Posts

Showing posts from May, 2016

विद्यालयमा पोल छ तर विजुली छैन

Image
कृष्ण खनाल  बुटवल, जेठ । विद्यालयको कम्पाउण्डमा वि जुलीको पोल गाडिएको छ । पोलबाट नजिकैका घरहरुले तार तानेर घरमा विजुली बालेका छन् ।  चर्को गर्मीमा नजिकैको घरमा  पङ्खा चल्छ, गर्मीमा फ्रिज चलाएर चिसो पानि खान्छन् । तर विद्यालयमा भने विद्यार्थी ४२ डिग्रीको चर्को गर्मीमा टिनको छानो मुनी असिन पसिन हुदै पढ्छन्, शिक्षकहरुसमेत गर्मीको सिकार भएका छन् । यो अवस्था  रुपन्देहीको लुम्बिनी सास्कृतीक नगरपालिका –१२  साविक एकला गाविसमा रहेको अधियारी निम्न माध्यमिक विद्यालयको हो । वि.स.२०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले सम्म विजुली जोडीएको छैन । तराईको उच्च गर्मी हुने स्थानमा विद्यालयमा करिव करिव ५ सय जना विद्यार्थीहरुले अध्ययन गर्दैै आएका छन् । त्यसमा सबैभन्दा बढि  छात्राहरुको संख्या बढि छ ।  विद्यालयमा विजुली जोड्नको लागि केही बर्ष पहिला देखि प्रयास गरिएको भएपनि आर्थिक अभाव भएको भन्दै विद्यालयले विद्युत जडान गरेको छैन । जसको कारण गर्मीको मौसममा विद्यार्थीहरुले पसिना काड्दै अध्ययन गर्न बाध्य छन् भने शिक्षकहरुलेपनि सोही व्यथा  भोग्न बाध्य छन् । विद्यालयका सहायक प्रध्यानाध्यापक पुरन प

रुपन्देहीमा बार्षिक ३० करोडको विउको कारोवार

Image
कृष्ण खनाल बुटवल, जेठ । खाद्यान्न विउ उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देही जिल्लामा बार्षिक करिव ३० करोड रुपैयाँ बराबरको विउ उत्पादनभई कारोवारहुने गरेको पाइएको छ । अहिले जिल्लामा उत्पादन भएको विभिन्न प्रकृतिका खाद्यान्न विउको माग अन्य जिल्लामा समेत बढि रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन्   । उनका अनुसार जिल्लामा धानको विउ उत्पादन हुने गरेको छ ।  धान उत्पादनमा झापा जिल्ला पछिको दोस्र्रो उत्कृष्ठ जिल्लाको रुपमा रहेको रुपन्देहीमा बार्षिक २१ सय  मेट्रिक टन धानको विउ उत्पादन हुने गरेको पाइएको छ । यस्तै  दोस्रो स्थानमा गहुँको विउ रहेको छ । रुपन्देहीमा सबै भन्दा बढि गहुँको  विउ उत्पादन हुने गरेको छ । जिल्लामा बार्षिक रुपमा २  हजार ५ सय मेट्रिक टन  बराबरको उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा मसुरो बार्षिक ४ मेट्रिक टन  उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिमृत भोजराज सापकोटा भन्छन्–‘जिल्लाबाट करिब गँहु १२०० टन तथा धान करिब ८०० टन बीउ बिजन

मनाईयो २५६० औं बुद्धजयन्ती, ‘लुम्बिनी विश्वशान्तीनगर’

Image
कृष्ण खनाल लुम्बिनी(रुपन्देही), ८ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धले प्रतिपादन गरेका शान्ती, अहिंसा र करुणाको सन्देशले विश्वव्यापीरुपमा आफ्नो पहिचान बनाएको भन्दै उनी जन्मीएको रुपन्देहीको लुम्बिनीलाई विश्व सान्ती नगररको रुपमा विकास गर्नुपर्ने धारणा राखेकी छिन् ।उनले शान्तीका अग्रदुत सिद्धार्थ गौतमबुद्ध संग जडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न बौद्धस्थालहरुलाई एकिकृत गरी विश्व शान्ती नगर निर्माण गर्न ढिलाई गर्न नहुने बताएकी हुन । २५६० औं बौद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै उनले लुम्बिनीको व्यापाक रुपमा प्रचार प्रसार गरी  एक पटक आनिवार्यरुपमा लुम्बिनीमा आउने वातावरण सृजना गर्नको लागि सरकारले ढिलाई गर्न नहुने बताएकी छिन् । अहिले निमाणधीन अवस्थमा रहेको लुम्बिनीको वृहत्तर विकास गुरुयोजनाको काममा समयमा नै पुरा गर्नको लागि सबैको सहयोग र साथ आवश्यक रहेको राष्ट्रपती भण्डारीको भनाई रहेको छ । उनले भनिन्–‘बुद्धले प्रदान गरेको सन्देश संयुक्त राष्ट्रसंघको सान्ती सम्बन्धी घोषणापत्रमा समेत सुचीकृत भएको छ, जुन गौरवको विषय हो ।’ उ

कृषि विमाप्रति किसान उत्साहित

Image
कृष्ण खनाल बुटवल, ५ जेठ । केही समय पहिला जिल्ला कृषि विकास कार्यालय रुपन्देहीमा एक कार्यक्रम आयोजनामा रुपन्देहीको सिक्टहनगाविसमा ३ कठ्ठामा लगाइएको टमाटर खेती नष्ट भएपछि विमा गरेकी मन्जु मुल्लाहले २७ हजार क्षतीपुर्ती पाईन । सिद्धार्थ ईन्स्योरेन्स कम्पनीमा विमा गरेकी उनाले भन्दै थिईन्–‘पहिला विमा भन्ने विषयमा केही जानकारी थिएन, अहिले आएर बल्ल थाहा पाए, ३ कठ्ठाको टामाटर नष्ट भएपछि क्षतीपुर्ती पाउँदा खुसी लागेको छ । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । रुपन्देहीमा पछिल्लो समयमा कृषि बालि विमा गर्ने किसानहरुको संख्या बढ्दो छ ।  गत बर्ष पुस १८ गते रुपन्देहीमा पहिलो पटक दयानगर गाविस–७ छपियामा रहेको ग्रिन साईन कृषि फार्माले माछाको विमा गरेको थियो । बुटवलमा शाखा कार्यालय रहेको पुन्ट्रेन्सीयल इन्स्योरेन्स कम्पनी मार्फत माछाको विमा गरिएमा अहिले उक्त  क्षेत्रका किसानहरुले माछाको विमा गर्दै आएका छन् ।  जिल्ला कृषि विकास कार्यालयबाट अनुदानको रुपमा प्रदान गरिने विभिन्न कार्यक्रमरुमा किसानहरुलाई बालि क्षती भएपनि  कुनै घाटा नलागोस भन्ने हेतुले अनिवार्यरुपमा विमाको अवधारणा ल्याएपछि बालि वि

जिल्ला शिक्षा कार्यालयले भन्योः– ‘स्वीकृत नभएको पुस्तक आजैबाट हटाऊ’

Image
कृष्ण  खनाल  बुटवल, ४ जेठ ।  नेपालसरकार शिक्षा मन्त्रा लय पठ्यक्रम विकास समितिमा सुचिकृत नभएको पुस्तक विद्यालयहरुले पठन पाठन गरेको पाइएको छ । कानुनलाई खिल्ली उडाउदै अनुमती विना नै स्वीकृत विनाका पुस्तकहरु विद्यालयमा लगाएको विषयक पटक पटक समाचार प्रकाशित भएपछि जिल्ला शिक्षा कार्यालय रुपन्देहीले मंगलबार संयुक्त अनुगमन गरेको थियो ।  रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादर थापा सहित सहायक जिल्ला शिक्षा अधिकारी टिकारम शर्माको संयोजकत्वमा जिल्लाका शिक्षाका सरोकारवालाहरु सम्मिलित दुई वटा समुहले मंगलबार जिल्लाका केही नीजि विदालयमा अनुगमन गरेको थियो ।  कुन कुन विद्यालयमा अनु गमन गरियो भन्ने विषयमा गौण राखेको जिल्ला शिक्षा कार्यालयय रुपन्देहीले ‘जिल्लाका केही संस्थागत विद्यालयहरुमा  अनुगमन गर्दा  नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएको पि पब्लिकेशन गृहबाट प्रकासन भएको प्याब्सन साइन्स नामको बिज्ञान बिषय र अन्य प्रकाशन गृहबाट प्रकाशित पाठ्यपुस्तक पठन पाठन गराएको पाइएकोले जिल्ला शिक्षा कार्यालय, रुपन्देहीको गंभीर ध्यान आकर्षण भएको छ ’ भन्ने व्यहोराको प्रेस विज्ञप्ती प्र

‘डे केयर सेन्टर’ विद्यार्थीद्वारा सहयोगको याचन

Image
कृष्ण खनाल बुटवल, ५ जेठ ।  अपाङ्गताको   बर्गीकरणमा सबैभन्दा जटिल अपाङ्गता  अन्र्तगत बौद्धिक अपाङ्गतालाई लिईन्छ । तिनै बौद्धिक अपाङ्गता भएका वालबालिकाहरुलाई समाजमा घुलमिल गराउने र शिक्षा प्रदान गर्ने उदेश्यका साथ स्थापना भएका रुपन्देहीका दुई वटा ‘डे केयर सेन्टर’ आर्थिक अभावको कारण समस्यामा परेका छन् । बौद्धिक अपाङ्गता भएका व्याक्तिका अभिभावक संघ रुपन्देहीको पहलमा रुपन्देहीको रुद्रपुर गाविसमा रहेको रुद्रपुर उच्च मावि र लुम्बिनी सास्कृतीक नगरपालिका १२ मा रहेको अधियारी निम्न माध्यमिक विद्यालयमा गरी २ स्थानमा डेक केयर सेन्टर स्थापना भै सञ्चालनमा रहेका छन् । विभिन्न दाताहरुको सहयोगबाट सञ्चालनमा आएका यि सेन्टरहरुमध्ये रुद्रपुर डे केयर सेन्टरमा बालबालिकाहरुको लागि दिउसामा  खुवाने खाजाको समेत व्यवस्थापन नहुँदा समस्यामा परेको बताइएको छ ।  वि.स.२०६८ सालबाट स्थापना भएको रुद्रपुर डे केयर सेन्टरमा अहिले ३२  जना बौद्धिक अपाङ्गता भएका वालबालिकाहरु रहेका छन् । ति वालवालिकाहरुलाई दैनिक रुपमा दिउसको समयमा गत बर्ष सम्म नियमित रुपमा खाजाको व्यवस्थापन हुदै आएकोमा अहिले  सहयोगी दाताको अभावमा  दिउँ

योगाले दिर्घजीवि...

Image
कृष्ण खनाल बुटवल, ३ जेठ ।  विहान करिव साढे ४ बजे कोही हातमा च्यादर बोकेर हिडीरहेका छन्, कोही अध्यारोमा मोवाईलको साहायताले  उज्याल गराउदै  हातमा पानीको बोतल त कोही केही कपडा लिएर हिडीरहेका छन् । उनीहरु सबै जना एक स्थानमा भेला हुन्छन् । सुरुवा हा.हा..हा...(ठुलो लामो हासो), स्वा. स्वा.. स्वा... लामो सास फर्दै छोड्ने यो प्रकृया केही समय रहन्छ । यो दृश्य सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–९मा रहेको बुद्ध टोल विकास समितिले आयोजना गरेको योग शिविरको हो ।  वृद्ध वृद्धाहरु देखि विद्यार्थीहरु समेत योग शिविरमा सहभागी भएका छन् । पुरुषहरु भन्दा अझ बढि महिलाहरु सहभागी भएका  छन् । यो एउटा उदाहरण मात्र हो । पछिल्लो समयमा योगा मार्फत  शरिर स्वथ्य बनाउनको लागि विभिन्न स्थानहरुमा समय समयमा  योग शिविर आयोजना हुने गरेका छन् । कुनै –कुनै विद्यालयहरुले  त नियमित रुपमा नै विद्यार्थीहरुको लागि योग अभ्यास गराईराहेका हुन्छन् ।  विद्यालय, टोल विकास संस्था कुनै कुनै सरकारी कार्यालयहरुले  समेत योग अभ्यास गराउने गरेको पाइन्छ ।  रुपन्देहीमा विगत लामो समयमा देखि रुपन्देहीको योग तथा प्राकृतिक चिकित्सा

अन्तराष्ट्रिय परिवार दिवस:– अस्थायी बढ्दै, स्थायी घट्दै

Image
कृष्ण खनाल बुटवल, १ जेठ ।  व्यक्तिगत जीवनमा पारिवारको महत्वलाई सम्मान गर्दै आज अन्तराष्ट्रिय परिवार दिवस मनाइदैछ । हरेक वर्ष मे १५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरेको थियो । सन् १९९३ मा भएको राष्ट्रसंघीय बैठकको निर्णयअनुसार परिवारको महत्वलाई अझ धेरै उजागर गर्न यो दिवस मनाउने घोषणा भएको थियो । त्यसपश्चात विश्वभर परिवार दिवस मनाउन थालिएको हो । परिवारको महत्वलाई कायम राख्न उत्प्रेरणा ज गाउने उदेश्यका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । परिवार दिवसमा पारिवारिक एकता, स्थायित्व र दिगो विकासको अवधारणा अगाडी बढाइएको भएपनि अझै पनि परिवारलाई सुखि र खुसी परिवारको रुपमा विकास गर्नको लागि  महत्वूर्ण निकाय परिवार नियोजन गर्नेको संख्यामा खासै वृद्धि हुन सकेको छैन । सानो परिवार सुखि परिवारको नारा दिएर परिवार नियोजनको लागि  विभिन्न निकायबाट व्यापक प्रसार प्रसार गरिए को हुन्छ ।  सरकारी तथा गैर सरकारी संस्थाहरुले  बर्षभरीनै यस्तो प्रकृतिको जनचेतना अभिवृद्धिको काम गर्दै आएका छन् । तर यथेष्टमात्रामा परिव

कृषिमा अनुदानः किसानलाई पोत्साहन

Image
कृष्ण खनाल बुटवल, ३१ बैशाख । रुपन्देहीको पश्चिम अमुवा गाविस–७ पुर्नियाका किसान शन्तराम चौधरीले केही बर्ष अघि परिवारमा उपभोगको लागि माछा पालन गर्दै आएका थिए । व्यवसायीक रुपमा माछापालनको लागि सोच बनाएका भएपनि उनले यसमा हात हाल्न सकेका थिएन् । आफ्नो जमिन जग्गा नभएको कारण चौधरी थप समस्यामा थिए ।  पहिला एक दुई वटा माछा पोखरीनिर्माण गरी मत्त्यपालन गर्दै आएका चौधरीले अहिले भने व्यवसायीक रुपमा माछाको भुरा उत्पादन गर्दै आएका छन् । बार्षिक १ लाख २५ हजार रुपैयाँ भडा सम्झौता  गरी  उनले‘ नोट बहादुर ह्याचरी माछा फर्म’ नै स्थापना गरेर व्यवायीक रुपमा माछाको भुरा उत्पादन गर्दै आएका छन् । जसको लागि उनको सहयोगीको रुपमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले भुमिका खेलेको छ । करिव ३ बर्ष पहिला व्यवसायीक माछा ह्याचरी फर्म स्थापना गरेका चौधरीलाई  ह्याचरीको सेड, ओभरहेड टैंकी, छाना निर्माणको लागि १ लाख रुपैया  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अनुदान प्रदान गरेको छ । उनी भन्छन्–‘आफ्नो जग्गा छैन, भाडामा जग्गा लिएर, अनुदान पाएको रकमबाट केही आशा जागेर यो काम सुरु गरेको हुँ ।’   दुई विघा क्षेत्रफलम

ज्यानै जोखिममा राखेर ‘स्टन्र्ड’

Image
कृष्ण खनाल बुटवल, ३० बैशाख ।  काठमाण्डौंमा स्थायी घर भएका पुष्प बन्जारा केही  यता साहसी प्रर्दशनको रुपमा लिइएको माउन्टेन बाईक को स्टन्र्ड गर्दै आएका छन् ।  विहिवार बुटवलमा मान्टेन ड्युले आयोजना गरेको बाई स्टन्र्डमा उनले आफ्नो स्टन्र्ड देखाए  । बुटवलको देवीनगर चौपारी मा आयोजना गरिएको स्र्टन्डमा उनी जस्तै रमेश, गौरव, सन्देश्वर लगायतका टिमले ज्यान नै जोखिम मालेर आफ्नो स्टन्र्ड देखाए । बुटवलमा आयोजना गरिएको उक्त स्टन्र्डमा खेलाडीहरुले मोटरसाईकल लाई एक हातले चलाउने देखि लिएर स्केट बोर्ड उडाउनेको साथै माउन्टेन बाईक समेत उडाउने गरी विभिन्न कला प्रस्तुत गरे ।  सदैजसो चौपारीमा साझको समयमा  चिसो हावा खानको लागि जम्मा हुने स्थानियहरुले विहिवार फरक प्रकृतिको स्टन्र्डको महसुस गरे । मोटरसाईकललाई विभिन्न प्रकृतिले कलात्मक रुपमा  एक चक्काले मात्र गुडाउने देखि लिएर हातले मात्र बाईक गुडाउने, भुईमा खुट्टा राखेर बाईक गुडाउने देखि लिएर अन्य कलात्मक दृश्य देख्ने मौका पाए । 

कुची छाडेर कुटो तर्फ

Image
कृष्ण खनाल बुटवल, २९ बैशाख ।  भनिन्छ कृषि कर्म गर्नको लागि नतउमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चा हिदैन  । जसको उदाहरण बनेका छन्  साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्यय । २४ बर्ष सम्म शिक्षण पेशामा संलग्न रहेका उपाध्ययाले अहिले सेवा निवृत्त भएपछि कृषि कर्ममा हात हालेका छन् । अहिलेको तिलोत्तमा नगरपालिका –१९ टिकुलगढमा उनले पौने ३ विघा क्षेत्रफलका कृषि खेती सुरुवात गरेका हुन । वि.स.२०७० सालमा रस्मी कृषि फर्म स्थापना गरी उनले अहिले तरकारी खेती, माछापालन लगायत व्यवसायिक रुपमा गाई समेत पाल्ने योजना बनाएका छन् ।  उनी भन्छन्–‘पश्चिम पौनी माविमा २४ बर्ष सम्म अध्यापन गरे, सेवा निवृत्तभएपछि अहिले कृषि पेशामा लागेको छु ।’ २० बर्ष सम्म स्थायि शिक्षको रुपमा र ४ बर्ष अस्थायी शिक्षकको रुपमा काम गरेका उपाध्ययले कृषि क्षेत्रबाट नै केही प्रगति गर्न सकिन्छ भन्ने योजनाका साथ कृषि क्षेत्रमा हात हालेको बताउछन् । ‘घरपरिवारबाट क्याम्पस पढाएर बस्नु भन्दै दबाब दिएपनि कृषि क्षेत्रको लागि केही

तिनाउ पुलको आयु लम्बाउन मर्मत ईन्जीनियर भन्छन्–‘अझै ३० बर्ष टिक्छ’

Image
कृष्ण खनाल बुटवल, २८ बैशाख । नेपालको प्रमुख व्यापारिक र औद्योगीक नगरीको रुपमा  रहेको बुटवलको मुखैमा रहेको तिनाउ नदीमाथि निर्माण गरिएको ‘तिनाउ पुल’ अहिले मर्मत संहार को काम भैरहेको छ । सामान्यतया पुल मर्मतको काम नेपाल सरकार सडक विभाग अन्र्तगत सडक डिभिजना कार्यालयले गर्दछ । तर तिनाउ नदी लगायत नेपालका केही महत्पूर्ण पुलहरुको माग नेपाल सरकार पुल महाशाखा, पुल योजना नम्बर तिन नेपालगञ्जको रोहबरमा अहिले पुलको मर्मत संहार काम गरिएको हो ।  केही महिना पहिला देखि तिनाउ नदीको फाउण्डेसनलाई जोगाउनको लागि नदीमा ‘बोटबार’ निर्माण गरिएको छ । अवको केही दिनमा उक्त काम पुरा हुने पुलयोजना  नम्बर ३ नेपालगञ्जका प्रमुख गणेश गौतमले जानकारी दिए । उनका अनुसार अन्य साना पुलहरुको विषयमा सडक डिभिजन कार्यालयले गर्दै आएकोमा केही नेपालका ठुला पुलहरु पुल महाशाखाले हेर्दै आएको हो  । पुलयोजना शाखा नम्बर ३ का प्रमुख गणेश गौतमका अनुसार तिनाउ संगै पुर्वपश्चिमा राजमार्गका शिवगंगापुल, बौलाह खोला पुल, राप्ती नदीको पुल लगायतका पुलको मर्मत संहार काम अहिले जारी रहेका छन् ।  बुटवलको तिनाउ नदीको पुल मर्मतको काम गत जेठ–असा

रूपन्देहीका सहकारीमा १३ सय जनाले रोजगारी

Image
कृष्ण खनाल बुटवल, २८ बैशाख । सहकारी शब्द नेपाली शब्दकोष अनुसार सह–सामुहिक, कार्य–काम बाट निर्माण भएको पाईन्छ । यसको अर्थ हुन्छ समुहमा काम, सोही अनुसार देशभर जस्तै रूपन्देहीमा पनि सहकारी संस्था खोल्ने, चलाउने तथा खारेजीमा पर्ने सहकारीहरूको संख्या यथेष्ट मा त्रामा छ । डिभिजन सहकारी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीमा ७ सय ४२ वटा सहकारीहरू दर्ता भएर सञ्चालनमा रहेका छन् । जिल्लामा सबैभन्दा बढि बचत तथा ऋण सहकारी संस्थाहरू रहेका छन् । ३ सय ६३ वटा सहकारीहरूले जिल्लामा बचत तथा ऋणको मात्र काम गर्ने गरेको डिभिजन सहकारी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा दर्ता भएका सहकारीहरूमा करिव १३ सय भन्दा बढिले रोजगारी पाएको डिभिजन सहकारी कार्यालय रूपन्देहीले जनाएको छ ।  डिभिजन सहकारी कार्यालय रूपन्देहीका अनुसार जिल्लामा हाल ३ सय ६३ वटा बचत तथा ऋणको काम गर्ने सहकारीहरूको संख्या रहेको छ भने १ सय ९ वटा बहुउद्देश्यीय र १ सय ९३ वटा कृषि सहकारी संस्थाहरू रहेका छन् । उक्त सहकारीहरूमा करिव १३ सय जनाले रोजगारी पाएको र कुल १२ अरव रूपैयाँ बचत भएको छ ।  विभिन्न प्रकृतिको नाम दिएर स्थापना भएका केह

नापी कार्यालयमा निवेदनको चाङ, बर्ष दिनसम्म नाप जाँच हुदैन

Image
कृष्ण खनाल बुटवल, २२ बैशाख । गत बर्ष बैशाख महिनामा नापी कार्यालय बुटवलमा आउदा हुँदा खुसी भएका यस क्षेत्रका सेवाग्राहीहरुको  खुसी एक बर्ष वित्दा समेत सार्थकता पाउन सकेको छैन । जग्गा विक्रिको लागि नक्सा नापजाँज गर्न बुटवलको नापी कार्यालयमा निवेदन दिएकी यस क्षेत्रका सेवाग्राहीह रुले अहिलेसम्म पनि सर्वेक्षककबाट जग्गा नाप जाँच गराउनु पाएका छैनन् । यो समस्या एक जना  सेवाग्राहीहरुको मात्र होईनबुटवलमा नापी कार्यालय स्थापना  पछि केही राहतको महसुस गरेका यस क्षेत्रका स्थानियहरुले काम दुर्तगतिमा नहुँदा  निरास बनेका हुन ।   अन्य काम समयमा नै पुरा भएपनि नापी कार्यालयबाट जग्गा नापजाँच समयमा हुन नसक्दा स्थानिय सेवाग्राहीहरुले आक्रोश समेत व्यक्त गर्नथालेका छन् ।  नापी कार्यालय बुटवलका प्रमुख धुब्रराज मरासेनी सेवा ग्राहीरुको चाँपको कारण समस्या आएको बताउछन् । उनी भन्छन्–‘यो यहाँको मात्र समस्या होइन नेपाल भरकै समस्या हो, दिनमा ४÷५ वटासम्म जग्गा नापीको लागि निवेदन आउने गरको  छ, जग्गा नापको लागि समस्या छ ।’ नापी कार्यालय बुटवलका सर्बेक्षक घनश्याम अर्यालका अनुसार एक हप्तामा मुस्कीलले जम्मा ६ वट

प्रवासीे नेपालीको मनकारी मन

Image
कृष्ण खनाल बुटवल, २५ बैशाख । आफ्नो दैनिक जिविकोपार्जनको लागि वैदेशिक रोजगारमा रहेका नेपालीहरुले खर्चकटाएर विभिन्न सामाजिककार्य गरेका छन् । रुपन्देहीबाट अष्ट्रोलिया गई विभिन्न प्रकृतिले बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था ‘रुपन्देही सामाजिक सञ्जाल अष्टे«लिया’ले विभिन्न स्थानमा ३ लाख भन्दा बढिको सहयोग गरेका छन् । शनिवार बुटवलमा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरी सञ्जालका अध्यक्ष राज खनाल लगायतको टोलीले उक्त सहयोग गबुटवल–१३ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमको लागि अपाङ्गमैत्री सौचालय निर्माणको लािग  १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । आश्रममा आश्रीत अपाङ्गता भएका व्याक्तिहरुको लागि अपाङ्गमैत्री सौचालय नभएकोकारण सहयोग गरिएको सञ्चालले जानएको छ ।  १ लाख ५० हजारको चेक आश्रमका अध्यक्ष डोल बहादुर रामदामको रोहवरमा  सौचालयको निर्माणको जिम्मा पाएको लुम्बिनी वेलफेयर सोसाईटीका अध्यक्ष खगेन्द्र रेग्मीलाई  प्रदान गरेको हो । अपाङ्गता भएका व्याक्तिहरुको लागि सौचालय र नुहाउने, धुने स्थान सहित दुई कोठाको उक्त सौचालयका साथै वाथरुम समेत निर्माण गरिने छ ।  सामाजिक सेवा नै मुख्य उद्देश्य

‘शव’ व्यवस्थापन अञ्चल अस्पतालाई ‘सधै घाँडो’

Image
कृष्ण खनाल बुटवल, २३ बैशाख ।  अस्पतालमा मृत्यु भएका तथा अन्य स्थानमा मृत्युभई पोष्टमार्टमको लागि अस्पतालमा ल्याइएका सव सम्बन्धीत आफन्तको पत्तो नलाग्दा लुम्बिनी अञ्चल अस्पताललाई शव व्यवस्थापन टाउको दुखाईको विषय भएको छ । केही समय पहिल १२ ओटा बेवारिसे शव व्यवस्थापन गरेको १५ दिन नबित्दै लुम्बिनी अञ्चल अस्तालतको शव राख्ने फ्रिज (मर्चरी) फेरि भरिएको कारण थप समस्या भएको अस्पताल विकास समितिले जनाएको छ ।    अस्पतालमा १५ दिनको अवधिमा ६ ओटा बेवारिस शव जम्मा भएका हुन् । अस्पतालमा मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले मर्चरीमा एक साता अगाडिदेखि राखिएका शव व्यवस्थापन हुन नसक्दा अस्पतालमा पुनः दुर्गन्ध फैलिन थालेको बताउछन् । समयमै उपमहानगरपालिकाले बेवारिसे शवको व्यवस्थापन गर्न नसक्दा पटक–पटक समस्या आउने गरेको उनको भनाइ छ । अस्पतालमा रहेको मर्चरीको क्षमता ६ ओटा शवको मात्र हो । गत चैत १७ गते १ महीनापछि बुटवल उपमहानगरपालिले अस्पतालमा जम्मा भएका १२ ओटा शव व्यवस्थापन गरेको थियो । बेवारिसे शव बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्छ । तर, शव व्यवस्थापन गर्न स्थायी ठाउँ नहुँदा उपमहानगरपालिक

किसानको सारथी ‘किसान कल सेन्टर’

Image
कृष्ण खनाल बुटवल, २२ बैशाख । रुपन्देहीको मैनहियाका मौरीपालक किसान  सेतुवान रामेश्वर पाललाई आजकल धेरै सहज भएको छ । मौरी सम्बन्धी कुनै समस्या आयो या मौरी सम्बन्धी  कृषि मन्त्रालयले के कस्तो अनुदान तथा नयाँ व्यवस्था ल्याउदैछ भन्ने विषयमा जान्नको लागि उनी पछिल्लो समयमा न त कृषि सेवा केन्द्र धाउछन् न त  जिल्ला कृषि विकास कार्यालय नै । घरमा नै बसीबसी  फोन गर्दा पैसा नलाग्ने जिल्ला कृषि विकास कार्यालयले व्यवस्थापन गरेको टोल फ्रि  नम्बर’ १६६००७१५२००० मा फोन गर्छन् र सबै कुरा बुभ्mद्छन् । नेपाल सरकारले केही समय पहिला देखि सञ्चालनमा ल्याएको  टोलफ्रि नम्बरलाई अहिले ‘किसान कल सेन्टर’को रुपमा विकास गरेको छ । किसानहरुको सारथीको रुपमा किसान कलसेन्टर बन्दै गएको छ ।  केही समय पहिला रुपन्देहीमा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकार कृषि मन्त्रालयका कृषि सचिव उत्तम कुमार भट्टराईले किसान कल सेन्टरको समुद्घाटन गरेका थिए । त्यसपश्चात किसान कल सेन्टरमा किसानहरुले सम सामयिक विषयका साथै कर्यालय वा मन्त्रालयबाट समेत के कस्तो अनुदान तथा सेवा सुविधा प्रदान गरेको छ भन्ने जानकारी लिने गरेका छन् । 

अपाङ्गता मैत्री संरचना कागजमा मात्रै

Image
कृष्ण खनाल बुटवल, २१ बैशाख ।  रुपन्देहीको प्रमुख प्रशासनिक निकाय ‘जिल्ला प्रशासन कार्यालय’मा एकजना अपाङ्गता भएकी महिला घर्सिदै ‘हाकीम सा’प खोई’ भन्दै भित्र छिरिन् । सबै जना उनको अपाङ्गता देखि ‘क्वार क्वारति’ हेरिरहेका थिए । उनको साथमा रहेका आफन्त नातीले उनलाई प्रशासकिय अधिकृत तुलसीराम भण्डारी कहाँ लगे ।  तल्लो तलामा रहेका प्रशासकिय अधिकृत भण्डारी कहाँ गएकी ति महिलाले  नमस्कार गर्दै भनिन्–‘लौन हाकीम सा’प म मर्कामा परे, मेरो लागि न्याय दिनु प¥यो ।’ उन लको विन्ती पछि ति महिलालाई सम्झाउदै भण्डारीले भने–‘हाकीम सा’प(सहायक प्रजिअ)बाहिर जानु भएको छ, उहाँ आएपछि म तपार्इँको बारेमा कुरा गरिदिन्छु एकै छिन बाहिर गएर बस्नुसन् ल ।’ उनी कोठाबाट बाहिर आउदै गर्दा नजिकै रहेका व्याक्तिलाई सोधीन्–‘हाकीम सॉप बस्ने कोठा काहाँ हो ? ’ नजीकै रहेका व्याक्तिलाई माथिल्लो तला देखाउदै भने–‘उ त्यहाँ हो तर अहिले हाकीम साप बाहिर जानु भएको छ ।’  उनी बाहिर गएपछि प्रशासकिय अधिकृत भण्डारीले भने–‘के गर्ने यस्ता मान्छेको पनि पैसा खाइदिएछन्, न्ययको लागि आएकी रैछन् सहयोग गर्नुछ ।’ जिल्लाको प्रमुख प्रशासनिक निकाय

रुपन्देहीको साढे सात सय हेक्टर ‘मत्स्य पकेट क्षेत्र’

Image
कृष्ण खनाल  बुटवल, २१ बैशाख ।  जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीले जिल्लामा माछा उत्पादन बृद्वि गर्नका लागि नया“ रणनीतियोजना अनुसार माछा उत्पादनको लागि अब्बल मानिएको करिव ७ सय ५० हेक्टर क्षेत्रफललाई मत्य पकेट क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।   जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत  रमेश जैशवालका अनुसार रुपन्देहीको धकधई गाविस आसपास क्षेत्रका १५ ओटा गाविसलाई समेटेर १ सय २० हेक्टरक्षेत्रफल र लुम्बिनीतर्फ सुर्यपूरा लगायतका आसपासको १५ ओटा गाविसलाई समेटेर १ सय ८० हेक्टरको क्षेत्रफलमा लुम्बिनी पकेट क्षेत्र निर्धारण गर्ने र छपिया दयानगर छेउछाउका गाविसलाई समेटेर ४ सय ५० हेक्टरको क्षेत्रफलमा छपिया टिकुलीगढ सेमलार बुटवल पकड क्षेत्र निर्धारण गर्नेगरी काम अगाडि बढाईएको छ ।  रुपन्देहीमा हाल ८ सय ७५ ओटा पोखरीमा माछा पालन गरिंदै आएको छ । जिल्लाका २० ओटा गाविसलाई माछा पालनका लागी पकट क्षेत्र भनेर निर्धारण गरीएको कृषि कार्यालयको तथ्यांक छ । यस जिल्लामा प्रत्येक दिन  १२ मेट्रीक टन र प्रतिवर्ष ४ हजार ५ सय मेट्रीक टन माछा उत्पादन हुने गरेको छ जुन बाजारकालागी अपुग रहेको

सन्र्दभः प्रेस स्वतन्त्रता दिवस ‘पदावी पाइयो,अरु केही भएन’

Image
कृष्ण खनाल बुटवल, २० बैशाख । पत्रकारितामा दशकौ विताएका पाल्पाली अग्रज पत्रकार मेघराज शर्मालाई वि.स.२०६५ सालमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले ‘प्रेस स्वतन्त्रता सेनानी’को उपाधीले सम्मान ग¥यो । पाल्पामा एक मात्र प्रेस स्वतन्त्रता सेनानी पदावी पाएका उनको फरक पहिचा न छ । पदावी पाएका उनलाई प्रमाण पत्र बाहेक थप केही सेवा सुविधा दिएको छैन् । अहिले ६७ बर्षमा लागेका शर्मा भन्छन्–‘एउटा प्रमाणपत्र मात्र दियो, प्रमाणपत्र भिरेर हिड्ने कुरा भएन, परिचय पत्र दिएन ।’ पत्रकार महासंघले सम्मान प्रदान गरेपछि नेपाल सरकारले एउटा परिचय पत्र देला, परिचय पत्रको आधारमा सरकारले विभिन्न सेवा सुविधा दिएर सम्मान देला भन्ने उनको अपेक्षा अहिले सम्म पनि पुरा हुन सकेको छैन । प्रेस स्वतन्त्रता सेनानी पदावी  पाएको ७ बर्ष भयो  उनी भन्छन्–‘एउटा परिचय पत्र देला, यातायातमामा छुट प्रदान गर्ला,औषधी मुलो गर्दा पनि छुट पाइएलाकी भन्ने सोचेको थिए तर खासमा केही भएन ।’ उनले थपे–‘प्रेस स्वतन्त्रताको लागि लडाई लडेका हामी पत्रकारहरु जहिले पनि आँखाको तारो भईयो, जनताको हक अधिकारको लडाई लड्दा कहिले राज्य पक्षबाट उपे

रुपन्देहीका सहकारीमा १२ अरवको कारोवार

Image
-2072/01/19 published   @ butwal today  कृष्ण खनाल बुटवल, १८  बैशाख । सहकारी शब्द नेपाली शब्दकोष अनुसार  सह–सामुहिक, कार्य–काम बाट निर्माण भएको पाईन्छ । यसको अर्थ हुन्छ समुहमा काम, सोही अनुसार देशभर जस्तै रुपन्देहीमा पनि सहकारी संस्था खोल्ने, चलाउने तथा खारेजीमा पर्ने सहकारीहरुको संख्या यथेष्ठ मात्रामा छ । डिभिजन सहकारी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा  ७ सय ४२  वटा सहकारीहरु दर्ता भएर सञ्चालनमा रहेका छन् । जिल्लामा सबैभन्दा बढि बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् । ३ सय ६३  वटा सहकारीहरुले जिल्लामा बचत तथा ऋणको मात्र काम गर्ने गरेको डिभिजन सहकारी कार्यालयको तथ्यांकमा उल्लेख छ । डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख सहकारी अधिृत नेत्र प्रसाद घिमिरे भन्छन्–‘केही सहकारीहरु विकृत बन्दै गएका छन्, जसको अनुगमन गरि कारवाही प्रक्रिया समेत अगाडी बढाइएको छ ।’ विभिन्न प्रकृतिको नाम दिएर स्थापना भएका केही सहकारीहरुले आफ्नो उदेश्य भन्दा पनि फरक  बचत तथा ऋणको मात्र काम गर्ने गरेको पाइएको छ । सहकारी नियम अनुसार नियमति सहकारीको साधारण सभा नबस्ने, बचत तथा ऋणको कार्यविविरण डिभिज