Posts

Showing posts from July, 2014

विद्युत महशुल नतिर्नेमा सरकारी कार्यालय अगाडी

Image
बुटवल नगरपालिकाले ६ करोड तिरेन कृष्ण खनाल बुटवल, १२ साउन ।   सर्वसाधारण उपभोक्ताले समयमै विद्युत महशुल नतिर्दा जरिमाना लिने र तुरुन्त विद्युतको लाईन काट्ने नेपाल विद्युत प्राधिकरणले बर्षौ देखि विद्युत महशुल नतिर्ने सरकारी कार्यालयमा कुनै सिक्को भाँच्न सकेको छैन ।  बर्र्षाै देखि लाखौ रुपैयाँ विद्युत बक्यौता नतिर्ने सरकारी कार्यालहरुलाई कारवाहीको कुरा त परै जाओस् लाईन पनि कटिएको छैन । यस्तो प्रवित्तीलाई कतिपय विश्लेकहरुले ‘मुसो मार्न’ नसकेको उपमा समेत दिने गरेका छन् ।  नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखा अन्र्तगतका ३ दर्जन भन्दा बढि सरकारी कार्यालयहरुले बर्षौ देखि विद्युतको महशुल बुझाएका छैन्न तर ति कार्यालयहरुले ढुक्कले विद्युत उपभोग गरिरहेका छन् ।  प्राधिकरण बुटवल शाखा प्रमुख मुगिन्द्र ठाकुरले महशुल नतिर्ने ग्राहकको ६० दिन भित्र लाईन काट्ने गरेको बताउँछन् ।  उनको यो कुरा सर्वसाधारण विद्युत उपभोक्ताहरुमा लागू भएपनि सरकारी कार्यालयमा भने लागू हुुन सकेको छैन  । विद्युत महशुल नतिर्ने  जो सुकै उपभोक्ताको ६० दिनभित्र लाईट काटिने उनको कुरा पत्याउने कुनै पनि आधार देखिद

स्याउले विद्यालयको आधा शतक यात्रा...

Image
कृष्ण खनाल        बुटवल, १० साउन । शुकुम्बासी बस्तीमाबाट सुरु भएको रुपन्देहीको तिलोत्तमा नगरपलिका–२ मा रहेको शंकरनगर दुर्गादत्त उच्च मावि ५० बर्षमा प्रवेश गरेको छ । वि.स.२०२१ सालमा शुकुम्बासी बस्तीमा स्व.चेतकान्त अधिकारीले स्याउलाले बारेर छाप्रोमा विद्यालय सुरु गरेका थिए । सुकुम्बासी बस्ती रहेको कारण पटक÷पटक तत्कालिन सरकारले हटाउने प्रयास  समेत गरेको थियो । तर स्थानियको सक्रियताको कारण सरकारले हटाउन सकेको थिएन् । सोही  विद्यालय अहिले शुविधासम्पन्न भौतिक संरचना निर्माण गरी स्नातक तह को हालै प्रकाशित व्यवस्थापन संकायको परिक्षामा सामुदायिक विद्यालय तर्फ प्रथम भएको छ । वि.स.२०२१ सालमा ‘सारदा प्रथमिक विद्यालय’को रुपमा स्थापना भएको विद्यालय वि.स. २०३० सालमा शंकरनगर निमाविको रुपमा नाम परिर्वतन भएको थियो । त्यपछि वि.स.२०४१ सालमा माध्यमिक तह को पढाई सञ्चालन भएको थियो । त्यस्तै वि.स.२०६३  मंसिर महिनामा भएको महायज्ञबाट स्व. दुर्गा दत्त पाण्डेले २० लाख रुपँैया सहयोग गरी विद्यालयको नाममा आफ्नो नाम जोडेको विद्यालयका सहायक क्याम्पस प्रमुख तथा उच्च मावि संयोजक चन्डी प्रसाद

जागरुक बन्दै ग्रामिण भेगका महिला

Image
कृष्ण खनाल बुटवल, ८ साउन । आजभन्दा करिव २० बर्ष पहिला केरवानी गाविस–९ की निर्माला चौधरी(३८) लाई घर बाहिर निस्कने घरमा अनुमती लिन पर्दथ्यो ।  १२ बर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाधिँएकी  तिनै चौधरी अहिले  ग्रामिण भेगमा काम गर्ने महिलाहरु मध्ये एशियाका उत्कृष्ट ग्रामिण १ सय जना महिला मध्ये एकमा पर्दछिन् ।  केही समय पहिला एसियन् रुलर वुमन कलेक्सन नाम अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले एशियाका १०० जना उत्कृष्ट महिलाको रुपमा सम्मान समेत गरेको छ ।  निर्मला चौधरी अहिले परिर्वतनका लागि कार्यरत महिला समुह(वाच)को अध्यक्ष, तलाऊ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष, आदिवासी जनजाती महासंघ गाउ संमन्वय समितिकी अध्यक्ष, थारु कल्याणकारी परिषद् लगायत करिव एक दर्जन संस्थाहरुमा आवद्ध रहेकी छिन् । एशिया मा टप १०० ग्रमिण महिलामा पर्ने निर्मला चौधरी  उनी एउटा प्रतिनिधि पात्र हुन ।  उनी जस्तै पछिल्लो समयमा रुपन्देहीको केरवानी, सिक्टहन, छोटकीरामनगर, मक्रहर, देवदह गाविसका महिलाहरुमा विस्तारै जागरण पैदा हुदै गएको छ । १०÷१२ बर्ष पहिला कुनै नौलो मानिस गाउँ वा टोलमा देखा प¥यो की घर भित्र ल

रुपन्देही घोषणा पत्र–२०७१ जारी विद्यालय समयमा चर्पीमा ताला नलगाउने प्रतिवद्धता

Image
कृष्ण खनाल बुटवल, ८ साउन ।   के तपाईको विद्यालयमा सौचालय छैन्न या निर्माण गरिएका शौचालयहरुमा विद्यालय समयमा ताला लाई राख्ने गर्नुभएको छ भने ख्याल गर्नुहोला तपाईको विद्यालय कारवाहीमा पर्न सक्ने छ ।  अव रुपन्देही जिल्लामा शौचालय निर्माण नभएका विद्यालयहरुमा वि.स.२०७२ असार मसान्त् सम्म अनिवार्यरुमा शौचालय निर्माण गरिनेछ भने प्रयोग नआएका शौचालयहरु पनि पनि सञ्चालनमा ल्याइने भएको छ । यसको साथै विद्यालय समयमा सबै सौचालयहरु ताला नलगाई अनिवार्य रुपमा राख्नु पर्ने पनि व्यवस्था लागू गरिएको छ ।   ‘सफाई स्वच्छ र सुन्दर विद्यालय रुपन्देहीको सान, सभ्य र क्षमतावान शिक्षक, विद्यर्थी हाम्रो पहिचान ’ भन्ने मुल नाराका साथ अवको एक बर्षमा  सम्पूर्ण  शौचालय नभएका विद्यालयहरुमा शौचालय निर्माण गरी सरसफाई अभियानमा शिक्षा क्षेत्रको योगदान दिने उदेश्यका साथ रुपन्देही घोषणा पत्र २०७१ जारी गरि उक्त कुरा ल्याएको हो ।  जुन घोषण पत्रमा जिल्ला शिक्षा कार्यालयका प्रमुख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, विद्यालय निरिक्षकहरु, विद्यालयका शिक्षक  तथा प्रध्यानाध्यापकहरु, बाल क्लवका प्रतिनिधीहरु, शिक्षक तथा

जिल्ला अदालत रुपन्देहीमा लक्ष्य भन्दा बढि मुद्वा फर्छयौट

Image
कृष्ण खनाल  बुटवल, ४ असार ।  रुपन्देही जिल्ला अदालतले आर्थिक बर्ष २०७०÷०७१ मा लक्ष्य भन्दा बढि मुद्धाको फर्छयौट गर्न सफल भएको छ ।  अदालतबाट अघिल्लो आर्थिक बर्षका १ हजार २ सय ८८ वटा मुद्वा,  नयाँ  पर्ने अनुमान २ हजार २ सय ८ गरी कुल ३ हजार ४ सय ९३ अर्थात ६५ प्रतिशत मुद्धा हुने अनुमान गरेको  थियो । तर उक्त आर्थिक बर्षमा नयाँ  दर्ता  १ हजार ९ सय ६६ मुद्धा दर्ता भएका थिए ।  अघिल्लो अर्थिक बर्षबाट बाँकी रहेका १ हजार २ सय ८८ वटा मुद्धा गरी कुल  जम्मा ३ हजार २ सय ५४ मुद्वा रहेका थिए ।  सोही आर्थिक बर्षमा पाँच वटा ईजलासबाट २ हजार १सय ८५ अर्यात ६७.१५ प्रतिशत फर्छयौट भएका छन । चालु आर्थिक बर्ष २०७१÷७२ का लागि १ हजार ६९  फर्छयौट हुन बाँकी  रहेका छन् ।  अघिल्लो आर्थिक बर्षमा २ हजार २ सय ८ थान मुद्धा नया दर्ता  हुने अनुमान गरिएकोमा १ हजार ९ सय ६६ अर्थात २ सय ४२ थान कम मुद्वा परेका थिए । फर्छयौट तर्फ २ हजार २ सय ७२ अनुमान गरेकोमा २ हजार १ सय ८५ फर्छयौट भएको छन् ।   जिल्ला अदालत रुपन्देहीका मुख्य न्ययाधिश बालचन्द्र शर्माका अनुसार ६५ प्रतिशत मुद्धाको फर्छयौट गर्ने लक्ष्य लिएकोमा ६

लुम्बिनी दुग्घ विकास परियोजनाद्वारा २५ करोडको कारोवार

Image
कृष्ण खनाल   बुटवल, १ साउन ।    अर्थिक बर्ष २०७०/०७१ को अन्त्य सम्म नेपाल दुग्घ विकास संस्थान लुम्बिनी वितरण परियोजनाले करिव २५ करोड बराबारको  दुध तथा दुग्ध जन्य बस्तुहरु विक्रि गरेको छ ।   गाउँ गाँउका किसानहरुबाट दुध खरिद गरी  त्यसलाई प्रशोधन  गरेर संस्थाले स्थानिय स्तरमा र काठमाण्डौमा दुध विक्रि वितरण गर्दै आएको छ ।  अघिल्लो आर्थिक बर्षको जेठ महिना सम्ममा १६ करोड ८९ लाख ३९ हजार ८ सय १ रुपैंया ३७ पैसा बराबरको  विक्रि गरेको छ । त्यस्तै स्थानिय स्तरमा लुम्बिनी दुग्ध वितरण परियोजनाबाट स्थानिय स्तरमा ९ करोड ४० लाख ७५ हजार ६ सय ५ रुपैया ६४ पैसा बराबरको दुध तथा दुग्धजन्य वस्तुहरु विक्रि गरेको छ ।  नेपाल दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजनाका  लेखा संयोजक रुद्र बहादुर कार्कीका अनुसार  संस्थानले ५ करोड ८६ लाख २ हजार १ सय ६२ रुपैया १३ पैसाकोको दुध विक्रि गरेको छ ।  त्यस्तै ध्यू १ करोड ४८  लाख १ हजार ७ सय ३७ रुपैया १५ पैसा, बटर २१ लाख ५५ हजार ७ सय २१ रुपैया २३ पैसा, ८९ लाख २ हजार ३ सय ९९ रुपैया ५० पैसा, चिज२९ लाख ९३ हजार ७ सय ३३ रुपैया ६१ पैसा, पनिर ५० लाख ८९ हजार ५ सय ४९

३१ बर्षमा १३ वटा संस्थाको प्रमुख

Image
अपाङ्गताभएका व्याक्तिको  सफलताको कथा कृष्ण खनाल  बुटवल, ३२  असार ।  कास्की जिल्लाको रुपाकोट गाविस–६ रुपातालमा जन्मीएका नवराज अधिकारी अहिले अपाङ्गता भएका व्याक्तिहरुको विचमा  उदाहरणिय बनेका छन् ।  जन्मेको ८ महिनामा आगोले जलेर दुबै खुट्टा गुमाएका अधिकारी अहिले ३१ बर्षको उमेर सम्म आउदा १३ वटा भन्दा बढि संस्थाहरुमा आवद्द रहेका छन् । कास्की जिल्लमा सफल मौरी पालक कृषकको रुपमा समेत आफ्नो पहिचान बनाएका उनीशिक्षण समेत  गर्दछन् र एउटा सफल सञ्चारकर्मी पनि हुन ।     आगोमा जलेर उनको दुईवटा खुट्टा गुमेको छ । तर  अहिले उनी कृतिम खुट्टा प्रयोग गरेर अहिले हिडँडुल गर्ने गर्दछन् ।  हाल लेखनाथ नगरपालिका–१४ कास्कीको सातमुहाने रुपातालमा बसोबास गर्दै आएका अधिकारीले  वि.स.२०५६ सालमा सृजनशिल अपाङ्ग समाज स्थानपाना गरि त्यो संस्थालाई अहिले निरन्तरता दिएका छन् । उनि भन्छन्–‘अपाङ्गता हुदैमा हाम्रो क्षमता गुमेको हुदैन, हिम्मत र  मिहिनेत गरेमा अन्य सवलाङ्ग व्याक्ति सरह जिवन यापन गर्न सक्छौ ।’  आफ्नो संस्था मार्फत कास्की र तनहँु जिल्लाका विभिन्न अपाङ्गता भएकाका लागि हक अधिकारको बारेमा करिब

ब्रेलमा पत्रकारिता

Image
कृष्ण खनाल बुटवल, ३१ असार ।  कपिलवस्तु जिल्लाको दोहनी गाविस  वडा नम्बर–४ मैनिहवाका ओरिराम चौरासीया घर देखि करिव पौने २ घण्टाको पैदल हिडेर  रेडियो कपिलबस्तुमा  आउने गर्दथे ।  पुर्ण रुपमा दृष्टिविहिन उनी कपिलबस्तु जिल्लाका क्रियशिल पत्रकार हुन् । ब्रेलमा नै समाचार बनाएर पढ्ने र विभिन्न कार्यक्रमको ढाँचा(स्कृप्ट) पनि ब्रेलमा नै बनाउने चौरासिया विगत ३÷४ महिना देखि कपिलवस्तुकै रेडियो तिलौराकोटमा कार्यक्रम संयोजक को रुपमा कार्यरत रहेका छन् ।   उनी आफ्नो घर मैनहियाबाट करिव १ घण्टा पैदल हिडेर रेडियो तिलौराकोटमा आउँछन् । बर्सातको समयमा उनी आउने बाटोको विचमा नदी रहेको छ, जुन उनको लागि कायौ पटक बाधक पनि बन्ने गरेको छ । ह्वाईट क्यान अर्थात सेतो छडीको साहराले हिड डुल गर्ने चौरासीयले यसरी नै कलिवस्तुमा  रेडियो पत्रकारिता गरेको करिव ५ बर्ष भन्दा बढि भईसक्यो । एका विहानै ७ बजेको कार्यक्रमका लागि उनी घरबाट पैदली हिडेर रेडियोमा आउदछन्, जुन उनको नियमति दैनिक कार्यक्रम पनि हो ।  बुटवल टुडे संगको कुराकानीमा उनले  भने –‘‘कुनै कुनै समाचार बे्रलमा बनाएर पढ्दा कहिले काहीँ ढिलो पनि हुन्छ, मैले

रुपन्देहीका ७७ प्रतिशत घरधुरीमा शौचालय

Image
कृष्ण खनाल   बुटवल, असार ३० । सन् २०१७ सम्म रुपन्देहीलाई खुला मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत अहिले धमाधम शौचालय निर्माण गर्ने र  खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम जारी रहेको छ । आर्थिक बर्ष आर्थिक वर्ष २०७०÷०७१ मा १५ हजार शौचालय निर्माण गरिएको छ । सरसफाई गुरुयोजनापूरा गर्न शुरु गरिएको अभियान अन्र्तगत शौचालय निर्माणलाई तिब्रता समेत दिइएको छ । यो आर्थिक वर्षमा ४ वटा गाविस खुला दिसामुक्त समेत बनेका छन् । रुपन्देहीमा चालु आर्थिक वर्षको अन्त्यसम्म ७७ प्रतिशत घरमा शौचालयको पह“ुच पुगेको छ । जिल्लालाई सन् २०१७ सम्ममा खुला दिसामुक्त बनाउन अभियान सञ्चालन गरेको ६ वर्षको अवधिमा ७७ प्रतिशत घरमा चर्पी बनेका हुन । खुला दिशामुक्त बनाउने अभियान सुरु गर्ने अवधिमा जिल्लाका ४५ प्रतिशत घरमा मात्र शौचालय थिए । ‘स्वच्छ गाउ“ सफा सहर स्वस्थ राष्ट्र हाम्रो रहर’ भन्ने मूल नाराका साथ नेपाल सरकारको गुरु योजना अनुसार सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खुला दिशामुक्त बनाउने सरकारको अभियान छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले सोमबार बुटवलमा सञ्चारकर्मीहरुस“ग अन्तरक्रिया

उद्योगी भन्छन्– ‘बजेट कार्यान्वयनमा बढि जोड दिनुपर्दछ’

Image
कृष्ण  खनाल बुटवल, २९ असार ।  सरकारले आर्थिक बर्ष २०७१÷०७२ को बार्षिक बजेट आईतबार सार्वजनिक गरेको छ । बजेट सार्वजनिक भए लगत्तै यस क्षेत्रका विभिन्न उद्योग व्यापार तथा बाणिज्य क्षेत्रका प्रमुखहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् ।  समग्रमा उद्योग व्यवसायीहरुको हितमा बजेट आएको भन्दै बजेट  ल्याउनु मात्रै कुनै ठुलो कुरा नभएर कार्यान्वयनको पक्ष बलियो हुने उद्योग बाणिज्य क्षेत्र  सम्बन्धी व्याक्तिहरुले बताएका छन् ।   बुटवल  उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले यस पटकको बजेटमा उद्योग व्यवसायीको क्षेत्रमा केही राम्रा सूचकहरु देखा परेको  बताएका छन् । बुटवल टुडेसंगको कुराकानीमा अध्यक्ष श्रेष्ठले बुटवल र यस आसपासका विभिन्न क्षेत्रहरुलाई बजेट ले समेट्ने प्रयास गरेको भन्दै बजेट स्वागत  योग्य भएको बताएका छन् ।  बुटवल नजिकै मोतिपुर गाविसमा निर्माण गरिने भनिएको मोतिपुर औद्योगीक क्षेत्रको डिपिआर अध्ययन प्रक्रिया तत्कालै सुरु गर्ने गरी बजेट भाषणामा उल्लेख हुनु राम्रो कुरा भएको उनको पहिलो तर्क रहेको छ । उनले उर्जा संकट कम गर्न भन्दै सरकारले लोडसेर्डिङ्ग अन्त्य गर्न

रुपन्देहीमा दृष्टिविहिनको संख्या १० हजार ४८

Image
कृष्ण खनाल बुटवल, २६ असार ।  रुपन्देही जिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको यथार्थ तथ्यांक छैन । केही बर्ष अगाडी आर्थिक बर्ष वि.स. २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समितिले रुपन्देही जिल्लामा  ५ हजार ७ सय ५२ जना अपाङ्गता भएका व्याक्तिहरु भएको तथ्यांक सार्वजनिक गरेको थियो ।  हालै  रुपन्देहीमा रुपन्देही नेत्रहिन  संघ र नेत्रहिन पुर्नस्थापना कार्यक्रमले रुपन्देहीका विभिन्न गाविस, वडा तथा नगरपालिकामा घर घरमा गएर संकलन गरेको तथ्यांक अनुरसार १० हजार ४८  जना दृष्टिविहिन तथा अल्प दृष्टिविहिन रहेको पाइएको छ ।  नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका कार्यक्रम संयोजक प्रेम महर्जजनका अनुसार रुपन्देही जिल्लामा २ हजार १ सय १ जना निको नै नहुने खालको दृष्टिविहिन रहेका छन् । निको नै नहुने दृष्टिविहिनहरुमा १ सय १ सय ३३ जना महिला दृष्टिविहिनहरु रहेका छन् ।  नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका संयोजक प्रेम महर्जनका अनुसार १ हजार भन्दा केही बढि निको नहुने खालको  दृष्टिविहिन भएका महिलाहरु भएकोमा अन्य दृष्टिविहिनहरुको भने उपचार पश्चात निको हुने अर्थात आँखा देख्न सक्ने हुनेछन् । उ

चालकको लापरवाही र तिब्रगतीले बढि दुर्घटना

Image
कृष्ण खनाल बुटवल, २४ असार ।  कुनै पनि दुर्घटना को कारण सबैभन्दा बढि चालकको लापरवाहीको कारण हुने गरेको पाइएको छ ।  यातायातसंग सम्बन्धीत विभिन्न व्यावसायीक संघ संस्थाहरु तथा प्रहरी प्रशासनबाट पटक–पटक सवारी साधन चालकहरुलाई प्रशिक्षण तथा तालिम प्रदान गर्ने गरेको भएपनि दुर्घटनामा कमी आउन सकेको छैन ।  पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमाञ्चलमा ३ बर्षमा २ हजार ८ सय ६० दुर्घटना भएका छन् ।  आर्थिक बर्ष  वि.स.२०६८÷०६९, ०६९÷०७० र ०७०÷०७१ को  जेठ महिना सम्म २ हजार ८ सय ६० वटा साना  ठुला दुर्घटना भएका छन् । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरीकार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष ०६८÷६९ मा १ हजार २  सय ७ वटा, ०६९÷०७० मा ८ सय ६९ वटा र आर्थिक बर्ष २०७०÷०७१ मा जेठ सम्म ७ सय ८४ वटा दुर्घटना भएका हुन् ।  ति दुर्घटनाबाट १ हजार ४ सय ३ जना मानिसको ज्यान गएको छ । पश्चिम क्षेत्रीय  ट्राफिक प्रहरी कार्याललय बुटवलका प्रमुख एसपी शुनिल कुमार यादवका अनुसार आर्थिक बर्ष आर्थिक बर्ष २०६८÷६९ मा  ५ सय १ जनाको  दुर्घटनाको कारण मृत्यु भएको छ । त्यस्तै ०६९÷०७०मा ४ सय ६४ जना र आर्थि