Posts

Showing posts from June, 2014

प्रजनन् स्वाथ्यमा खुल्दै अपाङ्गता भएका व्याक्तिहरु

Image
कृष्ण खनाल  बुटवल, १५ असार ।  ‘हस्तमैथुन भनेको  के हो? यो गर्दा के मानिस दुब्लो हुन्छ भन्छन् नी ? खास कुरा  केहो ? ’  मेटाकाडमा लेखिएको सहभागीको ले लेखेको जिज्ञासा पढ्दै थिईन रुपन्देहीको सालझण्डी गाविसकी गिता रेग्मी । प्रशिक्षको रुपमा रहेका बिमल पौडेले यसको जवाफ दिने प्रयत्न गर्दै भने–‘ कुनै पनि यौन प्रजन्न अंगहरु  छोएर, चलाएर वा कुनै बस्तु रगडेर  यौन आनन्द लिनुलाई हामी हस्तमैथुन भन्छौं यसको कुनैपनि असार हुदैन, लिंग टेडो हुन्छ भन्ने कुरा हावादारी कुरा मात्र हो ।’ यो संवात्मक दृश्य आईतबार रुपन्देहीको सैनामैना नगरपालिकाको पर्रोहाको मुर्गियामा भएको कार्यक्रममा परिवारका सदस्यहरु समेत बसेर छलफल गर्दै थिए ।  रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रको आयोजनामा ‘अपाङ्गता भएका व्याक्तिहरुको लागि ‘प्रजनन स्वाथ्य सम्बन्धी  अभिमुखीकरण कार्यक्रमा उक्त कुराहरु व्याक्त भएका हुन ।  कार्यक्रममा प्रशिक्षक विमल पौडेल पुर्णरुपमा  दृष्टिविहिन हुन । रुपन्देहीको रुद्रपुर गाविस–८ का उनी संगै उनका भाई निर्मल पौडेल, बुहारी कविता पौडेल समेत उक्त कार्यक्रममा सहभागी थिए । निर्मल पौडेल  पनि पुर्णरुपमा दृष्ट

सित्तैमा प्लस टु पास !

Image
कृष्ण खनाल बुटवल, १३ असार । तपाईंले भर्खर मात्रै  एसएलसी परिक्षा पास गर्नुभएको छ ।  अव प्लसटुमा के अध्यनगर्ने भन्ने सोँच बनाईराख्नु भएको होला । तर क्याम्पसमा भर्ना हुनको लागि अझै केही दिन तपाई हतार नर्गदा पनि हुन्छ ।  केही थोरै मिहिनेत गर्नुभयो भने तपाई“ले प्लस टु अर्थात कक्षा ११ र १२ मा पुर्णरुपमा निःशुल्क अध्ययन गर्न पाउनुहुनेछ । कुनै पनि सामुदायिक विद्यालयबाट तपाईं ले एसएलसी पास गर्नुभएको हो भने अझ सहज हुनेछ । कारण हो उच्च माध्यमिक शिक्षा परिषद्बाट प्रदान गरिने  पुर्ण छात्र वृत्ति । उच्च माध्यमिक शिक्षा परिषद्ले कुनै पनि उच्चमाविमा भर्ना भएका विद्यार्थीसंख्याको  ५ प्रतिशत विद्यार्थीहरुलाई पुर्ण रुपमा निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ ।  जुन  व्यवस्था उच्च माध्यमिक शिक्षा परिषद्बाट  समबन्धन लिदाँ सम्पूर्ण उच्च माविहरुले कबोल गरेको कुरा हो । छात्रवृत्तिका लागि यहि असार २८ गते भित्र शिक्षा, मानविकी , व्यवस्थापन तथा विज्ञान संकायमा उच्च शिक्षा अध्ययन गर्ने तयारी गरिरहेको विद्यार्थीहरुले उच्च माध्यमिक शिक्षा परिषद्को कार्यालयमा गएर निवेदन दिनु पर्दछ ।   सामुदायिक विद्यालय

सिपले बनायो आत्मनिर्भर

Image
कृष्ण खनाल बुटवल, ६ असार । अर्घाखाँची जिल्लाको पणेना गाविस वडा–९ का दिपक परियार जन्मीएमा कुनै खोट थिएन । जव उनी सात बर्षको भए,तव उनको जिवनमा जिवनकै अविस्मरणीय घटना घट्यो । दुर्घटनामा परी उनी घाईते मात्र भएन्न बायाँ खुट्टा समेत सदैका लागि गुमाए ।  त्यसपछि शररिक अपाङ्गता भएकाउनले  रुपन्देहीको सालझल्डीमा कयौ बर्ष मागेर जिविको पार्जन गरेका थिए । तिनै अपाङ्गता भएका दिपक परियार अहिले सक्षम भएका छन्  । कारण हो उनले धारणा गरेको सिप । फर्निचर बनाउनको काम गरेका  उनले  विगत ५ बर्ष यता फर्निचर उद्योग सञ्चालन गरि राम्रो आम्दानी गर्दै आएका छन् । २४ बर्षिय परियार यसको अलवा उनले अहिले विभिन्न निर्माणको ठेक्का लिने समेत काम गर्दछन । बायाँ खुट्टा दुर्घटनाको कारण गुमाएका उनी बैशाखीको सहारमा हिडडुल गर्ने गर्दछन् । शुक्रवार साझण्डीको एक कार्यक्रममा भेटिएका उनले आफ्नो विगत सम्झीदै भने–‘पहिला मागेर खान्थे सबैले हेला गर्दथे तर अहिले श्रम बेचर जिविको चलाईरहेको छु सबैले माया गर्दछन् ।’ अहिले फर्निचर उद्योगबाट उनले मासिक रुपमा खर्च कटाएर करिव ३० हजार रुपैँया बचत  गर्दछन् । उद्योगको आम्दानीबाट नै

आघा दर्जन राष्ट्रिय खेलाडी भएको जिल्लामा क्रिकेट मैदान अभाव

Image
कृष्ण खनाल बुटवल, १२ असार । केही समय आगाडी बंगलादेशमा सम्पन्न टि–२० विश्वकप क्रिकेट प्रतियोगीतामा सहभागीता जनाउने अन्र्तराष्ट्रिय खेलाडीहरु, शक्ति गौचन, राहुल विश्वकर्मा, सागर पुन, बसन्त रेग्मी र अमृत भट्राई सबै रुपन्देहीका हुन् । यि क्रिकेटरहरुले आफ्नो क्रिके  जिवनमा अभ्यास बुटवलमा गर्न पाएन्न । बुटवलको दिपनगरमा घर भएका राहुल विश्वर्माले आफ्नो अभ्यासको लागि कित भैरहवा नै धाउनुपर्दथ्यो कि त काठमाण्डौमा नै । अन्र्तराष्ट्रिय खेलाडीहरुले बुटवलमा क्रिकेटको अभ्यास विना नै अन्र्तराष्ट्रिय स्तरको खेलमा राम्रो  प्रर्दशन गर्न सफल रहे । बुटवलमा क्रिकेट मैदानको अभावको कारणले गर्दा यि राष्ट्रिय खेलाडीहरुले अभ्यास बुटवलमा गर्न पाएन्न नै अवको पुस्ताले पनि बुटवलमा क्रिकेटको अभ्यास गर्न नपाउने करिब निश्चित जस्तै छ । बुटवलमा अहिलेसम्म कुनै पनि स्तरिय क्रिकेट मैदान छैन । बुटवल क्रिकेट विकास समितिले  बुटवल र यसय आसपासमा क्रिकेट मैदान  निर्माण गर्नुपर्दछ भनेर पहल थालेको करिव एक बर्ष  हुनलागेको छ । तर अहिले सम्म पनि क्रिकेटको लािग कुनैै पनि मैदान उपलब्ध हुन सकेको छैन । अन्र्तराष्ट्रिय क्रिकेटर खेला

जग्गा कब्जा गर्ने तर भवन नबनाउने

Image
कृष्ण खनाल बुटवल, ३ असार  ।   ‘लायन्स क्लव ईन्टर नेशनल डिष्ट्रीक ३२५ बि २’ ‘ तिलोत्तमा लायन्स तथा लाईनेश क्लव अपाङ्ग सेवा केन्द्र निर्माणाधिन भवन निर्माण स्थल’ बुटवल–६ नेपाल खानेपानी संस्थान नजिक यस्तो प्रकारको होर्डिङ्ग बोर्ड टाँसीएको करिव ४ बर्ष  भन्दा बढि भएको छ ।   होर्डिङ्ग बोर्डमा भवन निर्माण स्थल लेखिएको भएपनि  भवन निर्माणको कुनै पनि सुरसार तथा अत्तो पत्तो छैन ।   होर्डिङ्ग बोर्ड टाँसेर सार्वजनिक ‘जग्गा कब्जा’ गरेको तिलोत्तमा लायन्स तथा लाईनेश क्लवले अहिले सम्म भावन निर्माणको गरेको छैन ।   यो एउटा उदाहरण मात्र हो । बुटवल नगरपालिकामा विभिन्न सामाजिक उदेश्यको लागि भनेर विभिन्न संघ सस्थाले सार्वजनिक जग्गामा कब्जा गर्ने गरेको भएपनि भवन निर्माण गर्ने तर्फ कुनै  पनि ध्यान दिएको पाईदैन । बर्षौ सम्म  ‘भवन निर्माण स्थल’ तथा ‘भवन निर्माणाधिन स्थान’  लेखेर बोर्ड टास्ने गरेपनि   कयौ संघ सस्थाहरुले भवन निर्माण गर्ने गर्दन्न । विभिन्न आर्थिक पाटोलाई देखाउदै  उनीहरुले भवन निर्माण गर्न नसकेको र  निर्माण प्रक्रियामा रहेको भनेर उम्कीन्छन् ।  जसको कारण  बास्तविक समाज सेवाको काम गर्

रुपन्देहीमा सभ्यताका सुुचाकांङ्क थपिदै

Image
कृष्ण खनाल  बुटवल, ४ असार  ।  चार बर्ष पहिले रुपन्देही जिल्लाको सभ्यता र मानव सुचाकांक १ मात्र थियो । रुपन्देही जिल्लाको पहिलो खुला दिशा  मुक्त गाविसको रुपमा घोषणा भएको शंकरनगर गाँउ विकास समितिले वि.स.२०६७ सालमा जिल्लालाई मानव विकासको पहिलो सुचाकांक प्रदान गर्नमा  सहयोग गरेको थियो ।  चार बर्ष पछि उक्त गाविसले तिन वटा सुचांकाक प्राप्त गरि सकेको छ । पुर्ण साक्षर गाविस, पुर्ण खोप युक्त गाविस र खुला दिशा मुक्त गाविस  घोषणा भएको एक मात्र गाविस शंकरनगर गाविस हो ।  यसको अलवा जिल्लामा अहिले एक वा दुई भन्दा बढि शुचकांक  हासिल गरिरहेका छन्  भने अझै ६० वटा गाविस  खुला दिशा मुक्त गाविस घोषणा हुन सकेका छैन्न । तर यि गाविसहरुमा अहिले  शौचालय निर्माणको कामहरु धमाधम भैरहेको जिल्ला खानेपानी तथा सरसफाई स्वाच्छा संमन्वय समितिका अध्यक्ष तथा रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालले  बताउँछन् ।  सन् २०१७ (वि.स.२०४२ साल) सम्म नेपाललाई खुला  दिशा मुक्त गर्ने अभियान नेपालभर चलेको छ । सोही अनुसार  रुपन्देही जिल्लामा पनि  खुल्ला दिशा मुक्त जिल्ला बनाउने अभियानमा ‘हाम्रो घरमा चर्

कसरी पुगिन नेपाली छोरी तेरिया टप ५ मा ?

Image
कृष्ण खनाल  बुटवल, २४ जेठ ।  पुस महिनाको सिरेटोमा एका विहानै रुपन्देहीको रुद्रपुरबाट मोटरसाईकलमा नातिनी तेरिया मगरलाई लिएर बुटवलको बागेश्वरी संगितालयमा नृत्य सिकाउन आउँदा ६२ बर्षिय कृष्ण बहादुर फौजामगरको सरिर हुस्सुले पुरै सेताम्मै हुन्थ्यो ।  जाडोको कुनै प्रवाह नगरी आफ्नी  नातिनीको नृत्य प्रतिको सौखलाई हजुरबुबा कृष्ण बहादुरले कहिल्यै मर्न दिएन्न । विहानको चिसो सिरेटोमा रुद्रपुर गाविस–३ सुनगावाचोकबाट बोकेर उनले बुटवल–११ मिलनचोकमा रहेको बागेश्वरी संगीतालयमा ल्याउथे, अनि नृत्य सिकाएपछि घरमा लैजान्थे । तिनै तेरिरया फौजा मगर अहिले भारतिय चर्चित टेलिभिजन ‘जि टि भी’ ‘डान्स ईन्डीया डान्स(डिआईडी–लिटील मास्टर सिजन–३) को टप ५ मा पर्न सफलभएकि छिन् । सानै देखि नृत्यमा औधी रुचीराख्ने  तेरियाकी आमा अनिता फौजामगर पनि राम्रो नृत्यंगना हुन् ।  धेरै जसो जीटिभी हेर्ने र ‘एक दिन म पनि जि टिभिमा जान्छु रु अरु जस्तै नाच्छु’ भन्ने  संकल्प लिएकी  तेरियालाई  यहासम्म ल्याउनको लागि उनका हजुरबुबा कृष्ण बहादुर फौजा मगरको ठुलै योगदान   गरेका छन् ।  वि.स. २०६७ सालमा ईको जापानिज कम्पनीले रुपन्देहीको

उप–महानगरपालिकाको बाटोमा बुटवल

Image
कृष्ण खनाल बुटवल, २४ जेठ । जनसंख्याको वितरण र आर्थिक स्रोतको कारण उप–महानगरपालिकाको मापदण्डमा पुरा नभएको बटवल नगरपालिका मा  अव उपमहानगर पालिका बन्ने आधारहरु पुरा भएका छन ।  उपमहानगर पालिका भित्र हुनुपर्ने आवश्यक वडाको संख्या,  आवश्यक जनसंख्या र उपमहानगर पालिका भित्र हुनुपर्ने आर्थिक आम्दानीको आयस्रोत पुरा भएको बुटवल नगरपालिकाले जनाएको छ । शुक्रवार रुपन्देहीका दुई वटा गाविसहरु गाविएपछि उपमहानगर पालिका बन्ने मार्ग प्रसस्त्र भएको हो । बुटवल पश्चिमको छिमेकी गाविस सेमलार र मोतिपुर गाविस बुटवल नगरपालिका भित्र गाभिने सहमती राजनीतिक दलहरुको विचमा भएको छ । स्थानिय स्तरबाट जनमानिसहरुले पटक÷पटक  बुटवल नगरपालिका भित्र गाभिनु पर्ने आवाज उठेको थियो भने बुटवल नगरपालिका राजनीतिक दलहरुले पनि  मोतिपुर र सेमलार गाविसलाई बुटवल नगरपालिकमा गाभ्न आतुर थिए । बुटवल नगरपालिकामा बरिष्ठ अधिकृत विष्णु प्रसाद खनालका अनुसार शुक्रवार बुटवल नगरापलिकामा विभिन्न राजनीतिक दलहरुको विचमा सर्वपक्षिय सहमती भएपछि सेमलार र मोतिपुर गाविस गाभिने पक्का भएको जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘उताबाट

काटिएका रुखलाई लुम्बिनीमा ‘पुर्नरजन्म’

Image
कृष्ण खनाल  बुटवल, २२ जेठ ।  तपाईंले ‘बुटवल– वलहिया व्यापारीक मार्ग’ विस्तारको क्रममा सडकको दायाँ–बाँया किनारका कयौं रुखहरु काटिएको देख्नुभएको होला । ति काटिएका रुख कहाँ गए होला भन्ने जिज्ञासा  जो कोहिको मन पनि उठ्न सक्छ । व्यपारीक मार्ग विस्तारको क्रममा काटिएका रुखहरु अहिले पनि बाँचिरहेका छन ।  सुन्दा पनि अचम्म लाग्न सक्छ एक पटक काटिएका रुख कसरी बाँच्न सक्छ । तर कुरा सत्य हो गत बर्ष बुटवल–बेलहिया व्यापारीक मार्ग विस्तारको क्रममा काटिएका कयौं रुखहरु अहिले लुम्बिनीमा बाँचीरहेका छन ।  थाईल्याल्डका  केही वनविज्ञ तथा वन प्रविधीज्ञहरुको टोलीले अहिले लुम्बिनीको ‘थाई विहार’मा धमाधाम काटिएका रुखहरु जगाईरहेको छ । निश्चित प्रविधीको प्रयोग गरी रुखको जारा सहित उखेलेर लगेर गत बर्ष रोपिएका रुखहरु  अहिले हराभरा भएका छन् ।  नेपाल मै पहिलो पटक थाईल्याण्डका वन प्राविधीक ‘तु थांस’को पहलमा  लुम्बिनीमा करिव ५० भन्दा बढि पुराना ‘माउ रुख’ हरुले पुर्नजिवन पाएका छन् । यस बर्ष ‘थाई मोनिष्ट्री’मा ३५ वटा र  कपिलवस्तुमा ७ वटा रुखहरु  सोही प्रविधी  अनुसार रोपेर हुकाईएको छ भने अघिल्लो बर्ष रोपीएका १७ वटा

महिनाभर पढाएको तलब २४ सय मात्र

Image
कृष्ण खनाल बुटवल, २१ जेठ । एउटा प्रथमिक तह अध्यापन गराउने शिक्षकको तलब कति हुन्छ ? पछिल्लो समयमा नेपाल सरकारले तोकेको वेशिक तलव १३ हजार भन्दा बढि छ । तर रुपन्देहीको बुटवल नगरपालिका भित्रको एक विद्यालयमा अध्यापन गराउने शिक्षिकाले विगत ५ बर्ष देखि २ हजार ४ सय रुपँैया पाउदै आएका छन् । बुटवल–४ मैनाबगरको श्रीरामनगर टोलमा स्थानियको सक्रियतामा वि.स.२०६६ सालमा स्थापना भएका े‘मैनाबगर प्रथमिक विद्यालयका’ दुई वटा शिक्षीकाहरुले मासिक २ हजार ४ सय रुपैया र प्रध्यानाध्यपक ले २ हजार ८ सय  रुपैया तलब खादैँ आएका छन् ।   विद्यलय परिषरमा अस्तव्यत्त रुपमा छरिएका निर्माण सामग्री ६ कोठाको एक एनजिओले निर्माण गरिदिएको भवन विद्यालयको सम्पत्ती यति हो । विभिन्न क्लवको सहयोगमा डेक्स र बेन्च समेत  व्यवस्था गरिएको छ ।  एक कक्षा देखि तिन कक्षा सम्म अध्यापन हुँदै आएको उक्त विद्यालयमा ४४ जना विद्यार्थीहरुले अध्ययन गर्दैै आएका छन् । ती मध्ये करिव ९० प्रतिशत विद्यार्थी दलित रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप प्रधानले विद्यालय सञ्चालनको लागि समस्यै समस्या रहेको बताए । उनले भने–‘तीन जना शिक्षीकाले

ह्वील चियरमा विश्व भ्रमणगरी रेकर्ड राख्ने योजना

Image
कृष्ण खनाल बुटवल, १९ जेठ । वि.स.२०५७  साल तेज बहादुर कार्कीको लागि अभिषाप बन्यो । काठमाण्डौबाट धादिङ्गको  जोगिमाराको लागि हिडेका उनी जोगिमारा नजि कै उनले चलाएको बस दुर्घटना भयो । करिव ४ सय मिटर तल खसेको बस दुर्घटनाबाट उनी बाच्न त सफल भए तर सदैका लागि उनले दुबै खुट्टा गुमाए । ‘दुबै खुट्टा  गुमाएपछि मुढा जस्तै भएको थियो जता  पल्टायो उतै पल्टीले’ सोमबार बुटवलमा ह्वील चियरबाटै विश्व भ्रमणको अठोट लिएर आएका उनले पत्रकार सम्मेलनमा भन्दै थिए–‘अपाङ्गता हुदैमा कोही कमजोर हुदैन साहास गरेर  शान्तीको सन्देश छर्न विश्व भरको यात्रामा निस्केको छु ।’ शान्तीको कामना सहित नेपालको झण्डा लिएर उनी अवको १४ बर्षमा विश्व भ्रमण पुरा गर्नेछन् । ओखलढुङ्गा जिल्लामा जन्म भई अहिले काठमाण्डौमा बस्दै आएका तेज बहादुर कार्की अहिले  ५० भए । पहिला बसको ड्राईभर रहेका उनीको उपचारको लागि करिव ४ बर्ष लागेको थियो । अहिले उनी ह्वील चियरबाट विश्व भ्रमण गरी ‘वल्ड गिनीज बुकमा रेकर्ड कायम गर्ने ’  गर्ने उदेश्यका साथ हिडेका छन् । कार्कीले यो ह्वील चियरको यात्रा नेपालमा वि.स.२०६१ साल जेठ ४ गते सुरु गरेका थिए । नेपालको ७५  वटै

ओभरहेड ट्याङ्गी निर्माणपछि खानेपानीको आशा

Image
कृष्ण खनाल बुटवल, १९ जेठ ।   आज भन्दा करिव ७ बर्ष अगाडी बुटवल नगरपालिका–४ श्रीरामनगर टोलकी लिलादेवी पुनको दैनिकी एक गाग्रो खानेपानीको लागि करिव एक घण्टामा पाखापानी धाउनु पर्दथ्यो । नजिकै तिनाउ खोला भएपनि  नुहाउन र धुनको लागि खोलको पानी  प्रयोग गर्ने उनी खानेपानीको लागि भने पाखापानी धाउनुको विकल्प थिएन् । त्यसको ठिक  २ बर्ष  उनको दैनिकीमा  केही परिर्वतन आयो । उनी एक गाग्रो पानीको लागि पाखापानी धाउने दिन गए । कारण थियो स्थानियको सक्रियातामा बुटवल–४ मैनावगरको श्रीरामनगर टोल ‘श्री मैनावगर प्रथमिक विद्यालय’को परिषरमा बोरिङ्ग गाडियो । खानेपानीको समस्या त सामाधान भयो तर बाधक बन्योःलोडसेर्डिङ्ग । लाईन (विद्युत) आएको बेलामा मात्र  पानी  आउने र लाईन नआएको बेलामा पानी नआउने समस्याको कारण विगत ५ बर्ष देखि स्थानियहरु आजित भएका थिए । स्थानिय ६४ बर्षिय लिला देवी पुनले आफ्नो विगत सम्झीदै खानेपानीको लागि कहिलेकाही पाखापानीमा  पानी नआउदा तिनाउ खोलाको  पानी खानुपर्ने बाध्यता रहेको बताईन् । उनले भनिन्–‘खाने पानीको लागि कि त पाखापानी नै जानुपर्दथ्यो की त तिनाउखोलाको पानी नै खानु पर्दथ्यो ।’ उनले  क

रुपन्देहीमा दुध प्रसोधन केन्द्रको अभाव

Image
कृष्ण खनाल  बुटवल, १८  जेठ ।  गर्मीको मौसममा रुपन्देही लगायतका विभिन्न जिल्लाहरुमा किसान, दुध व्यासायी तथा डेरीहरुलाई उपभोक्ताकोमा दुध पु¥याउन हम्मे हम्मे पर्दछ । तर बर्षातको समयमा भने उपभोक्ताको  माग भन्दा दोब्बर बढि दुध उत्पादन हुने गर्दछ । तर किसानहरुले भने सस्तो दरमा दुध विक्री गर्न बाध्य हुने गर्दछन् । रुपन्देही जिल्लामा दुध प्रसोधन गरी, पाउडर दुध तथा अन्य दुधका परिकार बनाउने प्रशोसन केन्द्र नभएको कारण बढि भएको दुध उपभोग हुन सकेको छैन ।   नेपाल डेरी व्यवसायी एशोसियनका पश्चिमाञ्चल क्षेत्रीय संयोजक रामकृष्ण पौडेलले यसक्षेत्रमा  दुग्ध प्रसोधन केन्द्रको माग भएपनि विभिन्न समस्याको कारण स्थापना हुन नसकेको बताउँदछन् । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘यस क्षेत्रमा  दुग्ध प्रसोधन केन्द्र आवश्यक छ तर लोडसेर्डिङ्गको कारण सञ्चालनमा  ल्याउन समेत कठिन छ ।’ पछिल्लो समयमा हुने अनियमित लोडसेर्डिङ्गको कारण लामो समय सम्म दुधलाई सुरक्षिता राख्न नसकिरहेको अवस्थामा दुग्ध प्रसोधन केन्द्र स्थापना गर्न झनै कठिन भएको उनको तर्क रहेको छ ।  नेपालमा अहिले जम्मा ३ स्थानमा  दुध प्रसोधन केन्

कार्यान्वयन भएन अपाङ्गता सम्बन्धी महासन्धी

Image
कृष्ण  खनाल बुटवल, १७ जेठ ।  नेपाल सरकारले अपाङ्गता भएका व्याक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिलाई अनुमोदन गरेको करिव ६ बर्ष पुरा भएको छ । महासन्धी सन् २००६ पारित भएपनि नेपाल सरकारले  सन् २००८   सालमा  अनुमोदन गरेको हो ।    अनुमोदन गरिएको आधा दशक समेत भएको छ  तर यसको व्यवहारिक कार्यान्वय  हुन सकेको छैन । संयुक्त राष्ट्र संघले पारित गरेको उक्त महासन्धीमा अपाङ्गता भएका व्याक्तिहरुले पाउनुपर्ने हक तथा अधिकारी, अपाङ्गमैत्री भौतिक संरचना, निःशुल्क शिक्षा तथा अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरुको क्षमता अनुसारको रोजगारीको सृजना गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । तर यि कुराहरु अहिले सम्म कागजमा मात्रै सिमित रहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ  केन्द्रीय सदस्य तथा  नेपाल नेत्रहिन संघका केन्द्रीय महासचिव शिसिर खनाले अपाङ्गता भएका व्याक्तिहरुको लागि संयुक्त राष्ट्रसंघको ‘अपाङ्गता भएका व्याक्तिहरुको अधिकारसम्बन्धी महासन्धिमा अपाङ्गता भएका व्यायिक्तहरुलाई  विकास निर्माण होस या कुनै  पनि विषयको निर्णयक प्रक्रियामा सहभागी  गराउनु पर्ने भएपनि अहिले त्यस्तो हुन नसकेको बताउ