Posts

Showing posts from January, 2015

गरे के हुन्न ? १२ ठाउँ काम, ३५ हजार दाम

Image
कृष्ण खनाल बुटवल, १५ माघ ।  केही दिन पहिला बुटवल–८ मा एक महिलाले बच्चा जन्माईन् । ‘लौन  आन्टीले छोरा पाईन्, यसो बच्चालाई सेक्ने,  कपडा धुने र सरफाई गर्ने मान्छे चाहियो ।’  श्रीमानले भन्दै थिए । अर्की एक महिलाले  भनिन्–‘यहा मान्छे  पाउन ग्राह््रो छ, मुर्गियामा छिन् दिनको साढे ३ सय हो ।’ यति भएपछि श्रीमान् ढुक्क भए र मुर्गियाबाट बस चढेर दैनिक एक महिला बुटवल आउछिन्, बच्चाको हेरचाह, गर्छिन्, तेल लगाईदिने, सेक्छीन र जान्छीन् । काम गर्नको लागि लाज नमान्ने उनी जस्ता रुपन्देहीमा केही महिलाहरुले महिनेत गरि मासिक ३५ हजार रुपैयाँ भन्दा बढि आम्दानी गर्दछन्  ।  तिनै मध्येकी एक हुन, गुल्मी जिल्लाको रिडीमा जन्मीएकी, मिना पाटामगर । ३१ बर्षिय पाटामगरले  बुटवलका विभिन्न १२ स्थानमा सरसफाई गर्ने काम गर्दछिन् । उनको आम्दानी रहेको छ ३५  हजार ।  अहिले बुटवल–१३ देविनगरमा बस्दै आएकी उनी केही समय पहिला दुर्घटनाको कारण श्रीमान गुमाएर एकल भएकी थिईन् । तर उनलाई परिवार पाल्नको लागि  एक छोरा र छोरीकी आमा रहेकी पाटामगरले बुटवलका  ८ वटा ल्याब, मेडिकल, बैंक र विभिन्न कार्यालयमा सरसफाईको काम गर्दछिन् । ‘विहा

फेसबुक स्टाटसले विपन्नलाई विद्यार्थीलाई सहयोग

Image
कृष्ण खनाल  बुटवल, १३ माघ ।  अग्रेजी नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिखका दिन  रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक स्थानियले फेसबुकमा एउटा स्टाटस रखिन् । सबैले नयाँ बर्षको शुभकामना दिदै भरिएको फेसबुको वालमा उनको एउटा फरक खाले स्टाटस थियो । अग्रेजीमा  बाडिँएको उक्त फेस बुक स्टाटस थियो–‘हामीले यो नयाँ बर्ष लाई यसरी मनाउँदा कस्तो होला,  बुटवलको एक विद्यालयमा अध्यायनरत ३ जना विद्यार्थीहरु आर्थिक अभावको कारण  शिक्षाको न्यानो घामबाट बञ्चित हुदै छन्, कृपया उनीहरुको लागि केही सहयोग गरौं ।’ यो स्टाटस बाढेकी थिईन् स्थानिय यशोदा थापाले । ५ वटा कमेन्ट र मात्र ७५ लाईक पाएको उनको स्टासको प्रभाव  ठिक एक महिनापछि परेको छ ।  विद्यार्थीको तस्वीर सहित पोष्ट भएको स्टास पढेपछि कतारबाट रमेश  काउचाले उक्त विद्यार्थीहरुको लागि ५ हजार नगद सहयोग गरेका छन् । केही समय पहिला बाबा  गुमाएका विद्यार्थी हिमाल आले नहरपुर माविमा कक्षा ८ मा पढ्छन् भने पर्वत आले बुद्धनगरमा रहेको मायादेवी जनजागृती सामुदायिक प्रावि कक्षा ३ मा पढ्छ् र अविसा आले कक्षा १ मा पढ्छीन्।  केही समय पहिला  बाबालाई गुमाएका यि विद्यार्थ

सन्र्दर्भ ६२ औं विश्वकुष्ठरोग दिवस, अङ्गभङ्ग नहुन समयमै सचेत

Image
कृष्ण खनाल बुटवल, ११ माघ ।  लोहरी चौधरी जन्मदा सामान्य नै थिईन् । सबैले उनका आमा बुबालाई भन्ने गर्दथे–‘लक्ष्मी जस्तो छोरी जम्माईछस् । ’ यसो भनिरहदा उनका आमा बुबा समेत मख्खा थिए  । उनी हुर्कदै गईन् । उमेरमा १६ बर्ष लाग्दा उनको शरिरको हात र खुट्टामा समेत लाटो फुर्सो दाग देखा प¥यो । पहिला त उनले त्यसलाई वास्ता गरिन्न् । जसको कारण उनको लाटो  फुस्रो दाग विस्तारै बढ्दै गयो, पछि उनको हात र खुट्टा समेत पाक्न थाले ।  यस्तो अवस्था आएपछि  उनको परिवारले उपचार भन्दा पनि झाक्री तर्फ लागे ।  उनको शरिका अङ्गहरु थप सड्दे  गएका थिए तर परिवारले उनको उपचार भन्दा बढि लामा झाक्रिमा लाग्यो । पछि आमाले सुनको गहाना बेचेर भएपनि उनको उपचारको लागि पोखरा लगिन् ।  २ बर्षपछि उनमा भएको लाटो फुस्रो दाग सबै निको भयो तर हातको औला भने काट्नु पर्ने अवस्था आयो । उनलाई कुष्टरोग लागेको थियो  जुन समयमा नै पहिचान नहुदाँ उनले हातको औला सदाको लागि गुमाउनु प¥यो ।  उपचार पश्चात उनी पुर्ण निको भईन् । उनी भन्छीन्–‘हात र खुट्टाको औला  काटेर फाल्नुपर्ने भयो, पुरै शरिर जाँचेपछि रोग सन्चो भएको डाक्टरले भन्नु भयो ।’ त्यपछि

जिल्ला शिक्षा कार्यालयलाई ढाट्दै अवैध विद्यालय

Image
कृष्ण खनाल बुटवल, १०  पुस ।  जिल्ला शिक्षा कार्यालय रुपन्देहीले लामो समय देखि अवैध विद्यालयहरु बन्द गराउन सकेका थिएन् ।  केही समय  पहिला  जिल्ला शिक्षा कार्यालयले  १ सय ३७ वटा अवैध विद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयलाई बोधार्थ पत्र काटी अनुमती विनाका विद्यालय बन्द गराउनको लागि निर्देशन गरेको थियो ।   जिल्ला शिक्षा कार्यालय लाई लामो समयदेखि नटेरेका अवैध विद्यालयले अख्तियारलाई बोधार्थ पत्र काटेको देखेपछि धमाधाम अवैध विद्यालय बन्द गरेको र स्वीकृत विनाका कक्षाहरु समेत बन्द गरेको पत्र जिल्ला शिक्षा कार्यालय र अख्तियारमा समेत बुझाएका  थिए  ।  यसरी ति विद्यालयहरुले  जिल्ला शिक्षा कार्यालयको अस्वीकृत विनाका माथिल्लो कक्षा बन्द गरेको र अवैध विद्यालय समेत बन्द गरेको बताए पनि अधिकांस अवैध विद्यालयहरुले  जिल्ला शिक्षा कार्यालयलाई ढाटेको पाइएको छ  ।  अवैध विद्यालय बन्द गरेको पत्र जिल्ला शिक्षा कार्यालयमा बुझाए पनि लुम्बिनी ग्यालेक्स बोर्डिङ्ग स्कुल  रायापुर–६ ले  कक्षा ५  खुलेयाम रुपमा कक्षा सञ्चालन गरिहेको छ ।  बुटवल टुडे संगको कुराकानीमा प्रीन्सीपल हरिश बराईले

छोरा छोरीले पकाउने अभिभावकले खाने

Image
कृष्ण खनाल बुटवल, ९ माघ ।  जो कोहि अभिभावकहरुलाई पनि विहान उठ्दा एक प्रकारको हतार नै हुन्छ । विद्यालय जाने  छोराछोरीको लागि समयमै खाना तयारगरी खुवाएर समयमै विद्यालय पठाउनु अझ दिउँसको खाजा समेत तयार गरेर पठाउनु ।  अझ निजी विद्यालयहरुमा त विहान १० बजेको विद्यालयमा ९ वा साढे ९ बजे तिर नै विद्यालयमा पु¥याउनु पर्ने बाध्यता रहेको छ । तर शुक्रवार एक विद्यालयमा फरक दृश्य देखियो । जहा विद्यार्थी छोराछोरीहरुले पकाएर आफ्नै अभिभावकहरु, आफ्नै सार्थीहरुलाई र शिक्षक शिक्षिकाहरुलाई समेत खुवाउदै थिए र आफ्नो परिकारको बारेमा प्रतिक्रिया समेत लिदै थिए ।  उक्त दृश्य बुटवल–१०  सुख्खानगरमा रहेको दीप बोर्डिङ्ग उच्च माविका  विद्यार्थीहरुले आयोजना गरेको फुड फेष्टीभल अर्थात खाना महोत्सवको दृश्य थियो । कुनै  विद्यार्थीहरु सेलरोटी पकाउदै थिए भने कुनै विद्यार्थीले मःमको लागि पिठो बेल्दै थिए, कुनै विद्यार्थीहरुले नेवारी खानको परिकार तयार गर्दै थिए ।   भर्खरै मात्र किचनबाट नाङ्गलोभरी सेल रोटी ल्याएर स्टलमा खनाउदै गर्दै कक्षा ९ ‘डि’ सेक्सनी पुजा श्रेष्ठ भन्दै थिईन्–‘सेल रोटी बनाउन त ग्राह््रो हुदो रैच

शहकारीमा बढ्दै बेतिथी

Image
कृष्ण खनाल बुटवल, ७ माघ । आत्म सहयोग, स्वयत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय ऐक्यवद्धता, ईमान्दारी, खुलापन, सामाजिक उत्तरदायित्व र अरुको हेरचाह सहकारीका मुल्य मान्यताहरु हुन । तर यि मुल्य मान्तयालाई कुल्चीदै सहकारी संस्थाहरुमा वेतिथी बढ्दै गएको विश्लेषण गर्न थालिएको छ । खासगरी कमब्याजमा सहुलियतमा समुह भित्र ऋण(कर्जा) प्रवाह गरी समुहभित्रका  सदस्यहरुलाई आर्थिक उपार्जनमा लगाई आर्थिक समृद्धि तर्फ लम्कीने भन्दै स्थापना भएका सहकारी संस्थाहरुले पछिल्लो समयमा ‘मिनी बैंक तथा फाईनान्स’ को काम गरिरहेका छन् ।  सहकारी ऐन २०४८ मा स्पष्ट व्यवस्था भएअनुसार कुनै पनि बचत तथा ऋणको काम गर्ने सहकारीहरुले कर्जा प्रवाह (ऋण लगानी) र निक्षेप संकलन (बचत स्वीकृत) अन्तर ६ प्रतिशत भन्दा बढि गर्न नपाईने स्पष्ट व्यवस्था रहेको छ ।  अर्थात कुनै पनि सहकारीले बचतकर्तालाई कति प्रतिशत व्याज प्रदान गर्ने हो त्यसको दर र सदस्यहरुलाई ऋण दिँदा सहकारीले लिने ब्याजदरको अन्तर अधिकतम् ६ प्रतिशत मात्र हुनु पर्दछ ।  तर यस क्षेत्रका सहकारीहरुले मापदण्ड भन्दा बढि नै ब्याज लिने अशुल्ने गरेको पाईन्छ । डिभिजन सहकारी कार्याल

नृत्य क्षेत्रमा रुपन्देहीलाई अर्को सफलता

Image
कृष्ण खनाल  बुटवल, २५ पुस ।   रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलकी १४ बर्षिय मुना राना गत जेठ महिनामा बुटवल आएकी थिईन् । बुटवलको ट्राफिक चोकमा एउटा कार्यक्रम चलिरहेको थियो । जुन कार्यक्रम थियो डीएनडी(डान्स नेपाल डान्स)को आवेदन फारम भर्ने कार्यक्रम ।  छिमेकी दिदी संग आएकी राना उक्त कार्यक्रम देखिपछि आवेदन फारम भर्ने ईच्छा देखाईन् । बाबा आमा संग सल्लाह गरेर फारम भरिन् । उनले फारम भर्दा रुपन्देहीमा नेपालभरबाट सबैभन्दा बढि ले फारम भरेका थिए ।  लामो लाईनमा बसेर फारम भरेकी तिनै मुना राना अहिले   डान्स नेपाल डान्स(डिएनडि) लिटील मास्र्टसको च्याम्पीयन बनेकी छिन् ।  उनी भन्छिन्–‘आवेदन फारम भर्दा उपाधि जित्छु भन्ने कल्पना नै गरेको थिएन्, छनोट हुन्छु जस्तो पनि लागेको थिएन । उनी भन्छीन्–‘मोडलिङ्ग गर्ने सोच रहेको छ भने मोडलिङ्ग नभएर एउटा राम्रो डान्स कोरियोग्राफर बन्ने धोका रहेको छ ।’  उनी विजेता भएसंगै रुपन्देहीको नृत्य क्षेत्रमा अर्को उपाधि हाता परेको छ । यस अघि रुपन्देही रुद्रपुरकी तेरिया मगरले अन्र्तराष्ट्रिय स्तरमा डिआईडीको उपाधि हाता पारेकी थिईन् भने रुपन्देहीकै मुना रानाल

धमाधम बन्द हुदै अवैध विद्यालय

Image
कृष्ण खनाल बुटवल, २६  पुस ।  शिक्षा कार्यालयको अनुमती विना नै  माथिल्लो कक्षा सञ्चालन गरेका रुन्देहीका दजनौ विद्यालयहरुहरुले धमाधम माथिल्लो कक्षा रद्व गरेका छन् । जिल्ला शिक्षा कार्यालयले अनुमती भन्दा माथिल्लो कक्षाहरु सञ्चालन गरेका नीजि(संस्थागत) विद्यालय, मदरसा र सामुदायिक विद्यालयहरुले समेत धमाधम माथिल्लो कक्षा बन्द गरेका हुन ।  अवैधरुपमा अनुमती विना नै कक्षा सञ्चालन गर्दै आएका रुपन्देहीका १ सय ३७ वटा विद्यालयहरुलाई  जिल्ला शिक्षा कार्यालयले अनुमती विना  सञ्चालन भएका विद्यालय बन्द गराउनको लागि बारम्बार पत्राचार गरेपनि ति विद्यालयहरुले टेरेका थिएनन् ।  पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग  क्षेत्रीय कार्यालय पोखरालाई  पत्र लेखि अनुमती नलाई र भौतिक पुर्वाधार विना नै सञ्चालन भएका विद्यालयलाई बन्द गराउनको लागि अनुरोध गरेपछि अख्तियारले छानविन गर्नुपुर्व नै  विद्यालयहरुले स्वीकृत विनाका कक्षाहरु बन्द गरेका हुन ।  विद्यालयहरुले अख्तिायारले छानविनगर्ने डरले धमाधम कक्षा बन्द गराएको निवेदन जिल्ला शिक्षा कार्यालयमा  पेश गरेका छन् ।  जिल्ला शिक्ष

युवा किसान लाई १ करोड ३२ लाख अनुदान

Image
कृष्ण खनाल बुटवल, २२ पुस ।   जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले व्यवसायीक रुपमा कृषि पेसामा लागेका करिव ढेड सय युवा किसानहरुलाई यस बर्षको अनुदानको रकम  प्रदान गर्ने निर्णय गरेको छ ।  कृषि विकास कार्यालयका अनुसार व्यवसायीक कृषकलाई युवा लक्षित कार्यक्रम अन्र्तगतको विभिन्न शिर्षकमा १ सय ५४ जना किसानहरुलाई अनुदानको रकम प्रदान गरिने छ । युवा लक्षित तरकारी खेती तर्फ ६० जना, च्याउ खेति तर्फ ४० जना , मौरी पालनतर्फ ४० जना र एकिकिृत जल स्रोत प्राणाली आयोजना तर्फको १४ जना गरी कुल १५४ जना युवा किसानलाई १ करोड ३२ लाख ४० हजार रुपैया“ अनुदान दिने निर्णय गरिएको हो ।  जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार छनोट भएका किसानहरुले यहि पुस महिना भित्रै नगद अनुदान पाउनेछन् ।  अनुदानको रकम न्युनत ४० हजार देखि १ लाख ८० हजार रुपैया सम्म रहेको छ ।  किसानहरुले पेश गरेको विस्कृती कार्ययोजनाको अध्यायन र गाउ विकास समितिबाट आएको सिफासिरको आधारमा युवा किसानहरुलाई अनुदानको रकम प्रदान गर्र्ने निर्णय सोमबार कृषि विकास कार्यालयले  गरेको हो

तरकारी खेती :लगानी ७० हजार आम्दानी ३ लाख

Image
कृष्ण खनाल बुटवल, २२ पुस ।  भनिन्छ, पैसा कमाउनको लागि विदेशनै जानुपर्दछ, तर स्वेशमा नै मिहिनेत गरी अन्य व्याक्तिहरुले भन्दा फरक काम गरेमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रुपन्देहीको सैनामैना नगरपालिका–६ बक्सर डाँडाका  राम किसुन मल्लाह  । भर्खरै ३२ बर्षमा लागेका मल्लाहले कुनै पनि सरकारी वा गैरसरकारी संघ संस्थाको सहयोग विना नै व्यवसायीक तरकारी खेती गरी   आम्दानीको दरिलो माध्यम बनाएका छन् । १५ काठ्ठा क्षेत्रफलमा अहिले उनी तरकारी खेती गरिरहेका छन् । एक सिजमा तरकारी खेती गर्नको लागि ६० देखि ७० हजार लगानी गर्ने उनले बार्षिक रुपमा  ३ लाख रुपैया  नाफा गर्दै आएका छन् । उनी भन्छन्–‘समयले साथ दिएमा ३ लाख भन्दा बढि पनि फाईदा हुने गर्दछ ।’ अहिले उनको  खेतमा लडरम्म रुपमा टमाटर फलेका छन् भने झाक्रा लगाउन नपर्ने टमाटर, आलु, गोभि, प्याज लसुन समेत लगाएका छन् । तरकारी  खेती गर्न लागेको करिव  १५ बर्ष भएको बताउने मल्लाहले  आफ्नो  निजी जग्गा ३ विगाहा र १० काठ्ठा भाडा(लिज)मा लिएर  व्यवसायीक तरकारी खेती गरिररहेका छन् । अहिले उनको खेतको २ विगाहामा  क्षेत्रफलमा तरकारी खेती रहेको छ ।  ७

पहिचानको लागि एकजुट हुदै छन्त्याल समुदाय

Image
कृष्ण खनाल बुटवल, २० पुस ।    प्राकृतिक भुर्गमा रहेको तामा, ढुङ्गा, फलाम जस्ता विभिन्न बस्तुहरु पहिचान गर्ने र त्यसैलाई नै आफ्नो जिविको पार्जनको माध्यम बनाउने, आर्थिक उपार्जनको बलियो साधन बनाउने आफ्नो पुर्खौली पेसा भएपनि समाजको विकास संग संगै बढ्दो आधुनिकताको कारण पुर्खौली पेसाको विकल्पमा अन्य पेसा व्यवसाय रोज्ने गरेका छन् ।  फरक भाषा, फरक सस्कृती भएका छन्त्यालहरु पुर्खौली पेसाबाट जिविको पार्जन हुन छाडेपछि विकल्पको रुपमा वैदेशिक रोजगार तथा अन्य व्यापार व्यसायमा लाग्ने गरेको  छन् । भौगोलीक विकटता र पुर्खौली पेसालाई जिवन्त दिनको लागि राज्यस्तरबाट सहयोग नभएकै कारण उनीहरु  उद्गम थलो छाडेर सुगम स्थानमा बसोबास गर्न थालेका छन् ।  छन्त्याल समुदायको मुख्य पर्वको रुपमा माघेसंक्रान्ती पर्व रहेको छ । यो पर्वबाट उनीहरुको नयाँ बर्षको समेत सुरुवात हुने भएकोले यस दिनलाई मुख्य पवको रुपमा मनाउदै आएका हुन । जुन  दिनलाई ‘छार म्हेङ्ग’ समेत भनिन्छ ।  छन्त्याल समाज रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल भन्छन्–‘हामी अल्पसंख्यक जाती,आफ्नो पहिचानको लागि हामी लागिरहेका छौ ।’ उनका अनुसार पुर्खाहरुले

रुपन्देहीमा माछाको विमा सुरु

Image
कृष्ण खनाल बुटवल, १८  पुस । एसियामै पहिलोपटक नेपालमा सुरु भएको माछाको विमा कार्यक्रम रुपन्देहीमा पनि सुरु गरिएको छ । माछाको लागि प्रख्यात मानिएको रुपन्देहीको दयानगर छपिया क्षेत्रका किसानहरुले पालेको माछाको विामा सुरु गर्न सुरु गरिएको हो । रुपन्देहीमा संभवत पहिलो पटक छपियामा पहिलोपटक माछाको विामा सुरु गर्न लागिएको हो ।   कसैले पोखरीमा विÈ हालेर माछा मारिदिए पनि बिमा रकम उपलब्ध हुने गरी विमा गर्न लागिएको हो ।  रुपन्देहीको दयानगर गाविस–७मा ग्रिन साईन कृषि फार्मा सञ्चालन गरेका सञ्चालकहरुले रुपन्देहीमै पहिलो पटक माछाको विमा गर्न लागेका हुन । उक्त कृर्षि फार्मका सञ्चालक डक्बर देब न्यौपाने, हरिप्रसाद गैरे, टंकेश्वर खनाल, डा. प्रयाश्चित श्रेष्ठ, भुवा प्रसाद लुईटेल लगातयले आज भन्दा करिव १ बर्ष पहिला स्थापना गरेका हुन ।  बुटवलमा शाखा कार्यालय रहेको पुन्ट्रेन्सीयल इन्स्योरेन्स कम्पनी मार्फत माछाको विमा गर्न लागिएको हो । यसको लागि विहिवार स्थलगत अध्ययन समेत गरिएको छ ।  ७ विगाहा क्षेत्रफलमा फैलिएको उक्त कृर्षी फार्मको ४ विगाहा क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । सञ्चालक डम्बर देव न्यौप