Posts

Showing posts from March, 2013

केन्द्रीय अनुगमन टोलिको बुनपामा छड्के ‘ टोलिले होर्डिङ्गबोर्डनै भेटाएन’

कृष्ण खनाल बुटवल, ६ फागुन । सरकारी निकायबाट सञ्चालमा आएका जुन सुकै योजनाहरुको अनिर्वाय रुपमा लागत, योजनाको नाम, सुरु तथा सम्पन्न हुने मिति तथा ठेकेदारको नाम सहितको  विवरण खुलाउनु पर्ने व्यवस्था भएपनि बुटवल नगरपालिका बाट त्यस्तो नभएको पाइएको छ । नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको केन्द्रीय टोलिले बुटवल नगरपालिको छड्के अनुगमन गर्दा नगरपालिकाबाट सञ्चालनमा रहेका कुनै पनि योजनाहरुमा होर्डिङ्ग बोर्ड (विवरण सुचना पार्टी ) नभएको पाइएको हो । विहिवार  नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको केन्द्रीय टोलिले बुटवल नगरपालिको छड्के अनुगमनको क्रममा त्यस्तो तथ्य फेला पारेको हो ।  केही दिन यता यस क्षेत्रमा छड्के अनुगमन गरिरहेको टोलिले यस अघि रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालीका, जिल्ला विकास समिति र जिल्ला प्रविधिक कार्याललयको अनुगमन गरेको थियो ।  कपिवस्तु जिल्लामा र नवपरासीको जिल्ला विकास समिति र परासी नगरपालिकामा अनुगमन गरिसकेको छ । टोलिले विहिवार दिउसो करिव पौन १२ बजे बुटवल नगरपालिकामा अनुगमन गरिएको थियो । क्षेत्रीय संयोजक शिव ब रामाझि, अञ्चल संयोजक रमेश कुमा