Posts

Showing posts from June, 2015

सार्थकता पायो नेत्रहिनको ‘एक एक व्याक्ति एक इँटा’ अभियानले

Image
कृष्ण खनाल बुटवल, १५ असार ।  ‘दृष्टिविहिनता भएका व्याक्तिहरु’ एक जुट भएर लाग्ने हो भने अनकरणीय काम गर्न सक्छन् भने उदाहरण पछिल्लो समयमा रुपन्देहीका दृष्टिविहिनहरुले प्रस्तुत गरेका छन् । अन्य अपाङ्गता भएका व्याक्तिहरुको आफ्नै कार्यालय भवन नभएको बेला रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको ‘एक व्याक्ति एक इंट्टा’ अभियान अन्र्तगत आफ्नै भवन निर्माण पुरा गरेका छन् । यद्यपी भवनमा अझै  केही पुर्वाधारहरुको विकास गर्न आवश्यक रहेको छ । केही समय पहिला देखि सुरु भएको ‘एक व्याक्ति एक ईंट्टा अभियान’ अन्र्तगत अपाङ्गता भएका व्याक्ति, दृष्टिविहिनता भएका व्याक्तिहरु संग चन्दा संकलन गरिएको थियो । सो अभियानमा बुटवल उपमहानगर पालिका र जिल्ला विकास समितिले पनि केही साथ दिएको छ । बुटवल–१४ तामनगरमा दृष्टिविहिनहरुले अपाङ्गता भएका व्याक्तिहरुको लागि पश्चिमाञ्चल क्षेत्रीय स्तरिय तालिम केन्द्रको रुपमा विकास गर्ने गरी ४ कोठा र एउटा कार्यक्रम हल सहितको भवन निर्माण गरेका छन् ।  रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासेनीका अनुसार अहिले सम्म करिव ३५ लाख रुपैया खर्च भएको छ । जसमा ७ लाख ३० हजार रुपैया

उत्खनन् गर्दा भेटिएको काठ स्थानियको कब्जामा

Image
कृष्ण खनाल बुटवल, १० असार ।  रुपन्देहीको सालझण्डी गाविस–६ मा रहेको कञ्चन खोलामा जिल्ला विकास समितिबाट स्वीकृत ढुङ्गा गिट्टी उत्खनन्को बेला भेटिएका पुराना काठलाई गाउँहरुले कब्जा गरी व्याक्तिलाई दिने चलखेल भएको छ । अवैध रुपमा भेटिएका ति काठलाई ईलाका बन कार्यायलय सालझण्डीबाट खटिएको टोलीले नियन्त्रण लिने प्रयास गरेपनि स्थानियले त्यसमा अवरोध गरेका छन् । मंगलबार सूचनाको आधारमा ईलाका बन कार्यालय सालझण्डीका सहायक वन अधिकृत रविन्द्रनाथ चौधरीको नेतृत्वमा गएको टोलीलाई स्थानियहरुले आफ्हरुले नै उक्त काठ विक्रि गरेर स्थानिय विकास निर्मा णमा लगाउने भन्दै विरोध गरेका छन् ।  मंगलबार ईलाका वन कार्यलय  साझण्डीबाट गएको टोलीले अवरोध गरेरपछि मुचुल्का मात्र उठाएर फर्किएको टोली बुधवार पनि काठको मुचुल्का उठाएर त्यतिकै फर्किएको छ ।  नदी उत्खन्न गर्दा भेटिएको काठ स्थानियहरुले विक्रि वितरण गरी वैध बनाउन सालझण्डी गाविस–६  बरौलीका स्थानिय भिम खनालको घरमा समेत राखेका छन् । केही काठ चिरान गरिएको अवस्थामा ईलाका वन कार्यालय सालझण्डीले २७ थान २ सय ३७.५७ क्युफिट काठ खेतमा र   शिव खनालको घरमा  ४४.०५ चिरन काठ

भैसी पालनबाट मासिक ५० हजार आम्दानी

Image
कृष्ण खनाल बुटवल, ९ असार ।  १० लाख रुपैयाँ सहकारी र आफन्तबाट ऋण काडेर व्यवसायीक रुपमा भैसी पालन सुरु गरेको रुपन्देहीको सैनामैना नगरपालिका– रानीवगीयाका तोयानाथ पौडेल(सागर)ले अहिले मासिक  ५० हजार रुपैया आम्दानी गर्दै आएका छन् । १० कठ्ठा जमिन भाडा(लिज)मा लिएर के.टी. भैसी पालन फार्म सञ्चालन गरेका पौडेलले १३ बर्ष सम्म पोखरामा माकेर्टिङ्गको पेशा सम्हालेका ४३ बर्षिय पौडेलले ६ बर्ष ड्राईभिङ्ग पेसाको समेत अनुभव संगालेका छन् ।  केही बर्ष रेष्टुरेन्ट समेत सञ्चालन गरेका पौडेलले वि.स.२०७१ मंसिर महिनाबाट व्यवसायीक भैसी पालन सुरु गरेका हुन । अहिले उनको फार्म मा ८ वटा भैसी, १ वटा राँगो र अन्य ४ वटा साना पडा÷पाडी रहेका छन् । उनको फार्ममा  अहिले केही बख्रा रहेका छन् ।  ८ वटा भैसी मध्ये ३ वटा व्याउने भैसी छन्  भने अन्य ५ वटा दुहुनो भैसी  रहेका छन् ।  सिजनको बेला (माघ महिनामा) १ लाख १३ हजार रुपैयाको दुध मात्र विक्रि गरेको बताउने  उनले अहिले दैनिक ५५ लिटर दुध विक्रि गर्र्दैै आएका छन् । प्रति लिटर ६० रुपैयाका दरले उनले दैनिक ३ हजार ३ सय रुपैया दुधबाट मात्र आम्दानी गर्दै आएका छन् । उनी भन्छन्–‘मा

श्रम शोषण भयो ? श्रम कार्यालय जानुस

Image
कृष्ण खनाल बुटवल,७ असार ।   तपाई उद्योग, कलकारखाना तथा विभिन्न व्यवसायीक प्रतिष्ठानमा काम गर्ने मजदुर हो ? त्यहा नेपाल सरकारले तोकेको न्युुनतम पारिश्रमीक समेत नपाएर काम गर्न बाध्य हुनुभएको छ  ?  पटक पटक कम्पनी तथा सम्बन्धीत निकायमा खबर गर्दा समेत वास्ता गर्र्दैन्न भने तपाईलाई न्यायन दिलाउने अर्को निकाय पनि रहेको छ । त्यो निकाय हो नेपाल सरकार अन्र्तगतको श्रम कार्यालय । कतीपय मजदुरहरु कुन निकायमा उजुरी गरेमा न्याय पाईन्छ भन्ने विषयमा समेत अनविज्ञ रहेको पाईन । लुम्बिनी र राप्ती अञ्चल कार्यालय कार्यक्षेत्र रहेको श्रम कार्यालय बुटवलमा रहेको छ । का र्यालयमा  सूचना पार्टीमा नै कतिवेला कुन उद्योग, कलकारखाना र व्यवसायीक फर्म संग वार्ता गर्ने भन्ने विषयमा मिति सहितको सूचना नै टाँसीएको छ ।  यदि कुनै पनि फर्ममा कार्यरत रहेका कर्मचारीहरुले तोकिएको सेवा सुविधा पाएनन्, पटक पटक भन्दा पनि व्यवस्थापनले अटेरी ग¥यो भने उद्योगी, व्यवस्थापन र मजदुरका विचमा वर्ता गरेर संमन्वयकारी भुमिका निर्वाह गर्ने र अटेरी गर्ने निकायलाई कारवाहीको लागि समेत सिफारिस गर्न सकिने उक्त कार्यालयको भनाई रहेको छ । 

धमिलो पानी बेच्दै खानेपानी संस्थान

Image
कृष्ण खनाल बुटवल, ७ असार ।  सामान्य तया बर्खालाग्यो भनेपानीको समस्या टर्छ । तर बुटवल बासीहरुलाई भने बर्खा लाग्नलाग्यो भने खानेपानीकै समस्या सताउने गरेको छ । कारण नेपाल खानेपानी संस्थानद्वारा वितरण गर्ने धमिलो पानी । एकतर्फ धमिलो पानी अर्को तर्फ गन्हनाउने पानीको कारण केही दिन देखि बुटवलबासीहरु आजित भएका छन् । बुटवलको मैत्रीपथ, दिपनगर,सुख्खानगरमा क्षेत्रमा अप्रयाप्त त्यसैमा पनि धमिलो पानी आउन थालेपछि त्यस क्षेत्रका स्थानिय उपभोक्ता आजित भएका छन्  । विगतका बर्षहरुमा बर्खा सुरु भएपपिछ झम झम पानि प¥यो भने मात्र धमिलो पानी आउने गरेकोमा अहिले बर्सातको सिजन सुरुहुन भन्दा पहिला नै धमिलो र गहनाउने पानी आउन थालेको बुटवल–८ मैत्रीपथका एक उपभोक्ता बताउछन् ।  नेपाल खानेपानी संस्था बुटवल शाखाले तिनाउ खोलाबाट पानी तानेर वितरण गर्दै आएको कारण बर्सात सुरु हुनसाथ बुटवल वासीहरुले यस्तो खालको समस्या झेल्दै आएका छन् ।  जुन समस्याको दिर्घकालिन समाधानको बाटो खोजिएको छैन ।  नेपाल खानेपानी संस्थान बुटवल शाखा कार्यालयका ईन्जीनियर अजय कुमार शाहले तिनाउ खोलाको पानी तानेर वितरण गर्दे गरेको कारण हल्का धम

जसलाई पढाईमा कहिल्यै दबाब दिइएन , प्रवेशिका २०७१ नेपाल पथम छात्रा भावना अर्याल संगको अन्तरवार्ता

Image
कृष्ण खनाल बुटवल, ५ असार ।  शिसु देखि युकेजी सम्म नव ज्वोती बोर्डिङ्ग स्कुल, युकेजी देखि कक्षा–६ सम्म ईन्भाईरमेन्ट उमाविमा अध्ययन गरेकी भावना अर्याल लाई सामुदायिक विद्यालय शान्ती नमुना उच्च माविमा लैजान खोज्दा बुुबा माधव अर्यालले समाजका विभिन्न व्याक्तिहरुबाट बौद्धिक दबाब खेप्न बाध्य भए  । कसैले ‘सम्पत्ती कमाएर सरकारी स्कुलमा छोरी पढाउछौ ?’ तुरुन्त नीजीमा नै हाल भनेर दबाब समेत दिए ।  तर उनी आफ्नो  निर्णय बदलेनन् । कारण उनी सरकारी विद्यालयबाट नै छोरी भावानाले प्रवेशिका परिक्षा दिएर पास भएको देख्न चाहान्थे ।  कक्षा ७ मा शान्ती नमुना उच्च माविमा लैजादा सराप्नेहरु अहिले उनलाई बधाई दिईराछ । उनलाई बधाई थाप्न फुर्र्सदै नै छैन । बुटवलको न्यु होराईजन उमाविका शिक्षक समेत रहेका अर्याललाई अहिले खुसीको सिमा छैन । कारण उनकी छोरी भावना अर्याल सामुदायिक विद्यालय तर्फ नेपाल प्रथम भएकी छिन् ।  ‘एक हप्ता सम्म सरकारीमा न लैजा भन्दै कति जाना आउनुभाथ्यो, तर मेरो ईच्छा भनेको सरकारी पनि कमी छैन भनेर भर्ना गरेको हु ।’–उनले भने । छोराछोरीहरुलाई विदेश नपठाउने र स्वदेशमा नै सरकारी जागीर गरेर राष्ट्

रुपन्देहीमा सामुदायिक उत्कृष्ठ, संस्थागतको सन्तोषजनक नतिजा

Image
कृष्ण खनाल बुटवल, ४ असार ।  शुक्रवार सार्वजनिक भएको प्रवेशीका परिक्षामा यस क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले नीजी बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुला ई जितेका छन् । विगतका दिनहरुमा सामुदायिक विद्यालयहरुलाई नतिजामा जित्दै आएका यस क्षेत्रका नीजि विद्यालयहरु यस पटकको नतिजा  उत्कृष्ठ ल्याउन सकेन्न् ।  सामुदायिक विद्यालयतर्फ तिलोत्तमा नगरपालिकामा मणिग्राममा रहेको शान्ती नमुना उच्च माविबाट प्रवेशिकामा सहभागी विद्यार्थी  विद्यार्थी भावना अर्यालले यस क्षेत्रमै सबैभन्दा बढि अंक प्राप्त गरेकी छिन् । उनले कुल ८ सय पुर्णङ्गको परिक्षमा ७ सय ५१ अंक अर्थात अर्थात ९३.८७ प्रतिशत अंक प्राप्त गरेकी छिन् । उनी रुपन्देही प्रथम भएको विद्यालयले दावि गरेको छ ।  त्यस्तै बुटवलको अर्को सामुदायिक विद्यालय कान्ती उमाविका विद्यार्थी मनोज भण्डारीले ९३.५ प्रतिशत अंक ल्याएका छन् ।  उनी छात्र तर्फ रुपन्देही प्रथम भएको विद्यालयले दावि गरेको छ ।  कान्तीबाट कुल १ सय २९  जना विद्यार्थीहरु सहभागी रहेकोमा ४७ जना विशिष्ठ श्रेणीमा ५७ जना प्रथम श्रेणीमा र १६ जना द्धितिय श्रेणीमा उत्र्तीण भएको प्राचार्य

एचआई संक्रमित आमाबाट बच्चा सुरक्षित बनाउने अभियान

Image
कृष्ण खनाल बुटवल, ४ असार ।  एचआईभी संकमित गर्भवती आमाबाट बच्चा  संक्रमीत हुनबाट जोगाउनको लागि रुपन्देहीमा अभियान सुरु गरिएको छ । गर्भवती महिलाको पेटमा भएको शिशुलाई एचआईभी संक्रमीण हुनबाट जोगाउनको लागि कसरी जोगाउन सकिन्छ भन्ने विषयमा रुपन्देहीका १८ वटा बर्थिङ्ग सेन्टरका स्वाथ्यकर्मीहरुलाई तालिम प्रदान गरेको छ ।  जिल्ला जनस्वाथ्य कर्यालय रुपन्देहीले यसको अगुवाई गरेको छ । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका बरिष्ठ जनस्वाथ्य प्रशासक ऋषि प्रसाद लामिछानेले जिल्लामा एचआईभी संक्रमित  आमाबाट जन्मीने बच्चालाई कसरी सुरक्षित बनाउनु पर्छ भन्ने अभियानमा लागेको बताउँछन् । उनी भन्छन्–‘१८ वटा बर्थिङ्ग सेन्टरका स्वाथ्यकर्मीहरुलाई यस सम्बन्धी तालिम प्रदान गरेका छौं, जसले थप सेवा प्रभावकारी बनाउन सहयोग गर्दछ ।’ स्वाथ्यकर्मीशहरुलाई पीएमटीसिटीविधिमार्फत आमामा हुने शंक्रमण बच्चामा  सर्न नदिनको लागि यो प्रक्रिया अबलम्बन गरिन्छ । प्रत्यक्ष रुपमा एचआईभीको कारणले हुने शिसु मृत्युदर, मातृ मृत्युदर र बाल मृत्युदरलाई  घटाउन र संक्रमित आमाबाट जन्मने बच्चालाई एचआईभी संक्रम हुन नदिनको लागि समेत पीएमटीसिटी

कृषी आत्मनिर्भर बन्दै रुपन्देही

Image
कृष्ण खनाल बुटवल, २ असार ।  कृषिमा रुपन्देहीमा विस्तारै आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा विभिन्न व्यवसायीक  कृर्षी फर्महरु स्थापना हुने देखि लिए  कृषी प्रविधिीमा नाया नायाँ प्रयोगहरु  हुन थालेका छन् ।  पछिल्लो केही बर्ष यता  रुपन्देही गहुँको विउ उत्पादनमा अत्मनिर्भर भएको छ भने माछा उत्पादन र क्रमसः तरकारीमा समेत आत्मनिर्भर बन्दै गएको छ ।  माछाको लागि रुपन्देहीलाई नमुना जिल्लाको रुपमा विकास गर्ने  योजना अगाडी सारिएको छ । रुपन्देहीको छपिया क्षेत्रलाई माछाको पकेट  क्षेत्रको रुपमा घोषणा गरी विशेष  प्याकेजको निर्माणमा जिल्ला कृषि विकास कार्यालय  लागेको छ ।  माछा उत्पादनलाई रुपन्देही जिल्लामा  माछा उत्पादनको हव बनाउने सरकारी पहल थालनि भैरहेको छ । अहिले जिल्लामा उत्पादन भएका जिउदो माछा, जिल्लाको माग पुरा  गरी अन्य जिल्लाहरुमा समेत आपुर्ती गर्न थालिएको छ । पछिल्लो समयमा  छपीया क्षेत्रमा सह लागानीमा ठुला ठुला कृर्षि  फर्महरु समेत खुल्ने क्रम रहेको छ ।  रुपन्देहीका किसानले उत्पादन गरेको गहुँको बीउ अन्य जिल्लामासमेत निर्यात गर्ने गरेको  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख कृ

पेन्टमा प्रयोग हुने‘लेड’को कारण लाखौ जनताको स्वाथ्य उच्च जोखिममा

Image
कृष्ण खनाल बुटवल, ३१ जेठ । पेन्ट उद्योगहरुले  कलर चम्काउन र लामो समय सम्म टिकाउनको लागि भन्दै हानिकारक पदार्थ ‘लेड’ प्रयोग गरेर लाखौं मानिसहरुको स्वाथ्य माथि खेलवाड गरिरहेको खुल्न आएको छ ।  नेपाल सरकारले तोकेको मापदण्ड भन्दा  हजारौं गुण बढि मात्रामा लेडको प्रयोग गरि विद्यालयमा जाने  बालबालिकहरुको स्वाथ्य थप उच्च जोखिमा पार्ने गरेको एक अनुसन्धानबाट खुल्न आएको छ ।   जनस्वाथ्य तथा वातावरण प्रर्वद्धन केन्द्रको ले गरेको अध्ययन अनुसार घर तथा विद्यालयको भित्ता पोत्न, डेक्स तथा बेन्चको सजावटको लागि प्रयोग हुने लेड नामक केमिकलको कारणले   सानो उमेरका बालबालिकाहरुको स्वाथ्य उच्च जोखिमा पर्ने गरेको  हो । सानो उमेरका वालवालिकाहरुमा रोग प्रतिरोधात्मक शक्तिको विकास नभईसकेको अवस्थामा लेडको कारण पार्ने असरको कारण उनीहरुको स्वाथ्य थप जोखिममा परेको अनुसान्धानबाट खुलेको हो । रङ्गी विरङ्गी रुपमा रङ्गाईएका विद्यालयको  भीत्ता, डेक्स  , बेन्च र अन्य सामाग्रीमा प्रयोग हुने ‘लेड’ युक्त पेन्टको कारण विद्यार्थीहरुको स्वाथ्यमा गम्भिर प्रकारको असर परेको  अनुसन्धानबाट खुलेको उल्लेख गरिएको छ ।   जनस्वाथ्य त

सन्र्दभ विश्वरक्तदान दिवस:‘जती धेरै दान उती धेरै पून्य’

Image
कृष्ण खनाल  बुटवल, ३०  जेठ । बुटवल उप–महानगरपालिका–१ पारी बुटवलमा बस्दै आएकी रुपकेशरी बज्राचार्य अहिले सम्म ४३ पटक रक्तादान गरिसकेकी छिन् । पहिलो पटक छिमेकीको आफन्त विरामी परेर रक्तसेवा केन्द्र बुटवलमा गएर रक्तदान गरेकी उनी उमेरले ५७ बर्षमा टेकेकी छिन् । यस क्षेत्रमा सबैभन्दा बढि रक्तदान गर्ने अगुवा महिलाको नाममा बज्राचार्यको नाम अगाडी आउँछ । उनी ए पोजेटिभ रक्त समुह भएकी महिला हुन ।  उनी भन्छन्–‘महिलाले रक्तदान गर्नुहुदैन, गरे भने कमजोर हुन्छ भन्ने मान्यता गलत हो, सबैले महिनावारी भएको १० दिन भन्दापछि जतीवेला पनि गरे हुन्छ ।’ अहिले सम्म करिव ५० पटक भन्दा बढि विभिन्न सामाजिक संघ संस्थाहरुबाट सम्मानीत भएकी बज्राचार्यले सबै महिलाहरुले आफ्नो रक्त समुह पहिचान गरि राखेमा जतिबेला पनि राम्रो हुने धारणा राख्दछीन । उनी मात्र होईन उनको परिवारमा उनकी बुहारीले समेत १२ पटक भन्दा बढि रक्तदान गरिसकेकी छिन् ।  उनी एउटा उदाहरण मात्र हुन । रक्तदान  गरेर पुन्य कमाउने महिला तथा पुरुषहरुको संख्या विस्तारै बढ्दै गएको छ । ‘एक पोका रगतको कारण सकैको जीवनले नयाँ जिवन पाउँछ भने किन रक्तादान नगर्ने’–भ

थप तिन वटा नयाँ खानेपानी योजना

Image
कृष्ण खनाल बुटवल, २६ जेठ । यस बर्ष खानेपानी तथा सरसफाई डिभिजनन कार्यालय योगीकुटी र  स्थानियको संमन्वयमा थप ३ वटा खानेपानी परियोजनाहरु  अगाडी बढ्ने भएका छन् । एउटा परियोजनाको मंगलबार तिलोत्तमा नगरपालिकामा शिलन्यास गरिएको छ भने अन्य बुटवल–१३ कालिकानगर र  बुटवल–१४ नयाँ गाउँमा थप खानेपानी योजना प्रक्रियामा रहेको जनाइएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा खानेपानीको सहज पहु“चमा पु¥याउने उद्देश्यले १९ करोड २ लाखको लगानीमा मणिग्राममा खानेपानी योजना निर्माण शुरु भएको छ । ७० प्रतिशत सरकारी र ३० प्रतिशत जनताको जनश्रम दानमा निर्माण हुने आयोजना आगामी २०७३ चैतसम्म सम्पन्न हुनेछ । तिलोत्तमा–६ मणिग्रामको निर्माण गरिने योजनाले नगरपालिकाका वडा नम्बर १, ३, ४, ५, ६, ७  वडाका एक हजार ६ सय ८४ घरधुरीमा स्वच्छ खानेपानीको पहु“च पुग्ने योजनाका इन्जिनियर गुणनिधि पोखरेल बताउछन् । उनका अनुसार  सरकारले सहर उन्मुख क्षेत्रमा स्वच्छ खानेपानीको पहु“च सबै उपभोक्तामा पु¥याउने लक्ष्य राखेकोले सोही अनुसार योजना अगाडि बढाइएको हो । १ सय २० किलोमिटर पाइपलाइन विस्तार गर्ने योजनाको ४ सय ५० घनमिटर ओभरहेड

गर्मि बढेपछि जनजिवन कष्ठकर

Image
कृष्ण खनाल बुटवल, २५ जेठ । केही दिन यता ह्वात्तै बढेको गर्मिको कारण यस क्षेत्र लगायत  देशका विभिन्न स्थानको जनजिवन प्रभावित भएको छ । बढ्दो गर्मि संगै चलेको तातो हावाको कारण पनि स्थानियहरुको दैनिक जिविका समेत  प्रभावित भएको छ । खासगरी दैनिक जिविकाक वो लागि मजदुरी  गर्ने मजदुरहरु यसको  प्रत्यक्ष प्रभावमा परेका छन् ।  गर्मि बढेसंगै तातो हावाको वाहाव बढेपछि यस क्षनेत्रमा स्थानियहरु दिउँसको समयमा कम मात्रामा घर बाहिर निस्केमा छन् भने बजारमा चलहपहल पनि क्रमसः कम हुदै गएको छ । साझ विहानको तुनलामा दिउसो बजारमा किनमेलको लागि आाउने क्रम ठप्प भएको व्यापारीहरु बताउछन् ।  बढ्दो गर्मि र त्यस माथि नेपाल विद्युत् प्राधिकरणले गर्ने घण्टौको लोडसेडिङ्गको कारण पनि उपभोक्ताहरु थप चपेटामा परेका छन् । घरको कोठामा बस्न सक्ने अवस्था अनाएपछि रातको समयमा स्थानियहरु घरको छतमा सुत्ने गरेका छन् । गर्मीले रुघाखोकी, ज्वरो, बान्ता, झाडापखाला र कलेजोको संक्रमण बढ्ने भन्दै   चिकित्सक सचेत रहन आग्रह गरेका छन् ।  लुम्बिनी अञ्चल अस्पतालका विशेषज्ञ डा. नन्दु पाठक ले गर्मिको समयमा झोलीलो तर पदार्थ र पानी प्रशस्त्र मात

घटेन पाका पुस्तामा फुडवलको क्रेज

Image
कृष्ण खनाल बुटवल, २४ जेठ ।  अघिल्लो सोमबारबाट बुटवलमा सुरु भएको १८ औं तिलोत्तमा गोल्ड कपको उद्घाटन खेल देखि नै नरबहादुर थापा नियमित प्रष्पिर्धा हेर्न आएका छन् । ४५ बर्षिय थापा घरको सिडीबाट खसेर ढाडको समस्या झेल्दै आएका छन् ।  ह्वील चियरको सहायताले खेल मैदानमा आउने उनलाई सहयोगीहरुले नै फुडबल मैदानमा उपस्थित गराउँछन् । ‘गेम खेलेको राम्रो रमाईलो लाग्छ, पहिना सानो छदा आफै खेलिन्थे अहिले खेतीपाती तिर लागेपछि के खेल्नु ’–संवाददातासंगको कुराकानीमा उनले भने । बुटवल–१३  देवीनगर रङ्गशाला नजिकै घर भएका थापा यस भन्दा पहिला  भएको लिगमा समेत नियमित रुपमा दर्शको रुपमा सहभागी हुदै आएको बताए ।  उनी जस्तै तिलोत्ता नगरपालिका संकरनगरका दिलिप  गुरुङ्ग पनि उमेरले ४१ काटेका व्याक्ति हुन । उनी पनि अहिले बुटवलमा जारी १८ औं तिलोत्तमा  गोल्ड कप हेर्नको लागि नियमित रुपमा सहभागी हुदै आएको बताउछन् । उनी भन्छन्–‘उमेरले पाको भईयो तर खेल हेर्न हेर्न भने छुट्टै मज्जा आउछ ।’ उनले थपे–‘आनन्दबन हुने गरेको  झरना कप आयोजना हुँदा समेत नियमित रुपमा सहयोग पु¥याएका थियौं, फुडबल भनेपछि हुरुकै हुन्छु ।’ यि केही उदाहरण

श्रीमतीले गलत्याएपछि अदालतको शरणमा

Image
एक सुस्तश्रवण व्याक्तिको व्यथा कृष्ण खनाल   बुटवल, २४ जेठ ।  गुल्मी जिल्लाको वाग्ला गाविस –७का लुमकान्त खनालको छ बर्ष पहिला सम्म घरबार राम्रै थियो । भारतमा  रोजगारीको लागि गएका उनी कहिले चौकीदार, कहिले, खानापकाउनेकाम त कहिले फलाम फैक्ट्रीमा समेत काम गर्दै राम्रै आम्दानी गर्दै आए का थिए । उनी भारतमा रोजगारीकै क्रममा नरामैसंग विरामी परे । ढाड, छाला र कानमा समेत संक्रमण भएपछि उनी उपाचारको लागि भारका कयौ स्थानमा धाए । अन्य शरिरको भागको रोग निको भयो तर उनले सदाको लागि कानको श्रवरण शक्ति गुमाए ।  पहिला घरको प्रीय पात्रको रुपमा रहेका खनाल श्रवणशक्ति गुमाएपछि परिवारको अपहेलीत पात्रको रुपमा देखा पार्न थाले । ‘सम्पत्तीमा सबैको हाई हाई विपत्तीमा कोई छैन्न दाजुभाई’ भन्ने उखान उनको अहिले चरितार्थ भएको छ ।   श्रवण शक्ति गुमाएपछि घरमा बस्दै आएका उनलाई छोराछोरी पाल्ने र कानको अप्रेसनको लागि १५ लाख खर्चको जोहो गर्ने उपाय सोचीरहेका थिए । उनीकी श्रीमती कृष्णा खनाल(लक्ष्मी)लाई बैदेशिक रोजगारीको लागि पठाउने निर्णय गरे । सबै व्यवस्था मिलाएर श्रीमती ‘छोरोछोरी राम्रो संग पढाउनु प¥यो, तपाईको पन

‘दुई छाक’ माग्दै अनाथालय

Image
कृष्ण खनाल   बुटवल, २० जेठ ।  रुपन्देहीको एक अनाथआश्रम मा खाद्यान्नको समस्या टार्नकोको लागि सञ्चालक समितिले ‘दुई छाक’ अभियान सुरु गरेको छ । आश्रममा आश्रीत बालवाललिकाहरुको भरणपोषणको प्रत्येक दिन विहान र साझँको  खाद्यान्नको लागि प्रत्येक दिन नै फरक फरक दाताहरु खोज्ने अभियानमा लागेको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२० कोटिहवा मा रहेको  नेपाल अविनास अनाथ आश्रम सञ्चालक समितिले ३ सय ६५ जना दाताहरुको जुटाएर प्रत्येक दिन एक दाताले २  छाक खाना  खुवाउने गरी सहयोग जुटाउने अभियान सुरु गरेको हो । दाताहरुको  सहयोगबाट नै सञ्चालन हुदै आएको उक्त आश्रम सञ्चालनको लागि खाद्यान्न अभाव हुन थालेपछि सञ्चालक समितिले यस्तो जुक्ती निकालको अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिए ।  उनले भने–‘अहिले सम्म ४८ जना यसरी एक दिनको खाना खुवाउने  दाताहरु फेलापारेका छौ, , आगामी २ महिना भित्रमा हामीले ३ सय ६५ जना नै दाता खोज्ने तयारीमा छौ ।’  उनले आश्रममा यसरी सहयोग  गर्न चाहाने मनकारी दाताहरुबाट सहयोग अपेक्षा समेत दिएको बताएका छन् ।  आश्रममाअहिले १९ जना  विभिन्न जिल्लाका असाहाय वेसाहरा वालवालिक

डुङ्गा घर की शौचालय !

Image
कृष्ण खनाल बुटवल, १८ जेठ ।   कुनै समय एउटा सत्य यस्तो थियो विभिन्न प्रकारका  रङ्गि विरङ्गी डुङ्गा चल्थे, मानिसहरु पाल्पाली चिसो मौसममा सररर ढुङ्गा चढेर  रोमान्चित हुन्थे । कुनैले सेल्फी तस्वीर समेत खिचेर आ–आफ्ना सामाजिक सञ्जाल समेत रङ्गाउने गर्दथे । तर अहिले उक्त स्थानमा जाने हो भने त्यहि सत्य ‘हावादारी गफ’ सावित हुन्छ । कुरा पाल्पाको तानसेन नगरपालिका –११ मा रहेको प्रभास तालको हो ।  जिल्ला विकास समितिको स्वामित्वमा रहेको ३२ रोपनीमा फैलिएको ताललाई लिज (भाडा) मा लिएर तानसेनका विभिन्न व्याक्तिहरुले माछा पालन देखि लिएर मनोरञ्जनको लागि डुङ्गा सञ्चालन गर्दै आएका थिए । अहिले उक्त स्थानमा जाने जो कोही पनि अचिम्मीत पर्छन । कारण उक्त ताल संरक्षणको अभावमा बेसाहरा भएको मात्र छैन, ताल संरक्षणको लागि निर्माण गरिएका विभिन्न भौतिक संरचनाहरु  पनि ‘अर्कै कार्यको लागि प्रयोग’ भएका छन् । ताल पुरै कमल र जलकुम्भी झारले भरिएर स्वरुप नै बदलिदिएको छ ।  तालको एक छेवैमा  पानीले गलेका केही काठका र केही प्लाष्टिका मक्केका डुङ्गाहरु रहेका छन् । ति आगामी दिनमा प्रयोग गर्नै नमिल्ने अवस्थामा रहेका छन