इन्धन अभावले किसानलाई धान स्याहार्ने पिरलो
साढे ४ लाख लिटर डिजेल आवश्यक ।। २० प्रतिशत धान उत्पादन कम हुने संकेत कृष्ण खनाल बुटवल, १३ कार्तिक । रुपन्देही जिल्ला धान उत्पादनमा नेपालकै दोस्रो जिल्लाको रुपमा चिनिन्छ । झापा पछि सबैभन्दा बढि धान उत्पादनगरी अन्य जिल्लामा पनि निर्यात गर्ने जिल्लाको रुपमा पहिचान बनाएको छ । इन्धन अभावको कारण जिल्लाका किसानमा धान काट्ने, ढुवानी गर्ने र थन्काउने चिन्ता थपीएको छ । करिव २ महिना देखि मधेसी मोर्चाले गरेको निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीको कारण धान काट्ने मेसिन थ्रेसेरमा प्रयोग हुने ईन्धनको अभाव संगै थ्रेसरको कम उलब्धता र धान ढुवानी गर्ने ट्रैक्टरको समेत अभाव भएपछि कतै किसानको धान खेतमा नै रहने त होइन ? भन्ने चिन्ता बढेको हो । रुपन्देहीको सर्युपुराका किसान नारदमुनी यावदले स्थानिय विद्यालयको जग्गा लिज(भाडा)मा लिएर व्यवसायिक, तरकारी, धान खेती गर्दै आएको तर ईन्धान अभावको करण कृषि उपकारण अभाव हुँदा थप चिन्ता बढेको बताउँछन्