Posts

Showing posts from May, 2015

वातावरणीय मुल्यांकन प्रतिवेदन : अनुगमन संयन्त्र अभाव

Image
कृष्ण खनाल बुटवल, १८ जेठ । उद्योग, कलकारखाना तथा परियोजना संञ्चालनको लागि  अनिवार्य प्रस्तुत गर्नुपर्ने वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन(ईआईए) एक पटक पास भएपछि अनुगमन नै नहुने गरेको पाइएको छ । कुनै पनि व्याक्ति संघ–संस्था तथा फर्मले आफ्नो उद्योग, कलकारखाना तथा फर्म र परियोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन पेस गरेपछि त्यसको सुक्ष्मरुपमा अध्ययन गरेर उद्योग, कलकारखाना, व्यवसायीक फर्म र परियोजना संञ्चालनको सम्बन्धीत निकायले अनुमती दिने गर्दछ ।  रुपन्देहीमा यसरी वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन पास भएरस्थापना भएका उद्योग, कलकारखाना तथा फर्मले निश्चित समय पछि नविकरण गर्नुपर्ने मा यसको नियमनकारी निकायको आभावको कारण हचुवाको भरमा सम्बधीत कार्यालयहरुले ईआईए नविकरण गर्ने गरेको पाइएको हो ।  वातारण संरक्षण नियमावली २०५४ को नियम ३ को अनुसूचि २  अनुसार ७५० हेक्टर भन्दा वढी वन क्षेत्र व्यवस्थापनका लागि एउटै समुदायलाई हस्तान्तरण गर्दा वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गरी नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने प्रावधान रहेको छ ।

दृष्टिविहिन क्रिकेट खेलाडीको पिडा : सुन्दै–छाम्दै, खेल्दै–रमाउँदै

Image
कृष्ण खनाल बुटवल, १६ ।  ‘ बलिङ्ग बलिङ्ग’, ब्याट्समेन रेडि, किपर रेडी,–एस एस एस’ भनेपछि  बलिङ्ग हुन्छ । त्यो पनि हावामा होईन  भुईमा गुडाएर। बल भुईमा घिसारिदै  खल्र्याङ्ग, खुर्लुङ्ग गर्दै ब्याटस्मेन कहाँपुग्छ , अनि व्याडम्यनले बल लााई  व्याटको सहायतले  हिर्काउछन् । बल टाढा जान्छ  । आवाज कै आधारमा किपरहरुले बल समात्न दौडन्छन् । यता ब्याट्स मेनले रन लिन दौडिन्छन् ।    पहिलो पटक यस्तो प्रकारको  खेलकुद हेरेका जो कोहीलाई पनि लाग्न सक्छ । के यो क्रिकेट प्रतियोगीता हो र भनेर जिज्ञासा पनि पैदा हुने गर्दछ । तर बास्तवमा  माथि उल्लेख गरिएका दृश्यहरु क्रिकेट प्रतियोगीता कै हो । तर यो  क्रिकेट प्रतियोगीता सामान्य नभएर विशेष क्षमता भएका व्याक्तिहरुले खेल्ने प्रतियोगीता हो । अर्थात  यो प्रतियोगीता हो  दृष्टिविहिनहरुले खेल्ने प्रतियोगीता हो । शनिवार बुटवल उप–महानगरपालिका–१४ दवई खेल मैदानमा यस्तो दृष्यिहरु देखिए ।  विभागीय टिम त्रिभुवन आर्मिक्लव काठमाण्डौ र  लुम्बिनी नेत्रहिन क्रिकेट संघ रुपन्देहीका विचमा खेलाडीहरुले आ आफ्नो टीमलाई जिताउनको लागि दौड धुप गरिरहेका थिए । जिविस रुपन्देही र बुट

अनलाईनबाट रगत को जोरजाम

Image
कृष्ण खनाल बुटवल, १४ जेठ ।   तपाईँको आफन्त विरामी हुनुहुन्छ, रगत चाहियो ? वा अप्रेसनका लागि तत्काल रगत दिनुपर्ने भो? रगत खोज्दा खोज्दै हैरानीमा हुनुहुन्छ भने अब आत्तीनु पर्ने छैन । अव तपाई रगतको लागि विभिन्न संघ, संस्था वा अस्पताल चाहार्नु पर्ने र रगत दिने मानिस खोजीरहने झन्झट अब हट्ने भएको छ । त्यसको लागि तपाई अनलाईनमा बसे पुग्ने छ ।  नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले अव को केही  महिना मै अनलाईनबाट नै रगतको जोरजाम गर्न सकिने व्यवस्था गर्न लागेको हो । कुनै पनि व्याक्तिलाई फ्रेस रगत चाहियो या  कुनै पनि संघ संस्थाले  रक्त संञ्चार सेवा केन्द्र संग संमन्वय गरेर रक्तदान गर्ने योजना छ भने पनि त्यो जानकारी वेभसाईडमा उपलब्ध हुनेछ ।  त्यस्तै रक्तदाता व्याक्तिहरुको प्रोफाईल, कति पटक रक्तदान गरे , र रक्तदान गर्न ईच्छुक व्याक्तिहरुको फोन नम्बर र ब्लड गु्रप सहितको विस्तृत जानकारी समेत उक्त वेभसाईटमा राखिने जनाइएको छ ।  अनलाइनबाटै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले रक्तसंचारकेन्द्रको संमन्वयमा यस्तो प्रकारको व्यवस्था गर्न लागेको नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासले

सडकमा बार लागेपछि भित्री बाटोमा माईक्रो

Image
कृष्ण खनाल बुटवल, १२ जेठ । बुटवलल–वेलहिया सिक्सलेन सडक निर्माण संगै सडक किनारामा ‘सडक सुरक्षा बार’ लगाइएपछि पश्चिम नेपाल बस व्यवसायी संघ बुटवले भित्री सडकमा  मिनी माईक्रो सञ्चालनमा ल्याएको छ । विगतका दिनहरुमा  बुटवलको  गोलपार्क देखि योगीकुटी पुलसम्म सानो हाईस सञ्चालन गर्दै आएको संघले थप ५ वटा मीनि माईक्रो सञ्चालनमा ल्याएको हो ।  संघले अहिले बुटवलको सिद्धबाबा देखि शारदास्कुल सम्म दैनिक रुपमा मिनी माईक्रो सञ्चालनमा ल्याएको हो । बुटवल यातायाता व्यवसायी समितिले उक्त रुटमा सिटी माईक्रो सञ्चालनको लागि अवधारण ल्याए पनि नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट बुद्ध सर्किट नयाँ थप गाडी दर्ता गर्न रोक लगाए पछि उक्त अवधारण पनितुहिएको छ । चितवन र अन्य जिल्लाहरुमा सञ्चालनमा आएको भ्यान आकारको ‘सिटी माईक्रो’ बुटवलमा सञ्चालन नहुने निश्चित भएको छ ।  नगर क्षेत्रका यात्रुहरुलाई सहज रुपमा यात्रा गराउनको लागि भनेर ल्याएको योजना बुटवल यातायतात व्यवसायी समितिले दर्ता प्रक्रियामा नै रोक लागे पछि हात झिकेको छ । बुटवल यातायतात व्यवसासायी समितिका अध्यक्ष डिल बहादुर थापा भन्छन्–‘ सिटी माईक्रो नचलाउन

विपत्तीको फाईदा उठाउने तस्कर पक्राउ

Image
कृष्ण खनाल बुटवल,११ जेठ ।   देश महाविपत्तीमा रहेको बेला मौका छोपी काठ तस्करगर्ने तस्करीहरु फन्दामा परेका छन् । रुपन्देहीको देवदह नगरपालिका–सितलनगर जीजीकै चिरान काठ तस्करी गरि ल्याउदै गर्दा  सितलनगर सेक्टर बन, ईलका बन कार्यालय र बुद्ध समुदायिक वन देवदहको संयुक्त गष्तीटोलीले ति काठ तत्करलाई पक्राउ गरेको हो । ७ जनाको समुहमा रहेका काठतस्करहरुले सालको चिरान काठ बोकेर आउदै गर्दा आईतबार राती १ बजेको समयमा संयुक्त  गष्ती टोलीले काठ सहित नियन्त्रणमा लिन सफल भएको सेक्टर बन कार्यालय सितलनगरका प्रमुख सहायक वन अधिकृत सत्येन्द्र नारायण सिंहले जानकारी दिए । उनका अनसरा देवदह नगरपालिका–६ का राजु खत्री, अर्जुन खत्री, धन बहादुर रोका, ईन्द्र बहादुर गुरुङ्ग, ठोगु गुरुङ्ग देवदह नगरपालिका–७ का शिव  खत्री क्षेत्री र नवलपरासी जिल्लाको सुनवल नगरपालिका ७ घर बताउने सुकै थारुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएइको छ । उनीहरुको साथबाट ८ थान चिरान सालको काठ  प्राप्त भएको हो । सितलनगर सेक्टर वन कार्यालय प्रमुख सहायक वन अधिकृत सिंहका अनुसार भुकम्पछि  देश शोमा रहेको अवस्थामा मौकाको फाईदा उठाउन ख

ब्रेलमा परनिर्भरता हटाउन ‘ट्याब प्रविधी’

Image
कृष्ण खनाल बुटवल, १० जेठ ।  मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विकट जिल्ला कालिकोटबाट काठमाण्डौ गएर उच्च शिक्षा अध्यययन गर्दै गरेकी पुर्ण दृष्टिविहिन विद्यार्थी नन्दा सिंहले अध्ययनको क्रममा थुपै्र ठक्कर खानुप¥यो ।  ाठमाण्डौमा रहेको नेत्रहिन पुर्नस्थापना कार्यक्रम अन्र्तगतको महिला छात्रावासमा बसेर उनी पशुपती उमाविमा कक्षा १२ मा पढ्दै आएकी छिन् ।  कहिले ब्रेल पेपरको अभाव त कहिले ब्रेल पुस्तकको अभाव र कहिले अडियो पुस्तक को अभाव । यस्तै अभाव झेल्दा झेल्दै कक्षा १२ सम्म पुगेकी सिंह ले अव भने त्यस्तो अभाव को सामना गर्नुपर्ने छैन ।   कारण अब उनको हातमा विशेष प्रविधि भएको ट्याब्लेट प्राप्त भएको छ । कक्षा ९ सम्म पढ्दा दातृ निकायले उपलब्ध गराएको ब्रेल पुस्तकबाट अध्यन गरिकी उनी कक्षा ११ र १२ मा भने अडियो पुस्तकबाट अध्यायन गर्दै आएकी थिईन् । ति पुस्तका प्राप्त मात्रमा थिएनन् । अव उनलाई न त रेकर्ड गरिएका पुस्तक नै आवश्यक हुनेछन् न त कुनै ब्रेल पुस्तक नै  ।  अपाङ्गता अधिकार र विकासका लागि कृयाशिल नेपाल नामक दृष्टिविहिनरुकै गैर सरकारी संस्थाले उनी जस्तै नेपालभर अध्ययन गरिरहेका १ सय जना द

फुच्चे गाविस सचिवको सफलता : २१ बर्षमा साढे २ हजारको सेवक

Image
कृष्ण खनाल   बुटवल, ९ जेठ ।  पाल्पा जिल्ला सदरमुकाम देखि ४३ किलोमिटर टाढा रहेको छ  देवीनगर गाविस ।  २ हजार ९ सय ८९ जना मानिसको बसोबास रहेको छ । सोही मानिसहरुको प्रशासनिक सेवामा सहयोगीको  भुमिका निर्वाह गरेका छन् एक २१ बर्षिय किशोरले ।  ति २१ बर्षिय किशोर हुन  गाविस सचिव कमल लम्साल । गुल्मी जिल्लाका घमिर गाविस वडा नं. २ स्थायी घर भएका लम्साल २०७१ असोज २७ देखि देवीनगर गाविसमा गाविस सचिवको रुपमा कार्यरत रहेका छन् । ६ सय २८ घर धुरी रहेको उक्त  गाविसमा  पुरुष १ हजार ३ सय २४ र महिला १ हजार ६ सय ६५  गरी कुल २ हजार ९ सय ८९ जना मानिसको बसोबास रहेको छ ।  २०७० साल माघ महिनाको २१ गते  पाल्पा जिल्लाकै बाकवान गाविसबाट गाविस सचिवको काम सूरु गरेका उनी २०७० सालमा लोकसेवा  आयोग  उत्र्तिण गाविस सचिव बनेका हुन । गाउमा हुने जुन सुकै कार्यक्रममा उनी प्रमुख अतिथीको रुपमा आमन्त्रीतहुने गर्दछन् ।  गाउका स्थानियका विचमा परिचित भएपनि अन्य स्थानबाट जाने जो कोही पनि पपिहला उनी नै गाविस सचिव हुन भनेर पत्याउन  ग्राहे हुन्छ ।  स्नातक तह अध्यायन गर्दै गरेका उनी पहिलो पटका काठमाण्डौमा बसेर लोक सेवाको तयार ग

भवन निर्माण ठप्प नयाँ मापदण्डको खोजी

Image
कृष्ण खनाल बुटवल, ८ जेठ ।  बुटवल–१४ बेलबासकी पवित्रा गुरुङ्ग विहिवार बुटवल उप–महानगरपालिका अन्र्तगतको नक्सा तथा भुकम्प शाखामा भेटिईन् । दिउसो करिव १२ बजे शाखामा सबै कर्मचारीहरु ‘मिटिङ्ग’मा व्यस्त थिए । त्यतिकैमा एक कर्मचारी देखापरे । उनले सोधिहालिन्–‘बैनीको घर बनाएर सिध्नै लागेको छ, सिँढी र बरन्डा थप्ने हो के गर्नुपर्छ ।’ कर्मचारीले तत्काल जवाफ दिए–‘अहिले कुनै पनि पेटी, सिढि केही बनाउन पाईदैन, कहिलेदेखि बनाउनपाईने हो त्यो पनि थाहा छैन माथिबाट सबै बन्द गर्नु भनेर आदेश आएको छ ।’  सिंढी र पेटी थपसहितको नक्सा पुर्ननिर्माणको लागि चैत महिनामा निवेदन दिएकी उनी भन्दै थिईन्–‘मेरो घर होईन, बैनीको हो बनाउदिनु दिदी भनेकोले बनाउन लागेको हो काम आधा मात्र सकिएको छ, खै के खै के ।’ उनी एउटा उदाहरण हुन । नेपाल सरकारले गत बैशाख १२ गते गएको महाभुकम्पको कारण आगामी असार मसान्तसम्म मुलुकभर घर तथा भवन निर्माण कार्यमा पूर्ण रूपमा रोक लगाएको कारण घर निर्माण पुरा गर्ने की नगर्ने ÷ या नक्सा पास हुन्छ की हुदँैन भन्ने विषयमा जानकारी लिनको लागि सयौ संख्या  सेवाग्राहीहरु बुटवल उप–महानगरपालिका धाउने गरेका छन

गाउमै विशेषज्ञ डाक्टार पाउँदा गाउले दङ्ग

Image
कृष्ण खनाल बुटवल, ६ जेठ ।  पाल्पा जिल्लाको देवीनगर गाविस–१ मकानकी ३६ बर्षिय तिलीशरा ढेंगा मगर को रिङ्गटा लाग्ने, हिड्दा धेरै थकाल लाग्ने लगायतका समास्या थिए । उपचारको लागि नजिकैको केही मेडिकहरुमा गएपनि उनी पुर्णरुपमा निको हुन सकेकी थिईनन् । ‘बाटोमा हिड्दा कसैले पछाडीबाट घुचुटेको(धकेलेको) जस्तो लाग्छ ।’ बुधवार सोही गाविसको कार्यालयमा आयोजना गरिएको निःशुल्क स्वाथ्य शिविरमा आएकी उनी भन्दैथिईन्–‘नशाको रोग भन्नु भा’छ डाक्टरले औषधी दिनुभएको छ, खान्चु, अनि के हुन्छ फेरी थाहा होला ।’ काखमा सानो बच्चा बोकेर आएकी उनी एक ग्रामिण महिला हुन । उनी संगै आप्mनो नातीतिनको उपचारको लागि आएकी लालमती ढेंगा मगरले पनि सधै चुलो चौकामा काम गर्दा ठिक्क हुने र उपचार गर्न टाढा जान नसक्ने अवस्था रहेको बताएकी  थिईन् ।  अधिकांस ग्रामिण महिलाहरुले घरेलुकामहरु, जस्तै खाना पकाउने, भाडा भाझ्ने लगायतका गाई बस्तु चराउने, पानी र घाँस दाउरा बोक्ने गर्दछन् । यस्ता ग्रामिण महिलाहरुमा कमजोरीको कारण हुने असरहरु, जस्तै ढाड दुख्ने, रिगंटा लाग्ने, थकाई लाग्ने लगायतका समास्याहरु बढि मात्रमा देखिने गरेको डा. सुवोध कुमार पाण्ड

‘मिल्क होलीडे’ सयौं किसान मर्कामा

Image
कृष्ण खनाल बुटवल, २ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ चप्परहट्टीका किसान निलकण्ठ कण्डेल ले  ३ वटा गाई र ५ वटा भैसी पालेका छन् । दैनिक १८÷२०  लिटर दुध सहकारी मार्फत विक्रि गर्दै आएका उनले शनिवार विहानबाट सबै दुध विक्रि गर्न पाएनन् । स्थानिय कस्तुरी दुग्ध उत्पादक सहकारी  संस्था मार्फत दुध विक्रि गर्दै आएका उनलाई सहकारीले  सबै दुध किनिदिएन् । अर्थात उनी केही लिटर मात्र दुध सहकारीमा दिएर अन्य दुध फिर्ता गर्न बाध्य भए ।  रुपन्देहीको देवदह नगरपालिका–८ पिपलडाँडाका किसान रामकृष्ण पौडेलको घरमा पनि ३ वटा भैसी र २ वटा गाई छन् ।  विहान साझँ गरेर उनले करिव २५ लिटर दुध सहकारीलाई विक्रि गर्दै आएका थिए । शनिवार विहानबाट उनलेपनि  पुरै दुध बेच्न पाएका छैन्न् ।  स्थानिय राधाकृष्ण  दुग्ध उत्पादक कृर्षि सहकारी संस्थाका अध्यक्ष तथा नेपाल डेरी एशोसियसनका केन्द्रीय सदस्य समेत रहेका पौडेल ले दुध विक्रि गर्न नपाउनु एउटै कारण हो ‘मिल्क होलीडे’ ।  नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्था  लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी)ले भुकम्पको कारण दुध खपत हुन नसकेको भन्दै शनिवार विहानबाट दुध

विभागको आदेशमा अटेरी ई–रिक्शा व्यवसायी न्यायको लागि अदालतमा(भिडियो सहित)

Image
2072/2/2   मा प्रकाशित कृष्ण खनाल बुटवल, २ जेठ । यातायात व्यवस्था विभाग को आदेशलाई समेत अटेरी गरी ई रिक्सा दर्ता गर्न नमान्ने यातायता व्यवस्था कार्यालय विरुद्व लुम्बिनी ई रिक्सा व्यवसायीहरु अदालत जाने भएका छन् । यस क्षेत्रमा लामो समय देखि वातावरणमैत्री ईलेक्टोनीक्स रिक्सा सञ्चालनको लागि व्यवायीहरुले पहल गरेको भएपनि यहाको पश्चिम नेपाल बस व्यवसायी संघले यातायात व्यवस्था कार्यालय बुटवलमा पत्र लेखि उक्त रिक्सा दर्ता नगर्नु भन्दै ठाडो आदेश दिएको छ । सोही ठाडो आदेशलाई मानेर मन्त्रालयकोको समेत आदेशलाई व्यवास्था गर्दै लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय(सवारी) रिक्सा दर्ता गर्न मानेको छैन । यातायता व्यवस्था विभागका मेकालिनक ईन्जीनियर मोहन प्रसाद भट्राईद्वारा हस्ताक्षरित ०७२ बैशाख २९ गतेको पत्र संख्या ०७÷०७२ च.न.५९२४ अनुसार ‘विभागले ई–रिक्सा सम्बन्धमा गरेको परिपत्रहरुको आधिनमा रही उक्त रिक्सा दर्ता तथा सञ्चालन गर्ने व्यवस्था मिलाउनहुनु सो नभए के कति कारणले दर्ता गर्न नमिल्ने हो सो को कारण खुलाई कार्यालयको राय सहित लेखि पठाउनुहुनु आदेशानुसार अनुरोध छ ।’ भने

दृष्टिविहिनद्वारा उत्पादीत बस्तु प्रवद्र्धनमा समस्या

Image
कृष्ण खनाल बुटवल । १ जेठ ।  चितवनको पिप्ले गाविस–३का रक्षव कोईराला १३ बर्षको उमेर सम्म आम मानिस जस्तै अर्थात  सवल थिए । गाउँकै विद्यालयमा कक्षा–२ मा पढ्दै गर्दा उनी दादुरा रोगको सिकार बने । आर्थिक अभावको कारण उनको परिवारले गाउँमै उपचार ग¥यो । तर दादुरा रोगले उपचारपछि निको हुनुको साटो उनको आँखाको ज्वोती सदाका लागि नै हरण गरेर लग्यो । त्यस पद्धि उनी पुर्ण दृष्टिविहिन भए भने पढेर गाउको शिक्षक बन्ने उनको सपना कक्षा २ मा सिमित रह¥यो । गरिबीकै कारण उनको परिवारले उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सकेन्न ।   दृष्टिविहिन भएपछि उनी काठमाण्डौमा रहेको एक गैर सरहकारी संस्थाको सहायतमा ६ महिना बाँसको मुढा बनाउने, तबेला बनाउने र स्वीटर बुन्ने तालिम सिके । घरमा आमाको मृत्यु भईसकेको र बुबाले अर्कै श्रीमती लिएर भागेपछि वेशाहरा बनेका कोईराला घरको जेठो सन्तान थिए । तर उनलाई आफ्नो भाई, घर परिवारले कसैले हेरेन । भाईले घरजाम गरेर अंशबन्डा गरेर हेलामा परेरका उनले सिप र सृजनालाई मर्न दिएनन् ।  घरमा बस्न मन लागेन,अनी उनले पहाडी जिल्ला पाल्पालाई रोजे ।  पाल्पा जिल्लाको दमकडा गाविसमा रहेको एक अ

आगोले पोलेको उपचार गर्न १ महिना ६ दिन

Image
कृष्ण खनाल बुटवल, ३० बैशाख ।  भैरहवाको बर्मेलीटोलमा रिक्सा चलाए र गुजारा चलाउदै आएका अबुल रज्जाकलाई यस्तो विपत्ती आउला भने कल्पना नै गरेका थिएनन् । विहान सबै देखि साझा सम्म रिक्सा चलायो , रिक्सा कम्पनीलाई भाडा बुझायो अनि बचेको पैसाबाट विहान साझँको छाक टार्दै आएका थिए  । एक महिना अगाडी  रज्जाक बस्ने घरमा विद्युत जोडिएको थिएन्, मट्टीतेलको सहायतकाले बत्ती(टुकी) बालेर  रात कटाउदै आएका थिए । त्यस दिन साझको समय दिनभर रिक्सा चलाएर घरमा पुगेका उनी छोरीलाई  टुकी बाल्न लगाए ।  butwal today daily , 2072, 01, 30   केही अग्लो स्थानमा रहेको टुकी उनीकी छोरी खुस्बु निसाँधले के बालेकी थिईन्, उनमाथि नै मट्टीतेल सहित टुकी घोप्टीयो । उनको कम्बर भन्दा मुनीको सबैजसो भाग आगोले जल्यो । तत्काल रिक्सामा राखेर भैरहवामा रहेको भिम अस्पतालमा लगे । त्यहा २ दिन सम्म राखेपछि उनलाई उक्त अस्पतालले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा रिफर ग¥यो । अहिले आगोले जलिकी निसाधको लुम्बिनी अञ्चल अस्पताल बुटवल गल्लिमीमा उपचार गराईरहेकी छिन् ।  ‘आज १ महिना ६ दिन भयो, डाक्टरले हेर्न छोडे, के गर्ने गरिब हजुर १५ हजार भन्दा ब

विद्यार्थीहरुमा पराकम्पनको त्रास: शुक्रबार सम्म सबै विद्यालय बन्द

Image
कृष्ण खनाल बुटवल, २९ बैशाख ।  कालिका उच्च मावि बुटवल–१२ कालिकानगरका शिक्षक युवराज कण्डेल कक्षा– नौं का विद्यार्थीहरुलाई विज्ञान विषयमा ‘बल’ शिर्षको पाठ अध्ययन गराउदै थिए । ‘कुनै पनि स्थीर अवस्थामा रहेको बस्तु चालमा आउनको लागि थप अतिरिक्त बलको आवश्यक पर्छ’ भन्दै प्रयोगात्मरुपमा एक विद्यार्थीले अर्को विद्यार्थीलाई धक्का लगाएर  व्यवहारिक कक्षा दिदैँ थिए ।  बिहानको करिब १२ बजेर ५३ मिनेटमा  दोलखा जिल्लाको सुनखानी केन्द्रविन्दु बनाएर ७.३ रेक्टरस्केलको  भुकम्प गयो । ‘पहिला त विद्यार्थीले धकेलेकी क्या हो भन्ने लागेको थियो ,पछि भुकम्प गएको भन्ने महसुस भए पछि विद्यार्थीहरुलाई लामबद्व रुपमा  मैदानमा उता¥यांै ।’–शिक्षक कण्डेलले भने । उनले थपे–‘२ वटा नै सिढी खोलेर शिक्षकहरुको सहायतमा सबै विद्यार्थीहरु मैदानमा उत्रार्न सफल भयौं ।’  बैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको भुकम्प पछि सञ्चालनमा आएको उक्त विद्यालयले भुकम्पबाट आउदा कसरी सुरक्षित हुने भन्ने विषयमा प्रत्येक कक्षा का विद्यार्थीहरुलाई जानकारी प्रदान गरेको थियो । सोही अनुसार नै विद्यार्थीहरु नभागेर संयमित रुपमा लाईनबद्व भएर मैदानमा

हाटबजारको व्यवापारबाट डिग्रिको प्रमाणपत्र

Image
कृष्ण खनाल बुटवल, २७ बैशाख । संगै पढेका साथीहरु कोही बैंकको जागिरे भए, कोही कलेजका लेक्चरर त कोही संस्थाका प्रमुख । यस्तो अवस्था देखेका कृष्ण चौहान क्षेत्रीको मन कुडिएर आयो । कारण आर्थिक अभावकै कारण स्नातक तह पुरा गर्ने पनि मास्टर्स (स्नाकोत्तरतह)मा भर्ना हुन सकेका थिएन्न ।  २०५७ सालमा साउन १ गते देखि उनले एउटा विकल्प रोजे । त्यो विकल्प थियो हाटबजारको व्यवसाय ।  २०६१ सालमा लुम्बिनी बाणिज्य क्याम्पसमा एमविएसमा भर्ना भए । विहान क्याम्पसको पढाई दिउँसको समयमा हाटबजारको व्यवसाय हुदै अगाडी बढेका उनलाई हाटबजार व्यवसायबाट नै सफलता मिल्यो । कक्षा १ देखि १० कक्षा सम्म कालिका उच्च मावि बुटवल–१२ कालिका नगरमा अध्ययन गरेका उनी अहिले हाटबजार व्यवसायीको सदस्यहरुको लागि आर्थिक उपार्जन गर्न खोलिएको शसक्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भएका छन् भने आधा दर्जन बढि संघ संस्थाका विभिन्न पदम रहेका छन् । शिक्षण पेशामा लागेर अहिले हाटबजार व्यवसाय छोडेका उनले नेपाल स्वयम सेवी रक्तदाता समाज रुपन्देहीको अध्यक्षमा छन् भने आफै ४३ पटक रक्तादान समेत गरेका छन् ।  हाटबजार व्यवसायीका प्रेरेणाका स्रोतको रुपमा सम

गोर्खा स्थलगत रिर्पोटिङ्ग भुकम्प पिडीत विद्यार्थीलाई पढाईको पिरलो

Image
कृष्ण खनाल ताप्ले(गोरखा) २७  बैशाख । गोरखा जिल्लाको सदरमुकाम गोरखाबजार देखि करिव ४३ किलोमिटर उत्तरमा रहेको छ ताप्ले गाविस । सोही गाविसको वर्डा नम्बर–३ गाईखर्कमा रहेको ‘मदरसा हनविलया रजफिया प्रावि’ कक्षा–३ मा अध्यनरत अनिता निशा अघिल्लो शनिवार (बैशाख १२ गते)  शनिवार घरमा साथीहरु संग खेल्दै थिईन् । विहानको खाना समेत नखाएकी उनी गाउँमा गट्टा खेल्दै थिईन् । सोही समयमा गोरखा जिल्लाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भुकम्प गयो । भुकम्पको केन्द्रविन्दु देखि उनको गाउ केही किलोमिटर टाढा रहेको छ ।  गाउँमा भएका सबै मान्छेहरु भागा–भाग गरे । आमा संगै उनी पनि भागिन् । दिनभरजसो भोकै रहेका उनलाई विद्यालय खुलेपछि विद्यालयमा गएर साथीहरु संगै मिलेर पढ्ने धोका थियो । अर्को दिन विहान अन्य साथीहरु संगै उनी  मदरसा हेर्न गईन  । तर मदरसा पुरै चर्केर विद्यालयमा पढाई सञ्चालन हुने अवस्था थिएन ।   उनी जस्तै,   सोही गाविसको महालक्ष्मी मावि मा कक्षा ७ मा पढ्ने मनोज रोकालेको पनि पढाई अनश्चित भएको छ । कक्षा ७ मा पढ्दै गरेका उनी अध्यायन गर्ने  विद्यालय सबै कोठाहरु भत्कीएर  भताभुङ्ग भए