Posts

Showing posts from February, 2016

गायक पौडेललाई महोत्सवमा भ्याई न भ्याई

Image
कृष्ण खनाल बुटवल, १५ फागुन ।   पाल्पा घर भई हाल काठमाण्डौलाई कर्मथलो बनाउदै आएका बहुचर्चित एव्म लोकप्रीय तथा यथार्थपरक गायक नवीन पौडेलले केही समय पहिला ‘हरेक जातजाती छौं नानाथरी मिलेर बसौ यहि जन्मभुमी छ स्वर्गसरि ’बोलको गीत सर्वाजनिक गरेका थिए ।  यस अघि ‘जान्न मत त्यो घर, ए हजुर सुन्न्ुुभाछ र...., सत्य खान्छु कसम आज यतै बसम्, श्रीनगर बतासे डाडैमा, यस्तै हुन्छ भन्ने भा लाउनीथिईन मायाँ बुढी कन्या बन्ने भा, रातो डोरी कपाल लर्केको, मनैकी दयालु, आजै भेट भाको बुटवल आको म परे पाल्पाको,’  लगायतका दुई दर्जनभन्दा बढि लोक तथा दोहोरी गीतका एल्बमहरु सार्वजनिक गरिसकेका छन् ।  राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘हरेक जातजाती छौं नानाथरी मिलेर बसौ यहि जन्मभुमी छ स्वर्गसरी’ बोलको गीत अहिले चर्चामा रहेको छ । यो गीतलाई केही समयम अगाडी पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, उद्योग मन्त्री सोम प्रसाद पाण्डे लगायत करिव २ दर्जन सांसदहरु,  यस क्षेत्रका सम्पूर्ण कलाकारहरुको उपस्थितीमा ऐतिहासिक रुपमा काठमाण्डौमा विमोचन गरिएको थियो । नविन पौडेल यर्थाथपरक र समयसापेक्ष गीत  गाउन माहिर छन् भन्ने कुरा तलको प

एमालेको भैरहवामा जनप्रर्दशन ‘नयाँ संविधान जनताको संविधान हो’–प्रम

Image
कृष्ण खनाल बुटवल, १४ फागुन ।  नेकपा एमाले लुम्बिनी अञ्चल कमिटिको आयोजनामा भैरहवामा वृहत् जनप्रदर्शन गरिएको छ । जनताको संविधान जनताको माझमा भन्ने मुल नाराका साथ संविधानकाविषयमा भएको भम्र चिर्नको लागि आयोजना गरिएको जनप्रदर्शनमा लुुम्बिनी अञ्चलका सबै जिल्लाहरुबाट व्यापक रुपमा जसहभागीता रहेको थियो । आयोजकले डेढ लाख जनता उतार्ने पुर्व उद्घोष गरेका थिए । सोही अनुरुप कार्यक्रममा गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानबाट व्यापक रुपमा  नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।  खासगरी मधेसी समुदायमा संविधान जारी भएपछि  भएका विभिन्न भ्रमहरुलाई निराकरण गर्नको लागि केन्द्रिय कार्यक्रम अनुसार भैरहवाको सिद्धार्थ रङ्गशालामा वृहत् आमसभा राखिएको थियो ।  जनसभालाई सम्बोधन गर्दै नेपाल सरकारका प्रधामन्त्री तथा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीले जनताले लामो समय देखि प्रतिक्षारत रहेको संविधान जारी हुनु कसैकोलागि पनि टाउको दुखाईको कारण हुन नहुने बताएका थिए ।  संविधान साभाबाट जारी संविधानमा कसैका अधिकार कटौती नगरिएको भन्दै उनले भने–‘संविधान लोक

सामुहिक कृषि खेतीमा आर्कषण बढ्दो

Image
कृष्ण खनाल बुटवल,१३ फागुन । पछिल्लो समयमा अन्य व्यक्तिको जग्गा भाडा(लिज)मा लिएर कृषी प्राणाली अपनाउनेको संख्या बढ्दै गएको छ । सानो लगानीमा यसरी गरिएको कृषि प्राणालीबाट मनग्य आम्दानी हुन  थालेपछि किसानहरु यस तर्फ आर्कषित हुदै गएका छन् । केही समय पहिला मात्र पाल्पा जिल्लाको दोभान गाविस–६का किसानहरुले सामुहिक खेती  प्राणाली सुरु गरेका छन् । गत बर्ष बोटेगाउ कृषि सहकारी संस्था स्थापना गरी उनीहरुले सामुहिक तरकारी खती तर्फ अगाडी बढे का हुन । बोटेगाउ कृषि सहकारी संस्थाका सल्लाहकार पदमलाल  शाक्यका अनुसार  वि.स.२०७० सालमा त्यहका स्थानिय व्याक्तिहरुको सक्रियतामा २८ जना कृषकहरुले सामुहिक व्यवसायीक खेती सुरु गरेका हुन । पहिलो चरणको खेती गरी आम्दानी समेत गरेका समुहका व्याक्तिहरुले आफै नै खनजोत, गोडमेल र खेतीबालीको स्यारसुसार गर्दै आएका छन् । बोटेगाउ कृषि सहकारी संस्थाका अध्यक्ष सुर्यबहादुर बगाले अनुसार ३८ जना कृषकहरुले १३ रोपनी जग्गा  बार्षिक ४५ हजार रुपैया बुझाउने गरी भाडा(लिज)मा ल्याएका हुन । गत बर्ष करेला, लौका, घिरम्ला, बन्दागोभि, काउली लगायतका तरकारी जन्य कृषिबस्तु उत्पादन गरेका किसानहर

सन्र्दभः प्रजातन्त्र दिवस: घाम लाग्यो,बादल हटेन

Image
कृष्ण खनाल बुटवल, ६ फागुन ।  वि.स.२००७ सालको प्रजातन्त्रको उदय हुने समयमा डिल्लीरमण शर्मा स्याङ्जामा थिए । भखैरै २०÷२२ बर्ष उमेर लागेका उनी युवा जोशमा गाउ गाउबाट नेपाली कांग्रेसको झण्डा बोकेर आन्दोलनमा होमिएका थिए । तत्कालीन सरकारले थाहा पाई गिरफ्तार गर्ने डरले गाउ गाउमा शर्मा यूवासँग मिली आन्दोलनको खाका बनाउथे ।  वि.स.१९८८ सालमा जम्मीएका शर्माले वि.स. २००७ साल पुस २४ गते स्याङ्ग्जा जिल्ला कब्जा गर्ने योजनाका मुख्य योजनाकार समेत हुन ।  अहिले उमेरले ८४ बर्ष लागेका शर्मा वि.स.२०२० सालमा रुपन्देही झरेका हुन । ३ बर्षसम्म जेल जिवन विताएका शर्मा १८ बर्षसम्म रुपन्देहीमा नेपाली कांग्रेसको नेतृत्वपंत्तिमा रहेर काम गरेको अनुभव रहेको छ ।  वि.स.२०१७ सालको आन्दोलनमा भाग लिएको कारण तत्कालिन सरकारले उनलाई ३ बर्ष जेल हालेको थियो । उनी भन्छन्–‘त्यतिबेला नेपालभरमा पहिलो पटक  वि.स.२००७ साल पुस २४ गते स्या्ङ्ग्जा जिल्ला कब्जा हामीहरुले गरेका थियौं । त्यतिबेला आन्दोलन उत्कृर्षमा पुगेको बेला, बडाहाकिम (जिल्ला प्रमुख), मालको हाकीम (मालपोत) लगायत सरकारी कार्यालयका प्रमुखहरु भागेपछि पहिलो पटक ज

@ दोभान

Image
कृष्ण खनाल कृष्ण खनाल    –तराई पट्यारलाग्दो गर्मिबाट केही मिनेटमा नै सितलताको आवास दिलाउने स्थान हो पाल्पा गाविसको दोभान ।  अव विस्तारै गर्मिको मौसम छाउदै गर्दा खासगरी बुटवल र यस आसपाका क्षेत्रहरुमा बसोवास गर्ने मानिसहरु सितलताको लागि पुग्ने स्थानको रुपमा पहिचान बनाएको छ दोभान । दोभान शब्दको अर्थ दुई खोलाको संगम स्थान भन्ने हुन्छ ।  सोही अनुरुप नै तिनाउ खोला र झुम्सा खोलाको संगम स्थानको रुपमा दोभान रहेको छ । यहि दोभान नामबाट नै सिंङ्गो गाविसको नाम पनि दोभान राखिएको छ । पशुपालन र कृषी क्षेत्रमा पहिचान बनाउदै गएको यो गाविस पछिल्लो समयमा  आन्तरिक पर्यटकको गन्तव्यको रुपमा समेत पहिचान बनाउदै गएको छ । बुटवलबाट केही मिनेटको बाटोमै सिद्धबाबा मन्दिरको दर्शन संगै अगाडी बढ्ने आन्तरिक पर्यटकको यात्रा दोभान गाविसबाट नै पाल्पा जिल्लाको यात्रा सुरु हुन्छ ।  सिद्धार्थ राजमार्गको काखमा रहेको दाभान गाविसमा त्यहा रैथाने प्रकृतिका मानिसहरुको बासोवास रहेको पाईदैन । खासगरी गुल्मी, स्याङ्ग्जा जिल्लाका विभिन्न स्थान र पाल्पाकै केही माथिल्लो भेगबाट बासोवासका लागि दोभानमा मानिसहरु आएको  दोभान उच्च

कृषि स्टलमा दर्शको चासो, माछामा विशेष आर्कषण

Image
नवलपरासी मेला औद्योगीक व्यापार मेला–२०७२   कृष्ण खनाल  बुटवल, ५ फागुन ।   रङ्गविरङ्गी विभिन्न जातका माछा, त्यसको संगै राखिएको प्रत्यक्ष माछा बल्छीमा फसाउन सकिने रोमान्चक खेल  नवलपरासीमा जारी पश्चिमाञ्चल स्तरिय औद्योगीब व्यापार मेलामा जाने जो कोहीको पनि यसले तान्न सक्छ । मेलामा पुर्व सांसद देवेन्द्र राज पाण्डे, यु वा व्यवसायी रमेश पौडेल  र जिल्ला कृषि विकास कार्यालय नवलपरासीले  तिन वटा छुट्टा छुट्टै माछा पोखरी निर्माण गरेका छन् । कृत्रिम रुपमा  निर्माण गरिएको माछा पोखरीमा जिल्ला कृषि विकास कार्यालयले विभिन्न प्रजातीमा माछा पर्दशनको लागि राखेको छ भने युवा व्यवसायी रमेश पौडेलले ज्युदो माछा विक्रि संगै मेलामा आउने दर्शकहरुलाई प्रत्यक्ष माछा मार्ने(लाईभ फिसिङ्ग)को व्यवस्था गरेका छन् । मेलामा आउने  किसानहरुलाई माछा पालन सम्बन्धी आवश्यक परामर्स र तालिमको समेत व्यवस्था गरिएको व्यापारिक मेला कृषि पेभिलियन संयोजक गोपाल पाण्डेले जानकारी दिए । उनका अनुसार जिल्ला कृषि विकास कार्यालयको मत्सय विकास प्राविधिक टोलीले आवश्यक परामर्स प्रदान गर्ने गरिएको छ ।  नवलपरासी उद्योग बाणिज्य संघको आय

महानगरको बाटोमा बुटवल

Image
कृष्ण् खनाल  बुटवल, ३ फागुन ।  केही समय पहिला उपमहानर पालिका घोषणा भएको बुटवल उप–महानगरपालिकाले अव ‘महानगर उन्नमुन योजना’ अगाडी बढाउने भएको छ । बुटवल उपमहानर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले अव उपमहानर पालिकाले अगाडी बढाउने  विविध  खालका योजना महानगर उन्नमुख योजना हुने बताउछन् । उनका अनुसार अव उपमहानर पालिकाले विकास निर्माणको कार्य गर्दा महानगर पालिकालाई लक्षित गरी निर्माण गर्ने जानकारी दिए । उनी भन्छन्–‘बुटवल आर्थिक, सामाजिक र भौगोलीक रुपमा सक्षम छ, तर केही विकास  निर्माणका काम अगाडी बढाउनु छ, जुन अवको  प्रमुख योजना हो ।’  विगतका बर्षहरुमा  कार्यसम्पदान तथा मुल्यांकनमा पछाडी परेको बुटवल लगातार तेस्रो पटक सम्म पनि देशभरीका नगरपालिकाहरुलाई उछुन्दै उत्कृष्ठ नगर हुनु आफैमा गौरवको विषय भएको प्रमुख कार्यकारी अधिकृत खड्कोभनाई रहेको छ ।  यता, बुटवल नगरका पुर्व उपमेयर तथा नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले विगतका दिनहरुमा नगरपालिका स्थापना गर्नको लागि जुन प्रकृतीको योगदान यस क्षेत्रका राजनीतिक दल, स्थानिय बुद्धिजिवीहरुको थियो,  त्यस्तै प्रकृतीको

६ अर्व पाए लुम्बिनी गुरुयोजना पुरा

Image
कृष्ण खनाल  बुटवल, २ फागुन ।  गुरुयोजना निर्माण भएको लामो समय सम्म पनि लुम्बिनी गुरुयोजनाको अझै पुरा हुन  सकेको छैन । अहिले सम्म  लुम्बिनी गुरुयोजनाको करिव ६५ प्रतिशत मात्र काम पुरा भएको लुम्बिनी  विकास कोषका  ईन्जीनियर सरोज भट्राईका अनुसार गुरुयोजनको अझै ३५ प्रतिशत काम पुरा हुन बाँकी छ ।  गुरुयोजनाका पुरा गर्नको लागि आर्थिक अभाव भएको भन्दै नेपाल सरकारसंग यथेष्ठ बजेट माग रिएको ईन्जीयर भट्राईको भनाई रहेको छ ।  गुरुयोजना पुरा गर्नको लागि ६ अरव रुपैया आवश्यक रहेको र यदि समयमा नै  रकम उपलब्ध भई कार्ययोजनको टेण्डर भएमा अवको करिव ४ बर्षमा मात्र गुरुयोजनको काम पुरा हुने  बताउछन् । उनी भन्छन्–‘६ अरव रुपैया समयमा नै प्राप्त भएर कार्ययोजना अगाडी बढ्छ, अवको करिव ४ बर्षमा  लुम्बिनी गुरुयोजना  पुरा हुनेछ ।  यता, नेपाल सकरारका प्रधान मन्त्री के.पी. शर्मा ओलीले लुम्बिनी सान्तीभुमी भएको भन्दै गुरुयोजना पुरा गर्नको लागि ढिला गर्न नहुने बताउछन् । उनी भन्छन्–‘गुरुयोजना पहिलाकै ढंगको हुनुपर्छ भन्ने छैन, परिमार्जन गरेर समेत अगाडी बढ्न सकिन्छ, तर गुरुयोजना  पुरा हुन ढिलाई हुनु आफैमा अस्वभनिय क

सकियो कृषि मेला–२०७२ ‘आर्थिक विकासमा सबैको साझा अभियान जरुरी’

Image
कृष्ण खनाल  बुटवल, २८ माघ ।  ‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पुर्वाधार’ भन्ने मुल नाराका साथ गत  शुक्रवारबाट  बुटवल  सुरु भएको कृषि मेला–२०७२ विहिवार सम्पन्न भएको छ । बुटवल उद्योग बाणिज्य संघ र  कृषि उद्यम केन्द्र, नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा भएको कृषि मेला  समापन कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष किशोर  कुमार प्रधानले अव सबैको साझा लक्ष्य आर्थिक अभियान हुने बताएका छन् ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रधानले नेपाल भुकम्पको कारण १३ खर्ब र गत ५ महिनाको विषम परिस्थीतिको कारण ३६  खर्ब घाटा व्यहोरेको भन्दै अव राजनीतिक दलहरुले कुरा भन्दा पनि  आर्थिक समृद्धिको लागि काम गर्ने बेला आएको बताए । उनले भने–‘अव सबैको साझा अभियान आर्थिक विकासमा केन्द्रीत हुनुपर्दछ ।’  उनले सरकारको नेतृत्व गर्ने व्याक्ति फोटो झुण्डाउने मात्र नभई आर्थिक विकासको लागि दिगो सोच  प्रवृत्तीको चाहिएको तर्क गरेका थिए । उनले केही समय पहिला सरकारले लगानीको व्याजदरघटाएर बैंकहरुलाई ५ प्रतिशतमा झार्न निर्देशन दिएको भएपनि बैंकहरुको एकाधिकारको कारण अहिले

‘केरा खेतीमा रोग होईन समस्या’

Image
कृष्ण खनाल  बुटवल, ६ माघ ।   रुपन्देहीको दयानगर गाविसका किसान बसन्त भुषालले गरेको व्यसायीक केरा खेतीमा केही समय पहिला देखिएको समस्या रोग नभएर  ‘समस्या मात्र’ भएको प्रमाणित भएको छ ।  नेपाल कृषि अनुसनधान परिषद् राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान बाली रोग विज्ञान  महासाखा खुमलटार, ललितपुरमा गरिएको परिक्षण अनुसार रोगको जिवाणु नभई शंकाणुको कारण बाट भएको देखिएको हो ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख  बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार केन्द्रबाट आएको परिक्षण नतीजामा ‘सेकेन्टर ईन्फेक्सन’बाट केरा खेतीमा समस्या देखिएको हो । उनले यो अवस्थालाई रोगको रुपमा लिन नमिल्ने बताएका छन् ।  केन्द्रबाट आएको परिक्षण रिर्पोटमा अहिलेको समस्या समाधानको लागि हाल कुहिएको गुवोलाई हटाई  १ प्रतिशतको ‘बोरडीयुनिक्ुस मिक्सचर’ बनाएर गुवो भित्र सम्म पुग्नेगरी १०–१२दिनको फरकम २ पटक छर्केर उपरा गर्न सुझाव दिएको छ ।  प्रमुख बाली रोग विज्ञ डा. बैद्यनाथ महतोका अनुसार  व्यवसायीक रुपमा देखिएको समस्या रोग नभएर समस्या मात्र हो । उनले जिल्ला कृषि विकास कार्यालयबाट संकलन गरिएको नमुना र प्ररम्भ

मेलाको कारोबाले हौसला थपेको छ

Image
बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य संघको कृषि उद्यम केन्द्रको आयोजनामा अहिले कृषि मेला–२०७२ बुटवलमा जारी छ । मेलाको चौथो दिन बुटवलमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । दर्शकको बाक्लो उपस्थिीति सँगै मेला आयोजक र स्टल सहभागीहरू समेत हौसिएका छन् । यसै विषयमा मेलाका स्टल सहभागीहरूलाई बुटवल टुडेकर्मी कृष्ण खनालले मेलाका विविध विषयमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादीत अंश   दैनिक १० हजारको कारोबार रविन्द्र अग्रहरी प्रमुख, अग्रहरी च्याउ फर्म, पश्चिम अमुवा ।  मैले दुई बर्षदेखि च्याउ उत्पादन गरी बिक्री गर्दै आएको छु । म च्याउ उत्पादनसँगै स्वयंसेवीरूपमा अपाङ्ग पुनःस्थापना केन्द्रमा काम गर्दै आएको छु । मेलामा अहिले कारोवार राम्रो छ । दैनिक करिब १० हजारजतिको कारोवार हुने गरेको छ । दुई वटा कोठामा ४ सय वटा डल्ला च्याउ मैले राखेको छु । मेरो आम्दानीको स्रोत पनि यहि हो । परिवारका अन्य सदस्यहरूलाई च्याउ खेतीबाट नै पाल्ने गरेको छु । आगामी दिनमा अझ व्यवस्थित रूपमा च्याउ फर्म स्थापना गरी विक्री वितरण गर्ने योजना बनाएको छु । 

माटो परीक्षण गराउन कृषक उत्साहित

Image
कृष्ण खनाल  बुटवल, २५ माघ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा जारी कृषि मेलामा सोमबार  सम्म गाउँका १ सय ३० कृषकले आफ्नो खेतबार ीको माटो परि क्षण गर ाउनुको साथै प्राविधिकबाट सल्लाह सुझाव लिएका छन ्। यस क्षेत्रमा पहिलो पटक बिशेष प्रबिधि सहितको माटो तथा बिरुवा परि क्षण शिविर मा किसानहरूको आर्कषण बढ्दै गएको हो । नेपाल सर कार  कृषि विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय विधि विज्ञान प्रयोगशालाबाट आएको माटो परि क्षण घुम्ती प्रयोगशाला यस क्षेत्रमा पहिलो पटक ल्याइएको हो । मेला सुरु भएको दिन देखि रूपन्देहीको सैनामैना, तिलोत्तमा, लुम्बिनी सास्कृतीक, देवदह नगर पालिका, बुटवल उपमहानगर पालिका विभिन्न स्थानका किसानहरूले आ–आफ्नो खेतबार ीको माटो परि क्षण गर्न मेलामा ल्याएको बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्यालले जानकार ी दिए ।  माटो परि क्षण शिविर मा त्यस्तै बिभिन्न बिद्यालयका बिद्यार्थीले समेत आफ्नो प्रयोगात्मक अभ्यासको लागि माटो परि क्षणको विषयमा जानकार ी लिएका थिए । मेलामा विद्यार्थीहरू र  किसानगर ी करि ब १ हजार ले माटो परि क्षणका सम्वन्धमा जानकार ी लिएको जिल्ला कृषि

विउविजनको अनुदानले कृषकमा उत्साह

Image
कृष्ण खनाल बुटवल, २४ माघ ।   खैलागाउ रुकुमकी गोपा बुढा मगर केही बर्ष पहिला फुर्सदिली थिईन् । गाउघरको खेतवारीको काम र घरधन्दामा सिमित हुन्थीन् । तर वि.स.२०६७  साल देखि  उनको दैनिकी फेरिएको छ । समसितोष्ण  उन्नत तरकारी विउ उत्पादन सहकारी संस्था लिमिटेडमा आवद्व भएकी बुढामगर अहिले सोही संस्थाको अध्यक्ष समेत भएकी छिन् । उनी भन्छन् अहिले धेरै जासो कृषकदाजुभाई दिदी बैनीहरु संग विउ उत्पादन, प्रसोधन  र बजारीकरणका साथै खेतीपातिमा  समेत व्यस्त हुन्छु ।  समुहमा २ सय २३ जना कृषकहरु आवद्व भएका छन् भने  विउ प्रसोधन केन्द्र समेत स्थापना गरी विभिन्न प्रकृतीका विउ उत्पादन गर्दै आएका छन् ।  किसानका लागि उन्नत विउ विजन कार्यक्रमबाट अनुदान प्राप्त गरी विउ उत्पादनमा लागेको उनको भनाई रहेको छ । करिव ५० प्रतिशत अनुदान कार्यक्रमले उपलब्ध गराएको र सोही बाट नै अहिले विउ उत्पादन गरेको उनले जानकारी दिइन् । उनले भनिन्–‘अहिले २ रोपनी भन्दा बढि क्षेत्रमा हामी आफै खेती गरेर विउ उत्पादन गर्दै आएका छौ ।’   समसितोष्ण उन्नत तरकारी विउ उत्पादन सहकारी संस्था लिमिटेडका बजार व्यवस्थापक अमर रोकाय मगरका अनुसार  गत बर्ष

कृषिमेला सुरु नीजि क्षेत्र जुरमुराउन चाहान्छः ढकाल

Image
कृष्ण खनाल बुटवल, २२ माघ ।  ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पुर्वाधार’ भन्ने मुल नाराका कृषि मेला–२०७२ सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ र कृषिउद्यम केन्द्र नेपाल उद्योग बाणिज्य महांसघको संयुक्त आयोजनामा शुक्रवारबाट  बुटवलमा मेला सुभारम्भ भएको हो । मेला समुद्घाटन कार्यक्रममा मन्तव्य राख्दै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय अध्यक्ष चण्डीराज ढकालले नीजी क्षेत्रलाई काम गर्ने वातावरण मिलाईदिन आम राजनीतिक दल र प्रशासनिक निकायसंग आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिरहेका ढकालले  बैशाख ११ गत गएको महाभुकम्प, त्यसपछि भएको विषम परिस्थिीतिको कारण उद्योग धन्दा धरासायी बन्दै गएको भन्दै  अव राजनीतिक दलहरुले साझा प्रस्तावको रुपमा पारित गरी उद्योग धन्दा निर्वाध रुपमा सञ्चालन गर्न पाउने वातावरण सृजना गर्नुपर्ने धारणा राखे । उनले भने–‘अव औद्योगीक  उत्पादनको लागि नीजी क्षेत्र जुरमुराउन चाहान्छ, राजनीतिक दलहरुले निर्वाधरुपमान काम गर्ने वातावरण सृजना गर्न म अपील गर्छु ।’   नेपालका कृषिजन्य बस्तुको उत्पादनन र बजारीकरणमा प्रमुख समस्या सृजना भएको भन्दै पुर्वअध्यक्ष ढ

आजबाट कृषिमेला–२०७२,विशिष्किृत मेला आयोजना गर्नु चुनौति

Image
कृष्ण खनाल बुटवल, २१ माघ । वि.स.२०६२ सालमा विशिष्किृत मेलाको रुपमा राजधानीबाहिर पहिलो पटक कृषि मेला आयोजना गरेको बुटवल उद्योग बाणिज्य संघले यस बर्ष पनि यो मेलालाई निरन्तरता दिएको छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पुर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको  कृषि मेला–२०७२ आजबाट सुरु हुदैछ ।  अन्य व्यापारिक मेला आयोजना गर्न तछाडमछाड गर्ने रुपन्देहीका विभिन्न व्यापारिक संघसंगठनहरुले  विशिष्कृत रुपमा रहेको कृषि मेला आयोजना गर्न हिम्मत गर्दैनन् । तर बुटवल उद्योग बाणिज्य संघले यो मेला आयोजना नतै कसैसंग पालो कुर्छ न त तछाडमछाड नै ।    मेला आयोजक समिति मुल संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले विशिष्टीकृत मेला आयोजना गर्नु आफैमा चुनौतिपुर्ण भएपनि यसलाई निरन्तरता दिएको बताउछन् । उनी भन्छन्–‘राजधानी बाहिर पहिलो पटक आयोजना गरिएको कृषि मेला हामी  प्रत्येक बर्ष निरन्तरता दिएका छौ ।’ सबैको सहयोग र सद्भाव भएमा चुनौतिका बाबजुतपनि विभिन्न प्रकृतीका विशिष्टीकृत मेला सफल हुने उनको तर्क रहेको छ ।   प्रत्येक बर्ष आयोजना हुने कृषिमेलामा  यस पटक किसानका लाग

सन्र्दभः विश्व क्यान्सर दिवस विरामी छनः अस्पताल छैन

Image
कृष्ण खनाल बुटवल,  २० माघ ।  आज विश्व क्यान्सर दिवस, विश्वभरमा झैं नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमगरी मनाईदै छ । प्रत्येक बर्ष कुनै न कुनै संस्थाले चेतनामुलक कार्यक्रम आयोजना गरीकार्यक्रम मनाउछन् तर पनि क्यान्सरोग लाग्ने व्याक्तिहरुको संख्या कमी छैन । न सर्ने रोगको रुपमा रहेको क्यान्स रोग लागेपछि अधिकांस मानिसहरुको मृत्यु हुन्छ तर समयमा नै सजकता अपनाएमा यो  रोग बाट बच्न सकिन्छ । लुम्बिनी अञ्चलकै सबैभन्दा ठुलो सरकारी अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा विभिन्न प्रकृतीका क्यान्सर रोग लागेका व्याक्तिहरु बेला बेलामा आउने गरेका छन् । तर अस्पताले आफुसंग क्याक्सर रोग उपचारको लागि कुनै पनि उपकरण वा प्रविधी नभएको कारण प्रारम्भिक परिक्षण गरेर प्रमाणित हुन साथ तुरुन्तै ‘भरतपुर क्यान्सर हस्पितल चितवन’ पठाउने गरेको छ ।  लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले अस्पतालमा बेला बेलामा क्यान्स रोग लागेका व्याक्तिहरु आउने गरेको तर यहा उपचार संभव नभएको कारण रिफरगर्नु बाहेकको विकल्प नभएको बताउछन् । उनी भन्छन्–‘हामीसंग उपकार र प्रविधि नै छैन,विशे

कृषि मेलाको तयारी पुरा कृषकले निःशुल्क माटो र विरुवा परिक्षण गर्न पाउने

Image
  कृष्ण खनाल बुटवल, २० माघ ।  ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पुर्वाधार’ भन्ने मुल नाराका साथ यहि माघ २२ देखि २७ गते सम्म बुटवल उद्योग बाणिज्य संघको आयोजनामा हुने कृषि मेलाको तयारी पुरा भएको छ । वि.स.२०६२ सालमा पहिलो पटक राजधानी बाहिर विशिष्किृत मेलाको रुपमा ‘कृषि मेला’ आयोजना गरेको बुटवल उद्योग बाणिज्य संघले यस बर्ष पनि उक्त मेलालाई निरन्तता दिएको हो ।  बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले  भोली(शुक्रवार) देखि आयोजना हुने कृषि मेलाको सबै तयारी पुरा भएको जानकारी दिए । उनले कृषि मेलाको लागि १ सय २५ वटा स्टल तयार भएको र मेला सहभागीताको लागि कृषक तथा उद्यमीहरुले  सामान समेत व्यवस्थापन गर्न सुरु गरेका छन् ।  बुटवल मडपमा आयोजना हुने कृषि मेलामा यस पटक नेपाल सरकार कृषि मन्त्रालय विधिविज्ञान प्रयोगशालाबाट आएको अत्याधुनिक प्राविधिक टोलीले माटो परिक्षण गर्ने छ ।  बुटवलमा पहिलो पटक ल्याइएको यस्तो प्रकृतीको ‘मोवाईल भ्यान’ले एक दिनमा किसानको ३० देखि ३५ वटा सम्म माटो परिक्षण गर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेसमान सिंहले जानकारी दिए ।  उनले भने–‘कृषि पेशामा व

सन्दर्भः विश्व सिमसार दिवस ताल सुकेर पोखरी

Image
कृष्ण खनाल बुटवल, १८ माघ ।  गत बर्ष मंसिर महिनामा रुपन्देहीको सबैभन्दा ठुलो, लुम्बिनी अञ्चलको दोस्रो ठुलो ताल विष्णुपुरा गाविस–१ मा रहेको  गैडहवा ताल तालमा जाने जो को ही पनि लोभिन्थे । ८४ विघा क्षेत्रफलमा फैलिएको मानवनिर्मित तालमा करिव २ सय भन्दा बढि प्रजातीका जराचुरुङ्ग हेर्दे नेपालमा एक मात्र पाईन ईन्डीयन ईन्ट्रा नामको कछुवा समेत प्रत्यक्ष रुपमा हेर्न पाउँदा जो कोहीको मन पनि प्रफुल्ल हुन्थो । तर स्थानिय तथा जिल्ला स्तरबाट यस तालको संरक्षणमा चासो नदेखाउदा करिव ८० प्रतिशत भन्दा बढि पानी सुकेको छ । अहिले तालमा जाने जो कोही व्याक्तिहरुले यो ताल हो की पानी पोखरी समेत भन्न भ्याउछन् ।   भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनी देखि मात्र १२ किलोमिटर र पश्चिम क्षेत्रको प्रमुख व्यापारीक सहर बुटवल देखि मात्र ३२ किलोमिटर नजिक रुपन्देहीको विष्णुपुरा गाविसमा रहेको यो ताल सिमसार क्षेत्रको समेत प्रतिनिधित्व गर्दछ । 

सहरमा आयोनुन, गाउमा ढिके नुन

Image
ढिके नूनमा हुदैन आयोडिन कृष्ण खनाल बुटवल, १७ माघ ।  नेपाल सरकारले ‘मानसिक तथा शाररिक विकासका लागि सधै दुई बालवालिका चिन्ह भएको प्याकेटको नुन मात्र खानेगरौ ।’ भन्दै आजबाट अर्थात फेबु्रअरी १ देखि ३१ सम्म आयोडीन महिनाको रुपमा मनाउन सुरु गरेको छ । जसको लागि देशभरका  जिल्ला जनस्वाथ्य कार्यालयको मातहतमा विभिन्न कार्यक्रमहरु समेत तय गरेर  आयोडिन महिनाको रुपमा  मनाउने घोषणा गरेको छ । तर नेपाल सरकारकै तथ्यांक अनुसार अझै करिव आधा भन्दा बढि  मानिस आयोपडिनयुक्त नुन खानबाट बञ्चित  भएका छन् ।  नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालयबाट सार्वजनिक भएको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढि सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा  सबैभन्दा बढि मानिसहरुले आयोडिनयुक्त नुन खान पाउदैनन् । केही समय पहिला सार्वजनिक गरिएको तथ्यांक अनुसार  सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा ५४ प्रतिशत मात्र व्याक्तिहरुले आयोडिन युक्त नुन खान पाएका छन् ।  अर्थात अझै पनि ४६ प्रतिशत मानिसहरुले आयोडिनयुक्त नुन खान पाउदैनन् ।  यस्तै पश्चिमाञ्चल विकास क्षेत्रमा १६ दशमलव १ प्रतिशत मानिसले आयोडिनयुक्त  नुन खान पाउदैनन्