महाविपत्तीबाट बाँचेर फर्केरहरु भन्छनः–‘यस्तो आपत्ती कहिल्यै नआओस’
कृष्ण खनाल बुटवल, १६ बैशाख । गुल्मी जिल्लाको ईस्मा गाविस–३ का गोकर्ण भण्डारी काठमाण्डौको घट्टे कुलोमा विहानको खादै थिए । शनिवारको दिन भएकोले अलि ढिला गरी खाना बनाएर खादै गर्दा जमिन कापेजस्तो भयो । उनी भन्छन्–‘शरिर काँपेर रिंगटा लाग्ला जस्तो भयो, घर पिङ्गखेजस्तो भयो, जुठै हाट खान छोडेर भागियो ।’ शंकरदेव क्याम्पसमा विविएस तेस्रो बर्षमा पढ्दै गरेका उनीको समुहमा अन्य ३ जना साथिहरु रहेका छन् । बुधवार नीजि विद्यालयहरुले उपलब्ध गराएको निःशुल्क बसमा बुटवल आएका उनले भने–‘यस्तो आपत्ती देख्न नपरोस ।’ दुई तल घरमा बाहालामा बस्दै गरेका उनीहरु गुल्मीका साथीहरुको समुह बनाएर काठमाण्डौमा अध्यायनको लागि बसेका थिए । मंगलबार समुहका सबै साथीहरु सकुसल बुटवल सम्म आए । तर आँखै अगाडी अन्य मानिसहरुको रगताम्मे लास देख्दै अझै पनि खुट्टा काँपीरहेको गुल्मीकै ईस्मा गाविसका सुशिल गौतमले बताए । काठमाण्डौ देखि प्याब्सन, एनप्याब्सन र हिसान लगायतका नीजि विद्यालय संगठनहरुले उपलब्ध गराएको रेडईभेन्ट कलेजको गाडीमा चितवनको नारायणगढ सम्म आएका उनीहरुलाई नारायणगढ देखि बुटवल सम्म एक्स आर्मि बोर्डिङ्ग स्कुलको