बुटवल टुडे फलोअप बधशाला सञ्चालन गर्न विस्तृत प्रतिवेदन आह्वान
कृष्ण खनाल बुटवल, १५ मंसिर । निर्माण भएको ५ महिना सम्म अलपत्र परेको पशु–बधशाला सञ्चालनको लागि बुटवल उपमहानर पालिकाले मासु व्यवसायी संघ रुपन्देही संग विस्तृत कार्यक्रम माग गरेको छ । बुटवल उपमहानर पालिका र मासु व्यवसयी संघ रुपन्देहीका विचमा सम्झौ ता भई सञ्चालनमा आउने गरी निर्माण भएको बधशाला बुटवल उपमहानर पालिकाको उदासिनताको कारण यतिकै अलपत्र परेको थियो । केही दिन पहिला बुटवल टुुडे दैनिकमा ‘करोडौ लगानीको बधसाला अलपत्र’ शिर्षकको समाचार प्रकाशन भएपछि बुटवल उपमहानगर पालिकाले बधसाला सञ्चालनको लागि चासो देखाएको थियो । केही दिन पहिला बुटवल उपमहानर पालिका कार्यालयमा पशु बधसालाको विषयमा जानकारी लिन गएका संवाददाता संग बुटवल उपमहारनगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले कार्यवस्थता भएको भन्दै प्रतिक्रिया दिन मानेका थिएनन् । तर पत्रिकामा समाचार प्रकासन भएकै दिन मासु व्यवासी संघका पदाधिकारीहरु र बुटवल उपमहानर पालिकाका बरिष्ठ अधिकृतहरुको सहभागीतामा विशेष बैठक आह्वान गरेर मासु व्यवसायी संघलाई के कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रतिवेदन पेस गर्न आग्रह गरेको मासु व्यसायी