उमेर ढल्केपछि आयुर्वेदको भर
कृष्ण खनाल बुटवल, १७ फागुन । रुपन्देहीको मानमटेरिया गाविस–८ भगलापुरका ६५ बर्षिय बेचन चाई लाई ढाड दुख्ने समस्या छ । लामो समय देखि नै ढाड दुख्ने समस्या भएका चाईले कयौ अस्पताल उपचारको लागि धाई सकेका छन् । ‘औषधी खाँदा सम्म निको होला झै हुन्छ, खान छोडेपछि फेरी उहि चाला ’–शनिवार खडवा बनगाई गाविसमा आयोजना भएको निःशुल्क आयुर्वद्ध शिविरमा आएका चाई भन्दै थिए–‘ एक पटक यस्को उपचार गरौ के हुन्छ ।’ चाई मात्र होईन, खडवा बनगाई गाविस–६की ६५ बर्षिय अनुवारी थारुको समस्या पनि चाईको जस्तै छ । बढेशकाल लागेपछि खुट्टाको जोर्नि दुख्ने समस्याले उनलाई सचाउने गरेको छ । उपचारको लागि विभिन्न स्थानमा गएको बताउने थारुले एक पटक आयुर्वद्धिक उपचार गरौ भनेर शिविरमा आएको बताईन् । उनी संगै आएका पाल्पाको नानसेन घर भई खडवा बनगाई गाविस–३ मा बस्दै आएका ८५ बर्षिय खिमानन्द भट्राईले पनि हड्डी दुख्ने समस्याले सताएको कारण आफु शिविरमा आएको बताए । शिविरमा आएका अधिकांस महिला तथा पुरुष ३५ बर्ष भन्दा माथिका थिए भने अधिकांस वृद्ध वृद्धाहरु उपचारको लागि आएका थिए । उमेर छदा सम्म दायाँबाया उपचार गरेको र निको नभएको कारण आयुर्वेद