४ रुपैयाँ २७पैसा आम्दानीगरेको छ । लुम्बिनी अञ्चल अस्पतल बुटवलका मेडिकल रेकर्ड अधिकृत तथा सुचना अधिकारी लक्ष्मीराज रेग्मीमा अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्त महिना सम्म  घरभाडावापत अस्पतालले कुल ४ करोड २६ लाख ८२ हजार ७५ रुपैयाँ आम्दानी गरेको छ ।  अस्पतालको अम्दानी करोडौं रुपैयाँ भएपनि सेवा ग्राहीहरुले पाउने सास्ती भने उस्तै छ । अस्पतालमा केही विकास निर्माणका कामहरु गरिएपनि निर्माण पुरा हुन सकेको छै । अन्तरङ्ग सेवामा जहिले पनि विरामीहरुले  चिकित्सकलाई भेट्न घण्टौं सम्म लाईनमा बस्नुपर्ने बाध्यता छ भने

रुपन्देहीबाट ३८ प्रतिशत खाद्यान्न निर्यात

Image
कृष्ण खनाल बुटवल,  कात्तिक । खाद्यान्न उत्पादनमा देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देहीले  उत्पादनको करिव ३८ प्रशित खाद्यान्न बचत गरी विभिन्न जिल्लाह रुमा निर्यात गर्दै आएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको तथ्यांक अनुसार गत आर्थिक बर्षमा कुल ७३ हजार २ सय २५ मेट्रिक टन अर्थात कुल उत्पादनको ३८ प्रतिशत खाद्यान्न निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार जिल्लामा उत्पादन भएको खाद्यान्न  यस क्षेत्रका पहाडी जिल्लाहरु लगायता तराईका अन्य जिल्लामा समेत निर्यात हुने गरेको छ । खाद्यान्नमा खासगरी धान, गहु उत्पादनमा जिल्ला अब्बल जिल्लाको रुपमा पहिचान बनाएको छ ।  देशमा झापा जिल्ला पछि सबैभन्दा बढि धान उत्पादन  हुने जिल्लाको रुपमा रुपन्देही जिल्ला पर्दछ । जिल्लाको जनसंख्या वृद्धिदर उच्च रहेको कारण यहि अनुपातमा जनसंख्याको वृद्धि भएमा अवको १५ बर्षमा खाद्यान्न अपुग हुन सक्ने अनुमान जिल्ला कृषि विकास कार्यालय ले गरेको छ ।  बरिष्ठ कृषि विकास अधिकृत सापाकोटा भन्छन्–‘यहि अनुपातले जनसंख्या वृद्धि भएमा अहि

पानी जोगाउन थोपा सिचाईं

Image
कृष्ण खनाल  बुटवल, कात्तिक ।  तपाईंले सिचाईंको लागि प्रयोग गर्ने पानीको स्रोत कम रहेको छ भने अहिले नयाँ प्रविधिमा आएको सिंचाइं प्राणाली ‘सित्तल’ सिचार्इं उपयुक्त सावित हुनेछ । खासगरी पहाडी जिल्लाहरुमा पानीको स्रोत कम भएको स्थानमा यो प्राणाली उपयुक्त देखिएको छ । कम खर्चमा किसानहरुले थोपा सिचाईंमार्फत तरकारी तथा अन्य तरकारीजन्य उत्पादनमा यो प्रविधि प्रयोग गर्न सक्नेछन् । सित्तल लघु सिचार्इं परियोजनाको साझेदारीमा पश्चिम नेपालका ११ जिल्लाहरु गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, डडेलधुरा, डोटी र अछाममा सित्तल लघु सिचाईं परियोजना विस्तार गरेको छ । युएसएडको सहयोगमा परियोजना सञ्चालन भएको छ ।  थोपा सिचाईं प्रविधि किसानको मागअनुसार २ रोपनी र त्यसभन्दा बढी जग्गाको लागि पनि थोपा सिचाईं प्रविधि जडान गर्न सकिन्छ । यस उद्योगले १८ बर्षभन्दा बढी समय देखि लघु सिचाईं प्रविधि आपूर्तिमा अग्रणी भुमिका खेल्दै आएको छ ।  नयाँ प्रविधिअनुसार एउटा टलेन हुन्छ करिव २२ देखि २५ सय रुपैयाँ मात्र खर्च हुन्छ ।  टैंकी सहितको जडान खर्च हो यो ।  किसानले एक  वृहत क्षेत्रमा एक रोपनीमा