Posts

Showing posts from September, 2015

नयाँ मापदण्ड अनुसार नक्सा पास सुरु

Image
 २६ वटा कन्र्सटेन्सीले बनाएको नक्सा मात्र स्वीकृत  २०५ जना डकर्मीले मात्र भवन बनाउन पाउने  कृष्ण खनाल बुटवल, १२ असोज ।   नेपाल सरकारले गत बैशाख १२ गते गएको महाभुकम्पछि लागू गरेको नयाँ भवन निर्माण मार्गर्दशन अनुसार बुटवल उप–महानर पालिकामा नक्सा पास काम सुरु भएको छ । एक हप्ता देखि नगरपालिकाले उक्त कार्य सुरु गरेको बुटवल उप–महानरपालिका भुकम्प   सुरक्षा नक्सा महाशाखाका प्रमुख ईन्जीनियर ज्ञानप्रसाद अर्यालले जानकारी दिए ।  नेपाल सरकारले गत बैशाख ११ गते गएको भुकम्पछि  नयाँ मापदण्ड २०७१ असार ३१  गते देखि लागु  गरेको थियो  । तर बुटवल उपमहानरपालिकाले भने नयाँ मापदण्ड निर्माण भएको करिव ३ महिना पछि मात्र नयाँ मापदण्ड अनुसार नक्सा पास सुरु गरेको छ । केन्द्रबाट परिपत्र नआएको भन्दै नक्सा पास रोकीएको र अहिले सुरु भएको ईन्जीनियर अर्याल  बताउँछन् ।   यता, बुटवल उमहानरपालिका का कर्मचारीहरुले तोकिएको  कन्सल्टेन्सीहरुबाट नक्सा बनाएर आउने सेवाग्राहीहरुको काम छिटो गरिपदने र अन्य कन्सल्टेन्सीहरुमार्फत नक्सा बनाएर आएका सेवा ग्राहीहरुलाई ढिलो र काममा झन्झटीलो गराउने गरेको सेवा ग्राहीहरुले

व्यापारीहरुद्वारा खाद्यान्नमा कालोबजारी

Image
कालोबजारी गर्नेलाई कडा कारवाही हुन्छः प्रजिअ कृष्ण खनाल  बुटवल, १२ असोज ।  केहीदिन पहिला बुटवल–७ नेपालगञ्ज रोडमा रहेको ‘गैरे सप्लायर्सका’ प्रोपाईटर भेषराज गैरले  प्याज ९० रुपैयाँ प्रति कीलोमा विक्रि गर्दथे ।  तर अहिले उनले त्यहि प्याजलाई १ सय ८० रुपैयाँ प्रतिकिलोमा विक्री गरिरहेका छन् । बुटवल उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यपदमा रहेका उनले प्रतिकिलो १ सय २० रुपैयाँमा विक्रि हुने शनफ्लो तेल लाई अहिले १ सय ५० र २५ रुपैयाँमा  किनबेच हुदैँ आएको आलु अहिले प्रतिकिलो ५० रुपैयाँमा विक्रि गर्दै आएको बताए । बजारमा सामान अभावको कारण मुल्य आकाशिएको बताउदै गैरेले भने–‘बजारमा सामान पाउन छाड्यो, चरम अभाव छ, त्यै भएर भाउ बढेको हो ।’  गैरे एक एक प्रतिनिधी पात्र मात्र हुन । बजारमा खाद्यान्न, नुन , तेल, तरकारी, गेडागुडी लागायतका अत्याबश्यक दैनिक उपभोग्य बस्तुमा व्यापारीहरुले देशमा आएको विषमपरिस्थीतिको फाईदा उठाउदै कालोबजारी सुरु गरेका छन् । बुटवलको अमरपथ लाईनमा व्यापारीहरुले प्रतिकीलो २० रुपैयाँमा पाईने आयोडीन युक्त नुनलाई ४० रुपैयाँमा विक्रि वितरण गरेको पाइएको छ । बुटवल लगायत यस आसपास

पुर्व लाडाकुको फेरीएको जीवनशैली

Image
                     बन्दुक चलाउने हातःकृषि कर्ममा  कृष्ण खनाल बुटवल, ११ असोज ।  पाल्पाको  सिद्धेश्वर   गाविस की सावित्रा कुमाल(बोहोरा) १३ बर्षको करिलो उमेरमा नै तत्कालीन विद्रोही पक्ष (नेकपा माओवादी)मा लागिन् ।  सानै देखि  गीत गाउन  न नाच्न शौखीन कुमाल प्टाटुन सह– कमाण्डर समेत भएकी थिइन । स्वाथ्य र परिस्थीले साथ दिएको भए उनी यतिखेर नेपाली सेनाको कुनै उच्च पदमा पुग्थीन् हो । तर अहिले  उनी रुपन्देही जिल्लाको पश्चिम सालझण्डी गाविस सालझण्डी–३ पानबारीमा आफ्नै खेतवारी, पुशपालनमा रमाईरहेकी छिन् ।  उनी भन्छीन्–‘सेनामा लागेर सेवा गर्ने ईच्छा थियो, तर परिस्थीतिले दिएन अहिले आफ्नै खेतबारीमा रमाएकी छु । ’  हुम्ला जिल्लाको दराम गाविस–९ का धनलाल बोहोरा संग २०६३ मंसिर ९ गतेमा वैवाहिक सम्बन्ध गाँसेकी कुमालको विवाह अन्तरजातिय विवाह हो । उनी भन्छीन्–‘स्वच्छिक अवकास पाउन भन्दा पहिला देखि नै जम्मा गरेको केही रकमबाट यहाँ(पानवारी)मा ८ कठ्ठा जमिन किनेका छौ, सानो पसल छ, लुगा पनि सिलाउने गरेकी छु  के गर्ने गोडाफाट सर्तक गर्ने हात खुट्टा अहिले गोवर सोत्तर गर्दै  वितेका छन् ।’ वि.स.२०६३ सालमा मंसिर

आर्यआर्जनले विर्सायो द्वन्द्वको पिडा

Image
कृष्ण खनाल बुटवल, १०  असोज ।  रुपन्देहीको सैनामैना–१० रामापुरकी गीता अधिकारीलाई  २०६० भदौ १६ गतेको  त्यो कहालीलाग्दो दिन अहिले पनि मनस्पटलमा ताजै छ ।  रामापुर उच्च माविमा पढ्दै गरेका १५ बर्षिय छोरा हरी प्रसाद अधिकारी लाई उक्त दिन बाटोमा खेल्न गएको बेला तत्कालीनल नेकपा माओवादीले नजिकैको चोकम लगेर ‘हत्या गरे’।  बुटवल टुडे दैनीक २०७२ असाेज १० गते पर्कासीत । समाचाार  साँझ करिव ७ बजे साथि कहाँ खेल्न गएको होला भनेर लख काटेका परिवारले पछि कलौनी चोकमा गएर टुक्रा टुक्रा परेको शब प्लाष्टीकमा जम्मा गरेर ल्याएर अन्तेष्टी गरे । ‘१२ बर्ष भयो घटना भएको तर के मान्दो रहेछ र मनले भक्कानो छुट्छ, मन मान्दैन ।’ आमा अधिकारीले यति शब्द भनेपछि डाको छोडेर रोईन । अन्य मृतक हरीका अन्य २ जना दाईहरु अहिले पनि छन् । ‘कान्छो छोरालाई त्यसरी विभत्स हत्या गरेको उनकोको मनले अहिले पनि झलझली आँखामा आउँछ ।’– उनी भन्छन् ।  घटना भएको १२ बर्षपछि उनी जस्तै सैनामैना नगरपालिका द्वन्द्वप्रभावित महिलाहरु एक जुट भएका छन् । एक आपसमा मिलेर प्रत्येक महिनामा एक आपसमा जम्मा हुन्छन् पिडा साटासाट गर्छन् । युएसएआईडी, केयर नेपाल

सुरु भयो खसीको ‘छेलेखेलो’

Image
कृष्ण खनाल बुटवल, ६  असोज ।  ‘यो तिन वटा खसीको मूल्य कती ?’  ‘३६ हजार हो दाजु ’ ‘छत्तीस हजार ता धेरै भयो, अली घटाउ लैजान्छौ ।’ यो संवाद , बुधवार दिउसो बुटवल–६ मा लाग्ने हाटबजारमा खसी विक्रीका लागि आएका व्यापारी र खरिद गर्ने उपभोक्ता विचको हो । नेपालीहरुको  महान चाडको रुपमा लिएको वडा दशै आउन करिव १ महिना भन्दा थोरौ दिन बाँकी छ तर बुटवलका बटवलका बजारमा खसी विक्री गर्ने र खरिद गर्ने उपभोक्ताहरुको भिड बाक्लीलै गएको छ । बुधवार र शनिवार  लाग्ने हाटबजार बुटवल–६ मा बुधवार करिव ५  सय भन्दा बढि खसी, बोका विक्रिका लागि व्यापारीहरु आएका छन् । कपिलवस्तुको चन्द्रौटाबाट अधिकांस व्यापारीहरुले यसरी बुटवल र यस आसपासमा लाग्ने घुम्ती हाटबजारमा खसी बोका विक्रि गर्दे आएका छन् ।  चन्द्रौटाबाट ५ वटा खसी  विक्रिको लागि लिएर हाटबजारमा आएका रामनारायण चौधरीका अनुसार जिउँदो खसी ४ सय ५० रुपैया प्रतिकेजीमा विक्रि गरेको बताए । विहान ५ वटा खसी लिएर बजारमा आएका उले २ वटा खसी विक्री  गरिसकेका थिए ।  उनले भने–‘विहान ५ वटा खसी लिएर आएको थिए दिउँसो सम्म २ वटा विक्रि भयो अव ३ वटा बाँकी छ ।’ उनी जस्तै सोही स्

नयाँ संविधान पछि ‘उद्योग मैत्री वातारण बन्ने आशा’

Image
कृष्ण खनाल बुटवल, २ असोज ।  पहिलो संविधान सभाबाट संविधान प्राप्तीको आशा गरेका आम  नेपालीहरुमा दोस्रो संविधान सभाबाट संविधान पाउने निश्चि भएको छ । देशमा एक प्रकारको उल्लासमय वातावरण भैरहदा उद्योगी व्यवसायीहरुले नयाँ संविधान पछि ‘औद्योगीक मैत्री वातावरण’ सृजना हुने आशा गरेका छन् । संविधान सभाबाट अनुमोदन भएको नेपालको संविधान २०७२ को आज विशेष राष्ट्रिय समरोह आयोजना गरी राष्ट्रपतीले घोषणा गर्दछैन्। उद्योगी व्यवसायीहरुले समेत नयाँ संविधानको स्वागत गरेका छन् ।  बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष महेशमान सिंहले नयाँ  जारी हुन लागेको संविधान नेपाल उद्योग बाणिज्य महासंघले समेत स्वागत गरेको परिपेक्ष्यमा बुटवल उद्योग बाणिज्य संघले पनि स्वागत गरेको जानकारी दिए ।   नयाँ  घोषणा हुन लागेको संविधान पश्चात देशमा अमनचयन कायम हुने अपेक्षा आफुहरुलेलिएको भन्दै अध्यक्ष सिंहले भने–‘अव आगामी दिनमा बन्द हड्ताल, तोडफोड तथा चक्काजाम हुने छैनन्,  जुन वातावरण निर्माण हुन सक्यो भने उद्योगीहरुलाई राहत हुन्छ ।’ अहिले  देशमा भइरहेको परिर्वतन भन्दा बाहिर रहेर आन्दोलनमा रहेका विभिन्न दलहरुलाई समेत म

किन घट्यो तीजको चलहपहल

Image
कृष्ण खनाल बुटवल, २७ भदौ ।   नेपाली नारीहरुको महान पर्वको रुपमा लिइएको हरितालिका तीज आउन अव ठ्याक्कै १ दिन मात्र बाँकी छ । यो समयमा  बुटवलको व्यस्त बजारको रुपमा रहेको बुटवलको अमरपथमा किनमेल गर्नेहरुको ठेलमठेल हुन्थ्यो ।  सुन पसलहरुका व्यवसायीहरुलाई त फर्सदै हुदैन थियो । तर यसपालिको तीजमा उक्त दृश्य देख्न पाइएको छैन । तीज आउन मात्र दुई दिन बाँकी रहदा(आईतबार) बुटवलको अमरपथ लाइनमा रहेका सुनचाँदी पसलहरुमा फ्याट फुट्ट बाहेका ग्राहरुको भिड देख्न पाईदैन । भने अन्य स्थानमा पनि यस्तै रहेको छ । तराई केन्द्रीत दलहरुको निरन्तरको बन्दले खासै असर नपारेको अनुमान गरिएपनि अनुमान भन्दा भिन्दै छ बुटवलको बजार । तराईमा बन्दको हल्लाको कारण यो समयमा पहाडी जिल्लाहरु खासगरी पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जा लगायतका जिल्लाहरुबाट किनमेलका लागि व्यापारी तथा स्वयम् उपभोक्ताहरुको समेत भिड भाडले यस क्षेत्रका पसल तथा विभिन्न व्यवयासीक प्रतिष्ठानहरुमा ठेलम ठेल हुन्थ्यो ।  तर आईतबार बुटवलको अमरपथ, हाटबजार लाईन, विपी चोक लगायतका स्थानमा अन्य दिनको जस्तै सामान्य व्यापार भएको व्यापारिहरुले प्रतिक्रिया दिएका

चौध प्रतिशत महिलाले असुरक्षित स्थानबाट गर्भपतन

Image
कृष्ण खनाल बुटवल, २६ भदौ ।   नेपाल सरकारले देशभरमा ७ सय ७६ वटा संस्थाबाट मात्र सुरक्षित गर्भवतन गर्न सकिने गरी स्वीकृत प्रदान गरेको भएपनि अझै करिव १४ प्रतिशत महिलाहरुले अुरक्षित स्वीकृत प्राप्त नगरेका  स्थानबाट गर्भपतन गराउने गरेको पाइएको छ ।  सन् १९९४ देखि विश्वका विभिन्न देशमा परिवार नियोजना र प्रजन्न स्वाथ्यका विषयमा काम गर्दे आएको सुनौलो परिवार नेपाल÷मेरीस्टोप्स सेन्टरले अ झै १४ प्रतिशत महिलाले असुरक्षित तवरले गर्भपतन गराउने गरेको तथ्यांक सार्वजनिक गरेको हो । मेरी स्टोप्स ईन्टरनेशन नेपालका डिमाण्ड जेनेरेसन को अडीनेटर सुदनकुमार खत्रीले नेपालमा आ.व. २०१३–२०१४ मा नेपालमा जम्मा ९० हजार ४ सय ६८ गर्भपतन सेवा प्रदान गरिएको तथ्याङ्क रहेकामा सो मध्ये ७८ हजार १ सय १ जना महिलाले ले सुचिकृत संस्थाबाट गर्भपतन सेवा लिएका थिए भने कुल १२ हजार ३ सय ६७ जनाले असुरक्षित तरिकाले गर्भपतन सेवा लिएको पाइएको छ । ’ उनी भन्छन्–‘लाज र साजमा आफ्नो बेईज्यती हुने कारणले पनि कतीपय महिलाहरुले सरकारले मान्यता नदिएको नजिकको स्थानमा गएर असुरक्षित तवरले गर्भपन गराउने गरेका छन् ।’ नेपाल बाहेक विभिन्न ३६ वट

मनोपरामर्स दिन ‘हेल्पलाईन’

Image
कृष्ण खनाल बुटवल, २४ भदौ ।  तपाईं कुनै मानसीक तनावमा हुनुहन्छ ? मनमा अनेक प्रकारका डर र त्रासले सताईरहेको पो छ की ? यि र यस्तै  प्रकारका समस्या छन् तर ति समस्याको उचित समाधान दिन सक्ने स्थानको  अभाव महसुस गर्नुभएको छ भने खुसीको खबर छ ।  खासगरी डिप्रेसनको कारण सधै तनावमा हुने व्याक्तिहरुलाई मनोपरामर्स प्रदान गर्नको लागि पश्चिमाञ्चलमा नै पहिलो पटक हेल्पलाईन सेवा सुरु भएको छ । बुटवलमा केही बरिष्ठ मनोचिकित्सकहरुको समुहरले यस्तो प्रकारको हेल्पलाईन सेवा सुरु गरेका हुन ।  मनोरामर्स केन्द्रमा जान झण्झट र लाज मान्ने व्याक्तिहरुको लागि समेत फाइदा हुने ९८०२६३७१११ मोवाईल नम्बर सुरु गरिएको छ ।  आफ्ना कुरा गोप्य ढंगले निर्धक्क संग मनोचिकित्सकलाई बताउन सकिने र आवश्यक परामर्स लिनको लागि उक्त मोवाईल नम्बर सार्वजनिक गरिएको हो । जसको नाम ‘आत्महत्याबाट जोगाउनको लागि हेल्पलाईन ’ भन्ने नाम दिएको छ ।  दुई बर्ष पहिलो काठमाडौ सुरु गरिएको हेल्प लाईन अहिले पश्चिमाञ्चल विकास क्षेत्रमा नै पहिलो पटक बुटवलमा सुरु गरिएको छ । डा. अरुण कुँवर, डा. सरोज ओझा ले त्रिवि चिकित्सक शास्त्र, मानसिक रोग विभागको रेज

सांगीतीक क्षेत्रमा संघर्षरत गायिका घर्ती

Image
गुल्मीको वग्ला–६ स्थायी घर भई वि.स.२०७६ सालमा बुटवल झरेकी अनुराधा घर्ती संगीतको क्षेत्रमा संघर्षरत नाम हो । विभिन्न समयमा हुने  लोक दोहोरी गीत प्रतियोगीतामा प्रथम स्थान हासिल गर्दे आएकी उनी अहिले बुटवल बहुमुखी क्याम्स   हो म २०६७ सल्मा बुटवल आको हुँ म बुटवल बहुमुखी क्याम्पस मा मास्टर प्रथम बर्षमा अध्ययन गर्दै आएकी छिन् । अध्यायन र सांगीतीक क्षेत्रलाई संघ संगै अगाडी बढाइरहेकी उनी संग बुटवल टुडे कर्मी कृष्ण खनाल ले गरेको कुराकानीको अंशः  कलाकारीतमा यहाको प्रवेश कसरी ? –म सानै देखि नै कलाकारीतामा रुची थियो । सानो हुदा गाउमा हुने गीत प्रतियोगीतामा समेत सहभागीता आउदै थिए । अहिले पनि मेरो संघर्षको यात्रा जारी छ । आफ्नै रुचीको कारण म यस क्षेत्रमा लागेकी हुँ ।  तपाईको प्रेरेणाको स्रोत को हो ? –मेरो प्रेरेणाको स्रोत भनेको मेरो घर परिवार, साथी र गुरुहरु नै हो । मेरी आमा जस्ले मलाई जन्म दिईन । यदी मलाई जन्म नदिएको भए यो स्थान सम्म आउने थिईनहोला ।  कुन कुन एलबम बजारमा आएको छ ?  – मेरो पहिलो गीत ‘दशै तिहार’ हो ।  गायक प्रचण्ड जिसी संग गाएको दोस्रो गीत मेरो दोस्रो गीत ‘आशुको खोला

किन प्रभावकारी भएन कृष्ॉिटोल फ्रि’ सेवा

Image
कृष्ण खनाल बुटवल, २३ भदौ ।  तपाईं कुनै पनि कृषि सम्बन्धी जानकारी लिन चाहानुहुन्छ ? लगाएको बालीनालीमा कुनै रोग किरा पो लाग्यो की ? अथवा राम्रो आम्दानीको स्रोत कृषि पेसालाई बनाउने सोँच पो बनाउनुभएको छ ? यी र यस्तै जानकारी पाउन कहाँ सम्पर्क गर्ने कुन प्राविधिकलाई भेट्ने भन्ने चिन्ताले सताएको छ भने तपाईंलाई सजिलो माध्यम बन्ने छ जिल्ला कृषि विकास कार्यालयको सित्तैमा पैसा नलाग्ने ‘टोल फ्रि’ नम्बर ।   नेपाल सरकार कृषि विभागको  केन्द्रीय तीति अनुसार नै किसानलाई सित्तैमा सुचना तथा जानकारी प्रदान गर्ने अभिप्रायले विभिन्न जिल्लाहरुमा  फोन गर्दा पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेको छ । तर किसानहरुले निःशुल्क पाईने  सुचना तथा जानकारी लिन कन्जुस्याईं गर्ने गरेको पाईएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको ‘टोल फ्रि नम्बर ’ १६६००७१५२००० हो  । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले किसानहरुलाई निःशुल्क सुचना, जानकारी, प्राविधिक सल्लाह प्रदान गर्नको लागि भनेर व्यवस्था गरेको यो टेलिफोन नम्बरमा कमै मात्रमा फोन आउने गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि

आन्तरिक राजश्वमा सितैमा करदाता शिक्षा

Image
कृष्ण खनाल बुटवल, २२ भदौ ।  तपाई कुनै संघ संस्था वा कम्पनी पान, भ्याटमा दर्ता गर्दै हुनुहुन्छ ? या आयकर बापतको रकम कसरी मुल्यांकन गरी कुन–कुन समयमा राजश्वकार्यालयमा बुझाउनुपर्दछ भन्ने जस्ता अनेकौं चिन्ताले सताइरहेको छ भने तपाईलको खुसीको खबर रहेको छ ।  लेखक कृष्णा खनाल आन्तरिक राजश्व कार्यालय बुटवलले अव कुनै पनि प्रकारको करदाता शिक्षा आम मानिसलाई आवश्यकता परेर सितैमा उपलब्ध गराउने भएको छ । विगतका दिनमहरुमा पनि विभिन्न समयमा विभिन्न स्थानमा करदाता शिक्षा अभियान सञ्चालन गरेको आन्तरिक राजश्व कार्यालय बुटवलले यस बर्ष पनि उक्त कार्यालाई निरन्तरता दिएको  छ । रोचक कुरा त के छ भने  आन्तरिक राजश्व कार्यालय बुटवलले कुनै पनि कर सम्बन्धी जानकारी लिन चाहाने ३० जनाको समुह छ भने समुहले नै माग गरेको स्थानमा अर्थात समुहको माग अनुसार नै करदाता शिक्षा प्रदान गर्ने छ ।  कार्यालयमा आउने करदताहरुलाई व्याक्तिगत रुपमा समेत करदाता शिक्षा प्रदान गर्नुको अववा कार्यालयले थप समुहमा कुनै पनि समुह, संस्था तथा केन्द्रले आफुहरुलाई करदाता शिक्षा चाहियो भनेर माग गर्न साथ कार्यालयले सेवा प्रवाह गर्ने आन्तर

परिवार नियोजनको जिम्मा महिलालाई

Image
कृष्ण खनाल बुटवल, १७ भदौ ।  एक्काईसौं शताब्दीमा महिला पु रुष समानताको कुरा पटक पटक उठेपनि परिवार नियोजनको जिम्मा भने महिलाहरुलाई लगाउने गरेको तथ्य बाहिर आएको छ ।  नेपाल परिवार नियोजन संघ बुटवल शाखाका अनुसार अघिल्लो आर्थिक बर्षमा कुल २२ हजार ८ सय ८५ जनाले सेवा लिएकोमा १३ हजार २ सय ८३ जनाले परिवार नियोजनको सेवा लिएका छन् ।  जसमा अधिकांश महिलाहरु रहेका छन् । कण्डम ६ सय ४८ जनाले सेवा लिएका छन् भने पिल्स २५ जना नयाँ र पुराना ६ सय ७ जनाले सेवा लिएका छन् । ईन्साटेव्लेट नयाँ ४२ जना र पुराना ३ सय २२ जनाले सेवा लिएका छन् ।  इमप्लान्ट १६ जना नयाँ र पुराना २ सय ९३ जना महिलाहरुले सेवा लिएका छन भने आईयुसिडी नयाँ ९ जना र पुराना १ सय ६३ जनाले सेवा लिएका छन् । पुरुष भ्यासेक्टोमी जम्मा २७ जना पुरुले बन्ध्याकरण गराएका छन्  । नेपाल परिवार नियोजन संघ बुटवल शाखा प्रबन्धक मोहन बस्यालका अनुसार तराईका जिल्लाहरुमा पुरुष बन्ध्याकरण सेवा  भ्यासेक्टोमी गर्नेहरु कम रहेका छन् भने महिलाहरुको संख्या उच्चरुपमा बढिरहेको छ ।  उनी भन्छन्–‘तराईमा पुरुषहरु काम गरेर जिविकोपार्जन गर्नुपर्ने धारणा अहिले सम्म का

कृषिमा लाग्ने ‘डिमाण्ड चार्ज’ले किसान मारमा

Image
कृष्ण खनाल बुटवल, १७  भदौ ।  बुटवल उपमहानगर पालिका–१८ सेमलारमा रहेको ‘सेमलार–पर्रोहा  भुमीगत जलस्रोत सिंचाही उपभोक्ता समिति अन्र्तगत १० वटा डीप ट्युवेल जडान  गरिएको छ । जस मध्ये अहिले ५ वटा मात्र ट्युवेल सञ्चालनमा रहेका छन्  । अन्य ५ वटा ट्युवेल निर्माण सम्पन्न भएपनि विद्युत प्राधिकरणको कारण सञ्चालनमा आउन सकेका छैन्न भने कुनै डीप गाडिएपनि अन्य भौतिक संरचना जडान  गर्न बजेट अभावको भएकाले सञ्चालन हुन सकेका छैन्न ।  नेपाल विद्युत प्राधिकरणले केही समय पहिला देखि पुराना टान्र्समिटर सञ्चालन गर्न नपाउने जसको लागि मिटर युनिट जडान गर्नुपर्ने सर्त आगाडी सारेको थियो । जुन प्रक्रिया अहिले अन्तीम चरणमा पुगेको छ अवको केही महिनामा केही ट्युवेल सञ्चालनमा आउने छन् ।  ‘सेमलार–पर्रोहा  भुमीगत जल स्रोत सिंचाही  उपभोक्ता समितिका अध्यक्ष सुर्दशनदेव जोशीका अनुसार १० वटा  डिप ट्युवेलबाट ६ सय विघा (४ सय हेक्टर)  क्षेत्रफलमा  सिंचाही गर्न सकिन्छ ।  तर सबै ट्युवेल सञ्चालनमा आउन सकेका छैनन् ।  एकातर्फ किसानहरुले निर्माण सम्पन्न भएका ट्युवेल सञ्चालन आउन सकेको छैनन् भने अर्को तर्फ डिमाण्ड चार्ज मार्फत

६ जिल्लामा भुमीगत सिंचाही प्रणाली : किसान माग उच्च ः आपुर्ती न्युन

Image
कृष्ण खनाल बुटवल, १७ भदौ ।  तराईका भु–भागमा नदी र नहरबाट खेतीयोग्य जमिन सिंचाहीको लागि सहज नभएपछि किसानहरुले  स्यालो ट्युवेल र डीप ट्युवेल मार्फत पानी तानेर सिंचाही गर्दै आएका छन् । खासगरी रुपन्देही, कपिवस्तु, नवलपरासी जिल्ला र पहाडी जिल्ला गुल्मी, पाल्पा स्याङ्जाका समथर भेगमा किसानहरुले सरकारले अनुदानमा प्रदान गर्ने स्यालो ट्युवेल तथा डिपट्वेल र ईनार मार्फत सिंचाहीगरी  कृषि प्राणाली अपनाउने गरेका छन् ।   अनुदानको रुपमा प्रदान गर्ने ट्युवेल नेपाल सरकारले किसानहरुको माग भन्दा झेडै कयौ गुणा कम मात्रामा आपुर्ती गर्दै आएको छ । रुपन्देही जिल्लामा कार्यालय रहेको भुमीगत जलस्रोत विकास समितिले लुम्बिनी अञ्चलका  पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी र गण्डकी अञ्जलका स्याङ्जा जिल्लामा समेत काम गर्दै आएको छ । यि जिल्ला बाट बर्सेनी अनुदानबापतको स्यालो  ट्युवेल, पम्प र डीप ट्युवेलको लागि बर्षेनी सयौ किसानहरुले  आवेदन दिन्छन् । तर बजेट अभावको कारण देखाउदै सरकाले माग अनुसार आपुर्ती गर्न सकेको छैन ।  भुमीगत जल स्रोत विकास समिति बुटवलका ईन्जीनियर पुर्णलाल विश्वकर्माका अनुसार कयौं बर्ष

सन्र्दभः राष्ट्रिय पुस्तकालय दिवस: पाठक छनः पुस्तक छैनन् ।

Image
कृष्ण खनाल बुटवल, १४ भदौ ।   पछिल्लो समयमा पुस्तक पढ्ने पाठकको बानीमा परिर्वतन आएको छ । बदलिदो आधुनिक प्राविधिको कारणले समेत पुस्तक पढ्ने बानीमा ह्रास आउदैगएको छ ।  नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरिएको हो । आज ७ औं राष्ट्रिय पुस्तकालय दिवस हो । देशभर पुस्तकालय दिवस मनाईरहदा यस क्षेत्रका पुस्तकालयमा  पाठकहरुको संख्या भने अत्यान्तै न्युन रहेको छ । बुटवल र यस आसपासमा स्थापना भएका विभिन्न पुस्तकालयहरुमा पुस्तक पढ्ने पाठकहरुको  एक प्रकारको ‘खडेरी नै लागेको ’ छ ।  बुवलमा महाविर पुस्तकालय, जनज्वोति पुस्तकालय, जानजागृती पुस्तकालय लगायतका पुराना पुस्तकालयहरु रहेका छन् । तर ति पुस्तकालयहरुमा पुस्तक पढ्ने पाठको संख्या अत्यान्तै न्युन रहेको पाईन्छ ।  रुपन्देहीमा केही पुस्तकालयहरुले नमुना पुस्तकालयको काम समेत गरेका छन् । सामुदायिक रुपमा स्थापना भएका पुस्तकालहरु रुपन्देहीको सैनामैना–१० बासगढीमा अवस्थित  लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र पनि एक हो ।  शिक्षाको अवसरबाट वञ्चित भएका समिाजिक आर्थिक तथा व्यवहारिक रुपल सक्षम