Posts

Showing posts from July, 2013

सोमवार रुपन्देही बन्दको प्रभाव २४ किलोमिटरको १ हजार भाडा

Image
कृष्ण खनाल  बुटवल, ७ साउन ।  २४ किलोमिटरको यात्रा गर्दाको गाडी भाडा कति होला, ४० रुपैया, ५० रुपैया धेरै भएमा  ६० रुपैया । तर सुन्दा पनि अचम्म लाग्छ तर साउन ७ गते भैरहवा देखि बुटवल सम्म दुई जना व्याक्तीहरले एक हजार रुपैया भाडा तिरेर यात्रा गरेका छन । उनीहरु माईक्रो, मोटरसाईकल, बस, कार जीपबाट अन्यमा सवारी साधानको प्रयोग गरेर भने यात्रा गरेका अवश्य होईन्न । भारतको नया दिल्लीबाट आफ्नो पहाड घर अर्घाखा“चीको ढिकुराका लागि आएका हरीप्रसाद आचार्य र उनका भाई ईश्वर आचार्यले सोमवार एक हजार रुपैया तिरेर रिक्सामा भैरहवा देखि बुटवल सम्मको यात्रा गरेका छन । पश्चिम नेपाल बस व्यवसायी संघले बुटवल देखि भैरहवाको भाडा ४५ रुपैया लिने गरेको छ ।  सरकरले लक्षतबर्ग संमन्वय समितिको खारेज गरिदिएको विरोधमा आह्वान गरिएको बन्दको कारण उनीहरु बन्दको मारमा  परेका हुन् । गाउमा आमा विरामी भएको खबर पाएपछि होटलको जागिर छोडेर आर्चायका दुई भाई  अर्घाखा“चीको लागि आएका थिए । तर रुपन्देहीको बेलहिया नाका सम्म बसमा आएका उनीहरु रुपन्देही बन्दको कारण रिक्सामा आउन वाध्य भएका हुन् ।‘सुनौली सम्म आउदा बन्द भन्ने थाहा भएन दुःख पा

सडकमै क्रिकेट खेल्दा...

Image
कृष्ण खनाल  बुटवल, २९ असार ।  तपाईको छोरा छोरी सडकमा वा सडकको किनारामा खेल्दै छन भने ख्याल गर्नुहोला । छोरा छोरीकै कारण तपाई अस्पतालको बेड सम्म पुग्नु पर्ला । शनिवार रुपन्देहीमा त्यस्तै घटना भएको छ । शनिवारकोदिन विद्यालय छुट्टी भएको मौकामा सडक किनारमा  क्रिकेट खेलीरहेका तिन जना विद्यार्थीहरुको कारण उनका अभिभाकहरुले अस्पतालमा दिन कटाउनु प¥यो ।  शनिवार विहान करिव १० बजे बुटवल–४ पारी बुटवलमा रहेको  मणिमुकुन्द बोर्डिङ्ग स्कुल (पहिलाको बुटवल ईलीट) कक्षा २ मा अध्यायनरत ३ जना विद्यार्थीहरुले सडक किनारा क्रिकेट बल खेल्दा बलले लागेर एक जना वृद्धाको चिउडोमा गम्भिर चोटलाग्न गई सिटीस्कान समेत गर्नु परेको छ ।   मणिमुकन्द बोर्डिङ्ग स्कुलमा कक्षा २ मा अध्यायनरत पुणकाजी शाक्यको नाती निखिल साक्य, विरेन्द्र श्रेष्ठको छोरा कक्षा २ मा अध्यायनत एन्जिल श्रेष्ठ र गणेश प्रसाद केशरको २ कक्षामै अध्यायरत कुशलमणि केशरी खेल्दा लागेको क्रिकेट बलको कारण अमरपुर–५ गुल्मी घर भई हाल बुटवल–५ मा बस्दै आएकी ७० बर्षिय रत्ना कु“वरको चिउडोमा चोट लाग्दा बुटवल हस्पिटल प्रालिमा सिटि स्कान गरिएको छ भने साझ सम्म पनि उनल

४ बर्षमा साढे ४ हजारले मात्रै भरे बेरोजगार फारम

Image
  कृष्ण खनाल  बुटवल, २८ असार ।  लुम्बिनी अञ्चल श्रम कार्यलयमा बसिरहेको बेला फोन आयो । कार्यलय प्रमुख श्याम केसी कार्यालयमै रहेको आएको उक्त फोन उनले  रिसीभ गरे । उनले भने–‘हेलो कहा“ बाट को बोल्नु भएको ?’ उनले यती के भनेका थिए उताबाट आवाज अयो–‘ यहा फारम भने के भरेर मन्त्री बन्न पाईन्छ, की प्रधानमन्त्री बनाईदिने हो ?’ उताबाट यस्तो आवाज आएपछि श्रम कार्यलय प्रमुख केसीले भने–‘त्यसो होईन नेपाल सरकारले बेरोजगारहरुको लागत संकलनको लागि फर्मभर्ने व्यवस्था गरेको हो तपाई पनि भर्न सक्नुहुन्छ ।’ तर यती नभन्दै फोन काटियो ।  यो  एउटा उदाहरण मात्र हो कार्यालय प्रमुख मात्र होईन, कार्यलय सहयोगीहरु पनि यस्तो फोनहरु पटक पटक आउने गर्दछन् । नेपाल  सरकारले  आर्थिक बर्ष २०६५÷०६६ बाट बेरोजगारहरुको लागत संकलनको लागि बेरोजगार फारम भर्नको लागि अग्रह गरेको थियो । तर लुमिबनी अञ्चल कार्यलयको कार्यक्षत्र रहेको ६ वटा जिल्लाहरुबाट आर्थिक बर्ष २०६९÷७० सकिनै लाग्दा जम्मा ५ हजारले मात्र फर्म भरेका छन् । रुपन्देही, कपिलबस्तु, नवलपरासी, गुल्मी, अर्घाखा“ची र कपिलबस्तुबाट श्रम कार्यालय बुटवलमा फर्म भर्न व्यवस्था मिलाईए

अपाङ्गता भएका व्याक्तिहरुद्वरा जिल्ला स्तरिय संयन्त्र गठनको माग

कृष्ण खनाल बुटवल, २६ असार । रुपन्देही जिल्लामा अपाङ्गताको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरुको विचमा एकता नभएको कारण जिल्ला विकास समिति , नगरपालिका तथा गाउ“ विकास समितिबाट अपाङ्गता  क्षेत्रमा विनियोजीत बजेट समबन्धीत क्षेत्रमा खर्च हुन नसकेकोले संस्थाहरुको विचमा संमन्वय गरी उचित संयन्त्र गठन गर्न अपाङ्गता भएका व्याक्तिहरुले माग गरेका छन । जिल्ला विकास समितिको सामाजिक विकास साखा अन्र्तगत अपाङ्गता विकासकोष मार्फत विनियोजना हुने रकम पहुचको आधारमा मात्र अपाङ्गता भएका संस्साथाहरुले धेरै कार्यक्रमहरु  पार्ने गरेको र अन्य अपाङ्गता भएका व्याक्तिहरु सेवा सुविधानबाट बञ्चित हुनुपरेको भन्दै सम्पुर्ण अपाङ्गता सम्बन्धी काम गर्ने संस्थाहरुको विचमा संमन्वय गरी एउटा संयन्त्र गठन गर्नुपर्ने र त्यही संयन्त्रमार्फत समावेशीरुपमा  अपाङ्गता क्षेत्र लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठेको हो । अहिले आर्थिक बर्षको अन्त्यको समयमा कुनै कुनै अपाङ्गता  क्षेत्रमा काम गर्ने संस्थाहरुले एउटौ व्याक्तिहरुलाई ५÷५ वटा सम्म तालिम, गोष्ठी र सेमिनारमा सहभागी गराएर कोषको रकम खर्च गर्ने काम गरेको प

म्याद सकिनै लाग्दा फोटोखिचाउनेको भिड, रुपन्देहीबाट ३ लाख ८२ हजार ८ सय ६६ नामावली संकलन

Image
कृष्ण खनाल  बुटवल, २३ असार ।  सोमबार शंकरनगर–५ रुपन्देहीकी ५२ बर्षिय रेश्मा पाण्डे ईलाका प्रशासन कार्यलय बुटवलको परिसरमा भेटिईन् । आईतबार दिनभर आगामी निर्वाचनकोलागि फोटो सहितको मतदाता नामावली दर्ता गराउन लाईनमा बसेको भएपनि मतदाता नामावली दर्ता गराउने मानिसहरुको भिडको करण पालो नआएपछि घर फर्किएकी थिईन् । आईतबार नाम दर्ता गराउन नपाएपछी ‘अब आउदिन’ भनेर घर फर्किएकी उनलाई आफ्नै बहिनीले ‘फोटो नखिचाए त भोट हाल्न पाईन्न है दिदी ’ भनेर सम्झाएपछि पुनःसोमबार ईलाका प्रशासन कार्यालय बुटवलमा आएकी थिईन् । सोमबार विहान करिव ८ बजेनै आएर नागरिकता जम्मा गरेकी भएपनि ‘पहिलानै जम्मा गरेको नागरिकता हुदैन’ भनेर १० बजे फिर्ता गरिएको थियो । १० बजे देखि नै फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि लाईनमा बसेकी उनकोपालो दिउसो ४ बजे सम्म पनि आएको थिईन् । आगामी निर्वाचनकोलागि फोटो सहितको मतदाता नामावली दर्ता गराउने म्याद सकिन एकहप्ता भन्दा कम समय रहदा“ रुपन्देहीका विभिन्न पा“च स्थानहरुमा नामावली दर्ता गराउने मानिसहरु भिड बढ्ेको छ । ‘पहिलाकै नामले हुन्छ भनेर आई“न त्यसले त ह“ुदो रैनछ बल्ल थाहा पा

ठेला व्यवस्थीत गराउने राजनीतिक दलको प्रतिबद्धता

Image
कृष्ण खनाल  बुटवल, २३ असार । रुपन्देहीमा ठेला व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका व्यसायीहरुको दिगो रुपमा समस्या समाधानको लागि रुपन्देहीका राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेस वाहेकका अन्य राजनीतिक दलहरुले बुटवल नगरपालिका, ईलाका प्रशासन कार्यालय, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालयको संयुक्त बैठक बसी ठोस निर्णय गरी बैज्ञानिक व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।   रुपन्देहीमा क्रियाशिल विभन्न राजनीतिक दहरुले आ–आफ्नो क्षेत्रबाट ठेला व्यवसायीको समस्या सामधानको  लागि बैकल्पीक स्थानको खोजी तथा पहलको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्वता समेत जनाएका छन् ।    एकिकृत नेकपा माओवादी क्षेत्र नम्बर चार रुपन्देहीका ईन्चार्ज प्रेम बहादुर गुरुङ्गले श्रम गरेर बाच्न पाउने नेपाली नगरीकको अधिकार भएको कारण आफ्नो पार्टीले  ठेला व्यवसायीको पक्षमा काम गर्ने बताएका छन् । उनले आफ्नो पार्टीले ठेला व्यवसायीको समस्या समाधानको लागि सहकार्य गरेर अगाडी बढ्ने प्रयितबद्वता समेत जानाए । उनले भने–‘गरीखान  पाउनु पर्दछ यो सबैको अधिकार हो विकल्प दिएर मात्

मापदण्ड विपरित फुटपाथमा फलामको भ¥याङ्ग भार थेग्न नसक्दा भत्कीयो सडकपेटी

Image
कृष्ण खनाल बुटवल, २९ पुस । एकातर्फ मापदण्ड भन्दा विपरितका फुटपाथ ‘स्ल्याब’ अर्कोतर्फ क्षमता भन्दा बढि भार थेग्न नसक्ने गाडीहरु ओहोर दोहोरका कारण फोरलेन सडक अन्र्तगतको  सडकपेटी भत्कीएको पाइएको छ । पछिल्लो समयमा बुटवल मिलचोकको नजिक दुर्गा डिजल्सको अगाडी तथा यसको आसपासमा यसरी बढि भारका गाडीहरु फुटपाथबाट आहोरदोहोर गर्ने तथा पार्किङ्ग गर्ने गरेको पाइएको का।ण  फुटपाथ जिर्ण बन्दै गएको छ  भने भत्कीन सुरु भएको छ । बुटवलको फोरलेन सडक . यो एउटा  उदाहरण मात्र हो ,बुटवलको मिलनचोकमा होईन व्यवसायीहरुले सडक विभाग तथा ट्राफिक नियम विपरित  दर्जनौ स्थानमा फलामको भ¥याङ्ग राखेर गाडीहरु चढाउने तथा ओराल्ने गरिएको पाइएको छ ।  जसको कारण सडक फुटपाथ निर्माण भएको लामो समय हुदा नहुदै भत्कीन थालेको छ । सडक डिभिजन कार्यालयले खासगरी गाडीहरु चढाउने तथा ओराल्ने ठाउको लागि २० सेन्टीमिटर तथा पैदलयात्रुहरुको लागि १० सेन्टीमिटरको ‘स्ल्याब’ राखेर फुटपाथ निर्माण गरिएको भए पनि ठाउ“–ठाउ“ मापदण्ड विपरित भार थेग्न नसक्ने र पैदल यात्रुको लागि ‘स्टेमेट’ गरेर बनाईएको सडकमा ठुला–ठुला भारका गाडीहरु चढाउने तथा ओराल्ने गरेको

मापदण्ड विपरितका ६० सहकारी खारेज, १५ कारवाहीको सूचीमा

कृष्ण खनाल  बुटवल, १८ असार ।  रुपन्देहीमा मापदण्ड पुरा नगरेका ६० वटा सहकारी खारेज भएका छन् ।  नेपाल सरकार सहकारी तथा गरबी निवारण मन्त्रालय अन्र्तगत,डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएर नियमित रुपमा बैठक नबस्ने, सहरकारीको आर्थिक पारदर्शीता नभएका तथा सहरकी मापदण्ड विपरित सञ्चालनमा रहेका ६० वटा सहकरीहरु खारेज भएको डिभिजन सहकारी कार्यालय रुपन्देही   प्रमुख रमा आचार्यले जानकारी दिईन् ।  जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष डोलराज अर्यालक अनुसार १५ वटा कारवाहीको प्रक्रियामा रहेको जानकारी दिए । डिभिजन सहकारी, जिल्ला सहरकारी तथा बस्तुतगत सहकारी संघको संयुक्त अनुगमनको क्रममा मापदण्ड पुरानगरेका सहकारीहरु खारेज गरिएको हो । अहिले रुपन्देही जिल्लामा ६ सय ७६ वटा सहकारीहरु दर्ता रहेको बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद नेपालले जानकारी दिए । उनले पछिल्लो  समयमा काठमाण्डौमा जस्तै रुपन्देही जिल्लामा पनि केही धनाढ्यव्याक्तिहरुले २५ जना सदस्यहरु बनाएर पारिवारीक सहकारी दर्ता गर्ने परिपाटी बसेको भन्दै यसको सुक्ष्मरुपले अनुसन्धान गरेर कारवाही गर्नुपर्ने बताएका छन

सिद्धेश्वरीको ताला खुलेन, प्राचार्यद्वारा राजीनामा

कृष्ण खनाल  बुटवल, १७ असार ।  प्रवेशिकामा सहभागीमा ६९ जना विद्यार्थी मध्ये जम्मा ९ जना मात्र उत्र्तीण भएको र विद्यालयको नतिजा सुधार्नको लागि पहल नगरेको भन्दै भुपु विद्याथी, अभिभावक तथा सरोकारवाला निकाय आसार १४ गते विद्यालयको कार्यालयमा लगाएको ताला खुल्न सकेको छैन । विद्यालयको नतिजा खस्कनुमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिावक संघ तथा विद्यालयको प्राचार्य गैर जिम्मेवारी भएको भन्दै सरोकारवालानिकायहरुले ताला लगाएका हुन । अभिभावक, भुपु विद्याथी र सरोकारवाला निकायले आह्वान गरेको अन्र्तक्रियामा  विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, शिक्षक अभिभाव संघका अध्यक्ष अनुपस्थिती भएको र प्रार्चायपनि गैरजिम्मेवार ढंगले प्रस्तुत भएको अरोप लगाउदै सरोकारवालाहरुले ताला लगाई दिएका थिए । भुुपु शिक्षक अभिभावक संघका अध्यक्ष तथा सिद्देश्वर टोल  समितिका अध्यक्ष शशिधर घिमिरेले सोमवार विद्यालययमा व्यवस्थापन समिति, अभिभावक संघ र सरोकारवालाहरुको संयुक्त बैठक आह्वान गरिएकोमा अगामी दिनमा शैक्षिक गुणस्तर कायम गर्नको लागि सबैसंग सहकार्य गरेर अगाडी बढ्नु पर्ने निर्णय भएको  जानकारी दिए । उनले विद्यालयको ईतिहासम

‘नमुना’ बन्दै सामुदायिक पुस्तकालय

Image
कृष्ण खनाल कृष्ण खनाल बुटवल, १६ असार ।  भित्रप्रवेश गर्नासाथ व्यवस्थीत रुपमा बाल बच्चाहरुको लागि राखिएका खेलकुदका सामग्र्री, त्यहा रमाईरहेका साना बच्चाहरु । जो कोही पनि झुक्कीन सक्दछ कतै यो नीजि सुविधा सम्पन्न बोर्डिङ्ग स्कुल वा मन्टेश्वरी स्कुल त होईन ? लहरै व्यवस्थीत रुपमा राखिएका हजारौ पुस्तकहरु, महिलाहरुको प्रजन्न अंग तथा अवस्थाबारे जानकारी दिने विशेष सामग्रीहरु, आधुनिक ईन्टरनेट जजिटकम्प्युटर, कार्यक्रम गर्नको लागि सभाहल, बाद्यबमद्यन सम्पूर्ण सामानहरु । उक्त स्थानमा पुग्ने जो कोही पनि एकछिन सोच्न बाध्य हुन्छन् कत आधुनिक निजी स्कुलको नमुना त होईन ? तर यो कुनै निजी विद्यालय, वा मन्टेश्वरी गृह नभएर ‘सामुदायिक पुस्तकालय’को ‘नमुना’ हो । रुपन्देहीको पश्चिम क्षेत्र दुधराक्ष गाविस वार्ड ५ बा“सगढीमामा रहेको ‘लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय’ साच्चै नै  नमुना पुस्तकालयको रुपमा आफ्नो पहिचान बनाएको छ ।  पुस्तकालयको भवन . वि.स.२०६९ साल माघ २० गते विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा स्थापना भएको सामुदायिक पुस्तकालयमा समुदायका सबै प्रकारका जाति, वर्ग, समूह, उमे

तेस्रो पक्ष विमा गर्नेहरुको संख्या बढ्दो

Image
पुरानो समाचार  कृष्ण खनाल  बुटवल,असार । सरकारले तेस्रो पÔ बिमा कार्यक्रम भदौ १६ गते देखि अनिबार्य रुपमा लागू गरे संगै तेस्रो पक्ष विमा गर्नेहरुको संख्या बढ्दै गएको छ । सरकारले भदौ १ गतेदेखि यो बिमा कार्यक्रम लागु गर्ने घोÈण्ाँ गरेको भए पनि भर्दौ १६ गते देखि अनिबार्यरुपमा लागु गरेको थियो ।  जसका कारण सरकारले तेस्रो पक्षको विमा अनिबार्य रुपमा गर्नुपर्ने निति संगै अहिले विमाकम्पनीहरुमा तेस्रो पक्षको विमा गराउनेहरुको संख्या बढेको इन्सुरेन्स कम्पनीहरुले बताएका छन् । तेस्रो पÔ विमा गर्नुपर्ने नियम लागू भएपछि विगतको बर्Èहरुको विमा गर्ने मानिसहरुको संख्या उल्लेखनीय वृद्धि भएको विमा कम्पनीका एक सदस्यले बताए । बुटवलको मिलनचोकका हिमालयान जनरल विमा ईन्सुरेन्स कम्पनीका अनुसार विगतका बर्Èमा ज्यादै न्युन मात्रामा विमा गर्ने मानिसहरु आउने तर पछिल्लो समयमा तेस्रोपÔ विमा अनिवार्य भएपछि दैनिकरुपमा करीव ३० देखि ३५ जना मानिसहरु विमाको लागि आफ्नो कार्यालयमा आउने जनाएको छ ।  कम्पनीका शाखा प्रवन्धक शंकर श्रेष्ठले विगतको बर्Èमा भन्दा पछिल्लो समयमा तेस्रो पÔ विमा अनिवार्य रुपमा हुन थालेपछि विमा गर्