Posts

Showing posts from December, 2013

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

Image
कृष्ण खनाल भैरहवा, ११ पुस ।  रुपन्देही  जिल्ला सहित  १२ वटा जिल्लाहरुमा लागू औषध कार्यकर्ताहरुको क्षेत्रमा काम गर्ने भनेर सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको नमुना एकिकृत विकास परिषद् नामक एक गैरसरकारी संस्थाको विरुद्धमा टान्सपेरेन्सी ईन्टरनेशन नेपाल(टीआई नेपाल) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ ।  विश्व विकास बैंकको  सहयोग  र नेपाल सरकारको राष्ट्यि एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा लागू औषध प्रयोग कर्ताहरुलाई न्युनतम तथा निःशुल्क रुपमा विभिन्न सेवा सुविधा प्रदान गर्नको लागि स्थापना भएको संस्थाले उल्टै लागू औषध प्रयोगकर्ताहरुसंग रकम अशुल्ने गरेको, कर्मचारीहरु तलब बाट ‘नमुना फन्ट ’ भन्दै ५ प्रयितशत रकम काटेको  र नेपाल सरकारको तलब खाएका  र उक्त संस्थाको सहकार्यमा का गरिरहेको व्याक्तिहरुलाई विदेशमा अध्यायनको लागि पठाएको भन्दै उजुरी परेको हो ।  टान्सपरेन्सी ईन्टरनेशन नेपाल, पारदर्शी नेपाल सिद्धार्थनगरमा मिति २०७० साल मंसिर २७ गते निवेदन परेको छ  भने अख्तिीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्री कार्यालय पोखरामा पुस ११ गते(विहि

‘नमुना’ बन्दै माछा पालन व्यवसाय

Image
कृष्ण खनाल भैरहवा, २४ मंसिर ।  रुपन्देही जिल्ला मानमटेरिया गाविस वार्ड नम्बर—१ भगलापुरका पुन्यप्रसाद चौधरीले वि.स.२०५८ सालमा माछा पालन सुरु गरे । आजभन्दा ठिक १२ वर्ष पहिला आफ्ना बुबा फौदार प्रसाद चौधरीसंग ३० हजार रुपैया मागेर माछा पालन सुरु गरेका उनले अहिले ६ विगाहा क्षेत्रफलमा माछा पोखरी निर्माण गरी माछा पालन गर्दै आएका छन ।  तिन विगाहा क्षेत्रफल आफ्नै हो भने ३ विगाहा क्षेत्रफल  लिजमा (भाडामा) लिएर माछा पालन गर्दै आएका छन ।  केही दिन पहिला उनले माछा पालन गरेको  स्थान मानमटेरिया गाविसको भगलापुरमा पुग्दा उनले पालेको माछाको बारेमा जानकारी लिनको लागि र आफैले पनि माछा पालन व्वसाय गर्नको लागि करिव १ दर्जन कृषकहरु भेटिए ।  माछा पोखरको अवलोकान गर्ने क्रममा भेटिएका दया नगर गाविस वार्ड नम्बर २ का ४८ बर्षीय विष्णुप्रसाद भट्राई भन्दै थिए—“माछा पाल्ने तरिका वारे तालिम लिए तर यसको फिल्डमा नै गएर अवलोकन गरौ भनेर आएको ।”  जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीबाट करिव २० जनाको टोलि माछा पालन सम्बन्धी तालिम लिएर  पुन्यप्रसाद चौधरीको माछा पालन गरिएको स्थानमा अवलोकानको लागि आएका  उनले जानकारी

गाउँमै “ग्रडिङ्ग मिल” स्थापनापछि गृहणीलाई राहत

Image
कृष्ण खनाल भैरहवा, २३ मंसिर ।  रुपन्देही जिल्ला मानपकडी गविस वार्ड नम्बर ५ केवलपुरकी ३१ बर्षीय तिला  चौधरी केही दिन पहिला मानपकडी गाविसमा रहेको अन्नपूर्ण विउ उत्पादक सहकारी संस्थाको परिषरमा भेटिईन । उनी उक्त कृषक सहकारीमा नगद जम्मा गर्नको लागि या अन्य सहकारीको कामले भने आएकी होईन्न । विहान करिव ६ बजेतिर उक्त स्थानमा  उनी अन्य कुनै कामले भन्दा पनि धान कुटाउनको लागि आएकी थिईन । केही दिन पहिला धान ल्याएर सहकारी परिषरमा रखेकी उनको पालो  करिव  ३ दिन पछि मात्र आएको थियो ।  सहकारीको “खल”मा धान सुकाउदै मानपकडी गाविसका तिला चौधरी र शिवा भुषाल । तस्वीरःकृष्ण खनाल ÷बुटवल टुडे ।  कारण हो उक्त मिलमा  धानकुटाउनेको लामो सुचीनै हुनेगर्दछ । घर छेउमै अन्य साधारण मिल भएपनि उक्त क्षेत्रका  कृृषकहरु भने अन्नपूर्ण कृषि सहकारीको मिलमा नै आउने गर्दछन । कारण हो उक्त मिलमा धान कुटाएपछि कुनै पनि ढुंगा, माटोको मिसावट हुने कुरा त परै जाओस किसानहरुले ग्रडिङ्ग अर्थात स्तर अनुसारको चामल पाउदँछन  अन्य स्थानमा भन्दा धेरै सस्तो रेटमा  । उच्च गुणस्तर, मध्यम गुणस्तर र न्युन गुणस्तरगरी ३ प्रकारको चामल कुटाउन
Image
खोई जानकारी दिने मान्छे?ः जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रवेश नजिकै राखिएको सोधपुछ कक्षको विजोग । सोधपुक्ष कक्षलाई स्टोररुम जस्तै बनाइएको छ । जसको मर्मत  तथा संहारको लागि कसैले पनि ध्यान दिएको पाईदैन । तस्वीरःकृष्ण खनाल ÷बुटवल टुडे । 

रुपन्देहीमा ‘च्याउ खेती’को लहर

कृष्ण खनाल भैरहवा, १६ मंसिर । केही दिन पहिला जिल्ला कृषि  विकास कार्यालय रुपन्देहीले जिल्लाका करिव ३० जना  कृषकहरुको लागि च्याउ खेती  गर्ने तरिकको वारेमा तालिम आयोजना गर्ने निणर्य गर्यो । तर यसको माग यती धेरै भएकोकी उक्त तालिम लिनकोलागि करिव ४ सय जना भन्दा बढि कृषकहरुले ईच्छा  देखाए । जिल्ला कृषि विकास कार्यालयलाई सिमित स्रोत र साधनमा तालिम प्रदानको लागि अफ्ठारोे भयो । ३० जना बाहेक अन्य कृषकहरुलाई गाँउ— गाँउमा गएर तालिम प्रदान गर्ने  निर्णय समेत गरियो । यो कृषकहरुमा आएको उत्साहको एउटा नमुना मात्र हो । अहिले  रुपन्देहीका अधिकांस क्षेत्रमा च्याउ खेती गर्ने कृषकहरुको संख्या उल्लेखनिय रहेको छ । अहिले सम्म जहा च्याउ खेतीको लागि जिल्ला कृषि विकास कार्यालयले तालिम अयोजना गर्दछ त्यहा कृषकहरुको सहभागीता उत्साजनक हुने गरेको छ । जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका  प्रमुख विष्णुभद्र अधिकारी अनुसार च्याउ खेती गर्नको लागि तालिम लिनको लागि जिल्ला कृषि विकास कार्यालयमा आउने कृषकहरुको संख्या  अधिक रहेको छ । बुटवल टुडेसंगको कुराकानीमा जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख  विष्णुभद्र अ