Posts

Showing posts from June, 2013

७८ लाखको लगानीमा व्यवसायीक पशुपालन कृर्षी रिर्साेट बनाउने उदेश्य

Image
कृष्ण खनाल रुपन्देही(मुर्गिया), १५ असार ।  रुपन्देहीको दुधराक्ष गाविस वार्ड नम्बर–५ बा“सगढीमा निकट भविस्यमै ‘कृर्षी रिर्साट’ स्थापना गर्नको लागि व्यवसायीक रुपमा पशुपालन सुरु गरिएको छ । विभिन्न पेशा तथा व्यवसायमा आवद्ध २७ जना व्याक्तिहरुले सामुहिकरुपमा प्रारुम्भीक व्यवसायीक पशुपालन अन्र्तगतरुपमा ‘पाडा पालन’ सुरु गरेका हुन । वि.स २०६९ फागुन ४ गते संस्था दर्ता गरी ‘कृर्षि पशुपाल तथा अनुसन्धान केन्द्र(पराग नेपाल)’ नामक संस्था स्थापनागरेर व्यवसायीरुपमापाडा पालनसुरु गरिएको संस्थाका अध्यक्ष गोपाल काफ्लेले जानकारी दिए । . निकट भविस्यमै कृर्षि तथा पशुपालन शिक्षलयको रुपमा विकसीत गर्नको लागि उक्त व्यवसाय सुरु गरिएको  पराग नेपालले जनाएका छ ।  व्यवसायीक रुपमा रुपन्देही जिल्लाको पश्चिम  क्षेत्रमा पहिलो पटक पाडा पालन सुरु गरिएको उक्त अनुसन्धान केन्द्रमा अहिले ९६ वटा पाडा पालन गरिएको छ ।  यस क्षेत्रमा माग हुने मासुको आपूर्ती गर्नुको साथै रुपन्देही जिल्लालाई मासुमा आत्मनिर्भर बनाउनको लागि पाडा पालन सुरु गरिएको अध्यक्ष काफ्ले बताउदछन । अहिले करिव एक सयको हाराहरीमा रहेको पडाहरुको संख्य

नतिजा खस्केको भन्दै सिद्देश्वर उमाविमा सरोकारवालाकद्वारा ताला प्रवेशिकामा ६९ जना सहभागीमा ९ जना मात्र उत्र्तीण

कृष्ण खनाल  बुटवल, १४ असार ।  शुक्रवार सिद्देश्वर लाल कुमारी उच्च मावि बुटवल–९ दिपनगरमा भुपु विद्यार्थीहरु, अभिभावक तथा सरोकारवालाहरुका सर्वपक्षीय भेला तथा अन्र्तरक्रिया कार्यक्रम आवहन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव सुवेदी र प्राचार्य ऋषिराम खड्का र शिक्षक अभिभावक संघका अध्यक्ष  युवराज अम्गाई लाई  निमन्त्रण गरिएको थियो ।  भुपु विद्याथी, अभिभावक तथा सरोकारवाला निकायहरु पटक÷पटक  उपस्थिती हुनको  लागि आग्रहगरेपनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव सुवेदी र शिक्ष अभिभावक समितिका अध्यक्ष युवराज अम्गाई उपस्थिती भएनन् ।  एका तर्फ विद्यालय नतिजा खस्कदै जानु र अर्को तर्फ बोलाईका जिम्मेवार व्याक्तिहरु समेत उपस्थिती नभएपछि अभिभावक, भुपु विद्याथी र सरोकारवाल करिव ८० जनाको समुहले विद्यालय व्यवसथापन समिति र प्राचार्यको कार्यकक्षामा अनिश्चित कालिन तालाबन्दी गरिदिएका छन् ।  विद्यालयका प्रार्चाय ऋषिराम न्यौपाने उपस्थिती भएपनि गैरजिम्मेवार ढंगले पेश भएको आरोप लगाउदै प्राचार्य र विद्यालय व्यवस्थापन समिमितीको कार्यालय रहेको  अनिश्चित कालिन तालाबन्दी गरिदिएका छन । 

असार १२ सम्म ७ प्रतिशत रोपाई मलको अभाव नहुने दाबि

Image
कृष्ण खनाल  बुटवल, १३ असार ।   गतबर्ष रुपन्देहीका कृÈकहरुले ५० किलोको एक बोरा मलका लागि दिनभर टन्टलापुर घाममा लाईनबस्दा समेत रासानिक मल पाएन्न । लाइन बस्दाबस्दै वितरणका लागि ल्याइएको रासायनिक मल सकिएपछि कृÈकहरु रित्तो हात घर फर्किन बाध्य भएका थिए । तर  यस बर्षभने जिल्लामा रासायनिक मलको अभाव नहुने जिल्ला कृषिक विकास कार्यालयले दावि गरेको छ ।  जिल्लाको प्रमुख खेतीको रुपमा रहेको धान रोप्ने समय चलिरह“दा अनुदानको रासायनिक मलको लागि कृषकहरुले यस बर्ष कुनैपनि सास्ती खेप्न नपर्ने जिल्ला कृषि कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिएका छन् उनले विगतको बर्षहरुमा भन्दा यसबर्षको कृषकहरुलाई आवश्यक पर्ने सम्पुर्ण रासायनिक मलको व्यवस्था गरिएको कारण मलको आभाव नहुनेमा ढुक्क हुनको लागि आग्रह  समेत गरे ।  विहिवार बुटवल टुडेसंगको कुराकानीमा नवआगन्तुक जिल्ला कृर्षि कायालय प्रमुख  अधिकारीले विगतगको बर्षहरुमा भन्दा यस बर्ष किसानहरुलाई मल विक्रि वितरण प्रक्रिया सहज बनाइएकोले कृषकले मलकै लागि लामो लाईन बस्नुपर्ने तथा मल नपाउने अवस्था नआउने बताएका हुन् । उनले भने–‘यस पटक  मल नपाएर कृ

उपभोक्ता माथि ठगी, सुनचादी पसलमा तालाबन्दी

Image
कृष्ण खनाल  बुटवल, १३ बैशाख ।  व्यापारआचरसंहिता विपरित सुन चादी व्यापारीहरुले लगनको बेला सुन पसलहरुमा तालाबन्दी गरेका छन । अनिश्चकालिन भनिएको बन्दको कारण लगनको लागि सुनको जोरजाम गर्ने उपभोक्ता मर्कामा परेका छन । सस्तो मुल्यमा सुन बेच्नु परेको कारणउनीहरुले उपभोक्ताहरु अधिकार माथि ठाडो हस्तक्षेप गर्दै आफ्नो व्यवसाय ठप्प परेका हुन । विहिवार र शुक्रवार यस क्षेत्र लगायत लुम्बिनी अञ्चलका सम्पुर्ण सुन चादी पसलहरु बन्द गरिएको नेपाल सुन चादी व्यसायी संघका केन्द्रीय सदस्य पे्रम कुमार सेन्चुरीले जानकारी दिए ।  यसरी उपभोक्ताहरु माथि उपभोक्ता अधिकार माथि ठाडो हस्तक्षेप हुदा यसको सरोकारवाला निकाय, जिल्ला प्रशासन कार्यालय, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ तथा रुपन्देही उद्योग संघ लागायतका विभिन्न संघसंस्थाहरुले बन्द सुन पसल खुलाउनको लागि कुनैपनि पहल गरेका छैन ।  सुन चादी व्यसायी संघका केन्द्रीय सदस्य प्रेम कुमार सेन्चुरीले सुनको मुल्य घटेपनि सुन व्यवसायीहरुबाट सुनचादी पसल गर्ने व्यवसायीहरुले घटेको मुल्य भन्दा पनि बढि रकम तिरेर सुन खरिद गर्नु परेको कारण आफुहरु मर्कामा परे

पाल्पामा पहिलोपटक दमकल

Image
कृष्ण खनाल तानसेन पाल्पा,१९ बैशाख ।  गएको चैत महिनाको अन्तीम  साता तानसेन नगरपालिका वार्ड नम्बर ८ सिनखानटोलको  मट्टिीतेल पम्प नजिकै घरमा आगो लाग्यो। लामो समयपछि प्रयास पछि स्थानिय वासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लियो  । नजिकै मट्टितेलको पम्प रहेको भएपनि आगो नियन्त्रणमा आएपछि त्यसमा भने कुनै  क्षेती भएन । सर्वसाधारणहरुको लामो प्रयास पछि आयो ििनयन्त्रणमाआएको कारण मट्टीतेल  पम्पमा आगो लाग्न नपाएको त्यहाका एक सर्वसाधारण बताउदछन । उक्त आगो नियन्त्रणका लागि  दमकल नभएको कारण ट्यांकर बाट पानी मगाएर आगो निइत्रणमा लिइएको थियोभरी नै आगो लाग्ने र लाखौको क्षती हुने त्यहाका सर्वसाधारणहरुको विश्लेषण छ । भाग्यले साथ दियो भनौ की के भयो भन्न मट्टीतेल पम्पमा आगो लागेन । प्रत्यक्ष दर्शी एकजना सर्वसाधारण भने ।  । यदि मट्टीतेल पम्मा आगो लागेको भए सिलखाटोलमा लाखौको क्षतीको अनुमान प्रहरीले समेत गरेको थियो ।  यो उदाहरण मा हो तानसेन नजिकै को बनदेवि जंगलमा पनि नया बषैको पहिलो साता भिषण आगलागी भएको थियो  । आगलागीबाट  हजारौ हेक्टर जंगल नस्ट भयो । दमकल यो क्षेत्रमा नहुदा तानसेन  सिनखनटोल नजिकै घर

अभावले बनायो नमुना कृषक

Image
कृष्ण खनाल मदनपोखरा, पाल्पा २० बैशाख ।  पाल्पाको मदनपोखराका सकुदेव रिजालले आज भन्दा करिव १२ बर्ष पहिला घरमा पुजा लगाउदा १० लिटर दुध पाएनन् । पुजा(कुलायन)को लागि  उनलाई १०  लिटर दुध चाहिएको थियो । २०५८ साल बैशाख  १४ गते को दिन अहिले पनि उनको मानसपटलमा कहिल्यै नमेटिन दिन बनेर रहेको छ । जुन दिन उनले आफ्नो घरमा आयोजना गरिएको पुजाको लागि १० लिटर दुधको लागि विभिन्न ठाउमा चार्हदा पनि पाएका थिएन्न । उनी उक्त दिन पाल्पाको बर्तुंग  तथा तानसेनसम्म पुग्दा पनि पाएनन् ।  सकुदेव रिजाल सोही दिन  विशेष चाड समेत परेको थियो । उक्त दिनले उनलाई पाठ सिकायो । सोही दिननै उनले अठोट गरे अव मैले व्यवसायीक रुपमा गाई पालल गर्छु ।  आफुलाई परेको अफठरोको कारण उनले सोही दिन बाट अठोट बनाई व्यवसायीक रुपमा गाईपालन गरेका हुन । २ वटा ट्क समेत रहेका उनी यातायात व्यवसायी पनि थिए । त र यातायात व्यवसायलाई चट्क्क छोडेर उनी कृषिमा व्यवसाययिक रुपमा गाईपालन सुरु गरे । वि.स.२०६८ साल असार १ गतेबाट ४० हजार रुपैयामा गाई किनेर गाई पालन सुरु गरेको उनले बताउदछन । शुत्रवार मदनपोखरा ७  शान्तीटोलमा गोठ निर्माण गरी गाई पालन

म्यालमा ग्राफ्टङ्गी गरी हजारौको आम्दानी

Image
कृष्ण खनाल मदनपोखरा, (पाल्पा) बैशाख २४ । करिव   २३ बर्ष पहिला  पाल्पा जिल्लाको मदनपोखरा गा“उ विकास समिति वार्ड नम्बर ७ को बराङ्गदीकोल सामुदायिक वन बगरको रुपमा थियो । त्यतिबेला कसैले पनि सोचका पनि थिएन्न की उक्त वन हरियाली होला र त्यही  वनबाट नै आम्दानी गर्न सकिएला भनेर । कल्पना समेतगर्न नसक्ने अहिलेको त्यो  ठाउ“का जनताहरु त्यही वनबाट राम्रो आम्दानी मात्र गरेका छैन्न सम्पुर्ण वननै ‘हरित वन’को  रुपमा परिरण भएको छ । वि.स.२०४७  सालमा बगर रहेको ठाउ“लाई स्थानिय बासिन्दाहरुको पहलमा अहिले हराभरा बनाइएको छ । बगर रहेको स्थानमा वि.स. २०५०  सालबाट विस्तारै म्याल(नासपाती प्रजातीको जंगली फल)का बोटहरु उम्रीएका थिए । त्यतिबेला जंगलमा पहिला जस्तो बगर त रहेन तर अधिकांस क्षेत्रमा का“डा भएको म्याल उम्रीएपछि स्थानिय वासिन्दामा थप समस्यामा परे र कसरी उक्त क्षेत्रलाई आम्दानीको स्रोत बनाउने भन्न तर्फ लागे । ९. ५ हेक्टर क्षेत्रफल रहेको उक्त क्षेत्रमा नया“ जुक्ती निकाले स्थानियबासिन्दाहरुले । उक्त जुक्ति थियो म्यालको बोटमा नास्पाती को ग्राफिफ्टीङ्ग (कलमी)गर्ने  र आर्थिक आर्जन गर्ने । सोही अनुसार अ

होमस्टेले बदल्यो महिलाको अवस्था

Image
कृष्ण खनाल  बुटवल,बैशाख २७।  पाहुनालाई स्वागत गर्दे आमा समुहका महिलाहरु तस्वीरुःकृष्ण खनाल÷पाल्पा  पाल्पा जिल्लाको मदपोखरा गाविस वार्ड नम्बर–७ शन्ती टोलकी सिता भट्राईको दैनिक आज भन्दा केही बर्ष पहिला नितान्त भिन्दै थियो । विहान उठ्यो घरधन्दा ग¥यो अनि खेतवारीको काम यो उनको दैनिकी जस्तै थियो । गत १० बर्ष यता उनको  दैनिकीमा भने परिर्वतन आएको छ । विहान उठ्यो घरधन्दाको काम कसेपछि उनी तयार हुन्छीन सहु संगै हातमा अवरी र फुल लिएर पाहुनाको  स्वागत गर्न  । यो कार्यमा  उनी मात्र होईन उनकै उमेरका विभिन्न १० जना सहपाठीहरु पनि यसै गरी अतिथीहरुको स्वागत सत्कार जुट्ने गरेका छन । गाउमा आएका अतिथीहरुलाई गाउको वारेमा जानकारी दिनको लागि तथा गाउमा भएका महत्पुर्ण विषयबस्तुहरु देखाउनको लागि नेतृत्व समेत लिने गरेका छन त्यहाका महिलाहरुले अतिथीहरु नआएको दिनमा भने उनीहरुको समय आ–आफ््नो खेतवारीमा लागाइएको विभिन्न तरकारीहरुको हेरचाहमा वित्ने गरेको छ । कतै किरा लाग्यो की ? अथवा  कुनै  कारणले फल लागेको छैन की ? यसमा उनीहरुको ध्यान केन्द्रीत हुने गरेको छ यसको अलवा सिंचाही गर्नु खेतवारीमा  गोडमेल गर्नु तयार

दाताहरुको भरमा पाल्पाको दृष्टिविहिन विद्यालय

Image
कृष्ण खनाल   मदनपोखरा, बैशाख ।  पाल्पा जिल्लाको मदनपोखरा गाविस वार्ड नम्बर–६ मा रहेको दमकडा  उच्च माध्यामिक विद्यालयमा शिक्षकहरुले अध्यापन गराउने शैली भिन्दै रहेको छ । जब शिक्षक विद्यालयको कक्षा कोठामा प्रवेश गर्छन् र जे जे कुरा ब्ल्याकबोर्ड(व्हाईट बोर्ड) लेख्छन् ति सबै कुरा नछुटाईकन ठुलो स्वरमा उच्चरण समेत समेत बोल्दछन ।   कुनैपनि विषय अध्यापन गराउ“दा शिक्षकहरुले ब्ल्याकवोर्डमा  कोरेको चित्र होस या कुनै पनि हिसाब  अनिवार्य रुपमा उच्चारण र व्याख्या समेत गर्दछन् । जुन विद्यालयको नियम हो । यो नियम विद्यार्थीहरुमा लोकप्रीय हुनको लागि वा विद्यार्थीहरुले बढि‘टयालेन्ट’ बनाउनको लागि विद्यालयले यस्तो विधि अपनाएका भने अवश्य होईन्न । कारण हो विद्यालयमा अध्यान गर्ने दृष्टिविहिन विद्याथीहरुलाई अन्य विद्यार्थीहरु संगै अध्यायन गर्ने गरेको कारण यसरी शिक्षक÷शिक्षीकाहरुले कुनैपनि शब्द, चित्र वा चार्ट उच्चारण गरेर अध्यापन गराउने गरेका हुन ।  पाल्पा सदरमुका देखि केही कोष टाढा रहेको दमकडा उमाविमा यसरी अध्यापन गराउदै आएको करिव १८ बर्ष भन्दा बढि भईसक्यो । ग्रामिण ईलाकामा रहेको उक्त विद्यालयमा दृष

आत्मनिर्भरबनाउदै साझेदारी वन

Image
कृष्ण खनाल  बुटवल, २ जेठ ।  रुपन्देहीको पश्चिम क्षेत्रमा रहेको  वनलाई बैज्ञानिक ढंगले ‘साझोदारी वन कार्यक्रम’ अन्र्तगत वनको दिगो व्यवस्थापन गर्न दिर्घकालिन योजना प्रस्तुत गरिएको छ ।  १ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा रहेका सालझण्डी र रुद्रपुर गाविसमा रहेको ‘लुम्बिनी साझोदारी वन कार्यक्रम’ मार्फत स्थानिय उपभोक्ता र सरकारले साझेदारीरुपमा स्वीकृत व्यवस्थापन योजना अनुसार अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यकासाथ  दिर्घकालिन योजना प्रस्तुत गरिएको हो ।  त्यस क्षेत्रका १८ वटा गाउविकास समितका  २१ हजार ८ सय ८४ घर धुरीका उपभोक्ताहरुलाई मध्यानजरमा राख्दै वन क्षेत्रमा भएका पुराना, थोत्रा भएका र अनावश्यक रुखहरु हटाए त्यसको सट्टामा नया“ उम्रीएका विरुवाहरुलाई संरक्षण गर्ने र विरुवा नभएको स्थानमा नया“ बृक्षरोपण गरी वनको दिगो व्यवस्थापन गरी राज्य पक्ष र स्थानिय उपभोक्ताहरुले आम्दानी गर्न गरी गरिवी न्युनिकरण र स्थानिय स्तरको आर्थिक विकासमा टेवा पु¥याउन सकिने योजना प्रस्तुत गरिएको हो । उक्त  योजनाबाट वनलाई चार खण्डमा र ८ आवधिक खण्डमा विभाजन गरी वनको बैज्ञानिक ढंगले व्यवस्थापन गर्न लागिएको ईला

घटना घट्छ तर उजुरी प्रर्दैन

Image
कृष्ण खनाल बुटवल, १३ जेठ ।  पछिल्लो समयमा मानवअधिकार उलंघन र यौनजन्य अपराधका घटनाहरु बढ्दैगएपनि विभिन्न मानवअधिकारवादी संघ–संस्थाहरु तथा प्रहरी प्रशासनमा कम मात्रामा उजुरी पर्ने गरेको पाईको छ ।  मानवअधिकारको क्षेत्रमा काम भनेर स्थापना भएका विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले पीडितले आफ्नो समाजमा बेईज्यतीहुने तथा पिडकबाट थप पिडा पाउने भयको कारण सम्बन्धीत न्यायिक निकायमा उजुरीदिनको लागि डराउने गरेको राष्ट्रिय मानवअधिकार आयोग उप–क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दीपकजंग ध्वजकार्कीले जानकारी दिए । उनले पछिल्लो समयमा युद्धजन्य मानवअधिकार उलंघनका घटनाहरु भन्दा महिला हिंसा र यौनजन्य हिंसाका घटनाहरु बढेको उनको भनाई छ । पछिल्लो समयमा यौनजन्य हिंसा रोक्नको लागि कानुनको अभाव रहेको उनको धारणा छ । उनले भने–‘कानुनको समेत अभाव छ हामले अध्यायन अनुसन्धान गर्दैछौ तर कारवाही पक्रियामा जा“दा ढिला हुन्छ ।’  विगत १३ बर्षयता मानव अधिकारको क्षेत्रमा वकालत गर्दै आएको राष्ट्रिय मानवअधिकार आयोगमा अहिलेसम्म नेपालभरबाट लगभग ११ हजार उजुरी परेपनि अहिलेसम्म ६५० सिफारीसहरु गरिएको छ भने करिव ४ हजार उज

१७ पढाएका शिक्षकलाई ३ लाख उपदान

कृष्ण खनाल  बुटवल, ७ असार  ।   डेढ दशक भन्दा बढि  समय नीजि विद्यालयमा अध्यापन गराएर विदा ह“ुदा एउटा शिक्षकले के पाउछ ? सवैको उत्तर हुनेछ सेवा गरेवापत विद्यालले दिने सानो धन्यावद सहितको सानो प्रमाण पत्र ।  तर रुपन्देहीको एक नीजि विद्यालयमा अध्यायन गराएका एक नेपाली विषयका शिक्षक भने शुक्रवार गलाभरी माला, अविर, माया“को चिनो प्रमाण पत्र सहित ३ लाख ५ हजा रुपैयाको उपदान स्वरुप चेक समेत पाएका छन् ।  विगत १७ बर्षसम्म बुटवलको सिद्धी चिल्डे«न बोर्डिङ्गमा अध्ययापन गराएका चतुर्भुज आत्रेयले रुपन्देहीमै पहिलो पटक ३ लाख भन्दा बढि रकम उपदान सहित विद्यालयबाट विदाई भएका हुन ।  बुटवल–१० श्रवण पथमा रहेको सिद्धीचिल्डे«न एकेडमी बुटवलले  उनलाई शुक्रवार  एक कार्यक्रमको आयोजना गरी उनलाई विद्यार्थी, अभिवाक, शिक्षक शिक्षीका र संस्थापक प्राचार्य र प्राचार्यर्ल  गलाभरी माला,अविर लगाएर सम्मान गरेका हुन् । सुस्त श्रवण समेत रहेका उनी ५८ बर्षमा लागेका छन् ।  विद्यालयका संस्थापक प्रीन्सीपल राजु गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा  एनप्यावसन रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थिय

ठेला व्यवसायी भन्छन–‘बैकल्पीक स्थान देउ’

कृष्ण खनाल बुटवल, ५ असार  विगत १० बर्ष यता ठेलामा विभिन्न व्यवासाय गर्दै आएका शिवलाल गहत्राको मन जहिलेपनि त्राशमै हुन्छ । कतिखेर ट्राफिक प्रहरीको नजर ठेलामा पर्ने हो र ट्राफिक प्रहरीको गाडी आएर बेच्नको लागि राखिएको ठेलाको सबै समान उउठाएर लैजाने हो भन्ने मा उनी जहिले पनि मन ढुक ढुक बनाएर व्यापार गर्न वाध्य छन् ।  बुटवल–१३ देविनगरको सुकुम्वासी बस्तीमा बस्ने गहत्राका केही समय अगाडी दुईवटा ठेला थिए  र  ठेला राख्ने  स्थान पनि निश्चित थियो । तर बुटवलको प्रमुख राजमार्ग खाली बनाउने अभियानमा लागेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले  व्यस्त र मुख्य राजमार्गमा ठेलामा सामानहरु राखेर विक्रि वितरणमा रोक लगाएपछी उनले अहिले एउटा मात्र ठेला चलाउने गर्दछन् । एउटा ठेला श्रीमती र एउटा आफुले चलाउने गरेका उनी अहिले एउटा मात्र ठेला चलाउदछन् आफुले ग्राहकलाई समान बेच्ने बेलामा  श्रीमतीले  ट्राफिक प्रहरी कतिखेर आउने हो भनेर हेर्ने गर्दछिन भने  श्रीमतीले ग्राहकलाई समान बेच्दा आफुले ट्राफिक प्रहरी कतिखेर आउछन् भनेर हेर्ने गर्दछन ।  ट्राफिक प्रहरी आएको एक अर्कोले संकेत गरेपछी उनीहरु ठेला दौडाएर

घरवेटीको ज्यादती ६ महिनादेखि पानी, विजुली र ट्वाईलेट प्रयोगमा रोक

कृष्ण खनाल  बुटवल, १५ जेठ ।  ६ महिना देखि पसलमा विजुली छैन, तिर्खा लाग्यो भने पीउनेपानीको लागिपनि साथीहरुको भर पर्नुेपर्ने मात्र होईन सौच(दिशा पीसाब) गर्नको लागि शौचालय प्रयोगमा समेत बन्देज लगाइएको छ । घरवेटीले भाडामा बस्दै आएका व्याक्तिको कोठा र पसलमा आउने विद्युत काटिदिएका मात्र छैन्न सौचालयमा ताला लगाई सटर समेत बन्द गरिदिएका छन् ।  यस्तो अवस्था बुटवल अमरपथको हो । बुटवल–७ अमरपथमा रहेको पञ्चरत्न फेन्सीका प्रोपाईटर प्रदिप प्रधान र आकाश फेन्सीका प्रोपाईटर आकाश श्रेष्ठलाई घरवेटीले यसरत्न बाज्राचार्यले यसरी अमानबीय कार्य गरेका हुन ।  घरवेटीले नै निर्धारण गरेको मासिक घरभाडा तिर्दै आएका श्रेष्ठ र प्रधानलाई घरबेटी बाज्राचार्यले प्रत्येक महिनाको ३० गते नै  भाडा उठाउने गरेको भएपनि खानेपानी, बिजुली र ट्वालेट उपयोग गर्न दिएका छैन ।  २०६९ साल मंसिर १ गते घरवेटी बाज्राचार्य, पिडीत प्रधान र श्रेष्ठ, घरवाहाल सरोकार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, नेपाल राष्ट्रिय व्यापार संघगठन, रुपन्देही उद्योग संघ र सरोकारवाला निकायको  ईलाका प्रहरी कार्यालय बुटवलमा बसेको संयुक्त

तालिम पाएपछि आत्मनिर्भर बन्ने आशा

Image
कृष्ण खनाल  बुटवल,   रुपन्देहीको सालझण्डी गाविस वार्ड नम्बर–८ तालि की स्वतिका खनाल बुधवार प्रफुल्ल मुद्रामा भेटिन् ।  बाया“ खुट्टा पोलियोशंकमणको कारण अपाङ्गता बनेकी उनी यसरी फुरुङ्ग हुनुको एउटै कारण थियो अव समाजले उनलाई एउटा अपाङ्गता भएको व्याक्तिको रुपमा नहेरी व्यसायीको रुपमा समेत हेर्नेछ । रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्र दुधराक्ष–२ कलौनी रुपन्देहीको आयोजनामा अपाङ्गता भएका व्याक्ति र तिनका अभिभावहरुको लागि अचार बनाउने तालिमको समापन कार्यक्रममा सिकेको सीप प्रयोग गरेर समुहमा बनाएको  अचार प्रमुख अतिथीबाट ग्रहरण गर्दै गर्दा उनले भनिन्–‘ मैले सिकेको सिप व्यवहारमा लागू गर्ने छु त्यतिकै खेरा जान दिने छैन आफ्नै व्यसाय सुरु गर्नेैछु ।’ कक्षा १० सम्मको अध्यायन पुरा गरेकी उनले  गाउमा अचार निर्माण गरी पहिला आफ्नो परिवार र छरछिमेकमा विक्रि वितरण गर्ने योजना समेत सुनाईन् । उनले भनीन्–‘आफुसंग भएको केही रुपैयाबाट पहिला अचार बनाउने सामन किन्छु अनी अचार बनाएर पहिला त घर परिवारलाई नै खुवाउछु अनि आफन्त र छर छिमेकीलाई पनि ।’ करिव १ घण्टाको बाटो पैदल हिडेरै तालिममा सहभागीहुन आउने गरेको बताउ

लुम्बिनी अञ्चल अस्पताल मा पहिलोपटकॉमेथाडोन’उपचार पद्धती सुरु

Image
कृष्ण खनाल  बुटवल, २१ जेठ ।  लुम्बिनी अञ्चल अस्पतालको बुटवल .  लागूऔषध सेवनकर्ताहरुको प्रयोगमा कमी ल्याई विभिन्न अपराधीक क्रियाकलापहरु नियन्त्रण गर्नको लागि यस क्षेत्रमा पहिलोपटक लागूऔषध प्रयोगकर्ताहरुको लागि मेथाडोन उपचार पद्धतीको सुरुवात गरिएको छ । लागूऔषको कारणबाट अपराधीक क्रियाकलाप बढ्दै गएको भन्दै विभिन्न सरोकारवाला निकायहरुबाट यस क्षेत्रमा पछिल्लो समयमा यस क्षेत्रलागूऔषध कारोवारको ट्रन्जीट प्वाईन्ट  बन्दै गएको वर्तमान परिपेक्ष्यमा लागुऔषध सेवनकर्ताहरुबाट विभिन्न अपराधीक क्रियाकहलापहरु नहोस भन्नको लागि नेपालमा छैठौ स्थान बुटवलमा उक्तउपचार पद्धतीको सुरुवात गरिएको हो । आफुले चाहेको समयमा लागूपदार्थ(ड्रग्स)सेवन गर्न नपाउ“दा कयौ युवा युवती तथा पौढहरुले जघन्य किसीमको अपराधमा संलग्न हुने गरेको पाईन्छ । लागुपदार्थ सेवन कर्ताहरुले चोरी, लुटपाट देखि हत्यासम्मका अपराधकम संलग्न हुने गरेको प्रहरी प्रशासन बताउदछ । नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालय, एड्स तथा यौनरोग नियन्त्रण केन्द्र तथा गृह मन्त्रालययको सहकार्य र जर्मन सहयोगी निकाय जिईजेडको प्रविधिक सहयोगमा लुम्बिनी अस्पाता

बुटवलमा खानेपानीको समस्या एक दिन विराएर पानी

Image
कृष्ण खनाल बुटवल, १ वैशाख । गर्मी यामको सुरुवात सैगै बुटवलमा खानेपानीको समस्या सुरु भएको  छ । खासगरी बुटवलको सुख्खनगर, दिपनगर लगायत विभिन्न स्थानहरुमा नियमित पानी आउन छाडेको छ भने थारै समय र कम परिमाणमा पानी आउनेगरेको गुनासो उपभोक्ताहरुले गर्न थालेका छन । बुटवल–१० सुख्खनगरको दशरथपथका चिरनजीवी गौतमले  पानी नियमित मात्रामा आउन छाडेको र आएपनि थारै मात्रामा पानी आउने गरेको बताए । उनले भने–‘कहिले पानी नै आउदैन आयो भने पनि सानो आउछ उतिखेरै बन्द हुन्छ ।’  उनी उदाहरणमात्र हुन पछिल्लो समयमा बुटवल नगरपालिका भित्र अधिकांस स्थानिय वासिन्दाहहरुले खानेपानीको समस्या झेल्नुपरेको छ । जसको लागि उपभोक्तहरु  लामो लाईनमा बसेर बुटवलका सरकारी धाराहरुमा धाउन बाध्य छन । यसरी बुटवल वासीहरुलाई खानेपानीको आपुर्ती गर्न नसकेपछि नेपाल खानेपानी संस्थान शाखा बुटवलले नय“ा जुक्ति निकालेको छ । बुटववको राजमार्ग चौरहा र रामनगरको क्षेत्रमा एक दिन विराएर खानेपानीको आपुर्ती गर्ने खानेपानी संस्थानको नया जुक्ती हो । अन्य बैकल्पीक खानेपानीको व्यवस्था गर्नुपर्नेमा उसले एक दिन विराएर उपभोक्ताहरुलाई खानेपानी वितरण गर्न थाले

अस्पतालको बेडबाट डाक्टरले भने–‘अझै दुर्गममा सेवा गर्नेछु ।’

Image
कृष्ण खनाल    बुटवल, ८ असार विगत एक बर्षदेख क्यान्सरबाट पिडीत भई भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेका डा. चित्र प्रसाद शर्मा वाग्ले बा“चेर नेपाल फर्किएमा अर्घाखा“ची भन्दा पनि अझ दुर्गम जिल्लाहरुमा गएर सेवा गर्ने ईच्छा रहेको बताएका छन् ।  विगत १२ बर्ष सम्म अर्घाखा“ची जिल्लाको सदरमुकाम सन्धीखर्कमाको ‘जिल्ला अस्पतालमा’ कार्यरत रहेका डाक्टर चित्र प्रसाद शर्मा वाग्ले अहिले अहिले  भारतको राजविगान्धी क्यान्सर अस्पतालमा आफ्नो उपचार गराईरहेका छन । अर्घाखा“ची वासीहरुको मात्र नभई छिमिकी जिल्लाहरुका विरामीहरुको माझमा लोकप्रीय बनेका डाक्टर अहिले क्यान्सबाट पिडीत भई भारतको राजिव  गान्धी क्यान्सर अस्पतालको वेडमा जीवनमा संघर्ष गरिरहेका छन् । शनिवार  बुटवल टुडे कर्मी संगको टेलिफोन कुराकानीमा उनले भने–‘भगवानको भरोसा यदि बा“चेर नेपाल फर्किए भने अर्घाखा“ची मात्र होईन दुर्गम जिल्लाहरुमा गएर पनि सेवा गर्ने छु ।’ उनको अहिले प्रतिमहिना ५ लाख भारतिय रुपैया खर्चमा भैरहेकोछ । अहिले डा.वाग्लेको आन्द्रा र कलेजोमा एपेन्डीस क्यान्सले आक्रमण गरेको छ । नेपाल सरकारब

ठेला व्यवसायी भन्छन–‘बैकल्पीक स्थान देउ’

Image
कृष्ण खनाल बुटवल, ५ असार   टेलामा सामान बेच्दै व्यापारी .. विगत १० बर्ष यता ठेलामा विभिन्न व्यवासाय गर्दै आएका शिवलाल गहत्राको मन जहिलेपनि त्राशमै हुन्छ । कतिखेर ट्राफिक प्रहरीको नजर ठेलामा पर्ने हो र ट्राफिक प्रहरीको गाडी आएर बेच्नको लागि राखिएको ठेलाको सबै समान उउठाएर लैजाने हो भन्ने मा उनी जहिले पनि मन ढुक ढुक बनाएर व्यापार गर्न वाध्य छन् ।  बुटवल–१३ देविनगरको सुकुम्वासी बस्तीमा बस्ने गहत्राका केही समय अगाडी दुईवटा ठेला थिए  र  ठेला राख्ने  स्थान पनि निश्चित थियो । तर बुटवलको प्रमुख राजमार्ग खाली बनाउने अभियानमा लागेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले  व्यस्त र मुख्य राजमार्गमा ठेलामा सामानहरु राखेर विक्रि वितरणमा रोक लगाएपछी उनले अहिले एउटा मात्र ठेला चलाउने गर्दछन् । एउटा ठेला श्रीमती र एउटा आफुले चलाउने गरेका उनी अहिले एउटा मात्र ठेला चलाउदछन् आफुले ग्राहकलाई समान बेच्ने बेलामा  श्रीमतीले  ट्राफिक प्रहरी कतिखेर आउने हो भनेर हेर्ने गर्दछिन भने  श्रीमतीले ग्राहकलाई समान बेच्दा आफुले ट्राफिक प्रहरी कतिखेर आउछन् भनेर हेर्ने गर्दछन ।  ट्राफिक प्रहरी आएको एक अर

होमस्टेले बदल्यो मदनपोखराका महिलाको अवस्था

कृष्ण खनाल  मदनपोखरा(पाल्पा), जेठ ।  पाल्पा जिल्लाको मदपोखरा गाविस वार्ड नम्बर–७ शन्ती टोलकी सिता भट्राईको दैनिक आज भन्दा केही बर्ष पहिला नितान्त भिन्दै थियो । विहान उठ्यो घरधन्दा ग¥यो अनि खेतवारीको काम यो उनको दैनिकी जस्तै थियो । गत १० बर्ष यता उनको  दैनिकीमा भने परिर्वतन आएको छ । विहान उठ्यो घरधन्दाको काम कसेपछि उनी तयार हुन्छीन सहु संगै हातमा अवरी र फुल लिएर पाहुनाको  स्वागत गर्न  । यो कार्यमा  उनी मात्र होईन उनकै उमेरका विभिन्न १० जना सहपाठीहरु पनि यसै गरी अतिथीहरुको स्वागत सत्कार जुट्ने गरेका छन । गाउमा आएका अतिथीहरुलाई गाउको वारेमा जानकारी दिनको लागि तथा गाउमा भएका महत्पुर्ण विषयबस्तुहरु देखाउनको लागि नेतृत्व समेत लिने गरेका छन त्यहाका महिलाहरुले अतिथीहरु नआएको दिनमा भने उनीहरुको समय आ–आफ््नो खेतवारीमा लागाइएको विभिन्न तरकारीहरुको हेरचाहमा वित्ने गरेको छ । कतै किरा लाग्यो की ? अथवा  कुनै  कारणले फल लागेको छैन की ? यसमा उनीहरुको ध्यान केन्द्रीत हुने गरेको छ यसको अलवा सिंचाही गर्नु खेतवारीमा  गोडमेल गर्नु तयार भएका तरकारीहरु विक्रिको लागि नजिकैको सहकारी भवन सम्म लैजानु पनि मह

बुटवल नगरपालिका द्वारा ५५ प्रतिशत लक्ष्य हासिल

Image
कृष्ण खनाल बुटवल,जेठ ।  आर्थिक बर्ष समाप्त हुन एक महिना बा“की रहदा बुटवल नगरपालीकाले ५५ दशमलभ ६४ प्रतिशत राजश्व संकनल गर्न सफल भएको छ । आर्थिक बर्ष २०६९÷७० मा २९ करोड ८६ लाख १८ हजार ६ सय रुपैया अनुमान गरिएकोमा चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म करिव १२ करोड रुपैया भन्दा बढि कम आन्तरिक तथा वाह्य आम्दानी स्रोतबाट १७ करोड २२ लाख ६९ हजार ८ सय ३५ रुपैया ७५ पैसा आम्दानी गरेको बुटवल नगरपालिकाका लेखापाल सितु प्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार नगरपालिकाले अन्तरिक आम्दानी तर्फ ७ करोड ३४ हजार ४ सय ५६ रुपैया ५७ पैसा आम्दानी गरेको छ । त्यस्तै वाह्य आम्दानीबाट १० करोड २१ लाख ८१ हजार ७९ रुपैया १० पैसा आम्दानी गरेको छ । आर्थिक बर्ष समाप्त हुन भन्दा करिव एक महिना बा“की रहदा ४५ प्रतिशत आम्दानीको लक्ष्य हासील गर्न सकेको छैन । जुन लक्ष्य हासिल नहुनेमा पक्का भएको छ । सोही अवधिमा संञ्चालन खर्चको उपभोग खर्च तर्फ ५ करोड ६१ लाख ४२ हजार १ सय २९ रुपैया २३ पैसा र सेवा खर्चमा १ करोड ११ लाख २८ हजार ९ सय ६९ रुपैया ६  पैसा खर्च गरेको छ । सञ्चालन खर्च अन्र्तगत उपभोग खर्च र सेवा खर्च गरी कुल ६ करोड ७२