Posts

Showing posts from September, 2013

सुखौरा सामुदायिक वनमा ‘अबैध’ समिति

कृष्ण खनाल बुटवल, १३ भदौ। उपभोक्तालाई नियममा बाँध्नका लागि बनेको सामुदायिक बनको उपभोक्ता समिति नै अबैध भएको भेटिएको छ । अबैध रूपमा जन्मिएको उक्त समितिले सामुदायिक वनमा आफ्नै बिधानविपरीत काम गर्दै आएको छ । समितिले सामुदायिक वनको संरक्षणको नाममा बिनाशजन्य गतिविधि गरिरहेको छ । व्यक्तिगत लाभका लागि पदाधिकारीहरूले लोभजन्य आर्थिक कारोबार गरिरहेका छन् । सामुदायिक वनलाई स्थानीय टाठाबाठा भनाउँदाहरूले बाँडीचँुडी खाने भाँडो बनाउँदै गएपछि स्थानीयहरू चिन्तित बनेका छन् ।  रूपन्देहीको मक्रहर गाविस १ देखि ९ मा रहेको सुखौरा हरियाली सामुदायिक वनमा उपभोक्ता समितिमा यस्तै गतिबिधि भेटिएको छ । समूहले बनाएको विधानविपरीत उक्त वन उपभोक्ता समिति गठन भएको देखिएको छ । मक्रहर गाविस १ देखि ९ का बासिन्दाहरूको २०६६ सालमा आम भेला गरी निर्माण गरेको विधानलाई लत्याउादै अबैध समिति गठन भएको छ । केही महिना अघि गठन भएको समितिमा राजनीतिक सहमतिका नाममा नियम मिचेर समिति बनाइएको छ ।  वि.स.२०६६ सालमा निर्माण भएको विधानमा स्पष्टसँग कार्यसमितिमा बस्ने व्यक्ति स्थानीयस्तरमा कुनै पनि पार्टीको नेतृत्व नगरेको र कुनै पनि सरकारी

विदेशको भगाई स्वदेशमा कमाई

कृष्ण खनाल बुटवल   (शुभ मंगल विशेष  ) करिव ५ बर्ष सम्म खाडी मुलुकमा पसिना बगाएपछि कपिलबस्तु जिल्ला चान्द्रौटा वार्ड नम्बर ९ का देवप्रकाश न्यौपाने अव कहिल्यै विदेशको भुमिमा गएर पसिना नबगाउने प्रण गरे । कतारमा अटो मेकानिक्कल सम्बन्धी कम्पनीका काम गरेका न्यौपानेले अहिले ५ बर्ष सम्म विदेशको भुमिका सिकेको सीप प्रयोग गरेर स्वदेशमा राम्रो आम्दानी गरेका छन् । भर्खरै मात्र २७ बर्षमा लागेका न्यौपाने युवा व्यवसायी हुन् । विदेशमा गएर पसिना बगाएपछि अहिले उनले आफ्नै लगानीमा मोटरसाईकल मर्मत गर्ने तथा  मोटरपार्टस् सेन्टर खोलेर राम्रो आम्दानी गर्दै आएका छन । ‘ पा“च बर्ष सम्म विदेशमा गएर पसिना बगाए तर अव आफ्नै देशम केही गर्नको लागि लागेको छु ।’ बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘अव विदेको भमी पनि टेक्दिन ।’  कतारमा जादा उनको सुरुका दिन अत्यन्तै कष्टप्रदरुपमा विते । करण थियो उनले यहा मेकानिकलको काम पुर्ण रुपमा जानको थिएन्न । ठुला गाडीहरुको केही मात्र काम जानेका उनलाई त्यहाको प्रविधी र हवापानी वातावरणसंग घुलमिल हुन उनलाई धेरै समय लाग्यो । तर केही समय कडा परिश्रम गरेपछि उनले त्यहाको वातावरणसंग घुल

योजना अघि बजेट पछि

कृष्ण खनाल बुटवल, ११ भदौ । बेलैमा काम भएको भए यतिखेर बुटवल खानेपानी सुदृढीकरण आयोजना पूरा भएको दुई वर्ष भइसक्थ्यो । नगरबासी खानेपानीको हाहाकारबाट मुक्त भइसक्थे ।  आयोजनाको पहिले छनौट भएको मुहानमा समस्या, टेण्डर प्रक्रिया र बजेट निकासामा भएको ढिलाईले खानेपानी आयोजना पूरा हुने समय अनिश्चित छ । २० करोड रूपैयाँको यो आयोजना सुरु भएको चार वर्ष बितिसकेको छ । धेरै आयोजनाको अवस्था बुटवल खानेपानी सुदृढीकरण आयोजनाको जस्तै छ । बुटवललाई नमुना शहर बनाउन अघि सारेका आयोजना कतिपय सुस्त गतिमा अघि बढेका छन् । कतिपय धमाधम भइरहे पनि बेलैमा सकिने छाँटकाँट छैन ।  पाँच वर्षअघि बुटवलमा नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउने ठूलै हल्ला चल्यो । सिटीहलका लागि काम अघि बढ्न सकेको छैन । आर्थिक बर्ष २०७०÷७१ मा सरकारले सिटी हल बनाउनको लागि निश्चित बजेट विनियोजन गरेको छ । तर काम भने अगाडि बढ्न सकेको छैन । एउटा अन्तर्राष्ट्रिय स्तरको हल र अन्य दुईवटा साना सिटीहल सहित विभिन्न विकासका पूर्वाधार निर्माण गर्ने भनेर नक्सा समेत स्वीकृत भैसकेको बुटवल नगरपालिकाले जनाएको छ ।  ‘बुटवल मण्डप गुरुयोजना’ नाम दिएर प

फुटबलमा समर्पित गाउँ,प्रत्येक घरबाट गच्छे अनुरुपको सहयोग

Image
कृष्ण खनाल बुटवल, १७ भदौ ।  एक महिनासम्म सिं गाउ“ नै फुटबलमा समर्पित हुन्छ । ‘हामीलाई त यो दशंै आए जस्तो हो ।’ अधिकांश स्थानीयको साझा भनाइ हो यो । आर्थिक रुपमा सबल भएको परिवारले नगद र नहुनेले श्रम दिएर सहयोग गर्दछन ।  यो परम्परा चलेको आज होईन करिब २७ बर्ष भन्दा बढी नै भैसक्यो । बुटवलबाट केही किलोमिटर दक्षिण लागेपछि आउने  रुपन्देहीको आनन्दवन गाविस वडा नम्बर–६ मा रहेको कुञ्जलापुर गाउ“ले आफ्नो पहिचान नै फुटवल गा“उ बनाएको छ । यो सिंङ्गो गाउँमा अबको करिब एक महिना मेला पर्व आएजस्तो हुनेछ । करिब २७ बर्ष अघिदेखि निरन्तररुपमा आयोजना हुँदै आएको झरना रनि· शिल्ड फुटबल प्रतियोगिता आयोजनामा सिंगो  गाउँ नै  समर्पित भएर लागेको छ । करिब २ सय ५० घरधुरी रहेको उक्त  गाउ“का प्रत्येक घरबाट कम्तिमा  ३ सय रुपैयाँ संकलन गरिएको छ  फुटबल आयोजना गर्नको लागि ।  राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता हुने प्रतियोगिताको सुरुवात  वि.स.२०२७ सालमा भएको जानकारहरु बताउँछन् ।  झरना क्लबका  संस्थापक खेलाडी ६० बर्षीय पदम बहादुर थापा मगरका अनुसार अनौपचारिक रुपमा वि.स.२०२७ सालामा  सुरु भएको भए