Posts

Showing posts from August, 2015

द्वन्द्वपीडित महिलाको पिडाः–‘न सास,न लास,न राहात’

Image
रुपन्देहीमा वेपत्ता १४ राहात ८ जनालाई मात्र कृष्ण खनाल बुटवल, १४ भदौ ।  रुपन्देहीको गजेडी गाविस–८ गोफलापुरकी ३५ बर्षीय निलम बुढाथोकी लाई २०६२ त्यो कालो दिन अहिले पनि मानसपटलमा ताजै छ । केही दिनको लागि माईतीघर गएकी उनी जव कर्मघर भर्किन् त्यतिबेला ‘संगैजिउने र संगैमर्ने’ कसम खाएर विवाह बन्धनमा बाँधीएका श्रीमान् अमर बुढाथोकी घरमा थिएनन् । घर परिवारलाई सोधिन्–‘खोई त नानीको बाउ ’ परिवारबाट जवाफ आयो ‘तै संग गएको होला नी कुन्न ।’ उनी छक्क परिन् ।  एक्लै आफ्नो माईती घर गएको र घरमा आउँदा आफ्नै श्रीमान् नभएपछि  एक पटक भक्कानीन् । उनी भन्छिन्–‘त्यो दिन आकास नै खसेर च्याप्पे जस्तो भयो ।’ पछि थाहा भयो उनको श्रीमान्लाई तत्कालीन राज्य पक्षको नेपाली सेनाले  विभिन्न आरोपलगाएर लगेको रहेछ । घर परिवारले पनि ‘पिरमान्छे’भनेर तत्कालन नभनेको रहेछ । उनका श्रीमान् वेपत्ता भएको करिव १२ बर्ष पुगेको छ । उनीलाई श्रीमान् वेपत्ता भएको पिडा एकातर्फ छ भने अर्को तर्फ तिनी श्रीमान्को नासो आर्थत बच्चा अहिले प्यारलाईसिसीले गाँजेको छ ।  द्वन्द्वको समयमा वेपत्ता पारिएका कायांै आफन्तहरुले राहत स्वरुप केही रकम र

भवन निर्माण मार्गदर्शन ‘अव्यवहारिक’

Image
कृष्ण खनाल बुटवल, १३  भदौ ।  नेपाल सरकारले भुकम्पीय जोखिम न्यु नीकरणको लागि  भन्दै ल्याएको ‘बस्ती विकास,शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत मार्गदर्शन–२०७२’ व्यवहारमा पुर्णरुपमा कार्यान्वयन हुनेमा शंका पैदा भएको छ । कुनैपनि व्याक्ति, संघसंस्था तथा निकायले नयाँ घर निर्माण गर्नुपर्दा नगरपालिका वा उपमहानगर र महानगर पालिकामा सडकको चौडाइ ६ मिटर हुनुपर्ने, आवासिय भवन निर्माण गर्दा २ सय ५० बर्गमिटर सम्मको क्षेत्रमा ३० प्रतिशत र सो भन्दा बढिको क्षेत्रफलमा ४० प्रतिशत जमिन खाली राखेर निर्माण गर्नुपर्ने लगायतका विभिन्न  निर्देशनहरु जारी गरेको छ ।  मिति २०७० असार ३१ गते नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले उक्त मर्गदर्शन लागू गरेको थियो । सानो क्षेत्रफलमा घरनिर्माणको लागि भन्दै घडेरी खरिद गरेकाहरुले सोही मापदण्ड अनुसार घर निर्माण गर्दा घरको आकार नै नमिल्दो  बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ हुने र घर नै निर्माण गर्न नसक्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।  बुटवल उप–महानरपालिका भित्र यसको पूर्णरुपमा कार्यान्वयन हुन नसक

सवारी चालक अनुमती पत्रकार्यालयमा ‘विचौलियालाई प्रोत्साहन’

Image
कृष्ण खनाल बुटवल, ११ भदौ ।  नेपाल सरकार यातायात व्यवस्था कार्यालय ‘सवारी चालक अनुमती पत्र’ लुम्बिनी अञ्चल कार्यालयका कर्मचारीहरुले काम गर्दा ‘विचौलिया पोत्साहन’ गर्ने गरेको सेवाग्राहीहरुले आरोप लगाएका छन् । कार्यालयमा सेवाको लागि आउने सेवाग्राहीहरुसंग कार्यालयका कर्मचारीहरुले फारम भर्न,  टिकट किन्न र  स्वाथ्य परिक्षणको लागि समेत विचौलियाहरुलाई प्रोत्साहन गरेको सेवाग्राहीहरुले जनाएका छन् । शुक्रवार कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुले कार्यालयमा राजश्व बुझाउदा खुद्रा पैसा फिर्ता नदिने, लाईन लामो भएको कारण लाईनमा बस्न समस्या भएको, कार्यालय सानो भएको कारणले समस्या, सोधपुछ कक्षको अभाव, कार्यालयमा टिकट र निवेदन फारम अभावको कारण विचौलियाबाट लिनुपर्दा महङ्गो भएको लगायतका गुनासो गरेका छन् । त्यस्तै  स्वाथ्य परिक्षण गर्दा तिरेको पैसाको रसिद नदिएको, टोकन सिस्टम नभएको जस्ले लाईमा घण्टौं बस्नु  परेको जस्ता गुनासो गरेका थिए ।  कार्यालयमा कार्यरत रहेका कर्मचारीहरुबाट शिष्ट व्यवाहर नभएको, पिउने पानी र  पङ्खाको अभाव  रहेको सेवाग्राहीको गुनासो  गरेका थिए ।  यता सदाचार स्थापानको लागिका

गभर्वती जाँच गराउन कन्जुस्याई

Image
कृष्ण खनाल बुटवल, ११ भदौ ।  रुपन्देही जिल्लामा गर्भवती भएपछि महिलाहरुले नियमित रुपमा स्वाथ्य केन्दमा गएर जाँच गराउन कन्जुस्याईं गर्ने गरेको पाइएको छ । जिल्ला जनस्वाथ्य रुपन्देहीका अनुसार पहिलो पटक महिला गर्भवती भएको थाहा पाउन साथ स्वाथ्य संस्थामा जाँच गराउन जाने तर क्रमसः विभिन्न समयमा गर्नुपर्ने जाँचमा  गर्भवती महिलाहरु नजाने गरेको पाइएको हो । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका सिनियर अहेव थानेश्वर खरेलका अनुसार पहिलो पटक स्वाथ्य केन्द्रमा जाँच गराउने महिलाहरुको सख्या तेस्रो र चौथो पटक जाँच गराउने जानेको संख्या अत्यान्त न्युन रहेको छ ।  जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका अनुसार गत बर्ष रुपन्देही जिल्लामा कुल ५ हजार २ सय १७ जना महिलाहरुले पहिलो पटक आफ्नो स्वाथ्य जाँच स्वाथ्य केन्द्रमा  गराएका छन् । तर  चौथो पटक गर्भवती जाँच गराउन भने जम्मा १ हजार २ सय ३७ जना मात्र महिला स्वाथ्य केन्द्र गएका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने गर्भवती भएका महिलाहरुले आफ्नो पेटमा रहेको बच्चाको नियमित जाँच गराउनको लागि कन्जुस्याईं गर्ने गरेका छन् ।  जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देही

कृषिजन्य उत्पादनमा विचौलियाको बोलबाला

Image
कृष्ण खनाल बुटवल, ९ भदौ ।  रुपन्देहीको सेमलारका किसान रामनाथ मालीले बुटवलको कृषि उपज तथा थोक बजार केन्द्र बोडीलाई २५ रुपैयाँ प्रतिकेजी होलसेल मुल्यमा विक्री गरे ।  उपजकेन्द्रका व्यापारीले त्यहि बोडीलाई खुद्रा व्यापारीलाई ३० रुपैयाँ प्रतिकेजीमा विक्रि गरे । बजारमा त्यहि बोडी आउदा उपभोक्ताले ३५ रुपैयाँ प्रतिकेजीमा किन्न बाध्य छन् । यो एउटा  उदाहरण मात्र हो । किसानले उत्पादन गरेको कृषीजन्यउत्पादन प्रत्यक्ष उपभोक्ताकहाँ नपुग्दा विचौलीयाहरुले हजारौ रुपैयाँ  नाफागरी उपभोक्ता र किसान दुबैलाई सरासर ठग्ने गरेका छन् । व्यापार–व्यवसायमा केही प्रतिशत नाफा खानु स्वभाविक हो तर यस क्षेत्रका विचौलियाहरुले किसान र उपभोक्ता मर्कामा पार्ने गरेका छन् । आफै बजारमा गएर कृषिजन्य उत्पादन विक्रि गर्न नसक्ने किसानहरुले सस्तो मुल्यमा विचौलीयालाई आफ्नो उत्पादन विक्रि गर्न बाध्य छन् सोही बाध्यातालाई  मौकामा राखेर विचौलीयाहरुले लाखौं रुपैया कुम्लाईरहेका छन् ।  एउटा किसानले  कुनै पनि प्रकृतीको कृषि जन्य उत्पादन गर्नमा महिनांै दिन लागाउँछन् । मदखाद तथा ढुवानी खर्च र आफ्नो मिहिनेत जोडेर आफुले उत्पादन गरेको क

स्थाननिय निकायमा वेथीति : लक्षित बर्गको रकम विकास निर्माण देखि बाँधर धपाउन खर्च

Image
बुटवल उपमहानगरमा लक्षित वर्गको पैसा अन्यत्रै खर्च कृष्ण खनाल बुटवल, १०  भदौ । ‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’ नारा दिएको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०६९÷०७० मा कुल २९ करोड ८६ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन ग¥यो ।  विनियोजित बजेटमध्ये लक्षित वर्ग ‘महिला लक्षित कार्याक्रम’ मा कुल ५८  लाख ५४ हजार रुपैया, बालबालिका लक्षित कार्यक्रममा कुल ५७ लाख १५ हजार रुपंैया र अन्य लक्षित समुदाय आदिवासी जनजाति, जेष्ठ नागरिक, अपाङ्गता भएका, मधेसी, मुस्लिम, पिछडावर्ग र अन्य समुहको लागि एकमुष्ट कुल ८५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।  बालबालिका लक्षित कार्यक्रमको विभिन्न ३० वटा शीर्षकको पैसा भौतिक  पूर्वाधार विकासमा लगाईएको छ । अन्य ११ वटा  विधामा मात्र क्षमता अभिवृद्धिको लागि खर्च गरेको देखिन्छ ।   आर्थिक वर्ष २०७०÷०७१  मा पनि उपमहानगपालिकाले यस्तै गरी एउटा शीर्षकमा छुट्टयाएको पैसा अर्कै शीर्षकमा खर्च गरेकोे छ । यो आर्थिक वर्षमा लक्षित समुदाय अन्र्तगत महिला तथा बालबालिका लक्षित कार्यक्रममा कुल ४९ लाख ३५ हजार रुपैया विनियोजन गरेकोमा ५ वटा शीर्षकमा भौतिक पुर्वाधार निर्माणको लाग

आयुर्वेद उपचारका विरामी पुर्नावृत्ती हुने क्रम बढ्दो

Image
कृष्ण खनाल बुटवल, ७ भदौ ।  लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुुटवलमा उपचार गरेका विरामीहरुले पुनारावृत्ति हुने दर बढेको छ । स्वाथ्य क्षेत्रको पुरानो उपचार पद्धतीको रुपमा  रहेको  आयुर्वेद प्रति स्थानियको आर्कषण क्रमस बढ्दै गएको छ ।  विरामीहरु पुनारावृत्ती हुने क्रम भने बढेको पाइएको हो । लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलका  चेतनारायण आचार्यका अनुसार  गत आर्थिक बर्षमा कुल कुल १९ हजार ४ सय १ जनाले उपचार गराएकोमा २ हजार ९ सय २९ जना विरामी पहिला नै विरामी भएर एक पटक उपचार गराईसकेका हुन । आचार्यका अनुसार सोही अवधिमा १६ हजार ४ सय ७२ जना नयाँ विरामीहरुले उपचार गराएका छन् ।  ९ हजार ६ सय १३ जना  नयाँ विरामी महिलाले उपचार गराएकोमा कुल १ हजार ८ सय ६८ जना महिला पहिला नै उपचार गराएका अर्थात पुराना विरामी हुन ।  त्यस्तै सोही आर्थिक बर्षमा कुल ६ हजार ८ सय ५९ जना नयाँ पुरुष विरामीले उपचार गराएकोमा १ हजार ६१  जना पुराना विरामी पुनरावृत्ती भएका हुन ।  गत आर्थिक बर्षमा उक्त कार्यालयले  वार्षिक स्वीकृत वजेट  कुल २८ लाख  २० हजार प्राप्त गरेकोमा  २७ लाख १८ हजार ९ सय ४० रुपैया खर्च गरेको छ । 

बन्दको मौका छोपी मनपरी रिक्सा ! ३ किलोमिटर ३ सय भाडा !!!!

Image
कृष्ण खनाल बुटवल, ६ साउन ।   बुटवलमा सामान्य तया ३ किलोटिर यात्रा गरेको प्रति यात्रु रिक्सा चालकले ३० रुपैयाँ र दुई जना यात्रु भएको खण्डमा ६० रुपैयाँ लिन्छन् । बुटवलको गोलपार्क देखि राजमार्ग चौराहा सम्मको भाडा सामान्य तहा २ जना यात्रु चढेको ६० रुपैयाँ हो । तर आईतबार जनजाती महासंघ नेपालले गरेको बन्दको मौका छोपी एक रिक्सा चालकले मनपरी भाडा असुलेका छन् । उनले बुटवलको गोलपार्क देखि राजमार्ग चौराहा सम्मको ३सय रुपैयाँ भाडा लिएका हुन । जुन सामान्य अवस्थमा भन्दा ५ गुणा बढि हो । रिक्सा व्यवसायी समितिले निर्धारणा गरेको भाडा भन्दा झण्डै ५ गुणा बढि ति रिक्सा चालकले यात्रुबाट भाडा लिएका छन् । ‘बन्दको बेला यस्तै हो भन्दै ति रिक्सा चालकले ३ सय रुपैया लिएको  यात्रु गुल्मी मुर्भिङ्ग गाविसका रुद्र लम्सालले बताए । उनले पहिला १ सय रुपैयाँमा लैजानु भनेर हिडालेको विचबाटोमा आएपछि ३ सय दि लैजाने नत्र नलैजाने भन्दै झाराल्न खोजेको र राजमार्ग चौराहामा पुगेपछि ३ सय रुपैयाँ भाडा लिएको उनले गुनासो गरे । पिडीत यात्रु लम्सालले भने–‘पलिहा थोरै लिउला भनेको थिए तर पछि बेइज्यत गरेर ३ सय लिए ।’ उनले बन्दको बेल

डिभिजन सडक कार्यालयबुटवलद्वारा: अधिकांस अधुरा पुर्वाधारमा रकम खर्च

Image
कृष्ण खनाल बुटवल, ६ भदौ ।  सडक डिभिजन कार्यालय बुटवलले गत आर्थिक बर्षमा निर्माण गरेका अधिकांसभौतिक पुर्वाधारहरु अधुरा रहेको पाईएको छ । डिभिजन सडक कार्यालय बुटवलले उपमहानरपालिका भित्र निर्माण सम्पन्न गरिएको भनिएका विभिन्न सडक, कल्र्भट तथा पुल अधिकांस अधुरा रहेका छन् । कुनै पुलको जग मात्र परिएको छ भने सडकको पनी कालेपत्रे गरेर अन्य कतीपय ढल निर्माण र निकासको काम त्यतिकै छोडीएको पाइएको हो ।  उक्त, कार्यालयले गतआर्थिक बर्षमा  बुटवल उपमहानगरपालिकाभित्र १२ वटा सडक र ५ वटा पुल तथा कल्भर्ल निर्माण कार्य सुरु गरेको थियो । सडक निर्माणको लागि उक्त कार्यालयले कुल ३३ करोड २० लाख रुपैयाँ रकम विनियोजन गरिएकोमा कुल ३० करोड ४१ लख ५ हजार रुपैया खर्च गरेको  डिभिजन सडक कार्यालय, बुटवलका ईन्जीनियर  कृष्ण प्रसाद पन्थी बताउछन् ।   नयाँगाउँ देखि बेलबरिया जोड्ने सकडमा निर्माण हुदै गरेको ‘दानो पुल’जुन पुलको केही पिलरमात्र निर्माण गरी अलपत्र छोडीएको छ  ।  उक्तकार्यालयले सोही आर्थिक बर्षमा  विभिन्न ५ स्थानमा पुल तथा कल्र्भट निर्माण गरेको जनाएको छ । तर ति अधिकांस पुल तथा कल्र्भल अधुरो अवस्थामा रह

बुटवल उपमहानगरपालिको बार्षिक समिक्षा कार्यक्रममा , विषयगत कार्यालयद्वारा उपेक्षा

Image
कार्यक्रम सुरु हुँदा ४ सय सहभागी  सकिदा ३७ जना  कृष्ण खनाल बुटवल, ४ भदौ ।  बुटवल उपमहानर पालिकाकाले प्रत्येक बर्ष नगर भित्र सञ्चालन रहेका सरोकारवाला  सरकारी र गैर सरकारी कार्यालयहरुसंग बार्षिक समिक्षा बैठक आयोजना गर्दछ । नेपाल सरकारको नीति अनुसारनै आयोजना गरिने उक्त  बैठकमा सरकारी निकायका कार्यालयहरुले आफ्नो बार्षिक  प्रगती प्रतिवेदन पेश गर्नु पर्दछ ।  तर उक्त  बैठकमा नगरकाजनतासंग प्रत्यक्ष सरोकारराख्ने महत्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले उपस्थिती समेत जनाएनन् । बुटवल उपमहानगर पालिकाले एक हप्ता पहिला नै पत्रलेखि ‘आनिवार्य रुपमा आ–आफ्नो कार्यालयको बार्षिक प्रगती समिक्षा सहित कार्यक्रममा उपस्थिती हुनुपर्ने’ भनेको थियो । तर  उप–महानगरपालिकाको उक्त आदेशलाई केही कार्यालयले टेरपुच्छर लगाएनन् ।  नेपाल खानेपानी संस्थान, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, जनताको तटबन्द कार्याक्रम लगायतका  जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकायका प्रमुख तथा प्रनिधिहरु उपस्थिती भएनन् ।  जनतासंग प्रत्यक्ष सरोकार राख्ने र जनताले पटक पटक प्रश्न उठाउँदा आफु ¥याख ¥याख्तीमापर्ने डरले समेत

नयाँ नगरपालिका वेभसाईट ‘नाम मात्रका’

Image
कृष्ण खनाल बुटवल, २ भदौ ।   नेपाल सरकारले २०६८ को बजेट  वक्तव्यमा घोषणा भए पनि कार्यान्वयन हुन नसकेका ४१ नगरपालिकासमेत थपेर कुल ७२ वटा नगरपालिका २०७१ बैशाख महिनामा  नयाँ नगरपालिका घोषणा गरेको थियो त्यको केही महिना पछि २०७१ मंसिर ११ गते पुपन थप ६१  वटा नगरपालिका थपी  देशभरका कुल नगरापलिकाको संख्या १ सय ९१ वटा पु¥यो । सोही अनुसार लुम्बिनी अञ्चलमा कुल १६ वटा नगरपालिका थपिए  । नगरपालिका थपिएको करिव २ बर्ष वित्न लाग्दा समेत नयाँ नगरपालिकाको अधिकांस वेभसाईट नाम मात्रका रहेका छन् ।  नेपाल सरकारले वेभसाईट निर्माण गरेर नगरपालिकालाई उपलब्ध गराएपनि त्यसको प्रयोग गर्न नगरपालिकाहरु असक्षम देखिएका छन् ।  नेपाल सरकर संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय को वेभसाईट  http://municipality.gov.np   मा उल्लेख भए अनुसार रुपन्देही जिल्लाका नयाँ स्थापना भएका सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिक, देवदह नगरपालिका र लुम्बिनी सास्कृतीक नगरपालिको वेभ साईट नाम मात्रका रहेका छन् ।  रुपन्देहीको सैनामैना नगरपालिकाको वेभसाईट  www.sainamainamun.gov.np   मा केही पनि डाटाहरु अपपडे छैनन् । नगरपालिकाक

आठ बर्षको बैदेशिक भोगाईपछि स्वदेश मै हाँसपालन

Image
कृष्ण खनाल बुटवल, २ भदौ ।   आठ बर्ष सम्म बैदेसिक भुमिमापसिना बगाएका रुपन्देहीका एक कृषकले यस क्षेत्रमै नमुना कामको सुरुवात गरेका छन्  । रुपन्देहीको सैनामैना नगरपालिका, बुद्धनगरका ३६ बर्षिय किसान थानेश्वर पौडेलले यस क्षेत्रमा नै नमुना हाँस पालन सुरु गरेका छन् ।  गत जेठबाट हासँपालन सुरु गरेका उनलेको फार्ममा  अहिले १३ सय हाँस रहेका छन् । ‘पौडेल कृषि फार्म’ दर्तागरेर सञ्चालनमा आएको उनको फार्ममा अहिले  हंङकङ क्रस, थाईल्यांण्ड क्रस र चानीज जातका हाँस  रहेका छन् ।  आफ्नै पाँच कठ्ठा जमिनमा क्षेत्रफलमा फार्म निर्माणगरी हाँस पालन गरेका पौडेलले हाँस पाल्नुको कारण रोचक रहेको छ ।  विभिन्न क्षेत्रमा घुम्न मन पराउने उनी गएको बैशाख महिनामा एक जना साथीसंग नवलपरासी जिल्लाको त्रिवेणी क्षेत्र घुम्न गएका थिए ।  त्यहा एक जना किसानले नमुना फर्मको रुपमा सुरु गरेको हाँस पालन हेरे । त्यतिखेर नै आफुले पनि हाँस पाल्ने अठोट गरेर अर्को दिन घरमा आएपछि फार्म बनाउन सुरु गरेका थिए । अहिले पहिलो पटक हास पालेका उनले आम्दानीको स्वाद चाख्न पाएका छैनन् । तर कृषि क्षेत्रमा भविश्य छैनन् भन्नेहरुलाई भने राम्रो उदाह

दृष्टिविहिनताले रोकेन उच्च शिक्षालाई

Image
पूर्ण दृष्टिविहिन विद्यार्थीद्वारा सैनामैना नगर टप कृष्ण खनाल बुटवल, २  भदौ ।  कक्षा १० को ल्याकत परिक्षा (सेन्टअप) दिदाँ उनी सामान्य आम मानिस जस्तै थिए । आँखामा हल्का समस्या आएपनि उनले आफै सेन्टअप परिक्षा दिएका थिए । बेलाबेलामा चिकित्सक कहाँ चेक गराउँदै आएका उनलाई चिकित्सकले भनेका थिए –‘उमेर बढ्दै जाँदा की त आखाँको ज्वोती कमजोर हुदै जान्छ की त राम्रो हुदै जाँछ ।’ नभन्दै उनलाई त्यस्तै भयो । अर्थात उनीले आखाँको ज्वोती गुमाउँदै गए । जसको कारण प्रवेशिका परिक्षा (एसएलसी) सहयोगी राखेर दिनु प¥यो । कक्षा ११ र १२ मा पढ्दा पुरै बे्रेलको भरपर्नु प¥यो  ।  तिनै दृष्टिविहिन विद्यार्थी शंकर बन्जाडे अहिले सैनामैना नगरपालिकामा उच्च अंकसाथ स्नाकोत्तर तह प्रथम बर्षको परिक्षामा  उत्र्तीण भएका छन्  । ब्रेल लिपीको साहरामाअध्ययन गरेको विद्यार्थी बन्जाडेले सहिद नारायण पोखरेल रामापुर क्याम्पस मात्र टप गरेका छैन्न  सैनामैना नगरपालिकामा नै उत्कृष्ठ विद्यार्थीको गरिमा कायम गरेका छन् ।   सैनामैना–११ पटना घर भएका बन्जाडे प्रथम श्रेणीमा उत्र्तीण भई नगरमै उत्कृष्ठ विद्यार्थी भएका हुन ।  कक्षा ११, १२  राम

कहाँ गयो स्व.अध्यक्ष न्यौपाने स्मृतीमा उठाएको रकम ?

Image
कृष्ण खनाल बुटवल, ३१ साउन ।  पश्चिम नेपाल बस व्यवसायी संघका पुर्व अध्यक्ष स्व.कलाधर न्यौपानेको स्मृतीमा निर्माण गरिएको अक्षयकोषबारे प्रश्नचिन्ह खडा भएको छ ।  स्व.न्यौपानेको स्मृतीमा पश्चिम नेपाल बस व्यवसायी संघमा कार्यत कर्मचारीहरुको तलब काटेर निर्माण गरिएको अक्षयकोषको विषयमा कर्मचारीहरुले प्रश्न उठाएका छन् ।  उक्त अक्षकोषको कर्मचारीहरुको संगठन ‘स्वतन्त्र कर्मचारी युनियन पश्चिम नेपाल बस व्यवसायी संघ’ ले आफ्नो खाताबाट ११ हजार १ सय ५१ रुपैयाँ  र प्रति कर्मचारी को तवलबाट ५ सयका दरले उठाइएको १ लाख ४० हजार रुपैयाँ गरी कुल १ लाख ५१ ह्जार १ सय ५१ रुपैयाँ जम्मा  गरिएको थियो ।  जसमा पश्चिम नेपाल वस व्यवसायी संघले थप ५ लाख थपेर साझा कोष निर्माण गरेको हो ।  तर कोषमा कर्मचारीबाट जम्मा गरिएको रकम के कती कुन कार्यमा प्रयोग गरियो भन्ने विषयमा संघले कुनै पनि जानकारी नगराएको भन्दै युनियनले आफ्नो बार्षिक साधारण सभा तथा अधिबसेनको ‘बार्षिक प्रतिवेदनमा’ नै उक्त  रकम बारे जानकारी नदिएको उल्लेख गरेको छ ।   ‘स्वतन्त्र कर्मचारी युनियन पश्चिम नेपाल बस व्यवसायी संघ’ का अध्यक्ष यज्ञप्रसाद खनालका अ

युवा पुस्तामा ‘बढ्दो बोलबम क्रेज’

Image
कृष्ण खनाल बुटवल, २८ साउन ।  तिन दिन देखि लगातार पैदल खाली हिडेर बुटवल आएका २२ बर्षिय सुमन पौडेलमा तन कुनै थकाई थियो न त कुनै पछुतो । कक्षा १२ को परिक्षा दिएर बसेका पौडेल रुपन्देहीको सैना मैनाका  स्थायि बासिन्दा हुन भने एक युवा विद्यार्थी ।  विहिवार साँझ बुटवलमा  नवलपरासी जिल्लाको त्रिबेणीबाट जल लिएर बुटवल पैदल आएको टोलीमा सहभागी उनी भन्दै थिए–‘हल्का खुट्टा मात्रै दुखेको छ, अरु केही भएको छैन ।’ भित्री मन देखि नै धर्मप्रति विश्वास रहेको बताउने उनी भन्दै थिए –‘कसैले भनेर पनि गएको होईन, भविश्यमा राम्रो हुन्छ भनेर बोलबम यात्रामा हिडेको हुँ ।’ उनी संगै सैना मैना उच्च मावि कक्षा १२ मा पढ्दै गरेका  गोपाल पौडेलको पनि भनाई उस्तै रहेको थियो ।   भर्खरै  १७ बर्षमा लागेका उनी सैनामैना–५का स्थानि बासिन्दा हुन । उनी भन्दै  थिए –‘आगामी दिनमा  धर्म कमाईन्छ, राम्रो हुन्छ भनेर नै पैदल यात्रामा हिडको हो ।’ घर परिवारमा अन्य सदस्यहरु नहिडेको  आफु मात्र हिडेको बताउने उनी भन्दै थिए–‘भित्री मन देखि नै ईश्वर प्रति आस्था छ, त्यी भएर यात्रामा हिडेको हो ।’ यी केही प्रतिनिधि उदाहरण मात्र हुन । ३ दिन ल