Posts

Showing posts from February, 2014

पाल्पामा द्वन्द्वपिडीतले अझै राहत पाएन्न

Image
कृष्ण  खनाल बुटवल, १३ फागुन । तत्कालिन नेकपा माओवादीले चलाएको सशस्त्र द्वन्द्वको बेला नेपालका कयौ भौतिक संरसचनाहरु भत्काईए, व्याक्तिहरुको करोडौंको समत्तीमा क्षती पु¥याइएयो भने कयौं मानिसहरु विस्तापित र बेपत्ता भए । यति मात्र होईन उक्त द्वन्द्वको कारण अहिले  पनि हजारौं मानिसहरु घाईते र अङ्गभङ्ग भएर जिवन जिईरहेका छन् । माओवादी सशस्त्र द्वन्द्व छाडेर शान्ती प्रक्रियामा आएको पनि  ७ बर्ष (विस्तृत शान्ती संम्झौता वि.स.२०६३ मंसिर ८ गतेको आधारमा) वितिसकेको छ । तर अहिले पनि पाल्पाका कायौ व्याक्तिहरुले अहिले सम्मपनि  राहत पाउन सकेका छैन । स्थानिय शान्ती समिति पाल्पाले  उपलब्ध  गराएको तथ्यांक अनुसार अहिले सम्मपनि द्वन्द्वको कारण घाईते तथा अपाङ्गता भएका व्याक्ति, अपहरण, कैद तथा हिरासतमा लिएका व्याक्ति, व्याक्तिगत सम्पत्ती क्षती, सरकारी सम्पत्ती क्षती, विस्तापित तथा द्वन्द्व प्रभावित वालवालिकालहरुले पुर्णरुपमा राहत नसकेका हुन । स्तानिय शान्ती समिति पाल्पाका अनुुसार पाल्पा जिल्लनामा द्व्रन्द्व पीडित तथा प्र्रभावितहरुको तथ्यांक अनुसार मृतक ८७ जना मध्ये ८७ जनाको आफन्तले राहत पाएका छन् , त्यस्तै सर्व

१४ बर्षमा पनि भएन ‘बुटवल प्लाष्टिक निशेष क्षेत्र’

Image
कृष्ण खनाल  बुटवल, ११ फागुन । आजभन्दा १४ बर्ष पहिला उपभोक्ता हक हित मञ्च रुपन्देहीले ‘बुटवल नगरपालिका लाई प्लाष्टिक मुक्त नगरपालिका बनाउने’ भनेर पहल थालेको थियो । उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष नर्वु लामाको नेतृत्वमा रुपन्देही जिल्लाका तात्कालिन प्रमुख जिल्ला अधिकारी, तत्कालिन नगरपालिका मेयर भोजप्रसाद श्रेष्ठको सहयोगमा बुटवल नगरपालिकालाई  पुर्ण प्लाष्टिक मुक्त बनाउने अभियानमा सुरु भएको थियो ।  प्लाष्टिक मुक्त नगर बनाउनको लागि बुटवलका विभिन्नस्थानहरुमा त्यतिबेला सयौ संख्यामा कागजका झोलाहरु समेत वितरण गरिएको थियो ।  नगरमा प्लाष्टिकको प्रयोग जथाभावि गर्दा नगरनै प्रदुषित हुन थालेपछि वि.स. २०५६ सालमा नै ‘सुईरो अभियान’ समेत नगरपालिकाले सञ्चालमा ल्याएको थियो ।  उक्त सुईरो अभियान ३बर्ष पछि अलपत्र परेको छ ।  वि.स.२०५९ अभियान बन्द  भएको हो । प्लाष्टिक प्रयोग गरेपछि त्यसलाई पु प्रयोगमा ल्याउन सकियोस भन्ने हेतुले ल्याइएको सुईरो अभियान अहिले नगरपालिकामा छैन ।  प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियान बनाउनकोको लागि थालिएको अभियानले १४ बर्षी वित्दा समेत  पुर्ण रुपमा कार्यान्वयन हुन स

युवा भन्दा पाकामा ‘फुटवल क्रेज’

Image
कृष्ण खनाल  बुटवल, १० फागुन ।  वि.स. २०६६ सालबाट बुटवलमा रहेको एन्फा एकेडमीमा फुटवल प्रशिक्षक रहेका यम गुरुङ्ग एउटा फुटवलका प्रशिक्षक नभएर दर्शक पनि हुन ।  बुटवल शनिवार मात्रै सम्पन्न भएको ‘ए’ डिभिजन रेडबुल जिल्ला लिग फुटवल प्रतियोगीताको  नियमित दर्शका रुपमा रहेका उनले खेलको अन्तिम दिन शनिवार भने–‘युवा पुस्तामा फुटवलको क्रेज घटेको छ’ नियमित दर्शक मात्र नभएर एक अभिभावक समेत रहेका उनले थपे–‘बढ्दो प्रविधीको प्रयोग संगै युवामा  फुटबलको क्रेज घट्दो छ ।’  उनले पोखेको दुखेसो एउटा प्रतिनिधी दुखेको सो ।  पछिल्लो समयमा बढ्दो प्रविधीको प्रयोगको कारण विगत केही दशक पहिला मनोरञ्जन र  व्यस्त(बिजी) हुने माध्यमको रुपमा लिईने फुटवल पछिल्लो समयमा भने फुटवल खेल्ने मात्र होईन हेर्ने दर्शकहरु समेत घटनेका छन । एन्फाका प्रशिक्षक  यम गुरुङ्गको अनुभव अनुसार  केही बर्ष पहिला मानिसहरु आफुलाई व्यस्त राख्नको लागि र फुर्सदको समय व्यातिक गर्नको लागि फुटवल खेल्ने गर्दथे ।  उनले आफ्नो अनुभव  संवादातालाई सुनाए–‘हामी यसो फुर्सद भयो भने फुटवल खेल्न निस्कन्थ्यौ तर अहिले भने साथीहरु कोठा बाहिर निस्कनको लागि  समे

भु–कम्पबाट बुटवल सुरक्षित बनाउने अभियान

Image
कृष्ण खनाल  बुटवल, ८ फागुन ।  दाङ्ग जिल्लामा स्थायी घर भई विगत लामो समय यता बुटवलमा घर तथा अन्य भौतिक पुर्वाधारहरुको निर्माण कार्यमा जुट्दै आएका जयनप्रसाद चौधरीलाई भुकम्प प्रतिरोधी घर कस्तो बन्छ भन्ने थाहा थिएन ।  ३० बर्षीय चौधरीले विभिन्न सञ्चार माध्यामहरुमा भु–कम्पले यतीको ज्यान लियो उतीको नोक्सान ग¥यो भन्ने बारेमा पटक पटक समाचारहरु समेत सुन्ने गर्दथे । तर आफैले घर तथा विभिन्न भौतिक पुर्वाधारहरु निर्माण गर्दा कसरी भु–कम्पले पनि भत्काउन नसक्ने घर बनाउन सकिन्छ भन्ने बारेमा जानकारी थिएन । तर बिहिवारबाट भने उनले भुकम्प प्रतिरोधात्कम घर कसरी बनाउन सकिन्छ भन्ने बारेमा बुटवल नगरपालिकाले  आयोजना गरेको ५  दिने तालिममा सहभागी भएका छन । ‘आज भन्दा पहिला कुनै पनि खालको तालिम लिईएन घर बानाउन जानेको मान्छे साहुले जे भन्छ त्यस्तै बनाईयो ।’–संवाददाता संगकको कुराकानीमा उनले भने ।  उनी जस्तै बुटवल –१३ प्रगतीनगरमा बसोबास गर्ने यम बहा बहादुर पुनले पनि यस भन्दा पहिला कुनै पनि भु–कम्पप्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम लिएका थिएन्न । ४४बर्षीय पुनले भन्दै थिए–‘तालिम लिदै छु अझै धेरै कुरा सिक्नेछु

जिविसको सामाजिक शाखा ६ बर्षमा बन्यो अपाङ्ग मैत्री

Image
कृष्ण खनाल  बुटवल, ५ फागुन ।  आज भन्दा करिव ६ महिना अगाडी बुटवलका राम बहादुर गुरुङ्ग जिल्ला विकास समिति रुपन्देहीको सामाजिक शाखामा जान करिव आधा घण्टा भन्दा बढि लाग्यो ।  शाररिक रुपमा अपाङ्गता भएका उनी सामाजिक शाखा  जिल्ला विकास समितिको माथिल्लो तलामा भएको कारण बैशाखीको सहारामा जादा उनलाई उक्त समय लागेको हो ।  तर उनी गुरुङ्ग  आईतबार जिल्ला विकास समितिको सामाजिक शाखामा जादा केही मिनेट पनि  लागेन । कारण थियो ६ महिना अगाडी जिल्ला विकास समितिको माथिल्लो(टप) तलामा रहेको सामाजिक शाखा अहिले जिल्ला विकास समितिको तल्लो भु्ईतला मा प्रवेश गेट नजिकै सारिएको छ ।   राम बादुर मात्र होईन पछिल्लो समयमा अपाङ्गमैत्री भौतिक संरचना हुनुपर्ने माग उठीरहेको समयमा जिल्ला विकास समितिको सामाजिक विकास शाखा तल्लो  भुई तलामा सारिएको छ । जसको कारण पछिल्लो समयमा अपाङ्गता भएका व्याक्तिहरुलाई सहज भएको छ । अपाङ्गता भएका व्याक्ति तथा  वृद्ध वृद्धाहरुको क्षेत्रमा काम गर्ने शाखा नै जिल्ला विकास समितिको माथिल्लो तल्ला(टप)मा राखिएको कारण पटक ÷पटक आलोचना हुने गरेको थियो ।  आर्थिक बर्ष २०६४÷०६५ सालमा अपाङ्गता

मायालु जोडीको डेटिङ्ग स्पर्टबन्दै पार्कहरु

Image
कृष्ण खनाल  बुटवल, १ फागुन ।  फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस, विश्वभरमा एकआपसमा माया प्रेम साटासाट गरेर यो दिवस मनाइदैछ । खासगरी युवायुवतीहरुले एकअर्काबीचको अव्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा यो दिनलाई लिने गरेको पाइन्छ ।  रुपन्देही जिल्लामा पनि विभिन्न स्थानहरु  युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाउने गरिन्छ ।  गत बर्ष रुपन्देही जिल्लाका विभिन्न पार्क तथा रमणीय स्थानहरुमा प्रेमी प्रेमिकाहरुको भिड नै देख्न सकिन्थ्यो ।  खासगरी प्रणय दिवसको अवसरमा बुटवलको मणिमुकुन्द  सेन उद्यान (फुलबारी) अधिकांस युवा  यवतीहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । पर्यटकिय स्थानकोरुपमा विकशित हुदै गएको  फुसवारीमा अन्य  स्थानहरुको भन्दा फरक स्थान भएको काराण र अन्य स्थानहरु भन्दा पनि  सुविधाहरु धेरै भएको कारण पनि युवा  युवतीहरुको रोजाईमा पर्ने गरेको  हो ।  युवायुवतीका लागि प्रेम व्यक्त गर्ने रमाइलो दिनको रुपमा रहेको छ प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे  लिन सकिन्छ । आफुले मन पराएको व्यक्तिलाई प्रस्ताव राख्न प्रणय दिवसलाई नै कुरी बस्ने कयौ युवा

खेल मैदानको अभावमा खेल प्रभावित

Image
कृष्ण खनाल  बुटवल, १ फागुन ।  करिव एक दशक अगाडी बुटवलको एन्फा एकेडमी बसेर फुटवल सिक्दै गर्दा राष्ट्रिय फुटवल खेलाडी पुकार गहतराज त्यहिकै मैदानमा फुटवल सिक्ने  गर्दथे । सानो छँदा घर छुउछाउमा आफ्नै तरिकाले फुटवल खेल्ने गरेका भएपनि  गहतराजको औपचारीक फुटवलको सिकाई भने एन्फा एकेडमीबाट नै भएको छ । केही समय सम्म एन्फामा बसेर फुटवल सिक्दै गएपछि उनी बुटवलको फुटवल क्लव ‘ईन्टर स्पोर्टष्ट क्लव’ मा आवद्ध भए ।  नियमित रुपमा नै फुटवल खेल्न थाले ।  पाल्पामा जन्मघर भएका गहतराज पाल्पामा हुँदा टुडीखेल मैदानमा फुटवल सिक्ने गर्दथे ।  जव बुटवलमा झरे त्यसपछि उनले आफ्नो खेलकुद यात्रालाई अझ तिब्र गतीका साथ अगाडी बढाउन थालेका हुन ।  पछिल्लो समयमा काठमाण्डौमा रहेको हिमालय शेर्पा क्लवमा आवद्ध भएका उनी राष्ट्रिय स्तरको ‘ए’ डिभिजन समेत खेलीसकेका छन ।  खेलकुदका संघर्षका दिनहरुमा बुटवलमा बासोबास गर्ने उनी कहिले बुटवल–१२  रामनगरमा रहेको मानवज्ञान उच्च माविको मैदान त कहिले बुटवल–१३ देविनगरमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसको मैदानमा धाउने गर्दथ्ये ।  कुनै पनि खेलको अभ्यास (प्राटिक्स) गर्नको लागि राम्रो खे

बाँदर धपाउन १ लाखको बजेट !

Image
कृष्ण खनाल बुटवल, २९ माघ ।  गत शनिवार बुटवल नगरपालिकाले आर्थिक बर्ष २०७१÷०७२ को नगरको बजेट सार्वजनिक ग¥यो । नगरापलिकाले बार्षिक नगर विकास योजना तथा आर्थिक बर्ष २०७१/०७२ को  लागि नगरपरिषद्बाट पारित ४० करोड ९८ लाख ३० हजार ६ सय ५० रुपैयाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाद्वारा सार्वजनिक गरिएको बजेट पुस्तिकामा विभिन्न रोचक कुराहरु समेत समावेस गरिएको छ ।  ‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’ नाम दिइएर निर्माण गरिएको बजेट पुस्तकाको अनुसूची–२ प्रवद्र्धनात्मक  कार्यक्रम  अन्र्तगतको पाना नम्बर ३१ को लेखा कोड नम्बर ८२०१२१०३  बुटवल नगरपालिका वडा नम्बर २ को बादर नियन्त्रण कार्यको लागि १ लाख रुपैया विनियोजना गरिएको छ । यति मात्र होईन नगरपालिका बाट पािरत बजेट, नीति तथा कार्यक्रम  अनुसूची ३ को पाना नम्बर ३३ मा महिला लक्षित कार्यक्रको कुल बजेट ९० लाख १० हजार रुपैयामा अधिकांस रकम भौतिक  पुर्वाधार निर्माणमा  विनियोजना गरिएको छ । लक्षित समुहको लागि विनियोजना गरिएको रकम उनीहरुको सीप विकास, तथा पर्वद्धनात्क कार्यको लागि प्रयोग गर्नु पर्दछ ।   तर लक्षित समुहको रकम सडक निर्माण

बहुमुखीमा प्लाष्टिक फाले १ हजार जरिमाना

Image
कृष्ण खनाल  प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको रुखमा टाँसिएको सूचना । तस्वीरःकृष्ण  बुटवल, २७ माघ । तपाईं  बुटवल बहुमुखी क्याम्पसको विद्यार्थी हुनुहुन्छ ? या क्याम्पसको आसपासमा बसोबास गर्नुहुन्छ भने ख्याल गर्नुहोला । बुटवल क्याम्पको परिसर (हाता) भित्र प्रवेश गर्दा हातमा कतै प्लाष्टिक बोकेर त जानुभएको छैन । यदि त्यसरी जानु भएको छ भने तपाई अझै सजक हुनुपर्ने  बेला आएको छ ।  कारण हो अहिले बुटवल बहुमुखी क्याम्पस  ‘पुर्ण प्लाष्टिक मुक्त क्षेत्र’ घोषणा गरिएको छ । जुसको कारण क्याम्पसको हाताभित्र प्रवेश गर्ने  जो कोहीले पनि क्याम्पसमा फोहर गरेमा या प्लाष्टिक मुक्त क्षेत्रमा प्लाष्टि फ्याँकेमा क्याम्पस प्रशासनले १ हजार रुपैयाँ जरिमाना गने निणर्य गरेको छ ।  गत पुस महिनामा क्याम्पस प्रशासन, विद्यार्थी तथा सरोकारवाला निकायहरुको संयुक्त बैंठकबाट‘बुटवल बुहमुखी क्याम्पस प्लाष्टिक मुक्त क्षेत्र’ घोषणा गरिएको हो । क्याम्पस पुर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिसकेपछि अहिले क्याम्पस हाता भित्रको खेल मैदान, क्याम्पस परिसर लगायतका विभिन्न स्थानहरुमा सूचना समेत टाँस गरिएको छ । ‘क्याम्प

सडकलेनै भत्काएन ८२ फिट भित्रको आफ्नो भवन

Image
कृष्ण खनाल  बुटवल, २४ माघ ।  सडक विस्तारको क्रममा ‘सडक मापदण्ड’ भित्र परेको भौतिक संरचनामा तुरुन्त डोजर चलाउने सडक विभाग डिभिजन सडक–४ नम्बर बुटवलले आफ्नो स्वामित्वमा रहेका मापदण्ड भित्रका भवन भत्काउन कुनै चासो देखाएको छैन ।  सडक मापदण्ड (८२ फिट) भित्र पर्ने आफ्नो डिभिजन सडक कार्यालयको ४ वटा भवनका केही कोठाहरु भत्काउनको लागि आनाकानी गरेको हो ।   सडक मपदण्डअनुसार (८२ फिट) भित्र  पर्ने बुटवलको नयाँ बषपार्क नजिकै रहेको डिभिजन सडक कार्यालययको स्वाभित्वमा रहेको ४ वटा भवनको ४ वटा कोठा मापदण्डभित्र पर्ने भन्दै भित्रबाट वाल (पर्खाल) लगाएको करिब एक बर्ष बित्न लाग्दा समेत त्यसमा डोजरचलाउने आँट  अहिले सम्म गरेको छैन ।  गत असार महिनामा बुटवलको फोरलेनसडक (नाम सिक्सलेन) विस्तारको क्रममा मापदण्डभित्र पर्ने अहिले ईलाका प्रशासन कार्यालय बुटवल रहेको १ भवन  र अन्य ३ वटा अवासको लागि प्रयोग भएकाभवनका केही कोठा भित्रबाट पर्खाल लगाइएको भएपनि अहिले सम्म नभत्काउदा उक्त कोठाहरु यौनक्रिढा गर्ने स्थानको रुपमा परिणत भएका छन  ।  नयाँ बषपार्क नजिकै रहेको उक्त स्थानमा  अनौतिक क्रिायाकलाप गर्नेहरुको लाग

अन्तरजातीय विहे गर्ने दम्पत्ती २० बर्षदेखि विस्थापित

Image
कृष्ण खनाल बुटवल, २१ माघ । तस्वीर शौजन्यः रेखा भुषाल रुपन्देहीको बोगडी गाविस–७ पर्सहवाका एक अन्र्तजातिय विवाह गर्ने  दम्पत्ती विगत २० बर्ष देखि घरपरिवाबाट निकाल भएपछि विस्तापित जिवनयापन गर्दै आएका छन । अन्तरजातीय विहेगरेको निहुँमा गाँउ निकाला गरीएको एक दम्पती  अफ्नी छोरीको लगान जुर्ने बेला भईसकेको छ । तर उनीहरु अहिले सम्मपनि आफप्नो घर फर्कन पाएका छैनन । कथित तल्लो जातको केटा सगं बिबाह गरेको भन्दै गाँउ नर्फकन माइती पक्षले धम्काएपछि रुपन्देहीको मर्चवार स्थित बोगडी–७ पर्सहवाका राजेन्द्र चाँइ र  उनकी पत्नी श्रीमती लोध बिस बर्ष देखि गाँउबाट बिस्थापित भएका हुन । अन्तरजातीय बिबाहका कारण बिस बर्षदेखि विस्थापित जिवन बिताउँदै आएका मर्चवारका चाँइ दम्पती र उनीहरुका कान्छा छोरा । तस्वीर शौजन्यः रेखा भुषाल माइती पक्षले तल्लो जातको केटाले अफ्नी चेली भगाएको भन्दै ‘गाँउ फर्के खुट्टा भाचीदिने’ भन्दै धम्की दिएको चाँइ दम्पतीले दुखेसो पोखेका छन । वि.स. २०५१ साल देखि बिस्थापित जिवन बिताउदै आएका उक्त दम्पतीका ४ छोराछोरी छन । चाँइ दम्पतीको गाँउमा प्रसस्त अन्न उब्जने खेत र पक्की घर छ

बाजागाजा सहित घोषणा गरियो ‘शंकरनगर पहिलो पुर्ण खोप गाविस’

Image
कृष्ण खनाल  बुटवल, २० माघ ।  अगाडी लामवद्वरुपमा रहेका पञ्चकन्या, स्वागतको लागि हातमा  फुलमाला लिएर लामबद्ध बसेका स्वय्सेविकाहरु पछि  पछि पञ्चेवाजको धुनमा नाच्दै गाउदै रमाईलो गर्दै हिडेका स्थानिय वासिन्दाहरु । सोमबार रुपन्देहीको शंकरनगरमा अर्कै माहोल थियो । ठाउँ–ठाँउबाट स्थानिय वासिन्दा, शिक्षक शिक्षीकाहरुका साथै विद्यार्थीहरु समेत स्वतस्फुर्त रुमा ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा सहभागीहरुमा एक प्रकारको छुटै उमंङ्ग थियो ।  करिव एक बर्ष पहिला खुला दिशमुक्त क्षेत्र र पुर्ण साक्षर गाविस घोषणा गरेको शंकरनगर गाविसले सोमवार मात्रै पुर्ण खोप युक्त गाविस समेत घोषणा भएको छ । यति मात्र होईन उक्त गाविस रुपन्देही जिल्लामै पहिलो गाविसको रुपमा आफुलाई अग्रजभागमा उभ्यिाउन सकेको हो ।  हजारौ संख्यामा सहभागी स्थानिय वासिन्दाहरुले शंकरनगर गाविसमा रहेको दुर्गा दत्त उच्च माविमा पञ्चेबाजाको घन्काएर रमाईलको समेत गरेका थिए । उक्त गाविसलाई पहिलो पुर्ण खोप गाविस घोषणा गर्नको लागि स्थानिय बासिन्दा, नागरिक समाज तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको समेत सहयोग रहेको छ ।  सोमबार पुर्व सिंचाहीम

शंकरनगर गाविस पहिलो पूर्ण खोप

Image
कृष्ण खनाल बुटवल, १९ माघ । करिव एक बर्षको प्रायास पछि   शंकरनगर गाविस  रुपन्देहीमा पपिहलो पुर्ण खोप गाविस घोषणा हुने भएको छ । खुल्ला दिशामुक्त गाविस घोषणा भैसकेको गाविसलाई स्थानिय वासिन्दा तथा सरोकारवालाहरुले  प्रयाशपछि  पहिलो  खोप गाविस घोषणा हुने भएको हो । सोमबार आर्थत आज एक विशेष कार्यक्रमको आयोजना गरी पुर्ण खोप गाविस घोषणा गर्न लागिएको शंकर नगर हेल्थ पेष्टका ईन्चार्ज कमल प्रसाद गौतमले जानकारी दिए । गाविसले विगत ४ बर्ष देखि नै पुर्ण खोप गाविस घोषणा गर्नको लागि  प्रयास जारी राखेको भएपनि एक बार्ष यता बढि सक्रिय रुपमा पुर्ण खोप घोषणा गर्नको लागि पहल थालिएको हो । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले  तोकिएको मापदण्ड पुरा गरेपछि आधिकारीक रुपमा गाविसले प्रमाण पत्र समेत पाईसकेको छ ।  एक बर्ष उमेर पुगेका सम्पूर्ण वालवालिकाहरुलाई पुर्ण रुपमा खोप लगाएको प्रमाणित भएपछि  गाविलाई पूर्ण खोप गाविस बनाइएको हो । शंकनगर हेल्थपोष्ट ईन्चार्ज गौतमले भने–‘एक बर्षको अथक प्रयाशपछि रुपन्देहीमै पहिलो पुर्ण खोप गाविस घोषणा गर्न लागिएको हो ।’ उनले थपे–‘एक देखि २ बर्ष विचका सम्पूर्ण बालबालिकहरुले  पुर्ण ख

३ महिनामा १५ लाख बराबरको अवैद्य चल्ला नष्ट

Image
प्रहरीले नियन्त्रणमा लिएको अवैद्य चल्ला नष्ट  गर्न लैजादै । फाईल तस्वीर   रोकिएन अवैद्य चल्लाको  तस्करी कृष्ण खनाल बुटवल,  १७ माघ । गत मंसिर १८ गते रुपन्द्येहीको पुर्वी क्षेत्र धकधईबाट करिव ३ लाख ६० हजार बराबरको अवैद्य कुखुराको चल्ला नियन्त्रण गरी प्रहरीले नस्ट ग¥यो त्यसको ठिक २९ दिन पछाडी अवैद्य चल्लाको कारोवारी हुने मर्चवार क्षेत्रबाट पुस ९ गते  प्रहरीले ३ लाख बराबरको अवैद्य चल्ला नियन्त्रणम लिई नस्ट ग¥यो । यति मात्र होईन मर्चवार क्षेत्रबाट नै गत माघ ११ गते शुक्रबार शसस्त्र प्रहरी बलले करिव २ लाख बराबरको अवैद्य चल्ला नियन्त्रणमा लिई नस्ट ग¥यो यता क्षेत्र बाट शसस्त्र प्रहरीले ले ६ लाख ५६ हजार अवैद्य चल्ला नेपालमा ल्याउदै गर्दा नियन्त्रणमा  लियो र नस्ट ग¥यो । ईप्रका सुर्यपुराले ४ हजार २१ वटा र धकदई प्रहरीले १ सय ३० वटा ठुलो अवैद्य कुखुरा नियन्त्रणमा लियो ।    यो रुपन्देहीमा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको अवैद्य चल्लाको शिलशिला  मात्र हो । प्रहरीको सक्रियता बढेको भएपनि रुपन्देहीको दक्षिण क्षेत्रका १६ वटा गाविसको मर्चवार क्षेत्र  पुर्वी धकदई क्षेत्रमा अवैद्य चल्लाको कार