Posts

Showing posts from October, 2011

मानवअधिकार शिक्षा तालिम समापन

कृष्ण खनाल बुटवल १५ असोज– मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल (काहुराष्ट) रुपन्देहीले राजनितीक दलमा आवद्द युवाहरुको लागी लक्षित गरी आयोजना गरेको मानवअधिकार,  शान्ति र नागरिक शिक्षा तालिम आईतवार समापन भएको छ । संस्थाका जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्राध्यापक तथा प्रगतिसिल लेखक दिल शाहनीले मानवअधिकारको परिभाषा फरक–फरक अवस्थामा फरकफरक व्याख्या गरेपनि मावनको जन्मशिद्ध अधिकार नै मानवअधिकार भएको वताए ।  सहभागिको तर्फवाट कमल थापा र दानमाया थापाले आफुले सिकेको कुरा व्यवहारमा लागु गर्न र मानवअधिकारको वारेमा अन्य युवा वर्गलाई जानकारी दिन प्रतिवद्ध भएको वताए । दुई दिने तालिममा पहिलो दिनको तालिममा प्राध्यापक रामलाल जोशी, नेत्र पाण्डे र राजेन्द्र कु“वरले सहजीकरण गरेका थिए भने दोश्रो दिन अधिवक्ता वावुराम पाण्डेले अन्तराष्ट्यि मानविय कानुन र जेनेभा महासंन्धी,  पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले मानवअधिकार , मिडिया र यसको महत्व  तथा पोष्ट वहादुर वुढाले शान्ति प्रकृयामा युवाहरुको भुमिका विषयमा सहजीकरण गरेका थिए ।  त्यसै गरी  सचिव राजे

हस्तानान्तरण भए पनी संञ्चालन हुन गह्रो

कृष्ण खनाल बुटवल ६ अशोज । विश्व स्थाथ्य संङगठना (डब्लु एच ओ )र एपिडिनियोलोजी रोग नियन्त्रण महासाखा काठमाडौबाट रक्त संञ्चार सेवा केन्द बुटवलमा हस्तानान्तरण गरिएको करिव २२ लाखको प्लेटिलेट्स सेपेरेटर मेशिन विद्युत नियमित नहुदा संञ्चालमा कडिनाई हुने भएको छ । सुक्रवारमात्रै सक्त संञ्चार सेवा केन्द्र बुटवलमा हस्तानान्तरण भएको उक्त मेसिन लोडसेडिङ्गको कारण संञ्चालन हुनमा अनौलता छाएको छ । विगत बर्षमा डेङ्गुरोगको कारण रुपन्देहीमा प्लेटिलेट्सका लागी काठमाडौ जानु पर्ने बाध्यता थियो । काठमाडौको सेवा बुटवलमा र यस आसपासका जिल्लाहरुका स्थानिय बासिन्दाहरुले पाउने भएको भए पनी अझै केहि समय कुर्नु पर्ने भएको छ । रक्तदाताबाट संकलन गरिएको रगतबाट रातो रक्तकोेष र प्लेटिलेट्स छु्ट्टउने मेशिन विद्युत आपुर्ती नियमीत  नहुदा संञ्चालमा शमस्या आएको रक्त संञ्चार केन्द्र  बुटवलका संयोजक प्रेमलाल उदासले जनाकारी दिए । उनका अनुसार उक्त मेशिनका संञ्चालनका लागी  २४ सै घण्टा विद्युत आवश्यक पर्दछ ।  विद्युत नियमित नभएको र घण्टौको लोडसेङ्गिका कारण रगतबाट छुट्याइएको  प्लेटिलेट्स बचाउन गाहे हुन्छ ।  प्लेटिलेसलाई  माईनस ४०

दशै मनाउन खसी बोका बेच्न बुटवलमा ।

कृष्ण खनाल बुटवल ११ असोज । यसबर्षको दशै मनाउनकालागी पाल्पाका व्यपारिहरु खसी ,बोकाको व्यापारका लागी बुटवल झरेका छन । पाल्पाका विभिन्न ग्रामिण ईलाकाबाट खसीबोका विक्रि गरेर दशै मनाउनकालागी उनीहरु बुटवल आसपासमा लाग्ने विभिन्न साप्ताहिक हाट बजारमा धारउने गरेका हुन  ।  यनै मध्ये एक हुन ,भुवनसिंह चिदि मगर । बुधवार  पाल्पाको कचल गाविसबाट विहान ४ बजे नै ७ वटा खसी र बोका लिएर हिडेका उनी ९ बजे पाल्पाको दोभानमा आईपुगेका थिए । बुटवल ६ मा रहेको हाटबजारमा भने साढे ९ बजे । विहानको करिव ११ बज्न लाग्दा उनले २ वटा खसीहरु बाहेक अन्य सवै खसी  बोका बेचर २१ हजार रुपैया आम्दानी गरिसकेका थिए । विगत ५ बर्ष यता  दशैको सिजनमा गाउमा खसि बोका खरिद गरेर बुटवलमा ल्याएर विक्रि वितरण गर्ने गर्दछन । उनले दशैको सिजमा खसीबोका विक्रिबाट आएको आम्दानीबाट यस पालीको दशै मनाउने योजना रेहको समेत बताए । उनले भने –‘खसीबोका बेचेर आएको पैसाले यस पालीको दशै खर्च जुटाउछु ’। उनीमात्र होईन अहिले दशैको मौकामा खसि बोका बेच्नको लागी बुटवका साप्ताहिक हाटबजारमा पाल्पाबाट दर्जनौ मानिसहरु बुटवलमा आउने गरेका छन । उनी जस्तै पाल्पाको दोभान

कहिले बन्ने सरकारी कार्यालय अपाङ्गमैत्री

कृष्ण खनाल बुटवल १३ असोज ।  रुपन्देही पर्रोहाकी मैया लम्सालले काम लिएर जिल्ला विकास समिती र गाउँ विकास समितिको कार्यालयमा जाँदा कैयन् पटक झन्झट भोग्न बाध्य भइन्् । स्थानिय निकायका कार्यालय भवन अपाङ्गमैत्री नभएका कारण हिवलचियरको सहायताले मात्र हिडडुल गर्ने लम्सालले अनेकन् पटक सास्ती व्यहोर्न परेको छ । लम्सालले भनिन्, ‘नवलपरासी जिल्लाको वेनिमणीपुरमा जन्मिए । अहिले अपाङ्गताका क्षेत्रमा काम गर्छु । जिल्ला विकास समिति, रुपन्देहीका सरकारी कार्यालय र गाउँ विकास समितिका कार्यालयमा जाँदा सम्बन्धित व्यक्तिलाई भेट्न मुश्लिक पर्छ ।’ जिल्ला विकास समिति रुपन्देहीको सामाजिक विकास शाखा माथिल्लो तलामा छ । अपाङ्गता हेर्ने यो सामाजिक विकास शाखामा हिवलचियर चढेर जान सम्भव छैन । सामाजिक विकास अधिकृतलाई भुईमा बोलाएर आफ्नो काम लिदैँ आएका अपाङ्गता भएकाहरू कार्यालय आफ्नो अनुकुल नरहेको बताउ“छन् । नवलपरासी अपाङ्ग पुर्नस्थापना केन्द्रकी अध्यक्षसमेत रहेकी लम्सालले कामका लागि स्थानीय विकास अधिकारीलाई उस्तै धौ हुने बताइन् । उनले भनिन् ‘हिवलचियर प्रयोगकर्तारूले की त हिवलचियर घरमा छाडेर सहयोगी लिएर जानुप¥यो,