Posts

Showing posts from September, 2014

सुनौलीमा ठगिदै ‘उपभोक्ता’

Image
कृष्ण खनाल  बेलहिया(रुपन्देही) १२ असोज ।  आईतबार अर्घाखाँची घरभई बुटवल बस्दै आएका  ईश्वरी भुषाल दसैंको किनमेलको लागि भारतको उत्तर प्रदेश राज्य अन्र्तगत सुनौली गए । रुपन्देहीको भैरहवा सिमा नाका बेलहिया हुदै सुनौली गएका  उनीले चिनीका साथै दसैंको लागि चाहिने आवश्यका समान किन्ने योजना बनाएर सुनौली गएका थिए । ‘ल सस्तो चीनीको लागि यता आउनुस्’भन्दै एक व्यापारीले  बोलाए ।   ईश्वरले सोधे–‘कति रुपैयाँ  हो ।’ व्यापारीले भने–‘मोट छ  चीनी आउनुस् ४५ रुपैंया ।’  नेपालमा साल्ट्र टेर्डिङ्ग करपोरेसन प्रालिले ६३ रुपैयामा चीनी विक्रि गरिरहेको बेला त्यहि सिमा पारी ४५ रुपैयामा चीनी पाईने उनको लागि खुसीको कुरा थियो  । तर उनको त्यो सपना केही बेरमै हरायो । व्यापारीले सस्तोमा ५ किलो चीनी लैजाँदा करिव ३ सय देखि ४ सय रुपैया सम्मको सर्फ  वा चियापत्ती लैजानु पर्ने अडान राखे ।    पल्लिो समयमा सुनौलीका व्यापारीहरुले चीनीको मूल्य सस्तो देखाएर अन्य सामान अनिवार्य किन्नु पर्ने भन्दै ठगिरहेका छन् । खासगरी दसैंको समयमा व्यापारीहरुले चीनको साथै  अनिवार्य चियापत्ती र सर्फ किन्नु पर्ने भन्दै सोझौं नेपाली उपभो

ट्रान्सर्फमर समयमै मर्मत नहुँदा रुपन्देहीमा थप लोडसेर्डिङ्ग

Image
केन्द्रिय ठेकेदारी प्रथाले स्थानिय मर्कामा कृष्ण खनाल बुटवल, ५ असोज ।  नेपाल विद्युत प्रधिकारणको योगीकुटीमा रहेको ७ एम्.बि.ए. ट्रान्र्समिटर जलेको करिव  एक महिना भन्दा बढि भयो । जसको कारण रुपन्देहीका बासिन्दाहरुले अहिले नेपाल विद्युत प्राधिकारणले  तोकेको भन्दा २ घण्टा बढि लोड सेर्डिङ्गको मार खेपिरहेका छन् ।  प्राधिकरणले यहि भदौ २१ गते पछिल्लो लोडसेर्डिङ्ग तालिका सार्वजनिक गरी दैनिक ९ घण्टा मात्र लोडसेर्डिङ्ग गर्ने भनिएको थियो । तर रुपन्देहीमा भने अहिले १२ घण्टा भन्दा बढि लोडसेर्डिङ्गको भईरहेको छ ।   योगीकुटीमा रहेको ७ एमबिएको टान्र्समिटर जलेर विग्रीएको कारण अहिले बुटवल–६ मा रहेको नेपाल हाईड्रो ईलेक्टीकल लिमिटेड (एन्.एच्.सि.एल्)मा राखिएको छ ।  समाचार स्रोतका अनुसार उक्त टान्र्समिटर बनाउनको लागि यहा सम्भव नभएको कारण भारतबाट साम्रगी र प्राविधिक मगाएर मात्र मर्मतको काम हुन सक्छ । जसको लागि धेरै खर्च र महिनौ लाग्न सक्छ ।  एकातर्फ पटक÷पटकको लोडसेर्डिङ्ग अर्कोतर्फ लाईन आएको समयमा पनि हुने पटक÷पटक ट्रिपिङ्गको समस्याको कारण अब उद्योग धन्दा बन्द गरेर आन्दोलन गर्नुको विकल्

आठ बर्ष पछि पुर्नजन्मको आश

Image
कृष्ण खनाल बुटवल, ४अशोज । बुटवल–१३ बुद्वनगरमा बस्दै आएका खेम बहादुर फालमगरले सोचेका पनि थिएन्नकी उक्त घटना होला भनेर । आज भन्दा करिव ८ बर्ष पहिला बुटवलको एक निजी सप्लायर्सको गाडी हाक्दै पाल्पाको तानेसन जाँदै गर्दा बुटवल नजिक सिद्धबाबा नजिकै माथि बाट ढुंगा खसेर गाडीमा बजारियो । गाडीमा मात्र क्षति पुगेन उनको दुबै खुट्टा समेत भाँचीयो ।  गरिबीको कारणले उनले उपचारको लागि खर्च जुटाउन सक्ने अवस्था थिएन । आफु काम गर्ने  सप्लार्य उनको काठमाण्डौमा रहेको बि एण्ड बि अस्पतालमा केही महिना उपचार ग¥यो । दुबै खुट्टा भाँचीएको कारण दुबै खुट्टामा अहिले रड हालिएको छ । उनको खुट्टामा रड हालेको पनि अहिले करिव ८ बर्ष पुरा भएको छ । उक्त रडलाई निकाल्नको लागि पुनः अपरेसन गर्नु  पर्ने हुन्छ । तर अपरेसनको लागि आर्थिक अभाव झेल्दै आएका मगरलाई पछिल्लो समयमा नेपाल मगर महिला संघ बुटवल नगरकमिटिले घरदै लो अभियानबाट केही आर्थिक सहयोग गरेको छ । जसको कारण उनको उपचारको लागि केही संभावनाहरु जुट्दै गएको छन् ।  घर परिबारमा श्रीमती, २ वटा छोरा छोरी समेत रहेका पिडीत थापाको घरमा कमाउने व्याक्ति नै थला परेपछि चुल्हो

दसैलाई धमाधम खसी बोका भित्रीदै

Image
कृष्ण खनाल बुटवल, २ भदौ ।  यस क्षेत्रमा दशैको लागि भारतबाट खसी, बोका, माछा भित्रीने क्रम जारी रहेको छ । खासगरी दशैलाई  मध्यनजर गर्दै यस क्षेत्रका व्यापारीहरुले सातामा दुई देखि  तिन ट्रक सम्म खसी, बोका  र माछा भित्र्याइरहेका छन् ।  वेलहिया नाका हुँदै रुपन्देही जिल्लाको लागि मात्र नभई लुम्बिनी अञ्चलका सम्पूर्ण जिल्लाहरु र स्याङ्जा, दाङ्ग, प्यूठान लगायतका जिल्लाहरुमा समेत खसी , बोका निर्यात हुदै आएका छन् । दशैको मध्यनजर अलि बढि नाफा हुने भएको कारण पनि यस क्षेत्रका मासु व्यापारीहरुले पछिल्लो समयमा खसीबोको आयात समेत बढाएका छन् ।  वेलहिया नाका हुदै यस क्षेत्रमा अहिले साताको २ पटक भन्दा बढि व्यापारीहरुले खासी बोका, मााछा आयात गरिरहेका छन् । पशु क्वारेन्टाईन कार्यालय वेलहिया चेक पोष्ट कार्यालयका अनुसार रुपन्देहीको बेलहिया नाका हुदै अहिले खसी बोका आयात बढिरहेको छ ।  विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि यस क्षेत्रको माग र अन्य क्षेत्रको लागि समेत निर्यात गर्ने हेतुले व्यापारीहरुले आफ्नो व्यावसाय बढाएका हुन ।   पशु क्वारेन्टाईन कार्यालय वेलहिया नाका चेक पोष्ट कार्यालयका प्रमुख

रुपन्देहीका माछामा स्वासप्रश्वासको समस्या

Image
कृष्ण खनाल बुटवल, ३१ भदौ ।   जिल्ला कृषी विकास कार्यालय रुपन्देहीले यहि भदौ २८ गते एक स्थानिय पत्रिकामा ‘मत्सयपालक कृषकहरुमा अनुरोध’ भन्दै सूचना प्रकाशन ग¥यो । सूचनामा पछिल्लो समयमा रुपन्देहीका माछपालक कृषकहरुले पालेको माछाहरुमा अक्सीजनको अभाव भएको कारण माछाहरु धमाधम मरेको भन्दै मर्न नदिनको लागि विभिन्न उपायहरु अपनाउन समेत उल्लेख गरिएको थियो ।  यस्तो समस्या देखिन थालेको करिव एक हप्ता भन्दा बढि भईरसकेको छ ।  कृÈकहरुले पालेको माछामा स्वास प्रस्वासको समस्या देखिन थालेको  जिल्ला कृषी विकास कार्यालय रुपन्देही पुष्टी गरेको हो ।  माछा पोखरीमा लामो समय सम्म पानी नपरेको कारण अक्सीज नको कमी हुदा माछाहरुमा स्वासप्रस्वासको समस्या देखिने र यस्ले गर्दा माछाहरु मर्ने गरेको कृÈि बिकास कार्यालयका प्रमुख तथा बरीष्ठ कृÈि विकास अधिकृत कृष्णभद्र अधिकारीले जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘करिव १०÷१२ दिन देखि  पानी प्रायाप्त मात्रमा नपरेको कारण पोखरीमा अक्सीजनको अभावको कारण केही किसानकाम माछाहरु मरेका हुन । ’ उनले यो कुनै रोग नभएर अक्सीजनको कमीको कारण भएको पुष्टी भएको समे

सिलाजी बेच्दैः पढाई खर्च जुटाउदै

Image
कृष्ण खनाल बुटवल, २८ भदौ ।   कहिले म बम्बईका कुना, कहिले विहारैमा,  जहिले जुम्ली प्रदेशी हुन्या दशै तिहारैमा ।। मत राईझुमा, झुमाक्यामच क्याकीछ्यो राईझुमा ।।। यहा प्रस्तुत गरिएको यो भाका नेपालकै सुदुरपश्चिमा  प्रख्यात देउडा भाकाको केही अंश हो । यो अंश कुनै देउडामा दउडा भाकामा ख्याती प्राप्त कलाकारले रचेको नभई, आफ्नो पढाई खर्च जुटाउनको लागि जुम्लाबाट सिलाजी बेच्नको लागि बुटवलमा झरेका जुम्लेली प्रकाश विश्वकर्माले गुनगुनाएका हुन् । उनी यो गीतमा आफ्नो यथार्थता रहेको समेत बताउछन् । पढाई खर्च जुटाउनको लागि बम्बई, विहारमा मौसमी कामदार(६ महिना) को काम गरेको अनुभव समेत उनीसंग रहेको छ ।  जुम्ला जिल्ल्को स्युजा गाविस वार्ड नम्बर ३ रोकायाटोलका उनी अहिले बर्दियामा बसेर अध्ययन गर्दछ । कक्षा १२ को परिक्षा भर्खर सक्काएर उनी अबको स्नातक स्तरको अध्ययनको लागि पढाई खर्च जुटाउनको लागि बुटवलमा झरेको बताए ।  वि.स.२०५० जेठ ३ गते जन्मीएका विश्वकर्माले कक्षा १० सम्म आफ्नै जिल्लामा बसेर पढे पनि उच्च शिक्षाको लागि भने बर्दिया झरेका थिए । बदिर्यामा रहेको विद्याज्वोती उच्च माविमा शिक्षा सास्त्र

दशैलाई बसको टिकट बुकिङ्ग खुला पश्चिम नेपाल भन्छः ‘आवश्यक बस थप्छौ’

Image
कृष्ण खनाल बुटवल, २५ भदौ ।  राष्ट्रिय यातायात महासंघले बुधवारबाट यस बर्षको दशैका लागि देशभरबाट टिकट बुकिङ्ग खुला गरेको छ । बुधवार पहिलो दिन यस क्षेत्रका टिकट बुकिङ्ग गर्नेहरुको खासै भिडवाड नदेखिए पनि राजधानी काठमाण्डौमा भने टिक बुकिङ्ग गर्ने सर्वसाधारणहरुको भिड लागेको थियो ।  देशको सबैभन्दा बढि जनसंख्या चाँप भएको काठमाण्डौबाट बहिरिने यात्रुहरुले दशैको मुखैमा टिकट नपाईएला  भन्ने चिन्ताले अग्रीम बुकिङ्ग गर्ने गरेका छन् । यसको अलवा बुधवारबाट सुरु भएको अग्रीम टिकट बुकिङ्गमा यस क्षेत्रमा पनि विस्तारै भिड बाक्लीदै जाँने यातायात व्यसाय संग सम्बन्धीत व्याक्तिहरुको भनाई रहेको छ ।   यस बर्षको  दशैको लागि पश्चिम नेपाल बस व्यसायी संघले आवश्यक पर्ने स्थानहरुमा अहिले चलिरहेको बसहरुको आवश्यक स्थानमा बसहरु थप्ने योजना बनाएको छ ।‘जुन स्थानमा आवश्यक पर्छ हामी त्यो स्थानमा थप्न हाम्रो गाडीहरु तयार अवस्थामा रहनेछन् । ’–पश्चिम  नेपाल बस व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दधिराम खरेलले भने । उनले  अघिल्लो बर्ष अहिले चलिरहेको अनुपातमा ५० प्रतिशत सम्म बसहरु थप्नको लागि आफुहरु तयारी अवस्थामा रहेको भ

छाडा चौपायालाई उपचार !

Image
कृष्ण खनाल बुटवल, २१ भदौ । तपाइको टोल वा गल्लीमा  चोटपटक लागेर रताम्मे भएका आएका छाडा चौपायहरु देख्नुभएको छ होला । कतिपयले त नजिकै आउछ कि भनेर लाठीले हिर्काउने र भागाउने समेत गनु भएको पनि छ होला ।  विभिन्न कारणले चोट पटक लागि घाउ ईन्फेक्सन भएका छाडा चौपायाहरुको अव उपचार हुने भएको छ । ईन्फेक्सन भएको घाउ लिएर टोल, गल्ली गल्लीमा चौपायाहरु डुल्दा अन्य मानिसहरुमा समेत रोग सर्न सक्ने भएको कारण बुटवलको एउटा क्लवले छाडा चौपायाको उपचारको लागि पहल सुरु गरेको छ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको पहलमा छिटै नै उक्त कार्यको सुरुवात हुने क्लवका अध्यक्ष मनोज मित्तलले जानकारी दिए । उनका अनुसार अहिले पनि बुटवल र यस आसपासमा कारिव ५० वटा जति छाडा चौपायाहरु विरामी अवस्थामा हिडडुल गर्ने गरेका छन् । क्लवका पुर्व अध्यक्ष बालकृष्ण अर्यालले यस क्षेत्रमा अन्य क्लवहरुले विभिन्न कार्य गर्दै आएकोमा आफुहरुले थप केही नयाँ कार्य गर्न लागेको बताए ।  यस क्षेत्रमा क्रियाशिल विभिन्न उद्योगी, व्यापारी संघ संस्थाहरुको संमन्वयमा अगाडी बढ्ने भन्दै यसको लागि सबैको सहकार्य  जरुरी रहेको जानकारी गराए । वडा प

रुपन्देहीमा खुला दिशा मुक्त अभियान,बाधक बन्यो गरिबी

Image
कृष्ण खनाल बुटवल, २१ भदौ ।  रुपन्देहीको गजेडी गाविस वडा नम्बर ५ मुस्लिम टोलकी ३० बर्षिय रसिद्दनिशा मियाँ अहिले निकै चिन्तीत छन् ।  सरकारी जग्गामा सुकुम्बासासीको रुपमा रहेको उनको टोलमा अहिले सम्म कुनै पनि शौचालय छैन । ८ वटा घर रहेको उक्त मुस्लिम टोलमा करिव १ सय जना भन्दा बढि मानिसहरु बसोबास गर्दछन् । भर्खरै मात्र  एक बर्ष पुग्न लागेको  मियाँको छोरा अहिले बाँबेसर्दै छ । तर गाउमा एउटाको घरमा पनि शौचालय छैन ।  सबै मुस्लिम समुदाय रहेको उक्त टोलमा सौचालय निर्माणको  लागि केही  गाउलेलाई मात्र शौचालय निर्माणको लागि गाउ स्तरिय  सरफाई तथा स्वच्छता संमन्वय समितिले ट्वाईलेट सिट र रिङ्ग दिएको छ  । तर आर्थिक अभावको कारण निर्माण गर्न नसक्ने उनीहरु बताउँछन् ।  नियामियाँ जस्तै उक्त गाउका सैबजना अहिले पनि शौचालयको लागि अर्काको खेतमा जान्छन् ।‘महिला हुँ बच्चा बच्ची बोर खेतमा शौचको लागि जानु पर्छ ज्यादै जोखिम रहेको छ ।’– मियाँले भनिन् –‘रिङ्ग र ट्वाईलेट सिट पाएमा खोलाबाट बाुलवा बोकेर भएपनि ट्वाईलेट बनाउथे तर पाएकी छैन् ।’ मियाँका श्रीमान् गाउ घरमै अर्काको  ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आए

के के गरे एसपी थापाले रुपन्देहीमा ?

Image
कृष्ण खनाल  बुटवल, १९ भदौ । प्रहरी संगठन मै चर्चामा रहेका एसपी विक्रम सिंह थापा आफु जहा जान्छन् त्यहा उच्च मनोवलको साथ काम गर्न उत्साह  जगाउने गर्दछन् ।  राजनीतिक दवाब, आर्थिक प्रभावको कुनै प्रवाह नै नगरी जनताको शान्ती सुरक्षा र अमनचयन  मुख्य पाटो सम्झीने थापा रुपन्देही बस्दा पनि देशकै चर्चाको विषय बनेको काम गर्न सफल भए ।    दंगा प्रहरी गण बुटवलबाट रुपन्देही प्रहरी प्रमुख सरुवा  भएका प्रहरी उपरिÔक (एसपी) विक्रम सिंह थापाको भदौ १२ गते सरुवा भएको छ ।  रुपन्देही प्रहरी प्रमुखको रुपमा रहेका एसपी थापा हालै सरुवा भएर आतंकवाद नियन्त्रण दस्ता काठमाण्डौमा सरुवा भएर गएका छन ।  एक बर्ष जती रुपन्देही प्रहरी प्रमुखको रुपमा रहेका एसपी थापाले राष्ट्रकै सर्वाधिक चर्चाको विषय बनेको ‘डिजेल चोरी काण्ड’को प्रदाफास गरेका थिए ।  sp bikramsaing thapa  यसको अलवा अवैध रुपमा रहेको नदिजन्य पदार्थको पुर्न मुल्यांकन हुुनुपर्ने र अवैध उत्खनन् बन्द गर्नु पर्ने आवाज उठाएका  थापाले अन्नतः अख्तियारबाट नै  अवैध उत्खनन् रोक्ने आदेश समेत गरेको थियो ।  रुपन्देहीमा आउनसाथ पत्रकार सम्मेलनको आयोजना गरी एसप

‘बुद्ध संघ्रालय बन्दै’ ग्रामिण पुस्तकालय

Image
कृष्ण खनाल बुटवल, १७ भदौ ।  पुस्ताकलयमा प्रवेश गर्न साथ व्यवस्थित रुपमा बाल बच्चाहरुको लागि राखिएका खेलकुदका सामग्री त्यहा रमाईरहेका साना बाल बच्चाहरु ।  जो कोही पनि झुक्कीन सक्दछ कतै यो नीजि सुविधा सम्पन्न बोर्डिङ्ग स्कुल वा मन्टेश्वरी स्कुल त होईन ?  लहरै व्यवस्थीत रुपमा राखिएका हजारौ पुस्तकहरु, महिलाहरुको प्रजन्न अंग तथा अवस्थाबारे जानकारी दिने विशेÈ सामग्रीहरु, आधुनिक ईन्टरनेट जजित कम्प्युटर, कार्यक्रमको लागि सभाहल ।  यो कुनै नीजि विद्यालय तथा मन्टेश्वरी गृह नभएर एउटा ‘सामुदायिक पुस्तकालय हो’। रुपन्देहीको रुपन्देहीको पश्चिम Ôेत्र सैनामैना नगरपालिका–१० बाँसगढीमा रहेको ‘लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय’ नमुनाको रुपमा रहेको छ ।  नमुनाको रुपमा रहेको पुस्तकालयालाई अव‘बुद्ध संघ्रालयको रुपमा विकास गर्ने’ वृह्त्तर अवधारणाा विकास गरिएको छ । गौतम बुद्धको जन्म स्थान लुम्बिनी, कपिलवस्तुको तिलौराकोट संग जोडर पाल्पा जो बुद्ध सक्रिटको विचमा रुपन्देहीको सैनामैना बासगढीमा रहेको उक्त पुस्तकाललाई ‘बुद्ध संघ्रालयको रुपमा विकास  गर्न लागिएको अध्यक्ष  युवराज काफ्ले जानकारी दिए । उनका अनुसा

नेताकै घरको शौचालय ‘शिलबन्दी’

Image
कृष्ण खनाल बुटवल, १७ भदौ ।  नेता भनेपछि समाजको अग्रणी स्थानमा आउने व्याक्ति, समुदायका अन्य व्याक्तिलाई समेत सम्झाई बुझाई सौचालय निर्माण गर्नको लागि लागाउने व्याक्ति हुन् । तर तिनै नेताले अहिले घरमा शौचालय  प्रयोग गर्दैन्न  भन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।    पार्टीको गाविस स्तरिय कमिटिका अध्यक्ष समेत रहेका ति नेताले शौचालय त निर्माण गरेका छन् तर त्यसलाई ‘शिलबन्दी गरी’ कोही पनि व्याक्ति भित्र छिर्ने नसक्ने बनाएका छन् भने सौचालयमा  प्रयोग भएको ट्वाईलेट सिट(प्यान) समेत  टिन र ईटाले ढाकेर राखेका छन् । ति नेता हुन मधेसी जनाधिकार फोरम नेपाल रुपन्देहीको गजेडी गाउँ विकास  समितिको  गाउँ कमिटि अध्यक्ष गौरी शंकर सुनार ।   गजेडी गाविसको वडा नम्बर ५ को मसिना टोलमा बस्ने सुनारलाई पटक÷पटक गाउँ स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय समितिले –भि–वासीसी)आग्रह गरेपछि गएको असार महिनामा ट्वाईलेट(चर्पि) निर्माणको काम सुरु गरेका थिए ।  उनले अहिले चर्पी निर्माण कार्य सम्पन्न गरेका छन्  । तर सौचालय प्रयोग गर्नुको साटो उनले सौचालयलाई बोराले बारेर भित्री छिर्ने ठाउमा समेत बोरा सिलाएर सिलबन्दी